~भुपाल सापकोटा~
यहाँका कुखुरा अल्छी छन
साढे-आठमा बास्छ्न
भक्तपुरे जुजुधौ
साढे-छमा काठमाण्डौं छिर्दो हो !
यहाँका डाँफे
राजतन्त्र गएपछि Continue reading
~भुपाल सापकोटा~
यहाँका कुखुरा अल्छी छन
साढे-आठमा बास्छ्न
भक्तपुरे जुजुधौ
साढे-छमा काठमाण्डौं छिर्दो हो !
यहाँका डाँफे
राजतन्त्र गएपछि Continue reading
~दीपक कुमार ज्ञवाली~
बनायौ डसना जोडेर साना चकटीहरु ।
बस भन्दै बिशाल डसना ओछ्याई दीयौ
तिमी नजन्मेकोभए बन्दैनथ्यो नेपाल यो ।
देशनिर्माणकर्ता बिर्सने कस्तो नेपाल भयोे ।
नमन गर्छु तिमीलाई खोलेर हृदय मेरो ।
पहिला ठूलो जन्मभूमि हो त्यसपछि अरुहरु । Continue reading
~आविष्कार कला~
देश बनाउन जुटे हण्डर खाए पनि बारबार
आजको नेपाल हो पृथ्वीनारायणकै आधार
सक्दैनौ भने Continue reading
~विमल निभा~
हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका Continue reading
~मातृका पोखरेल~
ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ Continue reading
~आविष्कार कला~
छाडियो गाउँ र घर
क्रान्तिको उर्जाको आधार
तराई लाग्दैछ पराई
कोहि छैन आफ्नो न वस्ने घरवार
जुर्मुराई हिड्नुपर्छ
तराईपुर्व र पश्चिम Continue reading
~राजव~
म पिंढीमा बसेर क ख ग पढ्दै
अक्षरहरुको बनोट सिक्दै हुन्थें
बा गाउँलेका
फााट, फाँटटका
खेतहरुमा कोदाली खन्दै हिँड्थें
किताबहरुले भरिएको झोला बोकेर
म स्कुल हिाड्थें
बा कााधमा कोदाली भिरेर Continue reading
~Nabin Kumar Chhetri~
It is only September and the fields have turned gold.
Soon the harvest season will come
when the paddies grow tall enough
to whistle with the wind.
The sparrows will come
and build nests on the roof of houses. Continue reading
~खोलाघरे साहिँलो~
आइतमानले सिमेन्टीको बोरामा थपक्क नाम्लो लगायो । फेदाङ्वाको सिमेन्टी अघि मात्रै साहुकोबाट ल्याएर बिसाएको थियो । भारी बोकेर उठ्न लाग्दा उसलाई अघि ल्याउँदाखेरीको भन्दा गह्रौँ लाग्यो । बल लगाएर तान्यो । उसकी श्रीमतीले भर्खरै मात्रै उसलाई एक डबका जाँड छानिदिएर सुँगुरलाई चारो खोज्न निस्केकी थिई । आजैदेखि उसका छोराछोरी पनि पढ्न स्कुल गईसकेका थिए । विद्रोहीहरूले शैक्षिक हड्ताल गरिदिएका थिए हिजोसम्म । आजदेखि सबैतिर खुल्ने हल्ला छरिएपछि सबै स्कुले केटाकेटी स्कुल गएका थिए । अहिले आइतमानलाई गह्रौँ भारी यसो घचेडी दिनेसम्म कोही भएन । Continue reading
~होमर श्रेष्ठ~
छट्टु नेता हतारिँदै गाडीबाट निस्केर आकर्षक वंगलाभित्र पसे र बहुप्रतिक्षित परीलाई अङ्कमाल गर्दै भने- “डार्लिङ, भेरी सरी ! Continue reading
~राममान तृषित~
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
अलिदिन कुरेर तिमीमा जवानी त आउन देऊ
पैले सम्भाल्न जान्नु
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
तिमीसँग माया लाउन एउटै कुराको डर छ Continue reading
~Abinash Shrestha~
Translated by : Mukul Dahal
Pushing Jungle to a desert
I am singing of the immortality of it.
Along with jungle vanished will be the beauty.
Along with trees departed will be the appearance.
Along with birds flown away will be the decoration.
Along with rivers shredded will be the treasures. Continue reading
~रमेश क्षितिज~
निद्राको पक्षी गुँड सरेर
टाढा पुगेको होला जङ्गलको कुनै रूखमा
यता तातो तावाजस्तो ओछ्यानमा
रोटी सेकेझैँ शरीरलाई
कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी ।
कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना
एउटा इतिहासको कालखण्ड देखिने ऐनाजस्ता अक्षरहरू Continue reading
~चोमु शेर्पा “खुशी”~
शब्दको मान्द्रो शब्दकै डोको शब्दकै डोरी बाट्ने रै’छ
लेख्नेहरुले त शब्द भित्रनि सुन्दर शब्द छाट्ने रै’छ
मन भित्रको बेदनालाई रचनाको स्वरुप दिई
अक्षर अक्षर सित आफ्ना सन्तुष्टिहरु साट्ने रै’छ Continue reading
~अनिल सम्राट~
म के सोच्दैछु, त्यो मलाई पनि थाहा छैन, जे सोच्दैछु, सायद राम्रै सोच्दैछु होला…
म त राम्रो मान्छे हो भनेर मलाई सधैं लागिरह्यो तर अाज खै के भो मलाई…? मलाई त्यो राम्रो मान्छेको छवि कता-कता गायब भएको जस्तो लाग्यो, मेरो कहानी धेरै अचम्म भयो । कहानी त हरेक व्यक्तिको जिन्दगीको हुन्छ तर अाफ्नो जस्तो कहानी कसैको पनि बन्दैन भनेर सबैलाई लाग्छ ।
मैले अब के गर्नुपर्छ भनेर मलाई नै थाहा छैन, अब म के गर्छु भनेर पनि थाहा छैन, के गर्ने भनेर पनि पत्ता लगाउन सकेको छैन, अब त धेरै नराम्रो अवस्थामा पुगिसकें । Continue reading
~शङ्कर ‘प्रेरणा’~
किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको
चिनजान आजै गरौं भेटघाट एकै छिनको
जिन्दगी दुई दिनको भेटघाट एकै छिनको
कर्कलाको पानी सरी मानिसको चोला
कहिले पनि भरिंदैन चाहनाको झोला Continue reading
~किरण खरेल~
मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धूलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ, कहाँ? कहाँ छ माया? Continue reading
~अज्ञात~
लय : घाँस काट्ने खुर्केर
घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिउँ यो जोवन ।।
डाँडाबाट हात्ती आयो लामो लामो कान
निहु खोज्ने केटाको दाँतैमा हान
कसलाई दिउँ यो जोवन ।। Continue reading
~बसन्त चौधरी ~
(मेरो प्यारो मान्छे तिमी एक्लै नजाउ न
जाने भए मलाई पनि साथै लैजाउ न)X२
(जब तिमी नजिकिन्छौ मेरो वैश फुल्छ
मुस्कुराउँदै हेरी दिंदा मनको दैलो खुल्छ)X२ Continue reading
~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~
एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ । बृद्ध उमेरका दुईजना मानिसहरु देखिन्छन्, लोग्ने र स्वास्नी । जाँतो एकछिन घुमाउँछन् । त्यसपछि थाकेर रोकिन्छन् । रोकिएको समयमा उनीहरुको सम्वाद यस्तो हुन्छ ।
यताउति हेर्दै बूढाको आवाज आउँछ—
बूढा— हेर् त बूढी घाम लागिसकेछ । एक छाक पनि पिस्न सकिएन अझै । Continue reading
~जीवनाथ धमला~
नयाँ बान्की सजिएर लिपिहरू/ध्वनिहरू
उभिएका छन् गल्छेँडा, चउरहरूमा
पिरो धूवाँको नागबेली लर्को
प्रश्नबोधकझैँ
टाँगिएको छ छानादेखि छानासम्म । Continue reading
~शिव प्रकाश~
‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको छ, उसको मुख । मस्तिष्कका बारुद भरिएको छ।
मान्छेले भनेको सुनेको छ, ‘नांगा आँखाले देखेका सपनामात्रै पूरा हुन्छन् ।’
वाचा गरेको छ, ‘आज सुत्दिनँ । निदाएँ र अर्को सपना देखेँ भने मेरा नांगा आँखाले देखेको सपनाको पहाड ढल्छ ।’ यी शब्द पनि सबै आवाज बन्छन् । आफ्नै मुखबाट निस्किन्छन् । Continue reading
आँसु खसाली रोइरहेथेँ जीवन-वनको बीच,
खोजी खोजी कतै तपाई मेरा मनको चीज ।
टुटे फुटेको आशामाथि नयन दुःखीका नीर !
कहाँ कहाँको, कता कताको, मेरो मनको पीर ! Continue reading
~सुरेन्द्र जोशी~
मेला र भिडमा भौतारिएको
दुखको आरनमा आफ्ना सौखिन सपनाहरुलाई दाह गरि
कंक्रिट र अर्ध इट्टालाइ माटो मिश्रण गर्दै
मेची र महाकालीका किनारमा
रापिएको सुर्यसङ्ग सौदाबाजी गर्दैन उसले,
उ सधै
नया युगको बिज रोप्दैछ
उसलाई थाहा छैन त्यो बिज उसैलाई बिजेको छ, Continue reading
~तिर्थराज अधिकारी~
क)तातो दूधले
थुतुनो पोलेर रन्थनिएका
चोर बिरालाहरु
मही पनि फुकेर मात्र खान्छन् ।
ख)झोक्रिएका बिरालाहरुलाई
मुसा नखाने
व्रत बसेको ठान्नु Continue reading
~लक्ष्मण वियोगी~
रोदीघरमा मादलुको, ताल मिठो ‘सोल्टिनी’
त्यही तालमा नाचेको त्यो, चाल मिठो ‘सोल्टिनी’
छमछम नाच्छ्यौ, पाउमा पाउजु बजाएर Continue reading
~राधेश्याम लेकाली~
उसले मधेश, पहाड र हिमाललाई
एउटै किल्ला बनायो
जुन माटोमा गर्वका साथ उभिएर
आज तिमी सत्ता राजनीति गरिरहेछौ,
हो,
सिमानाबाट भित्रिने बैरीहरूलाई
उसले लखेटेकै हो
जुन सिमानाबाट Continue reading
~विपुल सिजापति~
ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।”
“किन के भो र ?”
“मलाई एउटा केटीले साइड दिएकी छे, यसो हेर्न जाऔँ न ।”
“भो पर्दैन, म बेकारमा जुत्ता खियाउन चाहन्नँ । फेरि, तेरो चक्कर त हरेक महिना कोही न कोहीसँग चलि नै रहन्छ, कुन नयाँ कुरा हो र ।”
“यसपालि कुरा मिले यो फाइनल हो यार ।” Continue reading
~बिनोद खड्का~
नेता
बोली दिन्छ
केवल बोली दिन्छ
सीमारहीत
अर्थ हीन
मात्र बोली दिन्छ
फेरी पनि
ताली बजाउँनुकॊ विकल्प छैन । Continue reading
~सरल सहयात्री पौडेल~
भन्थ्यौ रे पहिले पहिलेपनि
देखाइदिन्छु म
नपत्याएको हो
भन्दैमा देखिने कुरा होइन
वास्ता नगरेको हो
सुन्दैमा सत्य हुने होइन Continue reading