कथा : पेन फ्रेण्ड

~माया ठकुरी~

भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले दिएको थिएँ। युवतीका हावभावले र उसका उत्सुकतापूर्ण नजरले कसैको खोज गरेकाले ऊ नै सुषमा हो भनी अन्दाज लगाउनमा मलाई केही दिक्क लागेन तर म भने मौन भएर बसेको थिएँ। म चाहेर पनि सुषमाका छेउमा जान सक्दिनथेँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कारागारजस्ता छन्

~राम थापा ‘अविरल’~

अचेल घरहरु पनि कारागारजस्ता छन्
र,कविताहरु पनि समाचारजस्ता छन्

शान्तीको सौदाबाजी चलेकै मितिदेखि
यी फूलहरु पनि त तरवारजस्ता छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६३

~सिस्नुपानी~

सिस्नुपानी नेपालैका …. हामी देउसे भैले नि लै लै
हजुरको दैलो खेल्दै द्यौसी भैलो
नाच्दै आयौं छमछम………..।

हाम्रो देश नेपालैमा ……दही कहिल्यै जम्दैन नि लै लै
बाँकी सप्पै जाम छ, जताततै लाम छ
जुलुस धर्ना हुरुरुरु……..। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मालिकराम राईका कथाहरु, भित्रको अन्तर्वस्तु

~किन्दर राई~

कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये यो “मालिकराम राईका कथाहरु” तेश्रो कथा संग्रह हो । यस अगाडि उहाँले पहिलो कथा संग्रह “विवसता” सन २००२ सालमा, दोश्रो कथा संग्रह “सायपत्रि” सन २००४ मा प्रकाशित गरि सक्नु भएको छ भने यो तेश्रो चाहि सन २००८ मा प्रकाशित गर्नु भएको हो । १९ वटा कथाहरु रहेको यस कथा संग्रहलाई सृजनशिल साहित्य समाज हङ्कङ्ले प्रकाशन गरेको हो । यसको अलवा बिभिन्न पत्रपत्रिकाहरुमा पनी उहाँका अन्य कथा, संस्मरण र लेखहरु प्रकाशित भएको पाइन्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : क्याक्टस, उँट, मरुभूमि र म

~प्रकाशकृष्ण “बाक्सिला”~

शान्त वातावरण बीच एकान्त मरुभूमि
अर्थात
एकान्त मरुभूमिको शान्त वातावरण
अनि जीवनको अस्तित्वको खोजी !
केको लागि
प्रश्न छ तातो हावाको !
म अनुत्तरित छु
म भित्रको रिक्तता वा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्बुवान

~लक्ष्मी सुन्दर निङलेखु~

म एउटा लिम्बुको छोरो
लिम्बुवान प्रदेशको असल सिपाही
यो राष्ट्रको बफादार नागरिक
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बगेरै समुद्र भयो

~रमेश भट्टराई ‘सहृदयी’~

पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो
जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो

म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन
न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Story : A Civil Servant’s Diary

~Nirmal Acharya~
Translation : Ram C. Khatri

It is pouring relentlessly. Some of the days are so boring. It is the month of Bhadra.This is the time for crunching the roasted maize, but I have been following other’s commands all throughout the days. Sometimes I feel frustrated. What an unlucky day it was when I took this job! Instead of being serious in my studies during my school days, what did I do? Now I am under someone else’s command. Right now at home, Mother might be roasting the maize, sitting cross–legged on the kitchen floor. There was a severe drought this year, so the yield of the maize crop can’t have been good. Still, the maize roasted by Mother is excellent! Ah! It is a great thing to have maize Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : जोकरहरूको नजरमा म जोकर हुँ

~व्योम जी अवतार~

हो म जोकर हुँ
जोकरहरूको नजरमा … ।

म उठ्दा, बस्दा र सुट्दा
घिच्दा र निश्काशन गर्दा पनि
गजवकै जोक बन्छ होला … ?

कहिल्यै बोल्नै हुन्न म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भेषमा केशमा

~सदानन्द अभागी~

देशमा भेषमा केशमा
पुष्प कमल झैं भेषमा

सुन्दर तिम्रो मुहारमा
आत्मा लुटिन्छ निमेषमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : एल्साको फोन

~हिरण्य भोजपुरे~

मोबाइल मेरो खल्तीमा छ । पेन्टको अगाडिको खल्तीमा ।

मोबाइलको ‘भाइब्रेसन’ ‘भाइब्रेट’ भो । घन्टी बजेन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : चेलीको पुकार

~आस्था थापा~

हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ न है
मेरो बुद्ध दाजु कहाँ छन् भनि देऊ न है
शान्ति र सुरक्षा दिदी हराएको बर्सौ भयो
टुक्रा टुक्रा भयको छ आमा को छाती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जाग्नुपर्छ अब

~कल्पना पौडेल~

उठौं सबै सर्वहारा जाग्नुपर्छ अब
सामन्तीको विरूद्धमा लाग्नुपर्छ अब

सबै जातिलाई एउटै मालामा गाँस्दै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

थारु लोककथा : जीविटपुत्रिका जितिया पर्वको पूर्ण कथा

~अज्ञात~

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो ।

दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : आशा अझै पनि लागिरहेछ

~मनु ब्राजाकी~Manu Brajaki

पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ ।

समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म,
कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको खोजी गर्दै भागिरहेछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~शान्ता शाह~

हिमाल जसरी हाँसिरहेथ्यो पहिले
हासिरहोस सधैभरि त्यसरी नै
नेपाल जसरी रोइरहेछ अहिले
रुनु नपरोस् कहिल्यै पनि यसरी नै
“चार जात हैन हामी एकै जात हौँ नेपाली” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सम्बोधन मधेशलाई

~हेमबहादुर गन्धर्व~

एक मधेश !
एउटै शरीरभित्रका
अङ्गहरू जस्तै
एउटै इन्द्रेणीभित्रका
रङहरू जस्तै
हामी अखन्डित र अविभाजित छौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कला चाहिन्छ

~विक्रम पवन परियार~

जिन्दगी बनाउन बाअामाकाे कला चाहिन्छ
पुजारी भन्दैन मान्छे ईश्वर हाे अास्था चाहिन्छ

बिहे गरेपछि नै श्रीमतीकाे याेजना बन्छ
निदाउनै नदिई भन्छिन् मलाई बच्चा चाहिन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो ।

हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ?

पल्लो घरका तिम्रो काकाको आर्थिक अवस्था कस्तो थियो । तिम्रो भाइ विदेश नजाउञ्जेल । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविका प्रियतम हरफहरू

~मञ्जुल~

कविका प्रियतम हरफहरू
प्रकृति
र प्रेम
जो बाच्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्क्रमण

~चंकी श्रेष्ठ~

मैले फेरि देखेँ
तिनीहरूका आँखामा
कुहिरोको बतासजस्तो कुरूपता
जहाँ एक्काइसौँ सताब्दीको
महान् षड्यन्त्रको घना जंगल फैलिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Third Village

~Prabin Khaling~
Translation : Dweep Mustang

Still have to wait for Relief
determined destiny drenched by politics
in poverty ridden Somalia
echoing the refrain of insufficiency.
Rather, earthquake should occur?
Relief would have been chock-a-block,
securing a one-time meal for the belly.
Speaks the reverie of Birman*. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित कविता : प्रश्न

~पाब्लो नेरूदा~
अनुवाद: बिनोदबिक्रम केसी

बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ
या, नग्नता उसको एकमात्र पहिरन हो ?
रूखहरू किन लुकाउँछन् Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बाल कथा : सिंगो लड्डु

~विनय कसजू~

छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दर्ुइ टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् ।

खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै लड्डु देखेर कान्छा भुइँमा पल्टेर लडिबुडी खेल्दै सिँगै लड्डु खान्छु भन्दै रुन थाल्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : लोकाचार

~यकिना अगाध~

भगवान जाने उसले जीवनमा कसोकसो गरी मनग्य धन कमायो । ती कमाइको केही हिस्सा राजनीतिक पार्टी, त्यसका भातृ संगसंगठनहरु, धार्मिक तथा टोलका क्लबहरुलाई पनि चन्दा स्वरुप दिने गर्दथ्यो । फलतः उसलाई समाजले उदार हृदय भएको महान समाजसेवी भनेर औधी सम्मान गर्दथ्यो । जो जसलाई जेजे परे पनि तुरुन्तै सहयोग गर्ने आदत भएको हुनाले यो टोलमा उनको गुनगान नगाउने कोही थिएनन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निमग्ना घिमिरेका तीन मुक्तकहरु

~निमग्ना घिमिरे~

जब दुई नजरमा नजर मिलायाै तिमीले ।
मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।।
एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म
विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।।

माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मान्छे आसपास आउँछ

~कविता न्यौपाने~

जब आफ्नो मनको मान्छे आसपास आउँछ
थोरै भएपनि मुस्कुराउने साहास आउँछ ।

निकै मजबुत ठानिएको सम्बन्धमा पनि त
एकाएक बिश्वास तोडिदाँ बिनाश आउँछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बालकको भविष्य

~गोविन्द गिरी प्रेरणा~

बुद्धजयन्तीको बिहान
स्वयम्भूमा शान्तिका लागि
कामना भइरहेछ
सेता परेवा उडाइएका छन्
यसैबेला पश्चिमी राष्ट्रमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्दिग्ध परिवेश…

~केदार गुरुङ~

सधैँजस्तो
आज बिहान पनि
झ्यालबाट देखिने
भकेम्लोको रूखबाट
एक हूल कागहरूले
कुनै नयाँ नितान्त आवश्यक
सूचना दिएझैँ—
आफ्ना नाम—
आफै पुकारिरहेछन्;
तर किन, कसलाई, केको चासो?— Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चार पुरुष

~रजित ओझा~Rajit Ojha

पुरुष १

” अव किन रोएकी, जे हुनु थियो भइसक्यो!” मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन अँध्यारो पार्ने रंग कालो छ कि खैरो छ कसरी पत्ता लगाउँ र! भोगाई वास्तवमै आँखा हुन् । भोगेको मान्छे आँखा बिग्रेको हुन सक्छ , तर अन्धा हुँदैन।

हुन त पर्नु सम्मको पिर परेको छ उसलाई। आफ्नो भन्नु कोहि थिएन उसको। आफ्नो काकाको घरमा जेनतेन गरेर पालीएकी थीई । उमेर पुग्यो भनेर विहे गरीदिए काकाले ।उसको खप्पर अभागी पर्यो, बुढो ले रक्सी खाएको सुरमा भट्टीवाल्नीलाई नै लिएर आयो । सावित्रीलाई घरवाट निकालीदियो। म सोच्दै गर्दा मनमनै हाँसे । म एउटा स्त्री , अर्कोलाई पिर पर्दा उसैको खप्पर अभागी भन्दैछु,किन म उसको पाटो मात्र देख्दैछु? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देशको नियति

~आशांक उपाध्याय~

मैले माया मारेको छू !
मेरो देशलाई,
मेरो धर्तिलाई.
अनी मेरो आकाशलाई !
किनकी
मेरो देशले मलाई चिनेन
मेरो धर्तिले मलाई थेगेन
अनी मेरो आकाशले मलाई छोपेन……… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिया, चुरोट र चुम्बन ……

~भविन धिताल~

चिया चुरोट र चुम्बनको
कुरै मज्जा छ
झप्प मात लाग्ने
शुरै मज्जा छ ।

बिना ओठ यिनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment