भूमिका थारुका चार मुक्तकहरु

~भूमिका थारु~

१. धर्तिको बोझ बनेर जिउनुको के अर्थ?
नसा लागेन भने पिउनुको के अर्थ?
फाट्न सम्म अब फाटिसक्यो
फाटेको मनलाई पछिबाट सिउनुको के अर्थ?

२. अधिकार अब सबैलाई मिल्दैछ कतिसम्म हेप्छौ।
ढुंगा फोडेर पनि पिपल उम्रन्छ कतिसम्म चेप्छौ।
पाप धुरिबाट अवश्य कराउँछ।
आफ्नो गल्तीलाई हाम्रो आँखा बाट कतिसम्म छोप्छौ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : टाइटनिक रुमाल

~बिनोद दाहाल~

कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन ।
जिन्दगीको तेज रफ्तार मा म आफैं देखि भागिरहेको छु र मलाइ अस्तित्वका धेरै छाँया हरुले लखेटिरहेका छन । अस्तित्वका भिन्न स्वरुप हरुमा म जिवितै रहनेछु सायद ……… Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय

~खेमलाल पहारी~Khemlal Pahari

शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। तर वहाँ त्यसै उभिइ रहनुभएकोले मैले वहालाई अभिवादन गरेर सोधें, “आमा केही काम थियो कि?” वहाँले मलाई आशीर्वाद दिंदै भन्नुभयो, “हैन बाबु, मुक्तिनाथको दर्शन गर्न जाँ भनेर हिँडेकी यहाँ आएर अलमलिएँ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~

एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई।

एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान तयार हुँदै थिए। बन्दुक, बारुद झोला सबै चाहिने सामान बोकेर बन जान लागेको देखेपछि बहिनीले पनि जाने मन गरी। दाजुहरुले भने, ‘जानुहुँदैन।’

तर उसले ढिपी छोडिन। Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~

तिमीलाई अचेल कहाँ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ

नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हेर कस्तो हुन्छ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ
वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ।

जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै
राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : न दोहोरिने रात

~बसन्त श्रेष्ठ ‘क्षितिज’~

चकमन्न छ ठमेल ।

ढल्कन लागेको रातको अन्तिम निमेष मात्र बाँकी छ । घडीको छोटो सुइले बाह्र बजाउन पाँच मिनेट बाँकी रहेको संकेत गर्छ । घरबाट म नौ बजे नै निस्किएको हुँ । निस्कदा पनि मेरा गन्तव्यको खाका कोरिएका थिएनन् भने यो ठमेललाई भेट्टाउदा पनि । बसुन्धराबाट सिधै गल्को पाखाको ओरालोको भट्टीमा छिरे । घोर निरासा बोकेर निस्किएको तन/मनले बियर माग्यो । “टुबोर्ग होईन आइसबर्ग छैन्” मैले चाहना र रोजाइ दुबै पेश गरे । हरिया बोतलमा शितनको साथ म होटेलको एक कुनामा थन्किएको थिए । “सुर्य लाइट दुई खिल्ली” माग पूरा भो । चु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : जुनेली रूप

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि
सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी ।

विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति !
इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !! Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खै के खै के

~थरेन्द्र बराल~

सधै आॅसु झारि रहने आॅसु खै के खै के
शिकारी मन हुनेलाई मासु खै के खै के

आॅसु झार्नै दिन्नन उनी दुध र घिउ दिन्छिन Continue reading

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : हिँडन्या पथमा झुक्याइ पति !

~जीतु खड्का गाउँले~

लय : अमरावती कान्तिपुरी नगरी

कोही छन् परी कोही सुन्दरी
देखिन्छन आँखामा घरीघरी
हिँड्छन अङ्गमा धागो धरी
अमरावती कान्तिपुरी नगरी ।

चाल चलन बिगार्ने ती युवती Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कथा : नभेटिएको माया

~ए. अमात्य~

चालिस दिन मात्र बाकि थियो , ऊनीसंगको पहिलो अनलाइन डेटिङ भा’को एक वर्ष हुन । हामि कसरि साथी भयौ ? न उनलाई थाहा छ रे , न मलाई नै । राम्रो फोटो देख्यो कि रिक्वेस्ट पठाईहाल्ने बानि सायद म नै पुगेको होला, फ्रेण्डसिप प्रपोजल लिएर उनको प्रोफाइलसम्म । खै जे जसरि भएपनि हामी अनलाईन साथी भयौ । एक—दुई महिनाको हेलो—हाई पछि उनको र मेरो बानिबेहोरा एउटै जस्तो लाग्न थाल्यो । मिलनसार साथी देखेर मेरो उनीसंग नजिक हुने रहर । म त आजकल उनलाई मात्र अनलाईन कुरेर बस्ने बानि पो परेछु —सायद उता पनि यस्तै भा’को अवस्था हो कि ???

हाई सञ्चै छौ ? , उनको म्यासेज

हाई म तिम्लाई नै कुरेर बसेको थे नि । म ठीक छु तिलाई नि ?? — अलि थपेर भने ।

हो र ? ठिक छु , म पनि तिमि छौ कि , यसो गफ गरम भनेर आ’कि । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पशु जात्रा

~रजिन पनेरु~

शहिदको छातीमा
गाडेर तीखा नङ्ग्रा
एक हुल गिद्धहरु
रगत चुसेर
मासु लुछिरहेछन् र
चोइट्याइरहेछन् चुच्चाले
अङ्ग अङ्ग । १ Continue reading

Posted in कविता | Tagged | Leave a comment

नैतिक कथा : छोटो बाटो

~अज्ञात~

एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “।

बीरबलले उत्तर दिए , ” सकिन्छ महाराज । तर त्यो भन्दा पहिले हजुरले एउटा कथा सुन्नुपर्छ” । अरु सबै अचम्म परे। किनकी, त्यहाँ पुग्नको लागि त्यो बाहेक अरु कुनै छोटो बाटो थिएन । यत्तिकैमा बीरबलले कथा Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~

केटाकेटी छँदा
मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो-
बाबु !
ख्याक, सबै खराब हुँदैनन्
ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन्
ख्याक, असल पनि हुन्छ
ख्याक, राम्रो पनि हुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बदनाम होइ नजाओस्

~बहादुर सिंह बराल~

गोर्खाली नाउँ हेर, बदनाम होइ नजाओस्
पूर्खाको यो फूलबारी, मसान होइ नजाओस्

कौन जातिको हामी, कस्तो भई रहनुपर्छ
बिर्सेर आफ्नो गौरव, अनजान होइ नजाओस् Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शिखर पुग्नुअघि

~कृष्ण जोशी~

एउटा यात्राको समाप्तिले भन्दा
एउटा यात्राको प्रारम्भले मात्र पनि
मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ
गहिराइमा नदीको डुब्नुभन्दा
किनारमा बसेर डुब्नुको अन्दाजले पो
मनलाई त बिथोल्दो रहेछ ।

अपराधपछिको अपराधी सन्त्रास भोग्नुभन्दा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्प र कविता

~जयन्ता पोखरेल~

सुन्दैनन् सर्पहरू
अक्षरसङ्गीत
पछ्याउँदैन समय मञ्जिल
हुन्छन् औँलाबिहीन
आँखाको हतास
पुछ्दैनन् सर्पहरू
हुन्छन् गिदीविहीन
च्यातिने भुइँ-पुल
जोड्दैनन् सर्पहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अब टोली आउँदैछ

~कृष्णराज पौडेल “सञ्जाल”~

लेफ्ट राइटको चालमा अब टोली आउँदैछ
शोषकहरू मास्न अब गोली आउँदैछ

आतुर छन् सहयोद्धा कमरेडहरू हो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आवश्यकता नयाँ क्रान्तिको

~शरद महतारा~

आजभोलि यहाँ,
आगोले खरानीको कुरा गर्न थालेको छ
नदीले पोखरीले कुरा गर्न थालेको छ
शान्तिले मुर्दा शान्तिको कुरा गर्न थालेको छ
न्यायालयले राजनीतिको कुरा गर्न थालेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधान खोई ?

~रमेश पौडेल~

तीज आयो वर्ष दिनैमा
चार वर्षमा संविधान खोई ?
संविधान सभा हाम्रो
किन भंग ग¥यौ जवाफ खोई ?
तीज आयो………………………. Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चिनो पठाकोछु

~भुपेन्द्र महत~Bhupendra Mahat_1

तोड्न फोड्न खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु

बेला कुबेला नजर जुध्ला भनी नडराउ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रीमतिको गुनासो

~केशव गाहा ‘पाल्पाली’~

नजाऊ भो बुढा परदेश बसौँ बाख्रा पालेर
लगाउँछु बरू फाटेका यी गुन्यू चोली टालेर

मेहनत गरे यहीँ फल्न सक्छन् बाला सुनका Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : क्षितिजको अग्लाई

~यादव खरेल~yadav-kharel

क्षितिजको अग्लाई नाप्छु भन्थें
कि तिम्रो उचाई पनि छुन सकिन
सपना देख्थेँ ठूला ठूला
तर म केही पनि हुन सकिन

मेरा हातहरू आकासको बिस्तारलाई थाम्न खोज्थे Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बेड नं. ६९

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

पलेटी कसेर खाट माथी बसेको छु । एउटा ठुलो कोठा । वरीपरी प्रशस्त बिरामी सुत्ने खाटहरु । यो एउटा ठुलो बन्द कारखाना जस्तो थियो । जहाँ मानीसहरु अनुसाशीत नभई एक अर्का लाई सुन्थे बुझ्थे र मनन गर्थे । सिलीङको गतिबिहीन पङखालाई नियाल्दै कोठामा छरीदै गएको चर्को आवाजलाई मनन गर्दै छु । पागलहरु एक्कासी कराउँछन् । पाखुरा सुर्काउँदै एक आपसमा भिडन्तको उद्घोष गर्छन् । कोठामा ठुलो फलामको ढोका छ जसबाट पालैपालो नर्स र डक्टरहरु कहीले काँही आईपुग्छन् । भर्खर एउटा ठुलो भुँडी भएको डक्टर आएर छोउको पागललाई जाँचेर गयो । कोठामा फैलीएको दुर्गन्धले मेरो स्मरण शक्ती क्षीण हुँदैछ जस्तो लाग्यो । सबै पागल छन् । मेरो लागी यहाँ कुनै काम छैन । मलाई किन लेराए यिनीहरुले । म उठेर हिड्नै लाग्दा छेउको पागलले केही सोधेको जस्तो लाग्यो ।

“तिमीले सुन्यौ बेड नं ६९ को पागलले हिजो राती आम्महत्या गरेछ” ? मेरो बगल छेउको बेड बाट एउटाले मलाई आश्र्चयमा पार्दै बोल्न थाल्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : भीम धमलाको ‘बिटुलो रगत’ कथासङ्ग्रहको अध्ययन

~सदानन्द अभागी~

परिचय :
दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा भीम धमलासँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भीम धमलाबाट यो कृति उपहार स्वरूप हात लाग्यो । भीम धमलाको जन्म ५ अगस्त १९६५मा नामरूप (असम) पिता स्व.रामकृष्ण शर्मा धमला र माता श्रीमती मनमाया शर्मा धममलाका पुुत्ररत्नकको रूपमा भएको थियो । धमलाजीले नेपाली र असमिया दुवै भाषामा आफ्नो कलम चलाएको देखिन्छ । यिनै भाषामा उहाँका लेख रचना र कृतिहरू प्रकाशन भएको पाइन्छ । नाटक÷एकाङ्की, गीत, कथा, व्यङ्ग्य, निबन्ध आदिमा उहाँका भावनाहरू बग्दछन् । शिखरका बाटामा (नाटकसङ्ग्रह), साथी (लघुकथासङ्ग्रह), Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : होश

~गोपालप्रसाद रिमाल~

म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन।
यो ज्ञान कसलाई भएको हो साथी?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन्। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रे अनुरोध

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

पहाडहरु सिञ्चित भए
सेतो हिमालका छाती चिरिए
तराईहरु पनि रक्ताम्मे भए
नदीहरु रंगिए
जंगली पातहरु छिर्केमिर्के भए
गाउँ अनि शहरहरुका
स्कुलका भित्ताहरु पोतिए
कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए Continue reading

Posted in कविता | Tagged | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~

सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ.

सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ. Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गीति कविता : आँसुको नदि

~इश्वर देवकोटा~

पिँढिको डिल मा बगाउदै आशु पियारी रुँदै छिन
फर्केर तिमि आउनेछौ भनि दोबाटो कुर्दै छिन !!
हिमालझै अग्लो चुलिदै गयो सधै नै साहुको ऋण
कहिले आउला खुसीले रमाई सँग सँगै बाँच्ने दिन !!

काखको छोरो दगुर्ने हुँदा तिमि छौ बिदेशमा
के पाउनु छ र पसिना रगत पोखेर परदेशमा !! Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मैले किन हारेँ

~गोविन्दप्रसाद आचार्य~

माटोसँग भन्दिन म मैले हारेको छु
लक्ष्यसँग भन्दिन म पात झरेको छु
गर्नेसँग भन्दिन म गर्नु गरेको छु
पापाचारको मिचाइले मोर्नु मेरो छु ।

पापाचारको शासनमा मसानहरु मस्ती गर्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मर्न कहाँ पाइन्छ र !

~मनु ब्राजाकी~Manu Brajaki

बाँच्न भनी आएपछि मर्न कहाँ पाइन्छ र !
घाट कुर्नेले त खोला तर्न कहाँ पाइन्छ र !

मदिरा यो जिन्दगीको बाँड्ने जिम्मा पाएपछि
आफ्नोमात्र खाली प्याला भर्न कहाँ पाइन्छ र ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : झुक्न दिने छैन

~कल्पना पौडेल “जिज्ञासु”~

सगरमाथा हाम्रो शिर झुक्न दिने छैन
सहिदको आलो रगत सुक्न दिने छैन

बुद्धका उपदेशलाई मनन गर्दै मनमा
नेपालमा अशान्तिलाई लुक्न दिने छैन Continue reading

Posted in गजल | Tagged | Leave a comment