~Sujata Zimba~
Those sweet memories
How so I remind you of
Lone am I here
So easily thee forgot
Couldn’t even think
Thy love could get hurt Continue reading
~Sujata Zimba~
Those sweet memories
How so I remind you of
Lone am I here
So easily thee forgot
Couldn’t even think
Thy love could get hurt Continue reading
~रमेश शुभेच्छु~
विश्वासी जन टाढियो परगयो एक्लो बनायो अब
अर्को को दिनसक्छ त्यो निकटता भेटिन्न होला अब
कत्रो अन्तर लाग्छ एकजनको सामीप्यमा-दूरता
एक्लो लाग्छ जता जहाँ, किन कतै गाँसिन्न त्यो मित्रता –
गाँसु गाँस्न सकिन्न त्यै किसिमको आत्मीय नाता अरू
सोच्तै पाप हुनेछ लाग्छ मनमा एक्लो छु खै के गरुँ – Continue reading
~केपी अनमोल~
बुवा म तिम्रै सन्तान हुँ,
अंश देऊ भनेर कुट्न आउनेलाई
आफ्नो ठान्नु हुन्छ ।
हेर्नु हुन्छ की भनेर,
शान्त भएर कुनामा बसेको छु
सदियौंदेखि ।
मेरो अवस्था पनि बुझिदिनु न,
आमालाई त थाहा छ तर,
बुवा ! तिमी भ्रममा छौँ । Continue reading
~‘अभिलाषी’ शारदा राई~
मध्य राती झिलमिल शहर नियालेर बसेको छु
साथमा छ एक टुकी त्यसैलाई बालेर बसेको छु !!
मनको पीडा वेदनालाई दवाएर आफै भित्र सबै
मौनतामा एकोहोरिएर हाँसो फालेर बसेको छु !! Continue reading
~भगवती बस्नेत~
हाँसो खुसिको बहार लिई आऊ नयाँ बर्ष
मेलमिलाप प्रेम प्यार लिई आऊ नयाँ बर्ष
हिमाल पहाड तराई कोहि छैनौ पराई हामी
आनन्दको सुन्दर संसार लिई आऊ नयाँ बर्ष Continue reading
~देबेन्द्र बस्याल~
खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने र नक्कल गर्ने समय हो यो उसको । त्यहि उमेरका कारणले आजभोली उसले उसको स्वभाव देखाउन थालेको छ ।
गाउँभरीका केटाकेटी जम्मा गरेर पुत्ला बनाएर नारा लगाउदै मूर्दावाद र जिन्दावाद भन्दै हिड्छ उ । कहिले झुम्राहरु जुत्ताको मोजामा भरेर गोलोबनाएर भलिवल खेल्छ । कहिले बारीको डिलमा टिन ठटाएर नाचेर गाएर Continue reading
~आवाज शर्मा~
ढुक्क भै जिउने जब रहर आयो
ढल्किँदो जिन्दगी नजर आयो
आँशु झैं पिइदिएँ नदी सारा
फेरि भक्कानु भै बगर आयो Continue reading
~निशब्द प्रमोद~
हे परमेश्वर!
तानाशाह हौ तिमी
सत्ताको मोहमा सदैव लिन
कति ढाक्छौ काला कर्तुत
सबै देखी सकें
अलिकति त मान घिन।
आऊ तिमी मेरो देशमा Continue reading
~स्पन्दन बिनोद~
आँखाभित्र राखेपछि झर्न दिन्नौ भने
मुटु झिकी दिन्छु मलाई मर्न दिन्नौ भने
सधैँ लालीगुँरासभै फुल्छु त्यो ओठमा
त्यो जवानी पराईको पर्न दिन्नौ भने Continue reading
~पूर्ण ओली~
‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’
भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको अपहेलना गरिहाल्नु भयो ।
मैले दाइलाई कोट्याउँदै कानमै फुसफुसाएँ, ‘नकराउनू न दाइ, उनी हाम्रो निर्देशक हुन् । यतै कतै होलान्, सुने भने बित्यास् पर्छ ।’ Continue reading
~लाक्पा शेर्पा समर्पित~
कान्छि चोर्खू ङा ङिसु, ठिक्क जवानीला
कान्छि फोरू ङा देरू, फिक्का जवानीला ।
लाक्पाला घडि छोगिनो ,रोके खिजे मूछूङे
मिनेट घण्टा ङिमा र लो ,टिक्क जबानीला । Continue reading
~नविन काफ्ले अभि~
आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई । उसका मनमा चिसो पसेको थियो दिन बाटै आज के हुने हो भनेर । लगातार एक घण्टासम्म त्यहि ड्याम ड्याम डुमडमको आवाज सुनीयो । उसलाई उसका बाले सुनाएको पौराणिक युद्ध कथाको याद आयो । मन भित्र डरका तिता डुसाहरु मौलाए ।त्यसपछि सारा गाँउ भरि हतियार धारीहरुको प्रवेश भयो । Continue reading
~आनन्द श्रेष्ठ~
तराईको आगो पनि निभाउनै पर्छ
सबैलाई मिठो आशा दिलाउनै पर्छ
यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने
हार्नेलाई उठाएर जिताउनै पर्छ Continue reading
~अहम् स्रष्टा~
तिनका हरेक कदमले गन्तव्य छल्न थाले
जब ती कदम कदममा यात्रा बदल्न थाले
जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन
ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले Continue reading
~पाब्लो नेरूदा~
अनुवाद: बिनोदबिक्रम केसी
जब हेर्न सक्दिनँ म तिम्रो अनुहार
हेर्छु तिम्रा खुट्टा ।
गुम्बजाकार हाडका खुट्टा
कडा र साना खुट्टा ।
मलाई थाहा छ
तिमीलाई बोक्छन् तिनले Continue reading
~होमर श्रेष्ठ~
महाशय उपरखुट्टी लाएर नयाँ चक्कुले स्याउ टुक्य्राउँदै खाँदै थिए, हरियो झिँगा भन्केर आएर स्याउको टुक्रोमा बस्यो । उनले हातले हम्के । Continue reading
~यकिना अगाध~
आफूले कार्यभार सम्हालेदेखि उसले घुसखोरी, भ्रष्टचारी, तस्करी, डन सबैलाई तह लायो । आफूले भ्याएसम्मको बेथितिलाई हटाएर थिति बसाल्यो ।
सुशासनको अपेक्षा गरिरहेको सर्वसाधारण जनताको उनी आँखाको नानी बन्यो । सबैतिरबाट वा-वा र स्याबासी पाइरह्यो । सरकारले पनि उसको कामको उच्च मूल्याङकन गर्यो । स्यावासी स्वरुप कनिष्ठ अनुसन्धान अधिकृतबाट वरिष्ठ अधिकृतमा बढुवा गर्यो । Continue reading
~कौशिला रिसाल~
मसँग पनि
अलिकति मुस्कान छ,
अलिकति सुन्दरता छ
मैले बुझेको सुन्दरता
मेरो पसिनाको सृजनामा छ
माटोको आयाममा छ
ढुङ्गाको आयाममा छ Continue reading
~पाेष्टराज चापागाईं~
छन्द : रोल्मी
पन्ना भर् जति हजार तँ
इस् हुन्छस् गजलकार तँ
गाको भा पुलिसमा बरु
बन्ने थिस् हवलदार तँ Continue reading
~तारा कट्टेल~
जूनले वेपरवाह अन्धेरीलाई
फ्याके जति उज्यालो,
आमाले कपाल मूसारे जति प्यार,
दानव चंगूलसंग बच्न
धर्तिले कम्पन थामेजति ताकत,
देशमा सदभाव, भाईचारा र
बूद्दको सेरोफेरो जति शान्ति, Continue reading
~जीवराज बुढाथोकी~
छन्द: सगरमाथा
बस्छाै भने अँखामा यी, परेलीका, द्वार खाेली दिन्छुु ।
सुन्छाै भने आत्मामा त्यो, सुसेलीकाे, मर्म घाेली दिन्छु ।
चाहिन्छ यो ज्यानै मेरो, भनेनी त्यो, पीर केही छैन,
सक्छाै भने मागे हुन्थ्याे, मनै छेड्ने, आज गाेली दिन्छु । Continue reading
~सदानन्द अभागी~
तिम्रो सुन्दर बगैंचामा गुलाफ फूल फुलेको छ
मकरन्द पान गर्न भमरा त्यहाँ झुलेको छ
धन्य रहिछ्यौ देवी तिमी रसातलमा पौडिएकी
रसातलको पौडाइ हेर्दा विश्व मेरो भुलेको छ Continue reading
~मञ्जु काँचुली~
मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, ‘यो विधवीलाई कति धेरै रातो मन परेको होला ।’ मलाई भने उहाँको नङको रातो पालिस मात्र होइन, उहाँको निधारको अखण्ड रातो टीका पनि औधि मन पथ्र्यो, यसैले कि रातो लगाउनु भनेको हाम्रो प्रचलित संस्कृतिको विरोध गर्नु हो । संस्कृतिको विरोध गरेको मलाई औधि मन पर्छ ।
एक दिन छिमेकी राष्ट्रको ध्वनि र उच्चारण गरेर नेपालीमै भक्तिदर्शनका प्रवचन दिने एक आत्मज्ञानी महायोगी ब्रह्मचारी बाबाको काठमाडौंको सहरमा अचानक प्रवेश भयो । उहाँ यो रंगीचंगी सहरमा थोरै दिनमा नै निकै लोकप्रिय बन्नुभयो । Continue reading
~दिनेश अधिकारी~
एक्लै हिँड्दाको आनन्द
तिमीसँग हिँड्दा हुँदो रहेनछ ।
म चाहन्छु
बाटोमा हुरीसँग एक्लै जुधूँ
पछाडि कहिल्यै पनि नफर्कूं
र, आफ्ना पैतालाका डोबहरू छोड्दै रहूँ
चुम्लुङ्ग ।
विषालु काँडाहरू ओढेको Continue reading
~मोहन बन्जाडे~
कहिले देखिने वृष्टिछायाँ, र
कहिले नदेखिने तप्केनीमा परेर
साघुरिएको सानो फुलबारी
कहिले आफ्नो आकारको चिन्तामा हुन्छ
कहिले मालीहरुको टकरारको चिन्ताले रुन्छ
उताकाहरु एकै रंगको फूल रोप भन्छन् Continue reading
~कृष्णराज पौडेल ‘सञ्जाल’~
रुचिविहीन शिक्षा लिइन्छ भने
दक्षता हासिल गरेर के काम ?
व्यावहारिक शिक्षा छैन भने
सयौँ किताब पढेर के काम ?
दृष्टिकोण उच्च छैन भने
धनका पखेटा हालेर के काम ? Continue reading
~राजु नेपाल~
परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन्। यति धेरै मान्छेको भीडको वरिपरि छु, तर मेरो मनले एक्लो अनुभूति गरिरहेछ।
आँसु र हाँसोको दोसाँधमा छ मन, कस्तो असमञ्जस हो यो? न धक फुकाएर हाँस्न सकिरहेको छु, न डाँको छोडेर रुने हिम्मत छ मसँग। कसैको अनुहार देखेको छैन मैले। Continue reading
~रामप्रकाश पुरी~
आज धमिलो समयको घडीमा
धुलो र धवाँको एउटा भूगोलमा
सपनाको लालीगुराँस फुलाउँदै
उभिएका छन् जीवनका तस्विरहरु ।
जीवनका सङ्गीतका तारहरु
स्वाभिमान र स्वतन्त्रताका गजलहरु गाउँदै Continue reading
~गोविन्दप्रसाद आचार्य~
गर्भभित्र छोरी भए फाल्ने चलन मुर्दावाद
गाउँ बस्ती शहर बोल छोरी जिन्दाबाद
बोल नारी अब कोही छोरी फाल्न जाँदैनौँ
छोरी फाल्ने विष पनि हामी खाँदैनौँ
सबै जना बोल्नुपर्छ आउ ताँती लागेर
छोरी मार्ने चलनको विरोध गरेर
राम्रा चलन ल्याउनुपर्छ विगतलाई तोडेर
नारी बोक्सी भने टुप्पी गोडेर
Continue reading
~अविरल यात्री~
परेलीमा आँसु रोक्ने, बार लाउन पाए
चालिएका कदमको, सार लाउन पाए
भुमरीमा फसेको छ, बगिजाने खोला
अल्झाउने समस्यालाई, पार लाउन पाए Continue reading
~अनन्त लम्साल~
सक्छौ भने मायाको शंखनाद गरिदिनु ।
सक्दैनौ त मेरो मुटु आजाद गरिदिनु ॥
तिमी मेरी हुनै पर्छ भन्ने केहि छैन
अलिकती माया दिनु र याद गरिदिनु । Continue reading