Tag Archives: धर्मराज थापा – Dharmaraj Thapa

गीत : कालीपारी दाइ कति राम्रो

~धर्मराज थापा~ (कालीपारी दाइ कति राम्रो ढाका टोपी काँधैमा गलबन्दी)x2 हातभरी ठेला उठे, जोर कोदाली खन्दा जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गोल काट्ने कामी

~धर्मराज थापा~ एकलासे रानी वनमा गोल काटयो कामी दाइले ग्रीष्मको पोल्ने घाममा भिज्दै पसीनाले गोल पारी पारी हेर्छ कामी यताउता देख्छ बोल्ने चल्ने चित्र

Posted in कविता | Tagged | Leave a comment

गीत : आज मादल बजेको किन

~धर्मराज थापा~ आज मादल बजेको किन (आज मादल बजेको किन गाउँ घर दुनिया बिउँझाउन)२ सानु सानु रानी चरी लेकैबाट झर्‍यो पल्ला गाउँको नौलो भाका पल्ला गाउँमा सर्‍यो पर्देशीले खोला तर्‍यो हुँदै दोभानीमा बैंश चढ्यो लालुपाते फूलको जवानीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विन्दु

~धर्मराज थापा~ ए मेरी रानी ! निर्मल पानी ! जुनमा टल्केकी ! अन्कौं रंग लिएर तिमी झलल झल्केकी ! कसरी झर्‍यो कसरी बस्यौ कर्कले पातमा, हृदय मेरो तानेर लिन्छ्यौ जुनेली रातमा । शीतल हावा सिरीरी चल्छ पातमा खेलेर, तिमीले झिक्छ्यौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : हरियो डाँडामाथि हलो जोत्ने साथी

~सङ्कलन : धर्मराज थापा~ हो है ह ह! हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो, हो हो तारे हो हो ह ह ह ह ह ह हो र! चाम्रोमाटो माथि बाल्दै मनको बाती डल्ला फर्काई‍ फर्काई ढाड … Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : नेपालीले माया मार्‍यो बरि लै

~संकलन: धर्मराज थापा~ नेपालीले माया मार्‍यो बरि लै नेपालीले माया मार्‍यो बरि लै २ जन्मेको देशलाई नेपाली भेषलाई २ नेपालीले माया मार्‍यो बरि लै हिडेको बाटो बारीको माटो हसियाँ नाम्लो मकैको आँटो वनको सिठी मेलाकी ठिटी ऐंसेलु दाना दिउँसोको खाना … Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : हाम्रो तेन्जिङ शेर्पाले

~धर्मराज थापा~ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो हिमालचुली … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : सिरिमा सिरी नी कान्छा

~धर्म राज थापा~ केटि – सिरिमा सिरी नी कान्छा बताश चल्यो बावरी फूलको बासना सुन मेरो निरमाया मायालु आयो नी कान्छा फालेर हान्दै नबोले पनि हाँसन सुन मेरो निरमाया केटा – ढुंगाको छानो नी कान्छी टिनको छानो नौतल्ले घरको वहाँ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक गीत : साइलीरिमै

~संकलन: धर्मराज थापा~ साइली रि मै साइली रि मै चौरी गाई झर्‍यो रि मै मधुवनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर २ वनमा एक्लै गाई चराउने (काँ हो तिम्रो घर)२ वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो २

Posted in लोक गीत | Tagged | Leave a comment