Micro Story : A Sleeping Bag for Mr. Fox

~Binaya Kasajoo~

Mr. INGO once went to a village along with Mr. NGO. Around midnight Mr. INGO fumbled towards by bush to attend to a call of nature. He was greeted by a cacophony of foxes wailing together. Next morning at breakfast Mr. INGO asked Mr. NGO why the foxes made such noise at night.

“Sir, it’s their way of life, they always cry out after dusk.” Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

खाम मगर भाषी कविता : ङामी लिपि मङ सनो चोला

~व्योम जी अवतार~

काचाबालज़ पुलुउ परिके
मङन्यार:
हकिन गाभलज़ तुहिउ मङर:
अआ सनो कखय पहार
नोकिन छेछेछप्सिउ एवीसीडीय खागर
वाइँद-वाइँद एक दुई सनो तीनय सलापयाल: सःसुसु Continue reading

Posted in मगर कविता | Tagged | Leave a comment

गीत : नौलाख तारा उदाए

~अगमसिँह गिरी~

नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ
शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ
नजली यहाँ झिलिली मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : भ्रम

~यकिना अगाध~

एक गाउँको टोलमा कुकुरहरुको माझ उ नाइके थियो । अरु कुकुरहरुले उसलाई हियाएर हेर्न पनि सक्दैनथ्यो । उसको अभिमान यति उच्च थियो कि उसले आफूलाई यो टोलको मात्र नभएर संसारकै वीर ठान्दथ्यो ।

एकदिन पल्लोटोलको कुकुरहरुको नाइके ढलमलिँदै उसको टोलमा आयो । उ भन्दा खाइलाग्दो थियो । आफ्नो टोलमा ढलमलिँदै आएको देखेर उसले ङार्रा ङुर्रा गर्दै दाँत देखाएर तर्साउन खोज्यो । पल्लोटोले कुकुर नाइके तर्सेन । उल्टै उसलाई झम्ट्यो । उसले प्रतिवाद गर्न खोज्यो तर नसक्ने देखेर पछाडि हट्यो । मर्नुभन्दा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका छ मुक्तकहरु

~कौशिला रिसाल~

डुलेको याद आयो काफलको डाली डाली
बिझे काडा कति, खुट्टा हुँदा खाली खाली
ती यादका डुङ्गाहरू तर्दै छु आज म
सगालेर राख्छु अझै दिलबाट नफाली ।।

हिमालकी छोरी हु म, पहाड हो घर मेरो Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~गोविन्द गिरी प्रेरणा~

बालककालदेखि नै
आफ्नो अनुहार हेर्ने गरेको
ऐनामा
आफ्नै सासको बाफले
ढाकिदिएपछि
मैले आफ्नो अनुहार
क्रमशः धमिलो बन्दै गएको देखेँ
आफ्नो अनुहार आफ्नै कारणले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोज वोगटी

~मनोज बोगटी~

पाखुराबाट झरेको छ बलको बुढोे पात
र टाउकोमा पलाएको छ विचारको हॉंगा।
आँखाबाट उडेको छ अन्धो चील
र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ।
हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर?
आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा?
र हिलो खेलिबस्ने पानीको सुडौल शरिरको के मोह?
त्यसको नाकमाथि टल्किरहेको एक थोपा पृथ्वी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हाम्फाल्ने खाल्डो

~रमेश भट्टराई ‘सहृदयी’~

गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण
खाल्डोमा चातुर्य देख्थे क्यार
तलैया माटोमा ठडिएका अनन्य सपना
मानौँ घना जङ्गलको निष्पट्टता
चाहँदैन बस्न तर बाध्यता
गाउँको पाखो बारी बँझ्याएर
खाल्डोमा ओइरिएका तमाम विम्बमा
सुनौला सपना
अनेकौँ तर्कना Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रामलीला

~एमपी केयरलेस~

‘चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु’, एउटा साथीले बडो नमज्जाले भन्यो।

‘अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!’ अर्कोले थप्यो।

‘किन?’, मैले सोधेँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : के लेखियो जिन्दगी यो

~आशांक उपाध्याय~

नलेखी बस्न खोज्दा के लेखियो जिन्दगी यो
बलेसी बग्न खोज्दा समेटियो जिन्दगी यो

हुँदैथें भावहीन झर्न खोज्यो आँशु किन ?
परेली खस्न खोज्दा अँचेटियो जिन्दगी यो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : वाचा गरिन्

~लाक्पा शेर्पा समर्पित~

यौवनको उन्मादिलो मात दिने वाचा गरिन्
बासनाले भरिएको एक रात दिने वाचा गरिन्

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी
प्यासहरू मेटिदिन्छु आँत दिने वाचा गरिन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : स्पर्श

~अर्जुन थापा~

‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर बुढो तल ओर्लिबक्सिन्छ ।

जिन्दगीमा कहिलेकाहीँ कोही अपरिचित व्यक्तिलाई पहिलो भेटमा नै यस्तो लाग्छ कि धेरै पहिलादेखि नै चिनजान भएको छ । अघि मलाई त्यस्तै फिलिङ्स आयो जब उनीलाई भेटेँ । उनीहरू दुवै श्रीमान् श्रीमतीलाई नदेखेको न बोलेको नै थिएँ । तर उनीलाई देख्दा कताकता आफ्नोपनको आभास भयो मलाई । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसतिर

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरू टाढै उभिएजस्ता थिए ।

सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केझैं गरेर नदीका किनारमा गुम्लुंग परेर सुतेका चार–पाँच जना उठे । उठ्नासाथ सबैका मनमा प्रश्न उठ्यो— पेट कसरी भर्ने ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~
प्रस्तोताः होमर श्रेष्ठ

वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो।

हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

गजल : गाई गधा देखिएका छन्

~उमेश आचार्य~

गधालाई गाई देख्छन्, गाई गधा देखिएका छन्
मुहार उही ऐना उही, मात्र चस्मा बद्लिएका छन्

भट्टी छिर्छु तिमी भुल्न, मन्दिर लाग्छ मधुशाला
बोतलमा तिम्रै तस्विर,रक्सीमा याद मिसिएका छन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : माना नभएर पो त

~करुण थापा~

मेरो दुःख नाप्ने कुनै माना नभएर पो त
खाँदैछु म हजार चोट खाना नभएर पो त

भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा
पेट भर्ने कुनै पनि गाना नभएर पो त Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको

~रमेश भट्टराई ‘सहृदयी’~

घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । भेडाको उनको राडी र ओछ्याउने पाएपछि दिनभरि थाकेका भरियाहरू बिहान उज्यालो हुन्जेलसम्म सुत्थे । अलिकति पनि पीडा र अशान्तिको रङ देखिन्नथ्यो । बिहान यसो पैसा टक््रयाउन खोज्दा हजुरबाले ‘भैगो पर्दैन’ भन्नुहुन्थ्यो । उनीहरू हृदयदेखि नै आभारी हुन्थे । म त्यो दि सम्झन्छु– कुनै समयमा फेरि त्यसै गरी आउनुपरेमा सम्झेर केही चिज Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छापिन्छन् राहदानी पनि

~अनुपम ‘नवोदित’~

यति धेरै छापिन्छन् राहदानी पनि
दिनका दिन उड्छन् जिन्दगानी पनि

एक फिस्को हाँसो बटुल्न दौडिँदा दौडिँदै
घरीघरी आँसु पठाउँछिन् चाँदनी पनि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : पूजारी बाजे

~दिल थापा~

मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई
साँझ बिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई
रिठे कामीको आणविक आराममा
पाइन बस्ने गरी अजार्पेको खुकुरीले
रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ ।
शक्तिपिठहरुलाई खुसी पार्न ।
अद्श्य मानिसको भाकल पूरा गर्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

बज्जिका कविता : समयके पुकार

~सुनिल प्रसाद यादव~

उठ तु अब अठ
कथि जिअई छे, एगो
जिन्दा लाशके जईसन
एसे त मरले अच्छा हऊ
अपना माटीके लेल
कमाएल,खाएल,पिअल आ सुतल
हि जिन्गी न हई Continue reading

Posted in बज्जिका कविता | Tagged , , | Leave a comment

समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~

लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना पाका वरिष्ठ स्रष्टाहरूले भने उहाँलाई एउटा कुशल साहित्यकारको रूपमा चिनेका छन् । संयोग वरिष्ठ स्रष्टा शेरचनसँग म २०६४।०६५ सालतिर परिचित हुन पाएँ । यसको श्रेय भने बागलुङ निवासी स्रष्टा काजी रोशनलाई जान्छ । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरी आमा रुदैछिन् आज पनि

~प्रतिमा अधिकारी~

छ तिनै सन्तानको खोजी,
पढोस् गरोस् यहि देशमा
पलोस् बढोस् यहि भेषमा
भनोस् मेरो देश मेरो शान
नेपाली हुन पाउनु मेरो अभिमान Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली नाटकको परम्परा र विकास

~विनयकुमार शर्मा नेपाल~

आरम्भ

श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ । मानव जन्मजात अनुकरणशील प्राणी हो । नृत्य र नाटक पनि अनुकरणकै एक रुप हो तर लेख्य रूपमा भने नाटक पूर्व र पश्चिम दुवै धरातलमा काव्य, महकाव्य, गीतिकाव्य, श्रव्यकाव्यभन्दा पछाडि नै देखापर्छ ।

पूर्वीय साहित्य फाँटमा प्राचीनकालमै चीनमा नाटकको उदय भएको विश्वास गरिन्छ । इ.पू. ५५१–४७८ तिरै कन्फ्यूसियसको समयमा चीनमा नाटक अभिनित भएको सङ्केत भेटिन्छ भने यसको परिष्कृत रूप इ.पू. ५८० Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : भन लौ तिमी नढाँटी

~म. बि. बि. शाह~

भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल

ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जाति गान

~हरि कट्टेल~

आऊ देश विदेशबाट सहजै नेपालमा सज्जन ।
लाऊ प्रीति हिमालमा मुलुकका हेरेर पाखा वन ।।
गाऊ गीत सुशान्तिका शिखरमा झन्डा उर्ठाईकन।
नेपाली जन जातिको छ रसिलो संस्कार ठूलो मन ।।

मुर्चङ्गा मुरली सँगै वनचरी नाच्छन् पखेराभरि ।
डम्फू मादल बज्दछन् घरघरै घन्केर बस्तीभरि ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~

परिचय

हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) पढ्ने सौभाग्य मिलेको थियो र ती कृति सम्बन्धमा केही धारणा पस्केको थिएँ । आज ‘माधवआनी’ खण्डकाव्य,२०७३ ले मलाई आकर्षित पारेको छ र म त्यसैमा रमाइ रहेको छु । छन्दमा रमाउने यी कविलाई एक दर्जन जति साहित्यिक संंस्थाले सम्मान गरेका छन् भने साहित्यिक कार्यक्रममा सहभागी भै प्रतियोगितामा प्राप्त गरेका पुरस्कार पनि दर्जनौ छन् । हरि Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लोक गीत : पर्नु पर्‍यो पिर

~बुद्धिकृष्ण लामिछाने~

(पर्नु पर्‍यो पिर जेठा मलाई पिर
एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2

(एउटी भन्छे कन्ती किन्देउ अर्की भन्छे कराइ,
कराइ किन्न नसकेर खाटबाट लडाई, मलाई खाटबाट लडाई ।। )X2 Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट

~प्रवीण राई जुमेली~

सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो

नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~

मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल थलो मान्छन् । गोर्खाली सेनासित लागेर मगरहरूको यो समूह पूर्वी नेपाल र उत्तर पूर्वी भारतसम्म पनि छरिएको छ ।

यस समूहका केही मगर बस्तीहरू त दैलेख र सुर्खेतमा पनि पाइन्छन् । मगरहरूको यस समूहले भाषालाई ‘ढुट’ भन्ने हुनाले यस समूहलाई अचेल ‘मगर ढुट’ भनेर पनि चिनिन्छ । रोल्पा, रुकुम र पश्चिम बाग्लुङको निसी Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सायद चोट नै हो जिन्दगी

~बिपिन शर्मा~

ति दिन अब रहेनन्
हामी विच तिमी रहेनौ
केवल यादहरु छन् बितेका पलका
हरेक पल ताजा हुन्छन्
बिर्सन खोज्दा प्रत्येक बिर्सिएका
पुराना थोत्रा सम्झना पनि ताजा हुन्छन्
जिन्दगी सायद यस्तै होला………
त्यसैले त तिमी रमाएनौ जीवनसँग Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : घोडाहरू हिन्हिनाइरहेछन्

~जीवनाथ धमला~

सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म मानिस धेरै चिन्तनशील भइसकेको थियो र सम्भवतः सिकारी युगको अन्त्यसम्म घोडा चढ्न थालिसकेको थियो ।

यस जनावरलाई मानिसले क्रमशः आफ्नो हितका लागि साथमै राखेर पालनपोषण गर्न थाल्यो । पशुपालन युग सिकारी युगको अन्त्यसँगै सुरु भयो । त्यसक्रममा घोडा पनि पाल्न थालियो । पशुपालन र कृषियुग एकैसाथ सुरु भएको अनुमान समाज वैज्ञानिक वा समाजशास्त्रीले गरेका छन् । ईसापूर्व तीन हजार वर्ष पहिलेदेखि Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

भलाकुसारी : साहित्य समय र जीवनको ढुकढुकी हो – ज्ञानुवाकर पौडेल

“साहित्य समय र जीवनको ढुकढुकी हो र यसले आफ्नो जीवन आफ्नै शैली, आफ्नै ढंग र आफ्नै शर्तमा बाँच्न सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र नभएर अग्रजहरु र तन्नेरीहरु माझ पनि उत्तिकै परिचित हुनुहुन्छ।  आफ्नो चञ्चल स्वभावका कारण बाल्यकालको पश्चिम नेपालको कैलाली तथा भारतको दरवंगा, चम्पारण मुजफ्फरपुर आदि शहरको बसाईका क्रममा पढाइमा रुचि नदिएको तर २०२७ सालमा दरवार हाइस्कूलमा कक्षा ७ मा भर्ना भइ अध्ययनलाई निरन्तरता दिंदै त्रीचन्द्र कलेजवाट राजनीति शाश्त्रमा स्नातक सम्मको अध्ययनको शैक्षिक पृष्टभूमी छ उहाँको।  एसएलसी परिक्षामा हिसाव नआएपछि उत्तरपुस्तिकामा कवितालेखेर फेल भएको दुखद तर रमाइलो घटना Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment