खोलामा बग्ने स्वतन्त्र पानीलाई
दिशानिर्देश गर्छ किनार
पानीको वहकाईसंगै
पलपल आफु काटिइंदै, खिइंदै
खोला/ नदि इत्यादिलाई आकार दिन्छ
समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ
हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ
उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ
स्वागत गर्छ, विदाई गर्छ । Continue reading →
अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे ।
वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि फुलाएर गमक्क परेको छ । सेतो शुभ्र टाँकीले वातावरण उजेलिएको छ, तर मेरो मन……! अगिदेखिनै घुर्मैलो तुवाँलोले टम्म ढाकिएको मेरो मन भने अब, सके म बाँचुन्जेल सम्म पनि उघ्रिन सक्ने छैन ।
तल कतै नदी सुसाएको यहीँसम्म सुनिँदै छ । त्यसको छातीबाट पनि मेरैजस्तो पीडाको चीत्कार निस्किएको पो हो कि ? माथि आकाशमा हेर्छु एकजोडी चील अगिदेखि कावा खाँदै आनन्दित भई उड्दै छन् । यसरी निस्सीम आकाशमा निर्बन्ध उडेर तिनीहरूले सके आफूलाई यो ब्रह्माण्डमा भाग्यमानी साबित गराउँदै छन् । Continue reading →
मेरो जन्मभूमी श्रीअन्तु-इलाममा एउटा उत्तरतिर बग्ने खोलो छ । त्यस्को नाम नै उत्तरे खोलो हो । मैले पहिलो पटक आफ्नै सहासले तरेको खोलो त्यही हो । मैले पहिलोपटक बाडी आएको देखेको खोलो , मैले पहिलोपटक पौडी खेली टोपलेको , माछा नभए पनि बिरालाको लागि गडेरा पक्रेर पुरूषार्थ देखाएको खोलो त्यही हो । मैले पहिलो पटक नुहाएको र चाखेको पानी उत्तरे खोलाकै विविध शिरमध्ये एकको हो । त्यसो त मैले पहिलोपटक नुहाएको पानी बगेर पनि यही खोलोमा मिसिएको पक्का छ । त्यसैले मैले खुव माया गर्ने सानो खोलो उत्तरे आजसम्म पनि मलाई आफ्नै Continue reading →
यसरी ओइरियो शुभकामनाहरू
हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन ।
सायद शुभकामनाहरू
यो जिन्दगीलाई थियो ।
सायद शुभकामनाहरू
यो दुई मुठी सासलाई थियो । Continue reading →
कान्छो हिजो जस्तै-
भित्ते घडीको निर्देशनमा
उठ्छ, सुत्छ र फेरि उठ्छ….
परिवारको अनुहार नियाल्छ र
ती कलिला आँखाभरि
आशा देख्दो हो
मनभरि निश्चल माया भएको Continue reading →
हेर यो देशको माटो कति सुन्दर लाग्दछ !
रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ !
के छैन यस माटोमा सजीवताको आलोक छ
आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान
त्यसैले त जननी जन्मभूमिश्च
स्वर्गादपिगरीयसी ।
(आमा कवितासङ्ग्रह, जननी जन्मभूमिश्च स्वर्गादपि, पृष्ठ १,)
यी राष्ट्रियताले भरिएका श्लोकहरू साहित्यकार गंगा लिगल (१२ मई १९४९) का हुन् । गंगा लिगल नेपाली Continue reading →
चार दिनको लामो बिदा आकाशमा इन्द्रेणी लागेझैं सप्तरंगी तर आँखा झिमिक्क गरेजस्तै बित्यो । इस्टरको बिदा सदुपयोग गर्न आलिया र आइभी केही दिनअघि नै मामा घर गएका थिए । सायद दिउँसोतिर आउलान् ।
घरमा एक्लै सामाजिक सञ्जालको जञ्जालमा फस्नुभन्दा केही चाँडै अफिस पुग्छु । अफिस अलि ब्यस्त देखिन्छ । आज अफिसमा मेरो कार्य तालिका कामको चटारो छ । इस्टर बिदामा गएकाहरु काममा फर्की सकेका छैनन ।
बुद्धको उदगमस्थल
शिवजीको क्रिडास्थल
महषिर्हरुका तपोभूमि
देवकोटाको सुन्दर, शान्त, विशाल
व्यक्ति व्यक्तिका अलग अलग विश्लेषण
कथनमा एकरुपता, व्यवहारमा भिन्नता
यही हो अहिलेको मेरो देश नेपाल। Continue reading →
दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो ।
बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको चंगा स्कुल नजिकको घरको छतमा झर्यो । ऊ दौडिदै गएर अर्को बच्चालाई चङ्गा उडाउन सिकाइरहेका शिक्षकलाई गएर भन्यो, ‘ सर ! मैले मेरो चङ्गा साथीहरुको भन्दा माथी पुर्याउन, माथि उडेको हेर्नलाई धागो छोडेको थिएँ, तर चङ्गा त अर्को घरको Continue reading →