कविता : कुराका कुरा

~मोहन बन्जाडे~

मन्दिरको जग भित्रभित्रै भत्काएर
बाहिर बाहिर गरेका गजुरका कुरा
देउता छोडी आफ्नै पूजा गराउन खोज्ने
पूराना हजूरका कुरा

हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर
योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~

निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ?
अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ?

हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ
भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भयो व्यथा मेरो

~सिम्पल केटा~

कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो
सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो ।

नशा हावा मै छ व्यथा बल्झाउने
नत्र, बोतलको जादु – भयो व्यथा मेरो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : जगत्–ईश्वर

~हिरण्य भोजपुरे~

हाम्रा धर्मग्रन्थहरू भन्छन् —
‘ईश्वर सत्य हो,
जगत् मिथ्या हो ।’

म भन्छु — Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : जिन्दाबाद मुर्दावाद

~जीवन पुन~

जिन्दाबाद जिन्दाबाद जनएकता जिन्दाबाद १
मुर्दावाद मुर्दावाद सामन्ती सत्ता मुर्दावाद १

काला कानुन बन्दैछन् झुप्रा छाप्रा जल्दैछन्
गरिबको पसिनामा सामन्ती दाई खेल्दै छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~

मेरो देशले नपाउने असल कुरा
छिनछिनमा देश रोयो
असल नीति नपाएर रोयो
कुशल नेता नपाएर रोयो
एउटा सिद्धान्त पचाएर रोयो
अर्को सिद्धान्त बिकाएर रोयो

जङ्गल जलेर रोयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन गीत

~कुन्ता शर्मा~

अस्तित्व स्थापित गर्न
आफ्ना–आफ्ना हतारिएका
असङ्ख्य असङ्ख्य शुक्रकिटहरू
जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा
ती सबैलाई उछिनेर
ती सबैका विजित योद्धा बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा ताल

~भिमदर्शन रोका~Bhim Darshan Rokka

पर्खिरहनू त्यो वनको किनारमा
मैरै प्रतीक्षा, मेरै विचारमा
फिँजाई थकिँदो आँचल आफ्नो
त्यो वनको छायाँको भारमा ।

बादलको सेतो डुङ्गा तर्छ यहाँ— Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्न गाह्रो

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : भुजङ्गप्रयात

भकुन्डो उचाली शशी भन्न गाह्रो
उनासी नपुग्दै असी भन्न गाह्रो

बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे
कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : मानिसको परिचय

~विनय कसजू~

मृगले आफ्ना पाठाहरुलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरुलाई सोध्न थाली :

मृग : बाघ के हो ?

पाठा : बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नंग्रा हुन्छ ।

मृग : ठिक भन्यौ । हामीहरु बाघसँग जोगिनु पर्छ । व्वांसो के हो भन त । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Translated Poem : Cholera

~Jiwan Namdung~

Its rainy season
And there is an outbreak of cholera from contaminated water
Cholera procreates cholera which procreates other choleras
The neighborhoods seem like hospital these days
The paths and streets like booby traps
Neighbours have become like pimps
Relatives like spies Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~

२०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर कार्यालयभित्र पस्थ्यो र पाँच बजेसम्म काम गराएर फर्कन्थ्यो ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~

 वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक उपाधि हासिल गरेका उहाँ निजामती सेवामा रही साहित्य साधनामा पनि लागिरहनुभएको छ। कविताबाट उदाई गजल, समालोचना, निम्बन्ध, कथा आदि विधामा कलम चलाउँदै गजलकारको उँचो छवि बनाएका घतानेले करिब सातवर्षको समाजको भोगाइ र अनुभूतिलाई आफ्नो पहिलो साहित्यिक कृति ‘अव्यवस्था’ कथा सङ्ग्रहमा समेट्नुभएको छ। दामोदर रिजाल ‘घताने’को प्रस्तुत कथा सङ्ग्रह म्याग्दी साहित्य समाजले वि.सं. २०६५ साल फागुन १६ गते आफ्नो स्थापनादिवसको अवसर पारेर प्रकाशन गरेको हो। कथाकारले आफ्ना स्वर्गीय मातापिताप्रति समर्पण गर्नुभएको यस कथा सङ्ग्रहमा साहित्यकार होमनाथ सुवेदीको भूमिका रहेको छ भने साहित्यकार रामप्रसाद सुवेदीको भाषिक Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बहरबद्ध गजल : अब जीन्दगी रहरै भयो

~जीवराज बुढाथोकी~

रमिते सधैं कसरी बनौं, अब जीन्दगी रहरै भयो ।
दिनरात बर्ष सबै गनी, अब जे छ त्यो कहरै भयो ।

अब वीरगञ्ज खुल्यो भनी, किन मख्ख पर्नु रमाउँदै,
अनुमान त्यो सहजै गरौं, जसरी हिंजो जहरै भयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरी प्रिया

~सदानन्द अभागी~

मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी
आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी

हाँसो रोदन संसारमा प्रकृतिको नियम हो
दार्शनिकले अध्ययन गरेका छन् थरीथरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बुद्ध

~बिमल गुरुङ~bimal-gurung

शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुबस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
ह्याक्सको काम गर्छ ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जिन्दगी : एक हाइवे

~फणीन्द्र संगम~

यात्राबाट थाकेको मान्छेले आराम चाहन्छ, तर मनस्थिति थकित भयो भने ऊ यात्रा गर्न रुचाउँछ। फ्रेस गराउँछ यात्राले। सँगालिएका नयाँ भोगाइ र अनुभूतिले उसलाई ऊर्जा दिन्छ, आउने दिनका लागि।

राजधानीको उकुसमुकुस गुम्स्याइलो भिड, ट्याँट्याँटुँटुँको कोलाहल, सधैंको उही व्यस्त सेड्युल। विषाक्त धुवाँ र धुलोलाई छोडेर ‘अर्गानिक हावा’ खान थानकोट छिचोलेपछि लाग्यो— धन्न, मञ्जुश्रीले चोभारको डाँडो काटिदिए, नत्र यो काठमाडौंमा कति मान्छे गुम्सिएरै मर्थे होलान्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाम्रो देशमा

~कल्पना पौडेल जिज्ञाशु~

भ्रष्टाचारीले सम्मान पाउँछन् हाम्रो देशमा
उनकै मात्र गुणगान गाउँछन् हाम्रो देशमा

जनतालाई जातजातिका विरुद्धमा उतारेर
भाईभाईको बीचमा लडाउँछन् हाम्रो देशमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : क्रान्तिलाई समर्पण

~गोविन्दप्रसाद आचार्य~

कोटी कोटी सलाम छ
आऊ, प्रेमले चुम्बन देऊ
न्यानो अभिवादन छ
यी बस्तीलाई उज्यालो देऊ
स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ
क्रान्ति जीवनको आशा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~गिरीप्रसाद बुढा~

जनताका खुशी लुट्नलाई
मन काला हुनेहरूले
झोलामा बम लुकाएर डुल्दै गर्दा
सङ्घीयताको जपना गर्नेहरूले
विखण्डनको तरबार उठाएर
नेपाली छाती चिर्दै गर्दा
मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नै तालमा छन यहाँ

~नवीन बस्याल~

देशका नेता सबै आफ्नै तालमा छन यहाँ
लुटेर खाने सबै कार्य कालमा छन यहाँ

राष्ट्रमा केही रोजगार छैन गरिबलाई
भ्रष्टाचारी यी सबै स्वार्थी चालमा छन यहाँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डुब्न नदिऔं देश

~हेमबहादुर गन्धर्व~

देश आज
प्रत्येक घण्टा घण्टामा
प्रत्येक मिनेट मिनेटमा
र, प्रत्येक
सेकेन्ड सेकेन्डमा डुबिरहेको छ
भनिन्छ
देश डुब्न समुन्द्र्र फर्केर
आउनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ओम् श्री गणेशाय नमः

~राकेश कार्की~Rakesh Karki

सीमाना हराएको मेरो देश
तीनतिर खुल्ला छैन बन्धन
त्यसैले सन्तुलन हराएको छ
तानी रहेछ तीनतिर
हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि
उतै तानिन्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत म टुक्रिएं, निचोरिएं…

~ऋचा तिवारी शिवाकोटी~

‘मैले वर्षात् महिनामा
तिम्रा यौवनमा निथ्रुक्क भई
लाएको चोखो माया
आज किन चैतको खडेरी र बतासले उडायो ?

हामी बीच एउटै हृदय भनी
अनेक बाचा, कसम गरी
यो हृदयको सिहांसनमा सजाएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भन्दा टाढा दौडें

~बिभोर बराल~

दौडें, दौडें धेरै दौडें
सबैभन्दा छिटो दौडें
अरुलाई उछिन्ने होडमा
आँफैलाई छाडी दौडें
आफै भन्दा टाढा दौडें

न घाउ लागेको पत्तो भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७४

~सिस्नुपानी~

भन भन भाइ हो – देउसिरे
भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : रानी तरुल

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको शरीरभरि हेरे । एकाएक उनको मनमा माटो, मान्छे र प्राणीको माया बढेर आयो । डाँफे उडेर उनले निसाना साधिरहेको सेता रौंमाथि बस्न पुग्यो ।

राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए ।उनले झाडीमा परैबाट सेता रौँ मात्रै देखे । बाघ–भालु वा कुनै जनावर भन्ठानेर निसाना साधिरहेका थिए, उनको बाणमा डाँफे चरी आएर बस्यो । उनले डाँफे चरीको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : खुसी र सुख आफैभित्र छ, कसरी खोज्ने ?

~अज्ञात~

एउटा घतलाग्दो कथा छ । एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने सबै कुरा हरियो हुनुपर्छ ।’ Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

नैतिक कथा : कौवा र फ्याउरी

एकदेशमा एउटा कौवाले एउटा रोटी फेला पार्यो र चुच्चोमा च्यापेर लिएर आफ्नो गूँडमा आयो। फ्याउरीले यो देखेर सोची कि म यो कौवालाई मूर्ख बनाएर त्यो रोटी लिन्छु। Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

बाल कविता : रिस

~मोहन कोइराला ‘ललित’~

रिस आफैं एक आगो हो
जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ
रिस एकमात्रै यस्तो आगो हो
तर शान्त गर्न सकिन्छ । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : कालो वादल छायो

~ध्रुव थापा~

हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,

साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पाइन र रोएँ

~राजेश राई~

साथ खोजें पाइन र रोएँ
हात खोजें पाइन र रोएँ

युगलाई परिवर्तन गर्न
जमात खोजें पाइन र रोएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment