बहरबद्ध गजल : रहर नै थिएन

~जीवराज बुढाथोकी~

म टाढा हुने त्यो, रहर नै थिएन ।
हुनेछौ तिमी नै, ठहर नै थिएन ।

नभेटे सुने क्यै कता पो हरायौ,
नअत्तो नपत्तो खबर नै थिएन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : टिकुल-टिकुल

~कृष्ण वस्ती~Krishna Wasti_1

डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली ।
बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।।
जिन्दगीको तीतो-मीठो भाखा सुसेली ।
टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।।
टिकुल्-टिकुल डालीमाथि……. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दसैमा टिका जमरा

~इश्वर देवकोटा~

त्यो परि खेत को डिलैमा बसी कोयेली गाउछे गीत
कसले पो भुल्न सक्छ र साथि गाउघरको माया प्रित !!

भदौरे झरी हटेर गयो खुल्दैछ आकाश
सुबाश छर्दै सप्तरंगी फुलको चल्दैछ बतास !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : थाँक्रो

~अल्पविराम~AlpaBiram

ओम् भूर्भूव स्व: तत्स………………………………धियो योन प्रचोदयात………

मेरो मोबाइलको घण्टी बज्यो / मेरो मोबाइलको कलिंग टोनमा स्त्री जाति र अछुतहरुले सुन्दा र सस्वर  मन्त्रोचारण गर्दा  अपराध हुने गायत्री मन्त्र अन्ध परम्पराको गला च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकी धनी अनुराधा पौडवालले गाएकी हुनाले यो धून मलाई असाध्य मनपर्छ / बेलुकीको खाना पकाउने क्रममा तरकारी केलाउंदै थिएँ मोबाइल  हतपत रिसिभ गर्न सकिन र धून बज्न छोड्यो / केहीबेर पछी धून फेरी बज्यो मैले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिस्क्याउने केटी

~आचार्य निश्चल~

अफिसबाट कोठामा भर्खर पुगेर आराम गर्दै थिएँ, मोबाइलको रिङटोनले एकाग्रता भगं गरिदियो । आमाको फोन रहेछ, एक हप्ताको बिदा मिलाएर जसरी पनि घर आउन भन्नु भयो । दशैं पछि घर जाने मौका मिलेको थिएन, यसो हिसाब गरेको पुरै ६ महिना पो भएछ । सन्तानहरु शहरमा सुख सयलमै रमेका भए पनि बाआमाको मन न हो, लामो समयसम्म सन्तान भेट्न नपाउँदाको छटपटाहट, घरमा मिठो, मसिनो पकाएर भाग लगाउँदा आउने सन्तानको याद अनि चाडबाडमा सन्तान टाढा हुँदा हुने पिडा मैले नभोगे पनि सहजै अनुमान गर्न सक्थें । सानै देखि घर बाहिर नै बस्ने भएता पनि हरेक २/३ महिनामा घर ओहोरदोहोर चलिरहन्थ्यो, त्यसैले आमाबुवाले त्यती साह्रै नियास्रो मान्नु हुन्थेन । राजधानी छिरेदेखि भने मेरो घरमा अनुपस्थितिको समय लम्बिएको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गाँउनोमिक्स

~प्रवीण राई जुमेली~

अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन्
यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन्
सुख त शहरको फँडानीभित्र पर्छ ‘रे
गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन्

जुन हिँउदमा महकिन्छ फलेदोको फूल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कृति परिचय : लिङ्गो जात्रा

~सुभाषराम लाछि~

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फरक फरक किसिमले बिस्केट जात्रा मनाइन्छ । ती ठाँउका जात्राहरुमा एउटा समानता भने देखिन्छ, त्यो हो लिङ्गो जात्रा — ध्वजोत्थान गर्ने परम्परा । ध्वजोत्थानको प्राचीनता निर्विवाद छ । पौराणिक ग्रन्थहरुमा यसको वर्णन हुनु अनि लिच्छविकालीन र मल्लकालीन अभिलेखहरुमा यस परम्पराको उल्लेख पाइनु नैं यसको प्राचीनताको दसी हो । संस्कृतिविज्ञ कुलचन्द्र कोइराला ध्वजोत्थानको परम्परा आर्यहरुको दशैं, तिहार भन्दा पनि पुरानो चाड हो भन्छन् । Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : ए दशैँ

~गिरिप्रसाद बुढा~

ए दशैँ,
तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर
तेरो विषालु शुभकामना बहिष्कार गरेर
यसपाली मैले ठिकै गरेँ
नत्र मैले क्षितिजपारी बगेको बादलको टुक्रा झैँ
लागेको ऋण तिर्न कतै टाढा जानु पर्दो हो
अथवा ममा गरिबीको अर्को जीवन कथा थपिँदो हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दशैं

~मोहनहरि पौडेल~

अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो ।शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने ,चिचि, पापा खाने रमाउने वच्चाहरूले दशैं कहिले आउँछ सोध्थे । पु¥याउन पर्ने अभिभावकहरू भन्थे, नारनघाट आइपुग्यो,डुम्रे आईपुग्यो, दमौली आईपुग्यो, अव छिटै आउदैछ । दशैं आयो आएरै छाड्रयो । थोरैका लागि उत्साह र उम· लिएर आयो भने धेरैका लागि दशा बनेर आयो । क्रान्तिकारी भनिएको पार्टीका बौद्धिक नेताको नेतुत्वमा सरकार वन्यो । सरकारले जनतालाई राहतको कार्यक्रम ल्याउने सार्वजनिक वक्तव्य दियो । त्यसको लगतै आकाश छुने गरी महंगीको ग्राफ बढयो । मान्छेहरूले भेटाउन नसक्ने गरी महंगी दौडिरहयो दौडिरहयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दशैं

~ललिता कार्की~

दशैं तिमी आयौ फेरी लड्दै र भिड्दै
कठै गरिबको आँखामा आँसु झार्दै
उकासिएको मनको घाउ बल्झाउँदै
आयौ प्रिय तिमी दशैं होइन दशा बन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अहा दशैं !

~बिनोद खड्का~Binod Khadka

खेतभरी धान बढ्यो
हरियाली छायो
बारीभरी तोरी फुल्यो
स्वर्णसंसार आयो ।

तारामण्डल दानाले
आली झलमली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~मनु मन्जिल~

दशैँबाट दशैँ हराएको खबर
छ छैन अखबारमा?

शरद भुईंमा र्लेको छ,
स्कूल मावल गइसकेको छ।
केही आएन भन्न असजिलो छ
तथापि,
दशैँ नआएको कुरा कतै
छ छैन शहरमा? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं…

~बासु ढकाल~

दशैं…
प्रत्येक बर्षको दशैं
थुप्रै टाउकाहरु छिनेर बिते
र पुनः
रावणका झैँ पलाएनन्
बोका खसीको झैँ भो
मान्छेको नियति
आफै संग पराजित छ कठै मान्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : च्यार्खुरीको चुचुरोमा

~प्रतीक ढकाल~

छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले मेरालागि पनि यो मार्ग नयाँ थिएन । दालाइस्भन्दा अझ माथिबाट ल्याइएका पोलिथिन पाइपहरुले क्यान्जिनका लागि खानेपानी बोकिरहेका छन् भन्ने थाहा पाएपछि त मलाई पनि झन ।।।फिमिलर’ भए जस्तो लाग्याथ्यो— उसबेला । मैले हिमाली भेगको हिँडाइको सामान्य सिद्घान्त ।।। प्रत्येक माँच मिनट माइनस एक मिनट’ अर्थात् जति जति माथि पुग्दै जाइन्छ, प्रत्येक पाँच मिनेट हिँड्ने र एक मिनेट रोकिने’ हिसाबले हेर्दा पनि हामी बाहिरियाहरुलाई समेत ६  घण्टाभन्दा बढी समय लाग्ने Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : दिल भई दिएको भए

~अमृत सिङ थिङ~

कहिल्यै नटुट्ने पत्थरको दिल भई दिएको भए
कैद भई बस्थें मुटु भित्र जेल भई दिएको भए

पक्ष र विपक्षको समर्थक हुनु नै किन पर्थ्यो र?
मैदान भित्र जितको मात्र खेल भई दिएको भए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~

अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो ।

बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिदै बगिरहेको देखिन्थ्यो ।

तान्याको कुइरा, नीला दहझैँ आँखाहरुमा राजहाँस उडिरहेझैँ लाग्ने मेरो आरुनै झीनो छायाँको सलबल्याइँ अङ्कित थियो ।

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आमा र दशैं

~नविन काफ्ले अभि~

मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग पोतिन सुरु भई सकेको थियो । हामी विधार्थीहरु पनि एकखाले दशैका रंगहरुसँग प्रगाढहुदै दशै तिर नै लस्कीरहेका थियौ । घटस्थापनाको २ दिन अघि देखि नै हाम्रो पाठशाला लगभग बन्द जस्तै थियो, नहोस् पो किन सबै शिक्षकहरू जिल्ला बाहिरका थिए । स्कुल पनि लगभग बिदा जस्तै भए पछि म पनि स्कुल जान मन हँुदैन थियो यसका पछाडि मलाई दशैका रँगहरुले रंगाईसकेको थियो ।

बिहानको त्यस्तै आठ बजिसकेको थियो होला ,मेरी आमा बजार दूध पुर्र्र्र्र्याएर घर आईसकेकी रहीछन् ए “भुजेल” हेर यो केटो त अहिले सम्म सुत्याकै छ त सारै सुतुवा भयो यो त , म बजार दूध पुर्‍याईकन आईगयाँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्न

~सरिता तिवारी~

बा !
तपार्इंको काँधमा चढेर
मलाई हेर्नु थियो संसार

तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर
सुन्नु थियो
जादूको कुनै बाकस खुलेजस्ता कथा
र तपार्इंकै छातीमा ढुक्कले निदाएर
देख्नु थियो इन्द्रेणीजस्ता सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई आज खुशी लागेको छ

~बिमल गुरुङ~bimal-gurung

अल्छिलाग्दो
धरानको बाकसबाट
बीरगंजको बोटमा हामफालें
बसको थुनामा
कैदी भएर
अहिले म काठमाडौंमा आएं ।

ग्राहकहरु अगाडि छन्
तौलेर तराजुमा दिनहरु
म उपभोक्ताहरुलाई बाँड्दैछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ आयो रे !

~ऋतिक यादव~

समयको यो कठगरामा हेर दशैँ आयो
गरौंला शान्तिको जोरदार कामना हामी
सबैको मनमस्तिष्कमा हेर मिठास आयो
हेराऔंला खुब प्रगाढ भक्तिभावना हामी।

सबैको मनोकामना पुरा हुने बेला आयो,
गरौला दुर्गा माताको खुब आराधना हामी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माया गर्नु अङ्कल तर सुमसुम्याएर होइन

~सिमियोन रोक्का~Simiyon Rokka

अङ्कल,
साँझको प्रहर
जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो
म सम्झन्छु,
हातमा मलाई भनी चोकोफन ल्याउनु भयो
काखमा बसेकी मलाई
कडा हातले गालामा समाउनुभयो
सुर्ती वास आउने मुँह नजिक ल्याइ
आफ्नो छिपिएको दारी लाउनु भयो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्पन्दन बिनोदका पाँच मुक्तकहरु

~स्पन्दन बिनोद~

(१)

पूरै देश खान सल्केको वनमारा लहरो हो
त्यो रोईरहेको निर्मलाको बाऊ बिचरो हो
गरिब, निमूखा जेलमा बलात्कारी छन् स्वतन्त्र
कान थुनेर बसेको अन्धो सरकार नकचरो हो

(२)

देश सोच्छु मनभरी अनेक सवाल भेटिन्छन्
मनपरीतन्त्रले गरीबको आँशु फाला-फाल भेटिन्छन Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

यौन कविता : उनी र म

~पूर्ण ओली~Purna Oli

नितान्त एक्लैएक्लै छौँ
आँखा अलगअलग अड्काएर
खुट्टा पसारेर
घरि मुठ्ठी बटारेर घरि औँला फड्कारेर
हामी जन्माउने प्रतिष्पर्धामा छौँ ।

उनी तुना फुकाउँदै जान्छिन्
म पनि तुना फुकाउँदै जान्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~सौरभ कार्की~

मान्छेहरूले भनेका
–आगोले जलाउँछ रे
–पोल्छ रे भत्भती आगोले
वेगम ! मैले कहिल्यै बुझिनँ–
फरक के छ आगो र तिमीमा ?

म सोच्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र बुद्ध

~रामगोपाल आशुतोष~

शिरमाथि नीलो आकास
शिरमुनि ब्रह्मनालको तकिया
ओछ्याएर चित्ता, ओढेर कात्रोको सिरक
मेरी आमा
स्वैरकल्पनाको विशाल घर निर्माणमा छिन् ।

क्षतविक्षत मेरी आमा
बालेर आफ्नै शरीर दनदनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~som-khanal

सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त शुल्क तिरेर साथमा श्रीमतीलाई पनि लैजाने पाउने भएपछि के चाहियो ! जुलाई दोस्रो साता आईतबार साँझ साढे सात बजेतिर म फिनिक्स डाउनटाउनस्थित होटेल सेराटनको सोह्रौं तल्लामा रहेको कोठामा बसेर सोच्न थालें- “मरूभूमि राज्यको यो दुर्लभ भ्रमण कसरी अबिस्मरणीय बनाउने होला !”

अल्ट्रासाउण्ड प्रविधिले दूधमा रहेका जीबाणु मार्नेसम्बन्धी मेरो अनुसन्धानको प्रस्तुतीकरण भोलिपल्ट नै Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नेपाली भजन : श्री राग आरती

~अखण्डदिल दास~

आरती लाउ साधु आरती लाउ
एक तत्तु पार ब्रम्हाके आरती लाउ ।।

छेर अछेरसरुपन पाउ
दूृध समाधि परम्पद पाउँ ।।आरति।।१।। Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : म कमलरी

~तारा पराजुली~

आमाले-
जानेबेला भन्नुभएको थियो–
‘नानी भगवान् खुसी पार्नुपर्छ
भगवान् दाहिने भएमात्र उमेर दिन्छन्
आयु दिन्छन्, भाग्य दिन्छन्
र, दिन्छन् भरिला साँझ–बिहान ।’

चनौटोमा चन्दन घोटिएसरि
लामो समय घोटिनुभयो आमा
सधैं अरूका निधारमा सुहाएर टीका बनिरहनुभयो Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : माल्दाइको अभिवादन

~राजकुमार बराल~

म सानो छँदा
“हा’ले कुसाबे?,” “आता’न् केबेक्पा?” भनेर जिस्काउने
हाम्रा गाउँका माइला दाइ,
अहिले त, बेंसीतिर बसाइँ सरेछन् ।
खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली ।
पोहोर साल घर जाँदा
भेट्नै पाइएन उनलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नौलो कथा

~सन्तोष आचार्य~

म कथा लेख्न बस्छु,
कथाको पाटो छिचोल्न खोज्छु,
नायकलाई स्थापित गर्नखोज्छु,
तर नायक मान्दैन,
थकित स्वरमा उ इन्कार गरिरहन्छ।
उता खलनायकले मलाई धम्काईरहेकोछ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~

दसैँ कति भड्किलो,
हेर न ! छिमेकीको मन दुखाई रहेछौँ ।
चाड नि यसरी मनाउँछन् र ?

यसमा त, सबै खुसी हुनुपर्छ ।
जुम्लामा, चामल छैन,
बाजुरा नुनै छैन ,
उनको पनि त दसैँ हो नि,

फेरि अस्ति मात्रै, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले काँही

~श्रीजना राजबहक~

कहिले काँही म भेटिन्छु त्यही चौतारा मा
तिमी त आउँदैनौ
तै पनि कुरी रहेको हुन्छु
भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ
मेरो जिन्दगी साँच्चै नै सही छ

याद तिमीलाई मेरो नआएर होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment