~राजकुमार बराल ~
रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् ।
बीसौं शताब्दीका एक महान बिश्लेषकको यो भनाइले उपन्यासको बढ्दो ख्यातिलाई पुष्टी गर्दछ । यही निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक बिधालाई अभिव्यक्तिको माध्यम बनाएका छन् कवि तथा समालोचकको छवि बनाइसकेका महेश पौड्यालले आफ्नो दशौं साहित्यिक कृतिको रुपमा “तादी किनारको गीत” नामक उपन्यास बजारमा ल्याएर । Continue reading















पञ्चायतकालको विषम परिस्थितिमा “वज्रपाणी” छद्म नाम वाट लेख्दा परिचित भइ अप्ठेरोमा परेकोले सोहि नामलाई अनुवाद गरि चट्याङमास्टर मा परिणत गर्दै लेखनलाई निरन्तरता दिएको बताउनुहुन्छ । विक्रमसम्वत २०१० फागुन १४ गते भक्तपुरको झौंखेलमा जन्मनुभएका गौतम शिक्षाले कृषिअर्थविद्, पेशाले ग्रामीण विकाश विशेषज्ञ हुनुहुन्छ भने साहित्यिक क्षेत्रमा प्रखर हास्यव्यङ्ग्य कविको रुपमा परिचित हुनुहुन्छ। उहाँले अध्यक्षता गर्नु भएको संस्था सिस्नुपानी नेपालको संगठनिक ढाँचा तथा विविधता र सामाजिक कार्यहरुमा सिस्नुपानीको सक्रियतालाई हेर्दा उहाँ एक कुशल संगठक पनि हुनहुन्छ भन्ने कुरामा दुईमत हुनै सक्दैन। भ्रष्टचारविरुद्धको अभियानमा पनि 




