गीत : सम्झी रुन्छ

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ
चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ

सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ
सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ
नदी हुँदा मायालु त्यो किनार संगै हुन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : केवल

~कौशिला रिसाल~

युगको प्रविधि ,
समयको तातोले
खुइलिएको मन
शीतल गर्ने बाहना
मेरो हातमा छ अहिले,
सामसुङ्ग सेभेन एक्स ।

बानी परेकै हो,
दायाँ हातको चोर औँला थिच्छ
कि प्याडको गणित अङ्क ९८४१…… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~

हो, म अक्षर झैँ
मान्छेलाई पढ्ने गर्छु ।

कहिले चोकमा त
कहिले गल्लीमा बसेर
पढ्ने गर्छु ।
कहिले सडक भएर त
कहिले ढुङ्गा भएर
चिन्ने गर्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पौरख

~पुरुषोत्तम अधिकारी~

रोजेर कर्मवीर अप्ठ्याराहरु
गुजार्दै छ दैनिकी कष्टकर,
अभिलाषा के बोकेन र उसले
अभिनयमा भयो तम्तयार
गन्तव्य निकट होस् वा दूर
छोडेन शरीर र मन रगट्न,
आसमानका नक्षत्र गन्दै हुन्थ्यो
गन्दै हिमखण्डका शीर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नदेखेको धेरै भयो

~सतिस भट्टराई~

कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो
बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो।

म घर छदानै चुहिने छानो , नटालेको के भयो
भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्दवद्ध गजल : वन भरी सेर मेरा

~पाेष्टराज चापागाईं~

छन्द : थार्के काङ

सुन्ने भन्छन् गर्जिदै छन् रे ! वन भरी सेर मेरा
ती भन्दा झन् आततायी छन् गजलका सेर मेरा

जस्तै क्रोधी दुष्ट बैरी हुन् कि घरकै शत्रु हुन् ती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण

~डा. जीवेन्द्रदेव गिरी~

( लेखको सार – सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको वर्णन  रोचक त छँदै छ, प्राचीन समयका कैयन् जानकारी समेत दिन सक्षम छ ।  यसले उहिलेको नेपाली समाज र भूगोललाई अङ्गीकार गरेको पाइन्छ । यस गाथाको परिवेशको वर्णनबाट हाम्रा पुर्खाहरु कस्तो परिवेशबाट गुज्रँदै आए भन्ने रोचक सूचना पाइन्छ । पानीछायाँलाई ऐनाका रूपमा हेरेर उमेरको अड्कल काट्नु पर्ने, आरु फुलेको देख्ता बर्खा लागेको र पैयुँ फुलेको देख्ता हिउँद लागेको थाह पाउनु पर्ने प्रसङ्ग त्यहाँ छ । विभिन्न शकुन अपशकुनको ख्याल गरेर यात्रा गरिने र ख्याल गरिएन भने दुःख पाइने कुरा त्यहाँ उल्लिखित छ । त्यतिखेर यात्रामा हात्ती र डोलाको प्रयोग हुने प्रचलन देखिन्छ । यस्तै घर र माइतीका Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~

एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल बाहिरका दृश्यमा दुनिया नियाल्दै थिएँ । कतै मेरो प्रश्नको उत्तर दिने कोही होलान् कि ? अकस्मात् उत्तर पाउन लागेको भान भयो तर त्यहाँ जीवनको अर्को परिभाषा– एक जना फलफूल पसलेले एउटा काटुनभरि सायद हिजोको फोहोर– उखुका खोस्टा, भुइँकटहरका बोक्रा अनि साथमा खर्बुजाका बोक्रा फाल्दै गरेको देखेँ । बिहानीकै समय हो । काटुन राखेको देखिन्थ्यो मानौँ सभ्यताको एउटा चिन्ह । पसले निर्दोषझैं आफ्नो कर्मतिर बटारिए । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~

बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै !
हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !!
आँखाको नानी देखी , माया गर्ने बानी !
रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !!

हिंडाउने र समाउने लाग्छ अझै पनि ,
भावना र कल्पनामा उम्लिएकी उनी !!
तर पनि सोंचाइमा धेरै फरक फरक ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के हुन्छ

~आविष्कार कला~

खै
मलाई थाहा छैन
ढुङ्गा रूज्छ
कि
ढुङ्गा भिज्छ ।

मलाई थाहा छैन
जनता आफै जाग्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : परेलीमा गाजल पठाउँछिन्

~अनुपम ‘नवोदित’~

भिजेको यो परेलीमा गाजल पठाउँछिन्
शिशिरमा वसन्तको आँचल पठाउँछिन्

घुर्मैलो गोंधूलीमा लोलाउँदै गर्दा
अनयासै सोरठी र मादल पठाउँछिन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विचार

~यकिना अगाध~

एकदिन उ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरु आ–आफ्नो धुनमा थिए । कोही खाँदै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहा एक्कासी देखेर तिनीहरु एकत्रित भए । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् ।

कुकुरको यस्तो स्वतन्त्र जीवन देखेर त्यस मान्छेलाई ईख पलायो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बहरबद्ध गजल : किन भन्नु पर्याे ?

~जीवराज बुढाथोकी~

सयमा कति छाै किन भन्नु पर्याे ?
अनुमान सही किन गन्नु पर्याे ?

नचिनी नबुझी कति छाै गहिराे,
सतही नहरै किन खन्नु पर्याे ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डाँडाबाट

~बिमल गुरुङ~bimal-gurung

सलाईको कांटी बलिरहेको छ
मध्यरातको डाँडामा
आँखाहरु
चन्द्रमामा अल्झन रमाउँछन्
आँखाहरु धरहरामा चढेर
रमिता हेरिरहेछन्
पहिरो गयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अधिकार

~क्रान्ति पराजुली~kranti-parajuli

आमा केटो असाध्यै असल छ, हेर्दा पनि राम्रो छ, ठ्याक्कै जोडी मिल्छ, ज्वार्इँ भन्न सुहाउँछ ।
म उबारे सकेसम्म बढाइचढाई आमालाई सम्झाउँदै छु । एकोहोरिएर टिभी हेर्दै हुनुहुन्छ आमा । मेरो मनमा भनेँ आँधि चलिरहेछ ।

के थरी हो केटो ? उसको बारे आमाले पहिलो प्रश्न गर्दा मन ढुकढुक भयो ।

थर चाहिँ लेख्दैन, विक्रम जिज्ञासु मात्र लेख्छ आमा । मुस्कुराएर हतारहतार भनेँ । उसको कुरा मात्र चल्दा पनि कताकता काउकुती लागिरह्यो ।

आमाका प्रश्नवाचक नजरहरु मतिर ठोक्किए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : किन किन तिम्रो तस्बीर

~म. बि. बि. शाह~

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। …2
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।
अध्यारोमा रात बीच तर बिचै घुम्छ।
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ तिमी धर्ती

~अम्बर गुरुङ~

म अम्बर हुँ तिमी धर्ती
लाखौँ चाहे पनि हाम्रो
मिलन कहिले नहोला
म अम्बर हुँ तिमी धर्ती

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुर सङ्गम Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुन देशकी चरी हौ

~कृष्णहरी बराल~

कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी

आँखामा देख्छु जादु सुवास छ कालो केशमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जोगिनी जस्ती भइछौ

~भिमनिधी तिवारी~

जोगिनी S S S S S S S S
जोगिनी जस्ती भइछौ किन बाबा के भयो ?
बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो
जोगिनी

केशको श्रिंगार पैले सम्झ आफै क्या थियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म पनि त मानिसै हुँ

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ
मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ ……….

तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्दा पनि

~राममान तृषित~

एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ
एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा ……………………..

मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोलाउँ भने तिमीलाई

~जस योञ्जन ‘प्यासी’~

(बोलाउँ भने तिमीलाई बात लाग्ने डर
नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर
नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर)x2 Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~Rabindra Shah

त्यो रात अँध्यारो रात
मैले त भूल गरी सकें
तिमीले किन सही दियौ

पत्थर होइन मान्छेको मन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मैले गीत छोडी आएँ

~किरण खरेल~

(बरी लै)x3
लै बरी लै बरी लै बरी लै बरी लै बरी लै
(मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा)x2

(सुनको बिहानी मुस्काउने सानो गाउँ थियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो सानो संसार

~दिव्य खालिङ~Divya Khaling

मेरो सानो संसार तिमीलाई अटेन
मेरो चोखो माया तिमीलाई पुगेन
मेरो घाम र जुन तिमीलाई रुचेन

मायाको उजेलोलाई मैले रात भनिन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केही नहोस् यि हाम्री चेलीलाई

~लक्ष्मण लोहनी~

केही नहोस् यि हाम्री चेलीलाई
दु:ख पिर हे दैव फूल झैँ होस्

तिम्रो भाग बसन्तले ढकमक्क परोस्
लछिनले तिम्रो घर आफ्नो बास सरोस् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कालीपारी दाइ कति राम्रो

~धर्मराज थापा~

(कालीपारी दाइ कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी)x2

हातभरी ठेला उठे, जोर कोदाली खन्दा
जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : लखन दाजु

~नुम नाथ प्याकुरेल~

विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी र शितल पनि थिए। झट्पट आवश्यक सामान झोलामा राखेर परिवारका सदस्यसंग बिदा लिई, घर बाट निस्किएँ। गणेश स्थान नपुग्दै निरु र शितलको घर पर्ने भएकाले, दुबैलाई बोलाउँदै, सँगै लिएर चौतारीमा पुग्दा यात्राका सहयात्रीहरु सबै जना आइपुग्नु भएको भएर, हामी गाडीमा पुगे लगत्तै, गाडी छुट्यो। यात्राको अन्तिम तर महत्वपूर्ण सहयात्री प्रकाश स्वंयम्भूमा बस्ने भएकाले रिङरोडै रिङरोड गाडी स्वयम्भू तर्फ हुँइकियो प्रकाश गाडीमा चढे लगत्तै गाडीले गन्तब्य तर्फ अघि बढ्यो।

बालाजु पुगेर रिङरोडको बाटो कलंकीतिर लम्कदा, धुलाम्मे बाटो, गाडीको भिड यात्राको सुरुवात खासै शुभ थिएन। कलंकीबाट नागढुंगा सम्मको बाटो चौडा गर्न भत्काएको भएर यात्राको त्यो खण्ड पनि उति रोमान्चित रहेन। नागढुंगाबाट अगाडि बढ्दा सम्मका दृष्य सधैंजसो हिँडिरहिएको, देखिरहेको र चिनिरहेको भएर होला, झ्यालबाट देखिने दृष्यले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~

कसैले सोध्नु अघि म आफ़ैँ भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुँ मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~

निद्रा
पकेटमा
हात
घुसारेर
पर
उभिएको
छ
चुपचाप ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हुन्न कमरेड

~सरल सहयात्री पौडेल~

वेअर्थको यात्रा शुरु गरिहाल्नु हुन्न कमरेड
सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड

नभरिएर गाग्रा याहा तिर्खाउने लाखैं लाख छन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : देशविहीनहरू

~प्रकाश थापा मगर~

उमेश झाडी फाँड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी गरेका रहेछन् ।
हामी त्यस ठाउँमा पहिले पनि पुगेका थियौँ । तर अहिलेको समयसम्म धेरै नै परिवर्तन भैसकेको थियो । पाँच वर्ष पहले हामी आउँदाको मौसम वर्षात्को थियो । हामीलाई यहाँसम्म पुग्न पैदल यात्रा गर्नु परेको थियो । गुवाहटी हुँदै कार्बिआङलोङसम्म जाने जिपको सेवा त्यतिखेर बन्द थियो । तैपनि उमेशजीसित भेट गर्नै पर्ने भएकाले हामीले मेघालयको बाटो हुँदै जानु परेको थियो । हामीलाई यहाँसम्म पुग्न दुई दिन लागेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment