कविता : विचार

~कृष्ण प्रधान~

उज्यालो हुँ
रातले ननाप्नू
मेरा दिनहरू
आकाश हुँ
नखोज्नू फैलावट
भूगोलमा
चेतना हुँ
नछाम्नू मलाई
खोँगीमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फौजी

~विपुल सिजापति~Bipul Sijapati

बसको झ्याल बाहिर कसैको लामो हाँसो सुनेर पढिरहेको किताब बन्द गरी त्यतैतिर हेरेँ । छलकपट बिनाको त्यस शुद्ध र उन्मुक्त हाँसोमा एक किसिमको मोहनी थियो । सम्भवतः त्यो हाँसो मैले पहिलो पटक सुनेको आकर्षक हाँसो थियो । त्यसैले नै मलाई झ्यालबाहिर हेर्न उत्सुक बनाएको थियो । सडकको किनारमा थापिएको छाप्रो पसलमा कस्सिएको जिउडालको एकजना अधवैंशे केही किन्दै थियो र ऊ अधवैंशे पसले युवतीसँग ठट्टा पनि गर्दै थियो । राजमार्गमा गुज्रिने अन्य सवारीका आवाजले गर्दा उनीहरूको कुरा मैले सुन्न भने सकिरहेको थिइन । पैसा तिरेर उसले पसलेको हातबाट एकमुठा सुर्तीको प्याकेट ज्याकेटको दायाँपट्टीको गोजीमा जतनले घुसा¥यो । पसलेले दिएको फिर्ता पैसा लिदै उसले के भन्यो कुन्नि, पसले युवती खित्का छाडेर हाँसिन् ।

सायद उनीहरूको कुरा निकैबेर चल्दथ्यो होला, तर खँलासीले ढोका ठोकेको सुनेर ऊ बसतिर फर्कियो र पसले युवतीलाई हात हल्लाउदै बसतिर सोझियो । ऊ फर्किदा पहिलो पटक मैले उसको अनुहार देखेँ । लगभग सैतीस–अड्तीस वर्षको मतवाली मोहडाको उसको गोरो अनुहार निकै आकर्षक लाग्यो । चौडा छाती Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलिम

~नयनराज पाण्डे~

मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम ।

सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम थियो क्यार उसको ।

हाम्रो घरअगाडि नै सडकको पूर्वपट्टि मुसलमानहरुको स–सानो बस्ती थियो । मुसलमान बस्तीमा पक्की घर एउटा पनि थिएन । सबै घर कच्ची । माटाको परखाल र फुसको छानो । सबै एउटा वा दुईटा कोठाका घर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाल्यकालको मेरो गाँउ

~बिनोद खड्का~Binod Khadka

प्रभातको फेरोसंगै
पूर्वी आकाशले लाली लाउँदा
पंक्षीहरुको गीतसंगै
पधेर्नीहरुको हल्ला छाउँदा
गाँउ मेरो रमाउँछ
गाँउ मेरो नाचिदिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उप्रान्त 

~मोहन बन्जाडे~

माग्दा सबैसंग माग्नु पर्ने भएपछि
आस सबसंग गर्नुपर्ने भए पछि
कसैलाई आफ्नो र पराई नठानी
योग्यता, क्षमता र सीपका आधारमा
मौका पाउने थिति बसाए हुने | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : हिमाल हेरी झा

~कृष्ण सिंह पेला~

कति निको मेरो अपी हिमाल हेरी झा
सेती सिरानमी बस्यो शैपाल हेरी झा

दशरथ रे भीमजसा सपूतसूर्ज उदाउन्या
मेरो सुदूरपश्चिमा नेपाल हेरी झा Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : प्रेम सिमा नाघिन्थ्यो

~सुरेन्द्र जोशी~

अनेक थुंगाहरुले सजिएको फूलबारीमा
अनेक सुगन्ध हरु मग्म्गाउथे,
जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो
तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो
टुट्न नसक्ने अजम्बरी डोरी
जुन देशको भूगोलका सिमा हरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पर्छ देश बचाउन

~केशव गाह~

नौलो जनक्रान्ति हाँक्नै पर्छ देश बचाउन
प्रदेशका युवा डाक्नै पर्छ देश बचाउन

सधैभरि देशलाई लुटिखाने लुटेराहरूलाई
गर्धनमा पक्री जाक्नै पर्छ देश बचाउन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सुनामी

~कपिल अधिकारी~

वसन्तमा फूल फक्रन लाग्छन्
उजेलोको रेखा क्षितिजमा देखा पर्छन्
अनि
आशा, खुसी र उमङ्गलाई चिथोर्दै
पीडाका छाल बोकेर देखा पर्छ सुनामी ।

वेदनाका तरङ्ग हुर्याउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता भन्छ कसरी ?

~विश्वरसिंह राई~

भँुडी ठूलो ढल्काएर किसान नेता भन्छ कसरी ?
महल वसी झुपडीको योजना खै बन्छ कसरी ?

बाटो पुल कुलोको बजेट भ्mवाम्म पारे पछि
त्यत्रो पैसा आफू एक्लै अँधेरोमा गन्छ कसरी ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चन्द्रकला

~जैकी मोजाहु~

मनै त हो
ट्रक रोक्कियो,
देब्रे छेउ त्रिशुली
पहाड कोत्रेर
बनाइएका २-३ संख्याका
झोपरपट्ट
खीर पस्कँदै….
अहा क्या मीठो ….
मैले खीरलाई भन्या हैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा योद्धाको खोजी !

~शिव प्रकाश ~

म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
म भन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, पर्वत र मेरो छिमेकी

~सरोज धिताल~

ऊ जब गाउँबाट आउँछ
अलिकती पसिनाको गन्ध बोकेर आउँछ
जिउमा अलिकति रातो माटो पोतेर आउँछ
अनी जब मेरो धारामा
आफ्ना हातखुट्टा पखाल्छ
उसले बोकेर ल्याएको
गाउँको रातो माटो
शहरको माटोमा मिस्सिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो यादमा

~धुव थापा~

हरपल हरक्षण तिम्रै यादमा
म बाच्ने कोशिस गरिरहेछु
न चाहदा नचाहादै पनि
तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु
कस्लाई पोखाउ यो मनको बह
सिमसार झै भएको छ गह । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अतीत र वर्तमान

~नीरा शर्मा~

म सानो छँदा
चुल्हाहरूमा आगो बलेर
कसौँडीहरूमा भात पाक्दथ्यो
ममतामयी आमाको काखमा
नि द्राले स्वप्निल रात माग्थ्यो,
कुलोहरूमा पानी बग्दा
खेतहरूमा धान झुल्थे
धानसँगै मन झुल्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समयका साथी

~पूर्ण ओली~Purna Oli

“तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे ।

अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट भित्र पसेँ । अनचिनारु अकस्मात भित्र पसेको देखेर मेकअपमा व्यस्त बैठक कोठा झसङ्ग तर्सिई । मैले उसको नितम्बतिर हेर्न नसकी भुइँतिर क्वार्क्वार्ति हेर्न थालेँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइजुकी भदैनी

~पोस्तक श्रेष्ठ~

दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो।

‘माईजु!’ बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो।

भित्र माईजु त हुनुहुन्थेन तर भान्सामा काम गरिरहेकी एउटी नवयौवना थिइन्। अपरिचित। पहिले कहिल्यै नेदेखेको।

‘माइजु हुनुहुन्न?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : अक्षांशहरू

~रिता सान्चियोनी~
अनुवादक: राजकुमार बराल

हातहरूले तिनीहरूका औंला काट्नुअघि
सपनाका कुरा
र, डेल्टा सुरु हुनुभन्दाअघिका
नदीका कुरा बढारिनुअघि
समयले नेटो काट्नेछ
(र, हाम्रो निर्दोष अन्त्य) ।

यहाँ मस्तिष्क आफैं पनि Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : If You Put the Boat in the Water

~Bhim Darshan Rokka~
Translation : Maya Watson

If you put the boat in the water
I’ll give my hands for oars
In the midst of trough and crest Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

माधव श्रेष्ठ ‘विष्णु’का चार हाइकुहरु

~माधव श्रेष्ठ ‘विष्णु’~

१
खातेको घर
नाङ्गो सडकमाथि
धनीको कार ।

२
भ्रमरा भुल्छ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कथा : #मीटुहेवन

~रजित ओझा~

छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क टल्केको थियो गिलास पनि ! भर्खरै नयाँ किनेको जस्तो !

“९ नम्बरबाट फर्म लिनुस् तर आज काम हुँदैन होला !”

म अचम्म परेँ । यो ठाउँ त सबै काम बिनारोकटोक हुनुपर्ने ठाउँ होला भन्ठानेको । बीचको बाटोमा ‘स्वर्ग जाने बाटो’ भन्नेतिरै बांगिएर आएको । ढोकामा पनि स्वर्ग नै लेखिएको छ । अनि तालचाहिँ उही मर्त्यलोकको हाम्रै आफ्नै सरकारी अड्डाजस्तो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँचै यस्तो भई दिए त !

~तोयानाथ पौडेल~Toyanath Poudel

साँचै
साँचै सपना सपनै भईदिए
कल्पना वास्तविकता नै भईदिए
सफलताको चरम चुलि चुम्न
बेर लाग्दैनथ्यो होला
टाढाको वात् गर्न पुलिन्दा चाहिँदैनथ्यो होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : We Nepalis

~Laxmi Prasad Devkota~

We are the children of Aurora,
Offspring of Asia’s reawakened age,
Sons of the Hiamlayas we crave,
To climb the peaks wreathed with the golden rays.

We are the products of the Buddha’s soil
The honey-sweet playmates of Janaki, the flower of our earth, Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

चलचित्र गीत : साउने झरीमा त्यो गाउँको

~कुसुम गजमेर~
साउने झरीमा त्यो गाउँको गोरेटो
छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो

सुन्दर चिनो मायाको खेल्नेछ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँशुमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता

~कमला सरूप~

मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ।

विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, ग्रेजिया देलेछा, पर्ल एस बक, सिग्रिड उढ्डस सेट, ग्राबिला मिस्त्राल, नेली साक्स, नादिन गार्डिनर, टोनी मासिनका साथै नेपालकी प्रसिद्ध साहित्यकार पारिजातका साहित्यमा पाइने अमूर्तताको सरसरती मूल्याङ्कन गर्दा जीवन र साहित्यको प्रतिबिम्बित रूप भनेको शृङ्गारिक कला र त्यसको प्रत्यक्ष सम्बन्ध जीवन हो भन्ने कुरा प्रस्ट हुन्छ। हुन त अमेरिकी प्रसिद्ध साहित्यकार एमिली Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बादल

~शरद पोख्रेल~

बादल लाग्नु
बादलले छोप्नु
अँध्यारो हुनु।
ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो
यी कुरामा ?

तर आज उभियो मेरो छायाँमा
एउटा एक्लो मुसाफिर
र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन

प्रा. डा. टङ्कप्रसाद न्यौपाने

काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता बहुमुखी क्याम्पसमा भाषाविज्ञान र पत्रकारिता पढाउन पुग्छन् । दिउसो हतारमै सार्वजनिक बस चढेर धरान आइपुग्छन् र, विद्यार्थीका थेसिस, कविता चाङ वा साहित्यिक पाण्डुलिपिमाथि सल्लाह दिन्छन् । फेरि दिनको दुई नबज्दै इटहरी क्याम्पसमा एमएड पढाउन हतारिंदै बस चढिहाल्छन् । र, साँझ साढे छ बजेतिर धरान, विजयपुर डाँडोको घर पुग्छन् । गोजीमा बोकेको अलिकति सोमरस घरको छतमै बिसेर पिउँछन्—तनाव र थकाइ मेट्ने बहानामा ।धरानको शारदा बालिका विद्यालयबाट २०२६ सालमा शिक्षणमा प्रवेश गरेका उनी २०३२ सालदेखि भैरहवा क्याम्पस मार्फत त्रिविमा प्राध्यापनमा छिरेका हुन् । न्यौपानेले भैरहवामा पढाएका कुबेरसिंह राना आईजी भएर अवकाश लिइसकेका छन् भने भोजपुर बहुमुखी क्याम्पसमा मेजर नेपाली पढाएकी छात्रा विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छिन् । भोजपुरमै पढाएका Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

गीत : सोकलामा खुसेलाई डाक्छु

~टिका चाम्लिङ~

यसपालिको सोकलामा खुसेलाई डाक्छु
नजानेको एउटा सिली उसैलाई माग्छु

तान लगाउने-उठाउने बाली लाउने- काट्ने
सबै बाहेक कस्तो होला सिली मन साट्ने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सल्किएको सलाइ झैँ

~शङ्कर ‘प्रेरणा’~

सल्किएको सलाइ झैँ छोटो जिन्दगानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

लोभी आँखा मानिसको पापीहुन्छ मन
आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : आफ्नै गन्थन

~ज्ञान बहादुर राई~

‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन भनेपनि केही त दिनै पर्छ नी! छोरी चेलीको सित्तैमा पानी पनि खानु हुदैंन, पाप लाग्छ भन्छन्, होईन र?’

‘तिमीहरुलाई त घरमा बस्नु र खानु त छ नी! जति भने पनि बुडाले पैसा झ्याप्पै पठाईहाल्छ त। तिमीहरुलाई के थाहा, यस मरुभुमीमा खटेर पैसा कमाउन कति गाह्रो छ भनेर। अहिले म संग पैसा-सैसा छैन। २-४ महिना पछि बिचार गरौंला…’ Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गीत : बाँचेकै छ भन्देऊ

~शून्य प्रकाश~

निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ
भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ

मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई
रुप अनि बैससङ्ग माया दाज्नेलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : डेरा सरिदिएँ, भने ?

~शेखर ‘अस्तित्व’~

यो संसार बाटै डेरा सरिदिएँ, भने ?
के गर्छौ नि साँच्चै भन, मरिदिएँ भने ?

कहाँ सम्म, कैले सम्म उखेल्नेछौ प्रिये,
मुटु भरि मैले माया छरिदिएँ, भने ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment