कविता : आफ्नै चश्मा

~श्यामल~

हेराइ हराएर
अल्मलिइरहेको म
कसले खोस्यो मेरो दृष्टि
कसले फे-यो मेरै सामुको सृष्टि हँ –
चश्मा फुकाल्छु –
नयन छ,दृष्टि छैन
पदार्थ छ,चेतना छैन
कसले लगाइदियो आँखामा पट्टी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काम्यो लुगलुग त्यो

~भीमनिधि तिवारी~

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~विजय सुब्बा~

मलाई यौटा बन्दुक देऊ
मलाई अहिले भोक छैन
मान्छेको मृत्युमा किञ्चित् शोक छैन
मलाई मात्र घृणा छ
मान्छेको मौनताप्रति
शिर काटेर झरिसक्ता पनि
मान्छे आवरणमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमलको नाङ्गो हाँगा

~विमला तुम्खेवा~

धेरै बर्षअगाडि
हाम्रो प्रेम साटिएको फलैँचा
त्यसरी नै ठिङ्ग उभिएको थियो
बाटो छेउमा लहरै
उभिएको सिमलको रुखमा
चैत –
त्सरी नै नांगीएको थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : असम्भव प्रयासहरु

~गीता सन्ताप ~

चित्रकार हुदो हुँ त
मेरो लुटिएको अस्मिताको चित्र
आफै कोरिदिन्थे म
खुल्ला परिवेशमा
स्वतन्त्र गुन्गुनाउन सक्दो हुँ त
मेरो लुटिएको परिवेशको
गीत गाइदिन्थे म । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिसको पयर

~इश्वर वल्लभ~

आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ
धरतीले मानिसलाई सारै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अनुहारको ऐना

~चंकी श्रेष्ठ~

तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार ।

चर्किएको, भत्किएको ऐनामा
देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरंकुश काठमाण्डु !

~विक्रम सुब्बा~

शंकाको पखेटा जोडेर चराहरू उडिरहेछन्
अनगिन्ती तारा टाँगेको आकाश
छपनीजस्तै घोप्टिएर
धर्तीको सबथोक नियाली रहेछ
किसिम-किसिमका जहाजहरु
समुद्रपारीका दिमाग आयात गर्छन्
जंगलभित्र लुकेर शीवपुरीको डाँडो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्यटक

~नवराज सुब्बा~

पर्यटक !
आउन त आयौ घरैमा
तर माफ गर अहिले हामी सडकबन्द
चुलोबन्द गर्न ब्यस्त छौं
तर्साउनेसित तर्सेर
त्रस्त छौं अस्तब्यस्त छौं ।

कृपया हामीलाई
दिनभर अघाउञ्जेल जुध्न देउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाइलाका निबहरूले

~मञ्जुल~manjul

प्रकृति लेख्छिन् कविता
भानका खेतका हरफहरूले

रुखका
लस्करहरूले

पहाडका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : माछो र कमिलो

~निशा देवकोटा~

कुनै देशमा एउटा यस्तो राजा थिए, जसलाई फूलहरू एकदमै मन पथ्र्यो । उनले आफ्नो दरबारअगाडि पनि विभिन्न किसिमका फूल रोपेका थिए । उनले रोपेका विभिन्न किसिमका फूलहरूले उनको दरबारलाई थप आकर्षक बनाएका थिए ।

एक दिन राजा भ्रमणका लागि भनेर देशबाहिर घुम्न गए । उनले विभिन्न देशहरूको भ्रमण गरे । उनले भिन्न देशमा भिन्न–भिन्न किसिमका राम्रा–राम्रा फूलहरू देखे । उनले ती फूलहरू आफ्नो बारीमा रोप्ने विचार गरे । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : ममको धरहरा, झोलको रानीपोखेरी

~शम्भु दङ्गाल ~

परलोक भएका ती भीमसेन थापा काजी
हातमा प्लेट र काँटा बोकेर
एक्कासि आए सपनामा
र मागे धरहराको एक प्लेट मम

उसरी नै आए सपनामा
बोकेर ठूलो कचौरा र डाडु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : समुन्द्र पारीबाट ‘गुराँसलाई चिठ्ठी’

~दिक्षा बस्नेत~

प्यारी गुराँस,

बर्षौ बित्यो, तिमीलाई थाहा नै छ! म तिम्रै बाल सखी, तिमिसंग दुख सुख बाड्दै जीवनका ३ दशक् तिम्रै सेरोफेरोमा बिताएकि तिम्री मित्र, अझ भनौ भने काँचो उमेरमा नै मेरा खुट्टालाई चाहिने जमिन छोडी म आफ्नो गृह जिल्लाबाट टाढिएकी!!.

किनकि मेरो भाग्यमा  म जन्मिएको जिल्लामा जमिन छुट्याइएको थिएन, हामी सबै कर्मका दासी रहेछौ गुराँस, मलाइ तिम्रै वरीपरी फुलेर तिमि संगै  मुस्कुराउन कर्मले दिएन, समय र परिस्थितिले डोरयाउदै अहिले Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : चारूमतिको कथा

~मणि भट्टराई~

उसको नाम चारूमती थियो
सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि
के लाग्थ्यो र ऊ एक्लैको?
एकाएक चारूमति हराई गाउँबाट
र फूलमाया देखापरी ।

फूलमाया साँच्चिकै फुल जस्तै थिई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एट्लान्टिस्मा एक रात

~जीवा लामिछाने~

दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। ‘सेभेन स्टार’ भनिने ‘पाम जुमेरा’ को ‘बुर्ज अल अरब’ लाई आठौं आश्चर्य नै मानिन्छ। संसारकै नमूना परियोजना पाम जुमेराका होटल र आवास–अपार्टमेन्टहरूले कसलाई आकर्षित नगर्लान्! शाहरूख खान, डेभिड बेकह्याम लगायतका सेलिब्रेटी र विश्व प्रसिद्ध उद्योगपति–व्यवसायीले यहाँ अपार्टमेन्ट किनेका छन्।   Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : मार्गदर्शक पाइला : भित्रबाहिरका पाइला

~तेजविलास अधिकारी~

सृजन लम्साल झन्डै ४५ वर्षदेखि साहित्य यात्रामा साधनारत देखिन्छन् । फुटकर रचनाका हिसाबले उनी २०२६÷२७ सालदेखि निरन्तर क्रियाशील रहेका छन् । हालसम्म जम्मा ७ ओटा साहित्यिक कृति प्रस्तुत गर्न सफल लम्साल प्रौढ जीवनलाई सिर्जनामा निरन्तर लगाइरहेका छन् । मैले धेरै बूढापाकाहरू देखेको छु, गाउँ र सहरमा बुढेसकालमा उनीहरूको एउटै चिन्ता छ, छोराछोरीले रेखदेख गरेनन्, पैसा भएन, आवश्यक वस्तुको जोहो गर्न सकिएन

आदि आदि । सहरका केही सेवानिवृत्त कर्मचारीहरू पनि राजनीतिक पार्टीका पछिपछि कुदिरहेका छन् । केही चाटुकारहरू पुरस्कार स्थापना गर्ने र पुरस्कार साट्ने धन्दामा काला धनको विनिमय गरिरहेका छन् ? यी उल्लिखित विषयभन्दा अलिपर एउटा सौम्य, भद्र र लगनले भरिएको व्यक्तित्वको परिचय दिइरहेका छन्– सृजन लम्साल । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

नैतिक कथा : सल्लाह

~अज्ञात~

एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने सबै कुरा हरियो हुनुपर्छ ।’ Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : पुरानो किल्ला

~योगेश घिमिरे~

कहिलेकाही यसै बरालिनु बहुत आनन्ददायी हुन्छन् । गन्तव्य बिनाको यात्रा , न कहि बाटो बिराउने चिन्ता , न कुनै समय सिमा ।

तपाईं हिड्नुभएको छ यसरी ?

सुन्नुस म एउटा कथा सुनाउछु । यो कथामा एकादेश छैन, राजा, रानी, राक्षस, भूत केही छैन । मात्र एउटा फकिर छ, जो अनिश्चयको यात्रामा निस्किएको छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लखनऊ

~दिनेश सुवेदी “विकल्प”~

एक साँझ सयर गर्दा
लखनऊका गल्लीहरू
मैले देखे एक नवयौवना लखनऊ
भर्खर निद्रा परेका लठ्ठ आँखा उसका
लखनऊका चिल्ला सडकका पेटीभरि
यत्रतत्र छरिउका थिए

अनि मैले सोधे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खै जालमा परेर गई

~शीतल कादम्बिनी~

खै जालमा परेर गई की पारेर गई
कसरी भनु मरेर गई, मरेर गई कि मारेर गई

नयनको त्यो मदिरा मागेँ पिलाई दिई
विचरीले सद्दे बानी बिगारेर गई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : जुनीभरिलाई पीर संगालेर

~भिम बिराग~Bhim Birag_1

जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु
काँडा माथि पाइला राखी बिदा लिंदैछु

निर्धा मेरा ईच्छाहरूले पिरोल्न चाहन्न
मेरो दुखी यात्राभरि भुलाउन चाहन्न
बिपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हराएको सहर हो प्रीया

~राम थापा ‘अविरल’~

यो माया हराएको सहर हो प्रीया
न उठ्दै ढलेको एउटा घर हो प्रीया

यहाँ त सपना पनि किनबेच हुन्छ
माया गर्छु भन्नू केवल रहर हो प्रीया Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लोक कथा : चण्डीनाचको प्रारम्भ

~सङ्कलन : रामविक्रम थापा~

खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् :

सत्य युगको प्रारम्भमा देवादिदेव महादेवलाई मानव सृष्टिको चाहना भएछ । अनि उनले Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : कहाँ पर्‍यो पूर्व हो

~गोपाल योञ्जन~

कहाँ पर्‍यो पूर्व हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम

झरेजस्तो लाग्छ आफू तल तल साथी
हुन्न केही भन्छन् सबै नपुगी त माथि
माथि जाने बाटो छैन समाउने लाठो छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिती गयो नि रात

~म. बि. बि. शाह~

छटपट गरेर नै सधैँ बिती गयो नि रात
छटपट गरेर नै सधैँ…

दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसरी भनुँ मरिसकेँ

~एम.वी. बुढा~

म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ
म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ
म आँखा देखेको मान्छे कसरी भनुँ देश छ माथि
म सीमा टेकेको मान्छे कसरी भनुँ सीमा छ बाँकी ?

आमाको दूध चुसेको मान्छे कसरी भनुँ अशक्त भनी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : अनुवाद साहित्यमा महिलाको सहभागिता

~इश्वरमान रञ्जितकार~

ऐतिहासिक प्रमाणको आधारमा भन्ने हो भने नेपालीमा केही फुटकर अनुवादबाहेक पुस्तकाकारमा पहिलो अनूदित कृति हो-

कवि शक्तिबल्लभद्वारा संस्कृतमा रचित एवं उनैद्वारा नेपालीमा अनुदित नाटक हास्यकदम्ब ! यस कृतिको प्रकाशन काल हो वि.सं. १८५५ । तदनन्तर केही अनुवादकद्वारा केही रचनाहरू अनूदित भई प्रकाशित भएको पाइन्छ तर अनुवाद कार्यमा महिला सहभागिता भने तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीदेवी शाह -१८३२-१८८७) द्वारा वेदव्यासरचित महाभारतको अध्याय १-१३० सम्म भएको ग्रन्थ राजधर्मको अनुवाद गरेपछि थालनी हुन्छ तर यस ग्रन्थलाई ललितत्रिपुरा सुन्दरीदेवीको रचना नभइकन श्री ३ जंगबहादुरका Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : ताराहरु झै उठ

~ईश्वर दाहाल कविजी~

खुल्ला मैदानमा निस्किएर
विशाल आकाश नियाल्दा
अनगिन्ती चम्किला ताराहरु
आफ्ना दविएका आवाज
…अन्तरह्दयमा बोकेर
संसारसँग साहसि र अटल बन्दै
अस्तित्वको लडाइ लड्दैछन
ठ्याक्कै क्रान्ति योद्धा जस्तै !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : घिन्ताङ मूनी आयो

~ईश्वर बलामी~

घिन्ताङ मूनी आयो, बच्चा डरायो !
बाघ होइन भालु होइन, किन डरायो ?

आकाशमा टिलपील गर्ने ताराले
बुबु–माम खान्छन्, मिठो साराले !! Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

गजल : नजर तिम्रो, झुकाएर आऊ

~जनकराज पौडेल~

अलिकति नजर तिम्रो, झुकाएर आऊ
बादलजस्तो कालो केश, फुकाएर आऊ

बग्ने मन बग्नेसरि, जतापनि बग्छ
तिमीसँगै बग्ने सागर, सुकाएर आऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : म तिमीलाई माया गर्छु

~केशव आचार्य~

कोही आगो बनुन कि पानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनुन कि ज्ञानी, म तिमीलाई माया गर्छु

यो आवेग होईन मेरो, अन्तर्मनको आवाज हो
लेखियोस नलेखियोस कहानी, म तिमीलाई माया गर्छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : रित्तो बनाइदियौ

~माधव सिग्देल माइला~

जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।

सपनीलाई विपनीमा सजाउने चाह थियो
भताभुङ्ग भयो अर्कै संसार सजाइदियौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment