~सविना सिन्धु~
यतीबेला घरमा आमा पूजा गर्दै होलिन् । उनले बालेको दियोको बत्ति, जति तेल थपे पनि मधुरो बल्दै होला । यसै गरी पूजा गर्दा–गर्दै कुनै दिन झ्याप्प निभ्ला दियोको बत्ति । अनि आमाको मन अत्तालिएला । तर्सिएलिन् उनी । मलाई सम्झेर ‘बखते’ भन्दै चिच्याउलिन् । आमाको मन न हो ।
तर यस्तो हुन सक्दैन । यो मेरो भ्रम मात्र हो । आमालाई थाहा छ म विदेशी जेलमा छु । अभियोग पनि थाहा छ । तर मैले उनलाई फोनमा पटक पटक भनेको छु, “म दोषी होइन है आमा !” आमा विश्वस्त छिन् । म निर्दोष प्रमाणित भएर आफ्नै देश फर्किन्छु भनेर । यो मेरो देश नेपाल होइन । Continue reading