कविता : तिम्रो निषेध घोषणा

~कृष्ण जोशी~

चाहे फूल
काँडाको झ्याङमा अग्ला पर्खालहरूभित्र
अर्थात् हिमालको टाकुरामा
सर्वाङ्ग फक्रिएको एउटा फूल हौ
जसलाई देखेपछि टिपुँटिपुँ लाग्छ
स्पर्शहीन थिए जबसम्म
आफूभन्दा होँचा बनाएनन् हिमालहरूलाई
शिखर टेकेर मान्छेहरूले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु मलामी

~जय प्रकाश ‘विवश’~

म मृत बाँचेको छु
आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु .
हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु
आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु
झुटो संसारको झुटा मान्छेको जालमा आफु राख्दै
उसकै खुसीको प्रार्थना गर्दै .
हो म मरेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रुनाइबाट आमा आएपछि

~बिमल गुरुङ~bimal-gurung

निस्कृय भित्ताहरु
ब्याख्यान सुन्न आमा अगाडि आए
भित्ताको
कलेजो, मृगौला र मुटुहरुमा
शब्दका बम्फकहरु हानीन्
भित्ताका काँधहरु समाएरा हल्लाइन् जोड जोडले
मासु काट्ने अचानोमा राखेर
भित्ताका निन्द्राहरु चोक्टै-चोक्टा पारिन् ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट समय

~रेशम बि.सी.~

आऊ कविता
तिमी र म
साटासाट गरौँ ।
देउरालीको बतासले उडाएको
तिम्रो र मेरो कथा
अधुरो मेरो जिन्दगी
तिम्रो अधुरो जिन्दगी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मुकुण्डो

~माधव सयपत्री~Madhab Sayapatri

त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन ।

घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा पनि ऊ सुँक्कसुँक्क गरिरहेको हुन्थ्यो । टिलपिल आँसु पारेको हुन्थ्यो ।

विक्रम लामो समयदेखि तनावमा थियो । लोग्नेको मन बहलाउन विमला घुम्न जाने कुरा गरिरहन्थी, विक्रम मान्दैनथ्यो । ऊ छोराछोरीसँग पनि झर्केर बोल्न थाल्यो । विमलासँग अप्ठ्यारा र विरक्त लाग्ने कुरा गर्न थालेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म भित्रको म

~बिनु के.सी.~

शताब्दियौँदेखि उपेक्षित र अपहेलित म
त्यही संस्कार र संस्कृतिमा जन्मी, हुर्किएकी म
म भित्र निःश्वास छटपटी, आँशु, पीडा छ
र, पनि मेरो जीवन छ
म भित्र दबिएको आवाज छ
र, त्यो पर्खालभित्र कैद छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खवरदार नेताहरू

~देवेन्द्र कुँवर ~

खवरदार नेताहरू संविधान लेख
जनता भर्‍याङ बनाउने सपना नदेख ।

जनतालाई झुक्याउन अब पाउने छैनौँ
संविधान नलेखे भोट माग्न आउने छैनौँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~बाबुराम आचार्य ‘विकल्प’~

गणतन्त्र तिमी के गर्दैछौ ?
कस्ता छौ, आजकल कता छौ ?
तिमी जन्मिएको पनि धेरै भएछ ।
तिम्रो अनुहार हेर्न भनी
तिम्रा शुभेच्छुकहरू प्रतिक्षित छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गाउँ खाली भयो

~रामप्रसाद गैरे~

साँचो कुरा बोल्छु यो मेरो गाउँ खाली भयो
आफ्नो देशको हो सुन अर्कैको थाली भयो

पापी पेटको छ सवाल छैन रोजगार Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : लेखाइ र समर्पण

~भक्तराज न्यौपाने~

भावका नङ्ग्राहरूले चिथोरेर
रगतपिच्छे हुन्छन् अन्तरहरू
अनुभूतिका सुइराहरूले
भावुकता खोप्छन्
कम्पायमान हुँदै अवचेतना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बात मारुँ के गरी

~कृष्ण वस्ती~Krishna Wasti_1

बात मारुँ के गरी म,बोली लर्बराउँछ ।
पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।।

घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा ।
पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : मन्त्री

~यकिना अगाध~

अघिसम्म
सम्बोधन गरिरहेको थियो
जनजीविकाको मुद्दा ।
जब बन्यो मन्त्री Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार र देश

~विक्रम सुब्बा~

बन्दुक धेरै भुकेकाले कागहरू
अचेल गाउँ-घरतिर आउँदैनन्
यसपाली त तस्बिरै राखेर
काग-पूजा गर्न छोरीलाई भन्नु पर्ला

धेरै भइसक्यो वस्तुभाउहरू गोठमा
असुरक्षाको नुन-पानी खाएर दुब्लाएका छन्
कोरली-बाच्छीहरू बम-गोलाले सोत्तर भएका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चौकी

~शरद देवकोटा~

“थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।”

“अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?”

“खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।”

“कठै बरा, गाउँघरमा त्यति राम्रा मान्छे । बोली बचनमा कसैलाई भनी नबिराउने । हामीले थाहा नपाउने के काम बिगारेछन् हँ रत्नप्रसादले ?”

“त्यै त म पनि छक्क परेको छु । गाउँ समाजमा कसैले नराम्रो काम गरेमा उसलाई सम्झाउने र राम्रो काममा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शहर

~विश्वविमोहन श्रेष्ठ~

गाडीको तीखो हर्न
मानिसको कल्याङबल्याङ
र ट्याम्पोको नमिठो
प्वाप्वा-पुँपुँका बीच
जब म बिहान ब्यूँझन्छु
मलाई थाहा हुन्छ
म शहरमा छु ।
न चराहरूको चिर्चिराहट न पँधेराको सरसराहट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति

~किशोर दहाल~

मिस्टर माइन्ड मेनेजर !
मलाई मुक्त गर-
माकुरे जालोहरूबाट
म तिम्रा भ्रमको खेतीबाट
छुट्कारा चाहन्छु !
म पढ्न चाहन्छु-
तिमीले जस्तै ठूल्ठूला पुस्तकहरू
आइएनजीओका रिपोर्टहरू
नयाँ अनुसन्धानका निष्कर्षहरू
विदेशी दुतावासका ‘क्लु प्वाइन्ट’हरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिज

~शान्ति प्रियवन्दना~

म कुनै अमूर्त कविता वा
कलाको पारखी होइन
मलाई त मन पर्छ जीवनदायी कविता
जहाँ
मनका भावनाहरू छताछुल्ल भेटिउन
मलाई मन पर्ने गर्दछ मूर्तकला
जहाँ रङ्गहरुका संमिश्रण भित्र
जीवनको गोरेटो पहिल्याउन सकियोस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Asar, the Advent of Monsoon

~Bhupi Sherchan~
Translated By : Yuyutsu R.D. Sharma

Like a Lahure
returning home from afar

to selebrate
the festivities for Dasai
bowed under
the weight of memories, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : नियतिले ठगेको बुद्ध

~चोमु शेर्पा “खुशी”~

जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै बिधाताले उनीबाट खोसिदियो।त्यो अबोध बालकलाई के थाहा, जुन कुराको उनलाई जरुरी थियो त्यही कुरानै उनीबाट सदाका लागि अदृश्य भएर गएको ! जन्मपश्चात् आमालेझै माया,ममता र स्पर्श नपाए पनि उनका फुपू, हजुरबा र हजुरआमाको स्नेह पाए । बुद्धले शिशु अबस्था लाई बिस्तारै पार गरेर बाल्यबस्थामा प्रवेश गर्दै गए । उनको वाल्यावस्था शुरु भएसँगै उनको अर्की नयाँ आमा आईन् । उनको हेर बिचार गर्ने जिम्मा पनि नयाँ आमाले नै लिइन् । बच्चा रुँदा, बिरामी हुँदा के गर्ने, कति बेला के खुवाउँने ,कुन कुराले खुशी हुन्छ यावत कुराहरु आमा नै नबनेकी नयाँ आमालाइ भरपूर ज्ञान थिएन । कहिलेकाही त धेरै रुने–कराउँने बेलामा फकाउँन छोडेर एकतिर लडाएरसम्म राख्थिन् । हुन पनि नयाँ आमा नयाँ दुलही जो आफ्ना दुलाहासँग भन्दा बढी काखमा नानी च्याप्नु पर्दा खुशी नहुनु पनि स्वाभाविक नै थियो । बिस्तारै बुद्धले स्वतन्त्रता र उनले पाउँनुपर्ने सामान्य अधिकारसम्म पाउँन छाड्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शोधपत्र : ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन

~टङ्कप्रसाद पोखरेल~

‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्काय रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

शोधार्थी
टङ्कप्रसाद पोखरेल
रत्न राज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनी मार्ग, काठमाडौँ
२०६९ Continue reading →

Posted in शोधपत्र | Tagged , , | Leave a comment

गीत : कहिले माया गरे जस्तो

~शङ्कर ‘प्रेरणा’~

कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ
तिम्रो मनले साचो माया कहिले बुझिदेला

जति हिड्छु उति चल्छ ठुलो आँधीबेहरी
बतासिँदै कति उडुँ जीवन धुलो सरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : उमेर

~प्रदीप गुरुङ~

आफ्नै उमेरले उसलाई सोध्यो – ‘तिमी कति पुग्यौ?

‘मलाई थाहा छैन।’ उसले भन्यो Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

नेवारी समीक्षा : नेवाःतय् दथुइ ख्यालि, न्हिलि, ध्याचू

~सुभाषराम~

नेवाः समाजय् ब्याप्त ख्यालि, न्हिलि, ध्याचूया परम्परां नेवाः लहना (अष्खष्ष्शिबतष्यल) गुलि च्वन्ह्याः धकाः क्यं । ख्यालि, न्हिलि, ध्याचूया थीथी पहः मेमेगु जाति बाय् देसय् दुसां नं नेवाःतय्गु पहः धाःसा बिस्कं । कमीक, कमेडी, सटाय्र, जोक, क्यारिकेचर, प्रहसन, वीट व ह्यूमर आदी छुं विधालिसे पाय्छि कथं ज्वःमलाःगु नेवाःतय्गु ख्यालःया परम्परा दु । ‘साहुया ल्हाः क्वकाये मज्यूगु बाखं’, ‘तानांद्यःया बाखं’, ‘ क्वेना गनेद्यःयात च्यापांचूम्ह Continue reading →

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : बिहान

~हो चि मिन्ह~
अनुवाद : सुवास दीपक

बिहान उठ्नेबित्तिकै
हामीमध्ये प्रत्येकले जुम्रा मार्ने अभियान थालेको हुन्छ।
ठीक आठ बजे घण्टा-ध्वनिले
बिहानको खाजाको सूचना दिन्छ। Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : म बेतलहम सहरको हिप्पोपोटामस

~जीवन थिङ~

हात चुँडालेर दिइसकेपछिको कथा हो यो
छाती र आत्मा पनि टकटकाइसकेर
एउटा पहाडमा उभिएर
डुब्दै गरेको सूर्यलाई हेर्दै
दुईथोपा आँसु चुहाई रूख भएको कथा हो यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~

१. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ गर्छ । पुस्तकको मूल्य धरापजस्तो लाग्छ, तर “माघ १९’ पछि आर्चरीको अन्तर्राष्ट्रियकरण” शीर्षकको सम्पादकीय लेख्ने उपन्यासकारको पुस्तक छाड्न पनि सक्तिनँ । राम्रा पाठक एक फड्कोमै राम्रो लेखक बन्न सक्छ भन्ने आफ्नो भूमिगत मान्यताबाट हौसिएर ‘नेपालय’ले थापेको एम्बुसतिर अघि बढ्छु । Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अन्र्तयुद्धका कथा ‘द वार इज वे्रकिङ्ग’

~राजकुमार बराल~

अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका २ कारणहरु उल्लेख गरेको थिए– भौतिक र मनोवैज्ञानिक ।

फ्रायडले भने अनुसारका युद्धका मनोवैज्ञानिक कारणहरुको संग्रह हो विश्वम्भर चञ्चलको कथासंग्रह ‘द वार इज वे्रकिङ्ग’ । यो कथा संग्रहमा संग्रहित कथाका पात्रहरुका मनमा भड्किएका युद्ध यति धेरै शक्तिशाली छन कि भौतिक युद्धहरुमा भन्दा पनि बढी । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : शङ्कालु आँखाहरू

~भिम बिराग~Bhim Birag_1

जिन्दगीका घुम्तीहरूमा
समयले साथ दिएन भने दुर्घटना हुन सक्छ
आँखाहरू शङ्कालु हुन सक्छन्
केही सपनाहरू
केही बिपनाहरूबाहेक
मान्छेहरूसँग हुन्छ नै के ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सोध्छ्यौ कहाँ दुख्यो?

~अम्बिका कडरिया~

मुटुभित्र तीर हान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?
काँडै काँडा बीच लान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?

सुन्दैखेरि मुर्छा पर्ने शब्द छुरा बर्साएर
मुटुलाई ढुङ्गै ठान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

चलचित्र गीत : कसले बचाउँछ तिमीलाई

~भावना पाठक~

कसले बचाउँछ तिमीलाई खराब नजरबाट
यति राम्री भएर तिमी निस्कियौ भने घरबाट
म हुन्छु तिम्रो सधैंको साथी सुख दुख मसँग साट
केही प्रब्लम भए भन हेल्प लिन सक्छौ म बाट
केही परे तिमीलाई भन हेल्प लिन सक्छौ म बाट Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Just one Quarter of the Night is left

~Bhim Darshan Rokka~
Translation : Maya Watson

Just one quarter of the night remains
the collected consequences of the first three parts
the moon, which alone reached the East
has now in me just a single hope Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मेरो मुटु अट्ठ्याउने तिम्रो याद र यौटा प्रश्न

~परिहास सुब्बा~

यसपाली मन्दिर जाँदा,
द्यौता सित
तिमीलाई मागिन मैले।

लाग्दछ,
कि त मेरो मुटुको प्रत्येक सेलहरु तिम्रै मायाले निर्मित छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment