कविता : आज कसैलाई बिदा गर्नुछ

~मोहन कोइराला~

बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा
म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ
मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू
त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ

कोही आमाको पेटबाट निस्किन्छन्
आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यमलोकमा सहिदहरु

~डा. राजुबाबु श्रेष्ठ~

म यमराजको सिंहासनमा थिएँ । मेरो जुँगा लामो मठारिएको थियो । मेरो टाउकामा हीरा, रत्न जडित मुकुट थियो । घाँटीमा अनेकौँ मोती र मुगाका मालाहरु थिए । लुगा पनि अमूल्य जरीहरु र टलटल टल्किने किसिमको थियो । सुनैसुनले बनेको सिंहासनको दुवैतर्फ विशाल भीमकाय शरीर भएका यमदूतहरु उभिएका थिए । उनीहरुको हातमा ठूला कपडाको पङ्खा थिए । बेलाबेलामा मतर्फ पङ्खा हम्किरहेका थिए ।

सिंहासनदेखि दस फिट जति तल ठूलो हल थियो । सिंहासनबाट हल पुग्न दसैवटा सिँढी ओर्लनुपथ्र्यो । आज Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : गोरखनाथ भजन

~पृथ्वीनारायण शाह~

बाबा गोरषनाथ सेवक सुखदाये, भतो मजहुं मन लाये
वावा चेलाचतुर मच्छिन्द्रनाथको अघवुध रुप बनाये ।
सिवके अंस सिवासनकाये, सिद्धिमाहा बनि आये ।१।बाबा गो० Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : कविता

~श्रीधर शर्मा~

घामका उज्याला, न्याना किरणहरूले
चमकहरूले
जूनको स्निग्ध शीतलताले
ओर्लिएर चुमेनन्
यसपटक पनि
कवितालाई ।

दूर क्षितिजमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes

~Bhupi Sherchan~
Translated By : Yuyutsu R.D. Sharma

O unfortunate children
children of partridges, quails and sacrificial buffaloes,

be it the German attack
Burma’s turbulent borders,

rubber forests of Malaya, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

निबन्ध : तर्सिएको मान्छे

~अम्बर गुरुङ~

विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न गएका थिए । घुम्दा-घुम्दा साँझ झमक्क परिसकेको थियो । त्यतिबेला मात्र उसलाई होश आयो कि अब आफू बसेको ठाउँमा कसरी र्फकने अथवा कहाँ बास बस्ने ? अवस्था सोचनीय थियो । त्यस्तो बेला, त्यस्तो निर्जन ठाउँमा तपाइ-हामीलाई लाग्ने कुरा के भने यस्तो ठाउँमा यतिबेला कि हिंस्रक जंगली जनावर कि त भूतप्रेत भेटिन्छ । त्रासले उसको होश गुम्नै लागेको बेला उसले केही परबाट घोडेबग्गी आफूतिर आइरहेको देख्छ र त्यसलाई Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ऐना र म

~शरद पोख्रेल~

म साह्रै बिरामी परेँ कुनै दिन
मनुस्मृतिमा एउटा अनौठो
डरलाग्दो चित्र गढ्यो।
त्यही चित्रले घाइते बनिरहेँ म।

असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो
उराठ- सुनामी पसेको बगैचाजस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फरक हुँदो रहेछ

~चोमु शेर्पा “खुशी”~

आँसु र हासोमा कति फरक हुँदो रहेछ
मान्छे मान्छेमानी मति फरक हुँदो रहेछ

चोट पुर्याउने जीवनमा एउटै भए पनि
प्रत्येक पलको क्षति फरक हुँदो रहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो र मेरो सम्बन्ध

~कविराज भट्ट ‘बिलौना’~

थोरै समय जोडिने
धेरै जसो तोडिने
भुकम्पको झट्का जस्तै
कहिले मरिहत्या गर्ने
कहिले महशुष नै नहुने
तिम्रो र मेरो सम्बन्ध
फेरी एक पराकम्पनको
पर्खाइमा अडिएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : भाषाका अगुवा

~भोजराज श्रेष्ठ~

हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग जोडिदिएको छ । त्यसमा उनी ल्यापटप बोक्छन् ।संस्कृतबाट शास्त्री र नेपालीबाट एमए सकेका डा. न्यौपानेले आठपरिया राई भाषामा विद्यावारिधि सके । भाषा नै यस्तो चिज हो, जसले संस्कृति, कला र भ्रातृत्वलाई जोड्ने काम गर्छ । एकले अर्काका भाषा र संस्कृतिलाई जोड्न सके मात्रै भाषा, जाति र संस्कृतिप्रतिको सद्भाव कायम हुन्छ भन्ने ठान्छन् डा. न्यौपाने । त्यसैले त नेपालमा बोलिने सबै भाषालाई उनी ‘नेपालेली’ भन्न रुचाउँछन् । भाषा जातिलाई जोड्ने कडी हो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो अन्तिम ईच्छा

~ज्ञान बहादुर राई~

मृत्युको सामु जब म झुक्छु
माथ होस् काखमा
नबगेस तिम्रा आँखामा आँशु
नरोएस लाशमा

दुई दिनको जिवन लिएर आएँ
फर्केर जानै छ
बाँचुञ्जेल तिमी साथमा पाएँ
खुशी त्यो बेग्लै छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पारी तार्न सकिएन

~मिलन ढुङ्गाना~

सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन ।
तिमीदेखी टाढा भएँ माया मार्न सकिएन ।

तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ
यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : छाईरा’को छ

~भुवन निस्तेज~

दसैं-तिहारको रमझम सहरमा छाईरा’को छ
भुवन आफ्ना पुराना बूट नै चम्काईरा’को छ

बिहानै देखि नै मान्छे यहाँ झोक्राईरा’को छ
खुसीको तिर्सना गोरु बनाई दाईरा’को छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मायाको घरमा

~मञ्जुल~manjul

मायाको घरमा
मुस्कानको
ढोका रहेछ

त्यो,
तगारोदेखि घरसम्म
घरदेखि हृदयसम्म
लमतन्न फैलिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमालाई सम्बोधन

~लक्ष्मी थापा~

आमा !
यो सम्बोधन मेरो
तिमी सुन्दैछ्याै नि ?
बिर्सन त कहाँ सक्छ्याै र तिमी मलाई
आखिर तिम्रो रगत न हुँ म
तिम्रै अंग तिम्रै अंश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक

~कौशिला रिसाल~

नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्ग दर्शनमा नाटक रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल विशेषता हो । जिउँदा शहिद कृष्ण सेन इच्छुकको सम्झनामा ‘उनी मरेका छैनन्’ जस्तो जीवन्त नाटक लेखेर ज्वलन्त उदाहरण बनेका खेम थपलिया बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका साथै प्रगतिवादी स्रष्टा हुन् । पछिल्लो समयमा प्रकाशित ‘दाना’ लाई आधुनिक नेपाली नाटक क्षेत्रमै नवीनशैलीको प्रगतिबादी नाटक मान्न सकिन्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : वीरगञ्ज यस्तो भन्छ

~डा. घनश्याम परिश्रमी~

हो, म ग्रीष्ममा अखप गर्मी छु,
शिशिर-हेमन्तमा औधी जाडो पनि छु,
प्रकृतिको धर्म हो यो,
मलाई दाेष नदिनू,
मलाई लामखुट्टेकाे सहर मात्र नभन्नू,
मलाई उद्योग, व्यापारकाे केन्द्र मात्र नठान्नू, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : घाँस काट्ने खुर्केर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~

(घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर
कसलाई दिउँ यो जोवन ।।)X3

पहाडी पाखा न्याउलीको भाखा
चिनेको छैन झिम्क्यौँछे आँखा
कसलाई दिउँ यो जोवन
किलिप र काँटा नक्कली पाठा
आँखा झिम्क्याई बोलाउँछन् केटा
कसलाई दिउँ यो जोवन ।। Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

नाटक : अछूत

~शेखर बिकल्प~Shekhar Bikalpa

पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु

दृश्य – १

(बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा बिभिन्न थरी फूल । बरन्डाका भित्तामा लस्करै भगवानका तस्बिर , दुई मेच एक पलङ्ग । आँगनको दाहिने तिर मूल द्वारको भित्री कुनामा तुलसीको मठ ।)

हरिमान – ए सुन त , ( रमा तिर हेर्दै ) कहाँ गई छोरी ? त्यो अचेल अल्ली हिड्न थालेकी छ है फुत्तफुत्त बाहिर फेरो । धेरै टाउकोमा नटेका । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : काठमाडौं ओ काठमाडौं

~हिरण्य भोजपुरे~Capture3

तराईका फाँटहरुमा
ओछ्याउनुसम्म ओछ्याएको छु
सपनाहरु
भञ्ज्याङ्ग र चौतारीहरुमा
सुसाउनसम्म सुसाएको छु
बतासहरु
पहाडका उचाई र उनका आकाशहरुमा
कल्पनाका कुहिरोहरु कुदाएँ
मैले आफूलाई धेरैपटक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कहानी नबनोस् जिन्दगीमा

~रवीन्द्र शाह~Rabindra Shah

प्रेमको अधुरो कहानी नबनोस् जिन्दगीमा
निर्मल झर्नाझैँ बहिरहोस् याद हरेक क्षणमा

जूनकीरीको साथमा गीत सम्हाली हातमा
पर्खिरहुँला हेरिरहुँला गरी प्रतिक्षा रातमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली पप गीत : माया तिमी बिनाको

~सिने गुरुङ~

केटी :
माया तिमीलाई छोडेर
जान पनि म सक्तिन

केटा :
दुई थोपा आसुँ लिएर म
हास्न पनि त सक्तिन

केटी :
नहेर यसरी नजाउ तिमी
यो मुटुलाई छोडेर Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रा.डा. माधवप्रसाद पोखरेल

~डिसन कार्की~

भाषाविज्ञानका अथक साधक

१. परिचय

माधवप्रसाद पोखरेल (जन्म : वि.सं. २००५) नेपाली भाषा–साहित्य क्षेत्रका सुपरिचित नाम हो । उनी मूलतः भाषावैज्ञानिक, निबन्धकार, समालोचक, अनुवादक तथा अन्वेषकका रूपमा चिनिन्छन् । ‘सादा जीवन र उच्च विचार’का हिमायती पोखरेल भाषाविज्ञानका अथक साधक, कुशल र लोकप्रिय प्राध्यापक अनि नेपाली सांस्कृतिक जगत्का मर्मज्ञ पनि हुन् । यसरी हेर्दा उनी बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्वका रूपमा साधनारत छन् ।

नेपालको पूर्वी जिल्ला सुनसरीको धरान विजयपुरमा वि.सं. २००५ मङ्सिर ७ तदनुसार २२ नोभेम्बर १९४ Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कथा : ब्राह्मण ज्वाइँ

~अर्जुन थापा~

साक्षात् नै विष्णु भगवान जस्तो गोरो, अग्लो, हट्टाकट्टा अरूभन्दा पनि शुद्ध ब्राह्मण केटो मेरो हुनेवाला ज्वाइँ । उनलाई देख्दा हर्षको आँसु बग्न थाल्छ मेरो ।

मेरी छोरीले घरको झ्यालबाट बाटोमा त्यो केटालाई हेरेकै भरमा मनको ढोका उघारिसकिछ । हुन त घरअगाडि बाटो भएर जाँदा नदेखेको त मैले पनि कहाँ हुँ र ? तर पनि छोरीले उसलाई नै मन पराइसकेकी कुरा मलाई कहाँ थाहा थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : द्वन्द्व

~गुप्त प्रधान~

आइतबारको दिन, राधाकी आमाले झोलाभरि बजार सौदा गरेर आउँदा साथमा एक किलो मासु पनि लिएर आई। घरमा पुगेर सौदा बिसाएपछि ठूली छोरी राधालाई चिया बनाउन लगाई अनि आफू चाहिँ झोलाका सौदाहरू एक एक गर्दै थन्काउन लागी। सौदाहरू थन्काइसकेपछि त्यो मासुको पोकालाई छेउको ताकको स्टीलको थाल तानेर त्यसैमा हाली।

राधाले चिया बनाएर ल्याई। यसै बेला तल्लो घरकी जसमतिकी छ – सात वर्षकी कान्छी छोरी सीता पनि खेल्दै त्यहाँ आइपुगी। चिया पिइसकेपछि राधाकी आमाले त्यस मासुलाई कागजबाट निकाल्न लागी। तर कागज भने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आश्रमको साहारा

~बिष्णु ढुंगाना~

म हर्षले बिभोर थे,
मेरो खुशी को बाध फुटेको दिन,
मेरो मुहारमा अलौकिक चमक भरिएको क्षण,
तिमी आयौ नि जुन दिन यो धर्तिमा ।

मैले रात भनिन, न त दिनै भनें
न झरि भनें न त घामै भनें, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पोथीको हत्या

~बिमल गुरुङ~bimal-gurung

कसले हत्या गर्‍यो पोथीको?
जो बासेको थियो
दिउँसो !

आगो त्यसलाई छाड्दैन

कसले हत्या गर्‍यो पोथीको?
जो बासेको थियो
दिउँसो !
कसले कलेजो भुट्यो कराहीमा पोथीको? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेन्टाइन डे

~हरिहर आचार्य~

खान छैन करोडौं नेपालीहरुलाई, खाउन के?
फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे ।
मलाई त थाहा छैन के के हो खोई कुन्नी
भ्यालेन्टाइन डे मनाए के हुनी के नहुनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता: आऊ, मलाई बलात्कार गर !

~दिलकुमारी डङ्गोल~

कामबासनाको
मानसिक रोगले ग्रस्त
ओ ! कलियुगका पुरुष
आऊ ……. !
म माथि भोग गर्न
तिम्रो इमोसन तृप्त पार्न
तयार छु म
र
हरेक हिसाबबाट
बलात्कृत हुन पनि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : माटो

~विश्वराज अधिकारी~

आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद गर्न हामी एक वा दुई महिनामा एकपटक त्यस शहरमा जाने गथ्र्यौं । म अमेरिका आएको केवल छ महिना मात्र भएको थियो । तर महेश अड्ढल आएको दश वर्ष जति भइसकेको थियो । उहाँको बसाइँ लामो भइसकेकोले सबै थोकको व्यवस्था मिलाइ सक्नुभएको थियो । राम्रो जागिर, आफ्नै घर अनि बैंकमा केही बचत पनि । करिब करिब सबै थोक । म भने भर्खर गृहस्थी बसाउने तरखरमा थिएँ । आउँदा आउँदै शुरूको अवस्थामा यहाँ आउनेहरूले खोल्नुपर्ने पीडा, समस्या, चुनौती, अवसर, उम· आदि मिसिएको परिस्थितिको पोकोलाई बिस्तारै खोल्दै थिएँ । प्रवासमा बस्दा मनमा उठ्ने आशा र निराशाको ज्वारभाटाहरूको लेखाजोखा गर्ने प्रारम्भिक अवस्थामा म थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : My Love…My Suspicion …and Then…

~Shristy Tuladhar~

I have suffered many disappointments in love. But, when Sophie came, everything changed. The first time I met her was at a friend’s party. I was head over heels in love with her. I found out that she was my best friend Brian’s sister who was living separately.

Once or twice when I visited him neighborhood, I came across her, but as far as possible I tried to avoid her b’coz of Brian. Continue reading →

Posted in Story | Tagged | Leave a comment

कविता : उद्घोष

~सुगिता शाह~

आमा मलेसिया उडेपछी
बा मलाई औधि माया गर्थे
खुबै सुममुम्याउथे
चुम्बन बर्साउथे
एक रात बाकै काखमा
म खुब चिल्लाएंँ-गुहार मागें
सुन्ने कोही थिएन ।
त्यो रातपछि मेरा बा Continue reading →

Posted in कविता | Tagged | Leave a comment