कथा : गुरुदक्षिणा

~माया ठकुरी~

“नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो रंग, ठुलो निधार र आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहइरहेका दुई स्नेहशक्ति आँखा।

“को …. को हो ? मैले त ….,” उनले पढ्दै गरेको पुस्तक छेवैको टेबलमा राखेर भनेका थिए। “ए .. निरु ! बस बस कताबाट ? अहो !! चिन्नै नसक्ने भईछौ।” निरुले आफ्नो परिचय दिनुअघि नै सरले उसलाई चिनेका हुन्छन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नृपेश उप्रेतीका पाँच मुक्तक

~नृपेश उप्रेती~

१
जगतमा कोही छैन समय भन्दा ठूलो
कमाइ पनि हुँदै हैन संचय भन्दा ठूलो
नलेउ मनमा चिन्ता आफैलाई खान्छ
कुनै रोग हुँदैन मनको भय भन्दा ठूलो

२
मुस्कुराउँदै आएर चल्ने गर्छ साँझमा Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मूसाको खोर

~मोहन कोइराला~

चाल मारेर उफ्रिन्छ, बुईँगलमा पुगेर मार्च गर्छ
चुँ चुँ गर्दै म्युजिकल पुच्छर देखेमा अलि हट्छ
सोफाको प्वालभित्र बैठकमा बसेको छ,
मुसो खोरमा पुग्दैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जराको स्वर

~राम विनय~

जमिनमुनि गहिरोसित
जरा नगडेको
रूखको जरा
आकाशतिर फर्केर
उदास आ”खाले हेर्छ ।
हुरीबतासले
हल्लाउँदैमा हल्लिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : लासको ओछ्यान

~यकिना अगाध~

कुर्सिमा बसेर
के फुर्ति लाउछौ
ए सत्ताधारी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

१.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो मुक्तिको प्रभाव सांगठनिक परिवर्तन,विषयवस्तुका चुनौति अनि पाठकहरूका मागबाट व्यक्त भइरहेको भेटिन्छ ।

२.     अहिलेको नेपाली साहित्यको मूल शक्ति पाठक हो । लेखकका परम्परागत विचारका व्दन्द, मैले यस्तो मात्र लेखेको हुँत्यस्तो कहाँलेखेको हुँर भनेर आफूलाई जोगाउँन निजी ट्रेन्च बनाइ हिड्ने लेखकहरूले विस्तारै यथार्थ स्वीकार गर्न थालेको अवस्था हो ।  Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~

आचार्यज्यू, नमस्कार !

सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ साल असार २९ गते बिहानैदेखि नै टिर्रीले धड्यो । के गर्ने तपाईंका पालाका यहाँका सारा ढुङ्गेधाराहरू मासिइसके, छैनन् । घरघर पुर्याइएका विशुद्ध खानेपानीका कलधाराबाट भने हिजोआज कादो र ढल मिसिएर आउन थालेको निबन्धछ । नउमाली खायो कि मान्छेको पेटमा त देवासुरसङ्ग्राम हुन थालिहाल्छ Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~

देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले
जिब्रो थुती काइल्यामा लाँदैन कसैले ।

पैसालाई दशा लागे घुस्यातिर मोड्छ Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~

भक्तराज ईतिहास:

बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु गाउनु भयो उहाँले गाउनु भयका गीत हरु मध्ये २०-२५ वटा गीत हरु बाहेक आफ्नै संगीत रहेको छ।उहाँलाई २०४६ सालमा एउटा बज्रपात आइ लाग्यो ,उहाँ माथि काठमाडौँको बौद्धमा साँगातिक हमला भयो जसको कारण उहाको टाउकोमा १०० टाँका लगाउनु परेको थियो Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : मसँग कुन जनमको यो तिमी

~किरण खरेल~

मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ
हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ

मेरो आँशु आँशु नै हो नठान पानी यसलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Voice of a Voice

~Tanka Upreti~
Tranlated by : Mukul Dahal

Voice of a giant nagara?
Roar of a tiger?
Lightning?
Or the bellow of an explosion?

I long to let out the
Loudest shriek in the world. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~

यो कस्तो रात दियो बदला मुटु जल्छ
यो के वर्षा लिई आगो हावा चल्छ
यो कस्तो रात………………..

कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~

शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति नरमाइलो छट्पटाइरहेको भेटिँदो रहेछ आफूलाई । आफूले साहित्य भन्नु जीवन नै रहेछ । अर्थात् जैविक क्रिडा । शव्द र भाषाको यो संसारमा रमाउने आदत भएपछि त्यसभित्रको सुख-दुःख, प्राप्ती-अप्राप्ती, सबै सबै नै सुन्दरताका प्रतीक बन्दा रहेछन् । त्यसैले नपढ्नु-नलेख्नु, नसुन्नु-नहेर्नुदेखि सधैं टाढा रहनु साहित्यिक जीवन र साहित्यिक सुखको कामना रहेछ । पछिल्लोपटक मैले पढिसिध्याएका Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~

महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध गर्दछ ।

तर त्यतिले मात्र स्पष्टिँदैनन् देवकोटा । उद्भटता, अभिव्यक्ति प्रवाह-प्रभाव, त्यसका कलात्मकता र सन्देशहरूले मात्र पनि व्यक्तिँदैनन् उनी, चिनिँदैनन् वास्तविक अर्थमा । कारण उनी उचालिन सक्छन् आकाशजस्तै, गहिरिन सक्छन् सागरजस्तै, हुर्हुराउन सक्छन् आगोजस्तै, छङ्छङाउन सक्छन् छाँगोजस्तै र सक्छन् उनी कठोर हुन पत्थरजस्तै र कोमल हुन फूलजस्तै…..! Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~

विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक र बौद्धिक विविध दृष्टिले सर्वमान्य व्यक्तिसत्ताको महत्ता विश्लेषण गर्न मिल्छ तथा तिनलाई गौरवशाली पुरुषको दर्जा दिन सकिन्छ ।

सय वर्ष पूर्वका महाकवि लक्ष्मी प्र. देवकोटा धेरै लेखिए पनि थोरै लाग्ने र अन्तर्राष्ट्रिय क्षेत्रका सर्वाधिक सुपरिचित अमर नेपाली भाषिक कलमजीवी हुन् ! मान्छे कस्तो भन्ने बुझ्न तिनको बाह्यान्तरिक करनी, कथनी र Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

~डा.अम्बिका घिमिरे~

१. परिचय

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये पनि उनको कवित्व ज्यादा विख्यात छ र उनी महाकविकै रूपमा प्रतिष्ठा प्राप्त छन् । उनको महाकवित्वको पुष्टि गर्ने आधार धेरै छन् र तीमध्ये उल्लेखनीय Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~kranti-parajuli

फूल
म सुन्दर फूल हुँ
म फुल्दा मात्र सुवास छर्न सक्छु
त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै
तर आमा
किन गिद्दे नजर लगाउँछन् राक्षसहरु
जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन
म ठ्याक्कै परी जस्तै छु रे
उसले भनेको
तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टिलपिलिएका आँखाहरू…

~बसन्त चौधरी~

मायालु स्पर्शले तिमीलाई लेखेको पहिलो प्रेम पत्र
मैले अझै बिर्सेको छैन
तिम्रो उत्कन्ठित मधुर मुस्कान
मैले अझै बिर्सेको छैन
असङ्ख्य भावनामा बगेर,
मैले कोरेका कविताका ती पंक्तिहरु
मैले अझै बिर्सेको छैन
बाँह फैलाई तिमीलाई अङ्कमाल गर्न खोजेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

वीरकालीन कविता : फिरंगानते फिरंगी

~पृथ्वीनारायण शाह~

फिरंगानते फिरंगी सुनो कास्‌मिली … … …
माजिंके बगल्मै इताएके एता गुमान् तेरा है ।।
एक्‌ते … … … … … … … … … … … …
गंगुल् उहर्वेगोल् तुन्द्रे रजफ् तौने नही टेरा है ।।
दुरिवा … … … … … … … … … का चढाञी
मद्दत्कीनि भोगे नहि न्पाल् चारो वोन् धरा है ।।
रानाको भैया नरभूपाल साहजीकों छैया
उत्तरादेको बसैया पृथीनारायण नाम मेरा हैः ।।१।। Continue reading →

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

गजल : ती आँखामा आँसु नझरोस्

~चोमु शेर्पा “खुशी”~

म चाहान्छु मलाई सम्झेर ती आँखामा आँसु नझरोस्
तिमी दुखेको खबर मेरो कानले अब सुन्न नपरोस्

बिगत कहिल्यै बर्तमान हुन सक्दैन त्यसैले
त्यो सुन्दर मनले बिगत सम्झेर गुनासो नगरोस् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

चलचित्र गीत : रेलि खोला बगर

~कुसुम गजमेर~

[रेलि खोला बगर, काफल पाक्यो लहर।
माया आउन बसन, लाग्यो रहर।…२]…२

खोलाको किनार हाराहारी, माया सराबरी।…२
बैंशमा कस्तो रोग लाग्यो, हावा सरर। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युगका शहिदहरू

~कविराज भट्ट ‘बिलौना’~

शखे
काब्यधारामा बगेकी
काब्यीदेवीकेा जेाडघटाउ हुँदैछ यहाँ
जहाँ ……
जहाँ तिम्री पद्मिनीउनकी कुञ्जना
अनी मेरी कल्लेालिनी
आदि ………। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : A Madrigal of my Madness

~Pravab Dhakal~

you always smile
but when i search your heat
i fell the sorrow and the pain

don’t try to hide it from me,
you cannot lie,
i can fell the depth. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~

पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले। Continue reading →

Posted in समीक्षा | Tagged | 1 Comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~

नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु हाम्रो साहित्यको श्रीवृद्धिका निम्ति शुभ संकेत हो। नित्य नवीन चेतनाका कथाले हाम्रो विषयगत वैविध्य, बहुरूपता, नयाँ शिल्प सौन्दर्यको विकास हुँदछ। नेपाली कथाको परम्परामा धेरै खुडकिला पार गर्दै नयाँ नयाँ काँचुली फेर्दै आफ्नो विकासको गति तीव्र गर्दैआएको पाइन्छ। Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ
अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

(बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : सबै नौटङ्की नै रहेछ यी धर्मभिरुहरू त !

~सत्य महर्जन~

“अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइया” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु । आँखा बन्द भए पनि मन त मेरो फ़ुङ्गै छ । निन्द्रा लागे पो ।

“उफ, यो भूकम्प, अहँ होइन क्यारे, महाभूकम्प, – त्यो आएर त्यत्रो Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : हित रहेन अब

~उमेश सामिप्य कान्छा~

मनमा कसैको हित रहेन अब …
देशकै हारमा जित रहेन अब …

बलेरै राजनिती दनदनी मुटुमा …
छाती सेलाउने शीत रहेन अब … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती मार्छ– ‘तिमी जागिसकेका छैनौं?’ प्रश्नले चिमोटेर जान्छ। एक प्याला चिया म उत्साहको पिउँछु। सिद्धान्तको निकोटिनले मेरो मस्तिष्कलाई ऊर्जा दिन्छ। म हतारिंदै जान्छु भक्तपुरको सूर्यमढी चोकमा। राता झण्डाहरू। राता ब्यानरहरू। जताततै रातैरातो। यस्तो लाग्छ भर्खरै जागेको घाम आफू सिङ्गै यहीं ओर्लिएको छ। सूर्यमढी चोकमा। मै भएछु अल्छि। हतारिंदै आउँदा पनि ढिलो भएछु। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनो

~जयराम तिमल्सिना~

छोरीज्वाइ अस्ट्रेलियामा डाक्टर छन् । त्यही पिआर लिएर घर बनाएर बसेका छन् । हरेक महिना ३० हजार पठाउँछन् । पहिला घर खेत बन्दकी राखेर पढाइयो राम्रै गरिएछ क्यार । परार साल छोरी आएकी थिइ, पर स्कुलमा पुस्तकालय खोल्देर गइ । धेरै राम्रो गरी त्यस्ले । मेरो नाक ठूलो बनाइ ।

छोरो रोहित अमेरिकामा इन्जिनियर छ । बुहारी कलेज पढाउँछे । नाति नातिना स्कुल जान्छन्, ठूलै भइसके तर देख्न पाएको छैन । धेरै भयो, त्यो पनि घर नआएको । पोहोर त्यस्की आमा खस्दा पनि आउन भ्याएन, उतै सिदा दान गरेर  चोखियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोल्पो लोककथा : शीबताक

~सङ्कलन : टासी टेवा डोल्पो~

धेरै वर्ष अघिको कुरा हो, एउटा डोल्पो गाउँमा एउटी आमाले तीनवटा छोरीलाई जन्म दिइन्। त्यस्तै, दुई तीन–वर्षको अन्तरालमा जन्मे पनि आमाले उनीहरुको पालनपोषणमा कुनै कमी देखाइनन्। धेरैजसो बाहिरी गाह्रो काममा खट्ने, एउटा काठका लागि पनि तीन चार दिन लगाएर हिँड्ने, भोटमा नून लिन र अरु खाद्य सामानहरु लिन पनि एक्लै थुप्रै चौंरीहरु लिएर कम्तीमा पनि दश दिनको जोखिम बाटोमा जाने, हिउँको खासै पर्वाह नगर्ने श्रीमान साह्रै मिहिनेती पनि थिए। शारिरिक हिसाबले खासै बलियो नभएकोले होला, एक दिन बाबु अचानक थला परे। श्रीमती र छिमेकीले नजिकैको स्थानीय अम्चीलाई तुरुन्तै गुहारे। अम्चीको औषधीले खासै छोएन र बाबु केही महिनामै बिते। जेठी छोरी बाह्र, Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : झरीको स्मृति

~प्रवीण राई जुमेली~

आमाका दुइवटा फरियाहरु थिए
नयाँ उनी बजार जाँदा लाउँथिन्
र पुरानो चाहिँ घरधन्दा गर्दा

हिउँदको धुलोले ती फरियाहरुलाई
च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि
बर्खाको झरीले दिन्हौं
त्यसलाई रुझाइरहन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment