गजल : मेरो आँगनीमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

मसिना चिचिला जोगाउन मैले सकिन मेरो आँगनीमा
टुसाएका बृज मासिन्छन् स्वार्थ लिन मेरो आँगनीमा

कस्लाई गुहारौ? छिमेकीलाई, तर घरको मामिला
समस्या सुल्झाउन खै म जान्दिन मेरो आँगनीमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी र म

~निशब्द प्रमोद~

तिमी र म
तिमी तिमी मै छौ
म ममा रहिन
तिम्रा याद मै सङ्ग छ
ती यादमा म भैन।

तिम्रा एकल यादहरू
यादका बज्रपातहरु
कति सहेँ कति मुर्छित भएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तामाङ लोककथा : देवता र मानिसबीच अंशबन्डा

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~

उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो।

मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल नामकी छोरी Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : औषधि खाऊ साथी

~गोवर्धन पूजा~Govardhan Pooja

बढ़ी नै खोक्यौ तिमीले औषधि खाऊ साथी
रयाल खकार जाचउन अस्पताल जाऊ साथी

गारो हुन्छ पछि फेरि रोग बढ्दै गयो भने
बोल्न पनि न सकौला भएपछि घाऊ साथी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मैले कथाको बिट मारेँ

~कैलाशमणी खरेल~

जेठ महिनाको चर्को घाममा ऊ कतै जाँदै थियो । मध्यान्हको समय भएकोले प्रचण्ड गर्मी थियो। निर्जन र उजाड मरुभूमि भन्दा केही देखिँदैन टाढा टाढा सम्म । कतै-कतै बेआकार भएर लमतन्न तेर्सिएका चट्टान देखिन्थे । तातो हावा चलि रहेको थियो। बालुवामा हिँड्नु असाध्यै कष्टकर थियो। थकान र अत्याधिक गर्मीले लखतरान भैसकेको थियो ऊ । केही बेर थकाई मार्नु पर्‍यो भनी सोच्यो । कतै रोकिएर बिश्राम गर्ने जस्तो ठाउँ देखिदैन । ऊ ब्याकुल भएर बेमनसँग हिँडिरहेको थियो कतै केही भेटाइहालिन्छ कि भनेर। तर निराशा मात्र हात लाग्यो। आफूलई साह्रै निरिह र लाचार महशुस गर्यो। मनमनै सोच्यो केही बेर शितल छहारी‍मा थकाई मार्नु मात्र पाए हुन्थ्यो। भगवान लाई सम्झ्यो र पुकारा गर्‍यो।” हे प्रभु, म माथि दया गर” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मन

~रीता खत्री~

जीवनको सुकिलो
ऐना अगाडि उभ्याएर
मैले मनलाई कैयौपटक
दोषी सावित गर्न खोजेँ
इच्छाको युद्ध रोक्न खोजेँ
आवेगको आँधी रोक्न खोजेँ
तर मन, मेरो देशको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आगो पिएर बाँच्ने

~जीवनाथ धमला~

आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै छातिभरि ज्वला छ

मेरो संसार जहाँ आँसुका भेल हुन्छन्
मेरो हिंडाइ जहाँ काँडाहरू भरिन्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन यसरी टोलाएको के भो हजुरलाई

~किरण खरेल~

किन यसरी टोलाएको के भो हजुरलाई
कुन पापीले लगायो टुना हजुरलाई
किन यसरी

पहिले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आज फेरि छोरासित !!

~विकास गोतामे~

स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर
तैले यसो भन्न सोभा दिदैन मेरो छोरा
कि मैले खून खराबी किन गरिन !
सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियो
सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियो
तर मेरो छोरा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~

सरकार
म मर्न चाहन्छु
मलाई इच्छामृत्युको अधिकार देउ ।

पहिले खुँडा खुकुरी बोकी हिड्थे
धनुकाँड चलाउँथे
आफ्नो सुरक्षा आफै गर्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मखमली

~तारा केसी~

मध्यरातमा जून हेर्दै नरूनु
न टाेलाउनु ती ताराहरूसित
आँसुकाे दहमा भरिदै मेराे यादमा नभत्किनु
म आउने छु र उदाउने छु तिम्राे यादमा
र गल्ने छु तिम्राे आँसुमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रित

~इश्वर देवकोटा~

हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर
लडीबुडी खेल्ने काख तिनै पाखा भिर
प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा
लेकबेशी उकाली र देउरालीमा छाउँदा
बनका चरी साथि बने छहरा चाहिँ गीत
प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ ! एक फूँक मारने हो ?

~केपी अनमोल~

एक हुल ठिटाहरु
म तिरै आउदै थिए,
भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर
दाइ ! एक फूँक मार्ने हो ?

जुगाँको रेखि त बसेकै छैन
चिउडोमा पलाएका
दुई चार झुस बर्टादैं भन्छन्,
शिवरात्री हो, शिवरात्रीले गर्छ…..।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Pleading for the LOVE

~Pravin Rai Jumeli~

Do not arrest me within your forearms

Do not play me with your kisses

Do not draw the boundary of love by the love letters

Your unrestrained youth does not flavors the love Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : थर्काउँदैछ राजमोले

~हिरारत्न श्रीशा~

पूर्वदेखि पश्चिमसम्म थर्काउँदैछ राजमोले
संघीयता, जातिवादलाई तर्काउँदैछ राजमोले

सिंगो नेपाल चाहिन्छ भन्दै जनता सचेत गराएर
गरिब, राष्ट्रप्रेमीको दिन फर्काउँदैछ राजमोले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : धर्म,दर्शन र संस्कृति

~ज्ञामुराम न्यौपाने~

धर्म

देवीदेवताहरूलाई विश्व ब्रह्मान्डको निर्माता, सञ्चालक ठान्नु र देवीदेवताका सांसारिक प्रतिनिधि पन्डित, पुरोहितहरूलाई ढोग, दान, भेटी चढाएर खुशी बनाएपछि यो जीवन सुरक्षित हुन्छ भन्ठान्नु धर्म हो । तर हामी मानव विकासको सुरूवाती प्राग–ऐतिहासिक कालखन्डलाई बुझ्यौँ भने त्यस समय कुनै देवीदेवता वा तिनका प्रतिनिधि पन्डित पुरोहितहरूको अस्तित्व पाउँदैनौँ । भोग, वली प्रथा सुरूमा थिएन । पशुपालन पनि धेरै पछि मात्र आरम्भ भएको हो । पशुपालन नभएसम्म केको भोगवली दिनु ? मानवोत्पत्ति भएदेखि मानव सभ्यतालाई Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : कसैले छेक्न सक्दैन

~दीप गोले~

परिवर्तन हुन्छ अवश्य कसैले छेक्न सक्दैन
चल्छ क्रान्तिको आँधीबेहरी कसैले रोक्न सक्दैन

सचेत बन्दै जनता जब आउँछन् क्रान्ति मैदानमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : पहिल्यै लायौ छेउ

~जय ब. घिमिरे~

व्यर्थै हाल्यौँ भोट
तिमीले हामीलाई दिनु दियौ चोट ।

आकाश पाताल जोडेर भाषण, जोडेर भाषण Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कविता : आमा

~दाजु गुरुङ~Daju Gurung

आमाको काँख
लाखौमा लाख ।

वर्षातमा छाता
घाममा छाँया
आँचलको कवच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~जया शर्मा~

कति पढ्नु उस्तै-उस्तै समाचारहरू ?
कति सुन्नु उस्तै-उस्तै खबरहरू ?

लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको
च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको
उड्नै खोजेको पखेटा काटिएछ मैनाको
बुन्दै गरेको सपना चुँडिएछ नैनसराको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुल्यवान मुल्यहिन पलहरु

~नारायण माया बोहोरा ‘नन्दनी’~

‘तिमी मेरो मनले खाएकी नारि’ उ भन्छ ,
तिमीलाई सन्सारकै सुन्दर सफल महिला बनाउन चाहन्छु’
प्रफुल्लीत हुन्छु
आफुप्रती मायाको आभाष पाउदा,
लाग्छ
उसका सपना,
उसका कल्पना, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेचीलाई बाटो सोधेर

~अगमसिँह गिरी~

टिस्टा, रङ्गित र रेली
धुपीडाँडाहरू यी
परिचित–परिचित
मेरा पहाड–पखेरा यी
सपना यहाँ कुण्ठित छन् यद्यपि
बिपना यहाँ लाञ्छित छन् यद्यपि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मगर भाषी कविता : पाइन्ग्न कनुंग लाम(खोजौ न हाम्रो बाटो)

~भिक्षु ज्ञानमेधी~

कुत्तै राहा कान मगर जति पाइन्ग्न कनुंग लाम
डाडा र भाटा छानार मजेयोसा कानुंग ईम !!

वाहुन कै कनकी अग्यनंग न भुलदिया
मगर कोलक हिन्दु ति देयार नामसिन न मुलदिए!!! Continue reading →

Posted in मगर कविता | Tagged | Leave a comment

कविता : विरोध

~रसुवाली कवि~

रुखबाट खसिरहेको पात
धमिलो बगिरहेको बर्खे भेल
बासुरीको लयबद्द धुन
डाँफे, मुनाल, कोइली
भोक, शान्ति, युद्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन किन रुन्छ

~उर्मिला कोईराला ‘आँसु’~

सम्झिएर अझैपनि मन किन रुन्छ
भनिदेन ए चाँदनी मन किन रुन्छ ।

बर्षौ भयो अझैपनि छैन कुनै खबर
औंला भाँच्दै दिन गनि मन किन रुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हनुमान

~नवराज पराजुली~

भारतीय दुतावासको गेटको छेउमा
राति नौ बजे
एउटा नौ बर्षको बालक
आफुसंग बाँकी रहेको
ठुलो चन्द्रसूर्य झन्डा ओढेर
निदाउन खोज्दैथियो

झण्डाको सूर्यबाट न्यानो पाएर होला
बोरा निदाएजस्तै निदायो त्यो बालक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू केही त बोल

~गोविन्द गिरी प्रेरणा~

फूलहरू,
बगैँचामा फुलेर मात्र पुग्दैन
सुगन्ध छरेर मात्र पुग्दैन
मौनताले अभिषेक गरेर
एकान्तमा
साथ दिएर मात्र पुग्दैन
अब चुपचाप बसेर पुग्दैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~

म आफ्नै सुख र शान्तिका निम्ति
सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट
सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर
औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै—
अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निमग्ना घिमिरेका पाँच मुक्तकहरु

~निमग्ना घिमिरे~

हृदयमा माया साँची, छैन जस्तो गर्छाै ।
मनले आफ्नै मानेर नि हैन जस्तो गर्छाै ।।
मनकाे भाका ती नजरले बाेलिरहे पनि,
बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।।

दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ?
जीवनका उकाली र ओराली सँगै झराैँ न हुन्न र ? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सन्जोग

~बिपना ढुङ्गाना~

विदेशबाट घर फर्कियो छोरा,
सपनाका माला उनेर
फर्किएको बर्षदिन नभई
मर्दियो छोरो,पासो बुनेर।

“बाबुआमाको मन छोराछोरीमाथि,
छोराछोरीको मन ढुङ्गामुडामाथि”
आखिर सत्य भैदियो त्यो भनाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसुसँग हाँसो साटेर जाऊ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

आँसुसँग हाँसो साटेर जाऊ
म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ ।

जन्मेको हूँ म अर्काको दुःख हर्न
आनन्द हुन्छ मलाई हाँसो दिँदाको क्षण Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~

ऊ हाँसेको देख्दा
लाग्थ्यो जीवन यसैको नाम हो
तर,
त्यो हाँसो मात्र एक
पीडा ढाक्ने आवरण
अनि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment