Tag Archives: भिमनिधी तिवारी – Bhimnidhi Tiwari

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : जोगिनी जस्ती भइछौ

~भिमनिधी तिवारी~ जोगिनी S S S S S S S S जोगिनी जस्ती भइछौ किन बाबा के भयो ? बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो जोगिनी केशको श्रिंगार पैले सम्झ आफै क्या थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : काम्यो लुगलुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!! टोपी सिर्फ छ नाम मात्र शिरमा, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दागबत्ती !!!

~भीमनिधि तिवारी~ म सात वर्षको थिएँ, अबोध बालकै थिएँ, कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ, मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ (१) यता लगे, उता लगे, कता कता कता लगे, जता तता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालक

~भीमनिधि तिवारी~ देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! देख्ने को ? नौ महीनाको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली भजन : आखिर सब हो माटो

~भीमनिधि तिवारी~ आखिर सब हो माटो श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ? पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो आखिर सब हो माटो रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी गरीबहरुको पनि यसरी … Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

गीत : जानिन देह पैले यो प्रेममा डुबाएँ

~भीमनिधि तिवारी~ जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती गोता हजार खाएं फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएं

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : काम्यो लुग लुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Posted in कविता | Tagged | Leave a comment

कविता : कोपिला

~भीमनिधि तिवारी~ साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

Posted in कविता | Tagged | Leave a comment

भीमनिधि तिवारी का मुक्तकहरु

~भीमनिधि तिवारी~ पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मेरो अर्धाङ्गिनी तिमी हौ

~भीमनिधि तिवारी~ आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ यो स्नेहको बिरुवा कैले पनि नसुकोस् फूलबारीको म माली मधुमालिनी तिमी हौ

Posted in गजल | Tagged | Leave a comment

कविता : नाट्यशाला

~भीमनिधि तिवारी~ संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन् जीवनधारीहरू सारा कर्मचारी समान हुन् छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

Posted in कविता | Tagged | Leave a comment

गजल : इश्कबाजी मा

~भीमनिधि तिवारी~ नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा। नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

Posted in गजल | Tagged | Leave a comment