खण्डकाव्य : रैबार

~कविराज भट्ट ‘बिलौना’~

सारा भूतलमा वसन्त ऋतुको, हावा चलेको थियो
धर्तीमाथि जवानीको रस मिठो, सारा झरेको थियो ।।
आहा † जंगलमा अनेक थरीका, फूलै फुलेका थिए
यस्तो सुन्दर वन्विशे हरिणका पाठा डुलेका थिए ।। १ ।।

हावा सँग खेलेर खेल लहरा, हल्किरहेका थिए
गोधुलीपख सूर्यका किरण ती, टल्किरहेका थिए ।।
एउटा रुखविशे बसेर कोकिला, चरी ठूला स्वरले
दुःखी गीत बिछोडका मन छुने, गाईन बडो जोरले ।। २ ।।

एउटा युवक जो निरास चेहरा बोकी बसेको थियो
आºना प्रिय अतितका खतहरु, घोकी बसेको थियो ।।
सुनी कोकिल भाक ती बिरहका, आँशु बगाइकन
यस्ता गीत मिठा कसोरी तिमीले, गायौ मलाई भन ।। ३ ।। Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झिएँ

~भूपेन्द्र खड्का~

जब दिन ढल्दै गयो, तिमीलाई सम्झिएँ
जब दिल जल्दै गयो, तिमीलाई सम्झिएँ

तिम्रो खुसीको कुरा सुन्दा, केहीबेर त खुसी भएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : समोसा

~मोइन उद्दिन~

साँझको ५ बजेको थियो । विज्ञापनका लागि फोटो सुट सकेर घर फर्किंदा अनुष्काले आफ्नो पोस्टर विद्युतीय पोलमा देखी र डराई । उसले ठुल्ठूला आ“खाले हेरिरही । बटुवाहरू पनि एकैछिन रोकिएर उसको पोस्टर हेर्छन् । उनीहरुले पोस्टरकी मोडलप्रति सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिइरहेका थिए ।

पोस्टरमा लेखिएको थियो, ‘ऊ एक उत्ताउली मोडल हो, जो एक नामी व्यापारीसँग भागेकी छे । ऊसँग कुनै मोडलिङसम्बन्धी कार्य नगर्नुहोला । आफ्ना लगानी उठाउन प्रोड्युसरहरू अहिलेसम्म कोसिस गरिरहेका छन् र निकै मर्कामा परेका छन् ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक रात

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्तीबत्तीमुनि झुन्डिएर अडिरहेको छ। निष्पट्ट शान्ति छ सहरमा, झन् जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ।

अरु जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो। जीवनको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माटाको माया

~बालचन्द्र पोख्रेल~

सेवा गरौं आत्मैदेखि सम्म गम्म बसौं
हृदयको तुंवालोलाई भित्रैबाट फालौं ।

स्वच्छ रहे दिल हाम्रो राष्ट्र पनि जाग्छ
भावनालाई कुण्ठित पारे कस्को के लाग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्त्र फुक चामल हान

~बिमल गुरुङ~bimal-gurung

रोक्ने को हो तिमीलाई?
छेक्ने को हो तिमीलाई?
पुगिसक्यौ घर-घर
हिंडिसक्यौ पर-पर
मान्छेहरु दुखी छन्
सुखीहरु कम्ती छन्
यस्तो समाज योग्य छैन
यस्तो पर्खाल पुज्य छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साझा मन : सहजीवन

~मनु ब्राजाकी~Manu Brajaki

आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन ।

अहिले ऊसामु ३१/३२ वर्षीया शारदा बसेकी छे । ऊ आफ्नो सम्पूर्ण कल्पनाशक्ति र अन्तर्दृष्टिसाथ हेरिरहेछ । शारदाले उसको कोठामा पस्नासाथ भनेकी थिई, ‘मेरो श्रीमान् आउनुभो, अब म आउन सक्तिनँ ।’ कल्पनाशक्ति अनुभवमा आधारित हुन्छ । अन्तर्दृष्टिको त कुनै व्याख्या नै छैन । ऊ यसै गरी शारदालाई हेर्दै–सोच्दै छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कृष्ण प्रभुहरू

~कृष्ण जोशी~

अन्धाहरू
सिङ्गै हात्ती खोज्छन्
नाक, कान, पुच्छर, सुँड खुट्टा छामेर
बोल्नेहरू, भन्नेहरू
देशको रूपान्तरण खोज्छन्
रिसोर्ट पाँचतारे होटलका झ्याल, ढोका, खम्बा
बार, डाइनिङ टेवलका ग्लासहरू समाएर
छुन्छन् धामी झाँक्रीको हातपाउ टुनामुना
मधेश पहाडको आलो घाउ
छाम्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रसिला ओठ चुम्न देउ

~भुपेन्द्र महत~Bhupendra Mahat_1

नशाले छुन छाडे रसिला ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटि झुम्न देउ

स्वर्गै भए नी चाहिएन अबलाई भइगो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : तिम्रो पछ्यौरी

~नवराज छेत्री~

आँखा उघार्दा तिम्रो मिठो मुस्कान होस्
आँखा बन्द हुँदा तिम्रो मिठो सपना होस् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : स्वच्छन्द कुनै सरकार हुँदैन

~रमेश भट्टराई ‘सहृदयी’~

बदलिन्छ युग तर स्वच्छन्द कुनै सरकार हुँदैन
कहिन्न कहर विपन्न वेदनामा घरबार हुँदैन

दूरदराजका जलन, अचेतन कुचिन्तन, गन्थन
मर्छ मान्छे, घाउले विह्वल भै विचरा स्याहार हुँदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : माथि पर्ने तरिका

~केशवराज पिँडाली~

ऊ ठान्छ उसले एउटा चमत्कारी
सिक्का पाएको छ
त्यसलाई उसले जतनका साथ
खोकिलामा लुकाएको छ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : समय गतिशीलता !

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ
पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ !
भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन
ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन !

म रुँदा शोकले अर्को हाँस्छ हर्षविभोर भै
म हाँस्छु रुन्छ ऊ फेरि बलिन्द्र आँसु बर्सिँदै ! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : भुँडी दुख्ता

~थरेन्द्र बराल~

भुँडी दुख्ता घुँडो छाम्ने हाम्रा कोहि कोहि डक्टर
सठीपिकेट नक्कली फिस चै सकली

बिरामी एक नर्स डक्टर सात
नर्सिङ होमको बास Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : अध्यक्ष

~रजिन पनेरु~

दर्शकदिर्घामा तीस-पैंतीस जना मानिसहरु थिए । म पनि कसैबाट बोलाइएको थिएँ । कार्यक्रम स्थल छेवैमा गएर बसें । “पुस्तक लोकार्पण तथा नियमित रचनावाचन कार्यक्रमका” लागि अगाडि तुल टांगिएको थियो । मन्चमा लहरै कुर्चिहरु मिलाएर राखिएका थिए । “पोडियम” मा आड लगाउंदै उद्घोषकले कार्यक्रमको सुरुवात गरे ।

औपचारिक रुप दिंदै उनले भने – ” अब म कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुहुन यसै संस्थाका श्री Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बजाउ मादलु

~इश्वर देवकोटा~

घर सम्झी फर्कियो लाहुरे
बिर्सियो की झैँ भाछ यो गाउँले
बजाउ मादलु,
छम छमी नाच्ने हो अब मायालु !!

बन भरि धुपि र सल्ला
लाहुरे आको गर्दिनु लौ हल्ला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : एक जोडी परेवाको दुःखद अन्त्य

~सङ्कलन : जय बहादुर घिमिरे~

धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : बधशालाभित्र

~कृष्णराज पौडेल~

…..जनतालाई सधै सेवाको
राजनीति भन्नेहरू
गरिबलाई झण्डा बोकाउनेहरू
भाषणमा अधिकारका फुलमाला अविरघस्नेहरू
सधै शक्ति र सत्ताको पछाडि
कुर्सीको जरामा अल्झिरहन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिश्चित युद्ध

~जितेन्द्र ढकाल~

जब जब सडकमा
पेट्रोल÷डिजेलका लागि
मिलौँ लामो लाइन देख्छु
सडक पेटीहरूमा
ग्याँसका रित्ता सिलिण्डर र
मट्टीतेलका स–साना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव जिती गए उनी

~देवेन्द्र कुँवर~

धनपैसाको खोलो बगाई, चुनाव जिती गए उनी
भ्रष्टाचार र महङ्गीले जनता फेरि भए रूनी

विकास, निर्माण गर्छु भनी, चुनाव अघि भाक्षण चुटे
सोझासाझा जनताको मत धन–पैसामा उनले लुटे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यही नै देखिन्छ त्यहाँ

~योगेन्द्र काउचा~

उसलाई पो थाहा छ
धर्तीको महत्व
जो एक चिम्टी माटोको निम्ति
एक इन्च धर्तीको निम्ति
आफु सगँ भएभरका जति
जुक्ति बुद्धि लगाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : महिला हकमा लड्छ

~हिरारत्न श्रीशा~

जो बलात्कारी यहाँ उही महिला हकमा लड्छ
जसले कानुन मान्दैन, उही न्याय–अन्याय पढ्छ

ठूलाठूला कुरा गर्दै, जनता मार्ने शोषकहरू Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : बेदना बर्षियो

~जीवराज बुढाथोकी~

रोग भै देशको, बेदना बर्षियो ।
मार्ग त्यो शान्तिको, गर्भमै अल्झियो ।

भावना ती अझै, जीवितै छन् तर,
हेर पासा कता, बिपरीत् फर्कियो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई हेर्ने आँट नगर

~ममिता मर्मस्पर्शी~

मेरो बिहेको मौन-मौन आवाज सुन्दैछु
मलाई हेर्न आउँछ रे
सपना झलझली बुन्दैछु
गनी-गनी वरमाला उन्दैछु
कल्पनामा तिमीलाई नै चुन्दैछु
फाटेकोलाई पनि तुन्दैछु
त्यो वरमाला साँच्चै उन्दैछु
तर सुहाउँदैन तिमीलाई
मैले उनेको वरमाला Continue reading →

Posted in Poem, कविता | Tagged | Leave a comment

गजल : शीत बनेर झर्छ माया

~केशब लामिछाने~

कसैको फूलबारीमा शीत बनेर झर्छ माया
कसैको जिन्दगानीमा चित बनेर मर्छ माया

फाप्नेलाई त राम्रै हुन्छ, नफाप्नेलाई साह्रो
नदुखेको मुटु दुखाई प्रीत बनेर सर्छ माया Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~

मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ दुई दिनपछि आउनु होला भन्ने मन्त्र रूपी डाक्टरसाबको वचनमा विश्वास गर्ने ? रकेट बनायो, प्लेन उडायो, गाडी गुडायो, मेसिन चलायो, आविष्कार गर्‍यो । भौतिक उन्नति भयो नि हजुर । अनि पृथ्वी घुम्छ भन्या छन्, विश्वास त गर्नैपर्‍यो । तर्क बोकेर प्रमाण हो भने पनि म लाचार छु । यहाँ कैयौँ बालकलाई सारा वैज्ञानिकका नाम रट्दै हैरान । अहिले दुई चार सय वैज्ञानिक, डाक्टरको नाम रटेर पास गर्ने बच्चाले अबको दश वर्षपछि दुई चार हजारका आविष्कारकका Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : फूलको सुबासमा भेटे

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

बसन्त ऋतुको बहार तिमी,तिमिलाई फूलको सुबासमा भेटे ।
इन्द्रेणि द्वारको संघार तिमी,तिमिलाई जूनको मधुमासमा भेटे ।।

झरनाको मधुर संगीतभित्र,पहरा गुन्जने मिठो गीतभित्र ।
प्रभातकालको मल्हार तिमी,तिमीलाई बिहानी प्रकाशमा भेटे।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मास्टरको मासिक बजेट भाषण

~र्सूयबहादुर पिवा~

पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू !

यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा आम्दानी र खर्चको विवरण परिवारजनलाई दिँदै आएको छ । आज मसान्त हो, स्कुलमा पढाउने काम गरेर जीवन निर्वाह गर्ने मास्टर हुँ म । भोलि मेरो तलब आउँदैछ । यो आउँदो महिनामा कति खर्चबर्च होलाझैं लाग्दछ भनी म विवरण पेश गर्दछु । अन्न-बाली आउने खेतसेत नभएको एक जना मास्टर हुँ मअर्को शब्दमा भन्ने हो भने अन्न-बाली तथा सबै खानेकुरा आउने मेरो खेत हो बजार । दिनहुँ सबथोक किनेर खाने गर्दछु म । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : तिरोहित विश्वास 

~अमर तुम्याहाङ~
अनुवाद : स्व.स्वप्निल स्मृति

[ एक ]

ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : दाह्रा किन ?

~शेखर ‘अस्तित्व’~

खाने अनि देखाउने, छुट्टा-छुट्टै दाह्रा किन ?
तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन ?

तेरा काला जुत्ता सधैं,फूलहरू कुल्ची हिंड्ने !
मेरै नांगा खुट्टालाई, कांडा र तगारा किन ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : चमेली

~नरहरि मिश्र~

म आउँला आइ कम, बि कम पढेर
सानी छोउ चमेली बस बढेर

सुरुसुरु घर मै आउनु स्कुल पढे पछि
अंबा बोट, लाग्ला चोट नचढ लढेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : जहाँ तिमीले हाँसी देऊ

~किरण खरेल~

जहाँ तिमीले हाँसी देऊ, त्यहीं स्वर्ग मेरो
तिम्रो मिठो गीतनै हो जिन्दगी यो मेरो

मेरो ओठ रसाउँछ, तिमीले हाँसी दिए
मेरो पाउ रोकिने छ, तिमीले छोडि गए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment