गजल : ओइलिएर नझरोस् है

~भूमिराज इच्छुक~Bhumiraj Ichchhuk

फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है
चोरीलान काँडाबाट आँट कोही नगरोस् है

मोहित होलान् भमरा र माहुरीका ताँतीहरु
आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : के म नायक हँु

~विश्वराज अधिकारी~

गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही गर्न नसकेको ठहर्ने। त्यति मात्र हो, कसैले आफैंले कार चलाएर काठमाडौंबाट पोखरा गएको रिताले सुन्नु मात्र पर्छ, म पनि त्यसै गरी काठमाडौंबाट जानुपर्ने, नगए म हिम्मतहारा हुने। घरमा मेरा साथीहरू आएको बेला कुनैले भन्यो ऊ पीएचडी गर्दैछ, मैले पनि पीएचडी गर्नुपर्ने । मैले पीएचडी गर्ने सुर देखाइ नभने म गफ मात्रै लगाउने तर पढाइमा कमजोर रहेको प्रमाणित हुने। कसैले काठमाडौंमा अर्को घर किन्यो मैले पनि किन्नुपर्ने, किन्न नसके म जीवनमा असफल भएको अर्थ लगाउन गार्‍हो नहुने, रितालाई। निष्कर्षमा भन्ने हो भने म हिन्दी फिल्मको हिरो हुनुपर्ने मेरी श्रीमतीको लागि। हिन्दी फिल्मको हिरोले जे पनि गर्न सक्ने जस्तै मै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : लोपोन्मुख गर्न्धर्व भाषा

~बुलु मुकारूङ~

नेपालमा अहिले ९२ वटा भाषाहरू बोलिने गरिन्छ भन्ने तथ्या· देखिन्छ ।

राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदनअनुसार किराँत र्राई जातिका विभिन्न पाछा वा थरबीचमा पनि २९ वटाभन्दा धेरै भाषाहरू बोलिने गरिएको देखिइएको छ । यस तथ्यलाई मनन गर्ने हो भने पनि नेपालमा ९२ वटाभन्दा धेरै भाषा रहेको अनुमान गर्न सकिने आधार फेला पर्दछ । यी ९२ वटा भाषा समूहभित्र गर्न्धर्व भाषालाई सूचीकृत गरिएको देखिँदैन । यद्यपि, भाषा जस्तोसुकै स्थितिमा भए पनि कुनै न कुनै अवस्थामा रहेको हुन्छ भन्ने प्रमाण गर्न्धर्व जातिले बोल्ने भाषाले प्रस्ट देखाएको छ । नेपालमा पाइने जातिहरूमध्ये गर्न्धर्व जाति पनि एक हुन् । विशेष गरेर गर्न्धर्व जाति नेपालको पश्चिमाञ्चल गन्डकी क्षेत्रमा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खुलेको एउटा नयाँ परिचय-पत्र

~केदार गुरुङ~

एकचोटि मरेर दाह-संस्कारपछि पनि
कोही बौह्रिएर फर्किआउँछ भने त्यो
अवश्य भूत मात्र हुनसक्छ।

जसरी कसैले एकपल्ट चोरेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जान मन लाग्यो

~राजेन्द्रप्रसाद आचार्य~

अमृतमा भिजिरहेको रैछ मन गोडेर जान मन लाग्यो
सुन्दरताका मुहानहरु सवै जोडेर लान मन लाग्यो

ए परी, स्वर्गबाट कहिले झरेकी तिमी यहाँ ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : मुमा र म

~माया ठकुरी~

म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै पिरोल्थेँ ।

मेरी मुमाले गहभरि आँसु पार्दै भन्नुहुन्थ्यो, “हामी बसेको यो टहराको कोठाको भाडा नै २५–३० रुपियाँ पर्छ । मैले यो स्वीटर बुनेको र खाजा बेचेको पैसाले तिमीहरू तीन सन्तानलाई हुर्काउनु नै धौधौ परेको छ । कसरी पठाउनू स्कुल ?” Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ए रात ए दिन रोक रोक

~भिमदर्शन रोका~Bhim Darshan Rokka

आगो आफै त के लाग्ला
कसैको गल्तीले लागेको होला
अथवा जानी जानी कसैले लगाएको
त्यस्तो किन गरेको होला ?
सोध न सोध, केही त भन्ला ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी माथि एउटा कविता

~बिमल गुरुङ~bimal-gurung

यस्तै रहेछ जिन्दगी
पिडा/हर्ष
आँसु/हाँसो
ख्यालठट्टा/ब्यंग्य
यस्तै रहेछ जिन्दगी ।

यस्तै रहेछ जिन्दगी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रो प्यारो बाल भरिया

~लक्ष्मण गाम्नागे~

धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र हो । मेरो यो ताछेको आलुजस्तो नाङ्गो तालु, पोतोले राघेपाटे परेको बाङ्गो नाक, सप्तरङ्गी जुँगाले छोपेका काला ओठ, चिन्ता र अभावको छायाँ परेर हरियो भएको चाउरे अनुहारसँग यो पुटुस्स परेको बाख्राको पाठोजस्तो बच्चोलाई तुलना गर्नुलाई म चाकरीको चरम नमुना मात्र ठान्दछु । यो मसँग काम लिन खोज्ने अथवा मेरो घरमा आएर बाक्लो, कडा रङको स्वादिलो चिया खान पल्केका छिमेकी वा आफन्तजनको मलाई खुसी पार्ने दाउ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मगन्तेको अनुरोध

~प्रेम संग्रौला~

कहिले फुटपाथमा दाह्रा डि०च्याउंदै
कहिले घरघरमा आफैलाई घिच्यांउदै
कहिले आपत पर्यो भन्दै,
कहिले विपत्तिको राग अलाप्दै
कहिले दुबै हात पसार्दै
कहिले बीच बाटोमै लम्पसार पर्दै
जीवनलाई सुखी बनाउने रहरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डा.शैलश भण्डारीका दुई मुक्तकहरु

~डा.शैलश भण्डारी~

पिरती

तिम्रो मुहारको चमक हेर्दा हेर्दै
मेरो दृष्टी त्यहीं फसेछ अन्त झट्टै गएन
कुन झमकमा पिरती बसेछ पत्तै भएन ।। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नेपाल आमाको पुकार

~बबुल लामा~

अहिले नेपाल आमा रोइरहेछिन्, चिच्याइरहेछिन्
र पुकारीरहेछिन् आफ्नै सन्तानहरुलाई
भो, भयो अव अति भयो
बन्द गर, यी सब तिमिहरुका आडम्बरी नाराहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : धन्य तिमी आयौ

~ज्ञानेन्द्र गदाल~

आउनै पर्ने थियो राजा, साहस बोकी आयौ
गरीवको मुहारमा एउटा सानो खुशी ल्यायौ ।

मनभरी वनभरी आगो सल्की राको बेला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : गौरव

~हरिकृष्ण डंगोल~

‘आई पुग्यौ ?’

ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें र ‘अं …’ मात्र भनें । ठूलो बा केही रिसाएको भावमा बोल्यो – ‘बिहान देखि आऊ भनेको त … ।’ यति भनेर ठूलो बा आफ्नो बाटो लाग्यो ।

ठूलो बा परिवारको सबैभन्दा थकाली । अलिअलि पढेको छ । अलिअलि राजनीतिज्ञ । अलिअलि नेता । र अलिअलि कानूनची पनि । यसरी हेर्दा मेरो ठूलो बा हाम्रो परिवारमा अलि जान्नेबुझ्ने मान्छे हो । साथै ठूलो बाले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खड़ेरीको अक्षर

~मनोज बोगटी~

भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिरस्कारको चोट नसोध मलाई

~सुकराज दियाली~

तिरस्कारको चोट नसोध मलाई
सुनाउने मेरोमा आवाज छैन।
लहनाको परिभाषा नकोर्न मलाई
मनाउने मेरोमा मुटु छैन। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दशैं मान्न आइन भने घर

~गोवर्धन पूजा~Govardhan Pooja

यस पालीको दशैं मान्न आइन भने घर
नठान्नु है यो गोवर्धन भयो परपर

मनभरि गाऊको माया पाली राखेको छु
सपनीमा आउछन सधै पिपलु र वर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : क्षति

~चन्द्रकला नेवार~

सुनसानको बाहुपासमा आबद्ध
वातावरण –
जम्दै गएको साँझ
धिप-धिप मैनबत्ती
कालो हिउँ
फेरि पग्लन्छ।
केके अल्झिन्छ
केके डुब्छ
उही क्रम दोहोरिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो अविज्ञापित एकान्त

~राजेन्द्र भण्डारी~

यति धेरै सामानहरू विज्ञापित छन्।
चाहिएको सामान नै
कता लुक्छ कता।

फिँज पखालिसक्दा पनि
शरीरमै टाँसिरहन्छ साबुनको विज्ञापन।

कस्तो गह्रौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर्ता र शुभेच्छा

~अमर बानियाँ लोहोरो~

के गर्छौ र! माली
भित्रभित्रै कीट लागिसकेको
कमिलाले जरा काट्दै गरेको
फूलहरूमा मल हाली…

के सप्रिएला र! माली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूलो भूल

~के.वी. राणा~

पहिलो बारीमा रोप्यो फूल अनि आँगनमा
भएन गमलामा सजायो फूल
मान्छे किन यति निष्ठुरी गुच्छा – गुलदस्ता बाँध्न सिकायो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शब्द (?)

~मनप्रसाद सुब्बा~

फूलको पराग यौटा अक्षर पाएँ।
एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई
एक थोपा पसिना र एक थोपा आँसुले मुछेर
यौटा शब्दको आकृति दिए
र मेरो सासको गन्ध हालेर
मेरो स्वरको तरङ्गसित छोड़िदिएँ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यताको रात

~भूपेन्द्र अधिकारी~

त्यतातिर रात प्रदैन क्या हो
मानिस जहिले पनि
बिउँझिएका छन्
आँगनभरि बारूदका बिस्कुन सुकाएर
तेसरिएर बन्दुकका नाल
किनेका परिक्षम र पसीना बेचेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रतीक्षा

~कर्ण थामी~

जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे
साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें।

रात अँध्यारो यो चक्कमन्न कोठा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

रेडियो हास्य नाटक : साहूजीकी लाटी स्वास्नी

~सुवास दीपक~

मि. लुइँटेल (आफै) – चैने कुन्नि मलाई किन बोलाउनुभयो होला?

अँ, उहाँ त यसपालि चैने जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो ‘रे !  पुर्खाल भनेको कुरा  उहाँले  चैने उहाँले ठिकै पुऱ्याउनुभएको रहेछ – पशुपतिनाथको यात्रा पनि,  सिद्राको  व्यापार पनि !   (उठ्छ  र टेबुलमा गएर रक्सीको बोतल सुँघेर अनुहार बिगारेर जोरले भन्छ) चिटिक्क परेकी, गोरी, राम्ररी दुल्ही पो छ तर अलिक चैने गरीबकी छोरी ‘रे। यस्ता बुढा धनीले किन चैने गरीबकी छोरी भित्र्याएको होला, फेरि दुल्ही अलिक कम उमेरकी छे’रे। यस्ता धनी बुढाले चैने किन गरिबकी छोरी भित्र्याएको होला? फेरि उमेर पनि साह्रै Continue reading →

Posted in रेडियो नाटक | Tagged , , | Leave a comment

कविता : समय र सपनाको हिच्चा

~पवन चामलिङ किरण~

हुनसक्छ तिमीले बिर्सिसक्यो
तर पनि याद होला
एउटा सभामा हाम्रो भेट भएको;
तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो
मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु
आनन्द अनुभूति हुनु
न्यानो र आफ्नो लाग्नु
आजकल अचम्मैको कुरा हुन्छ
मान्छेले मान्छेलाई मान्छेको साइनोमा अप्नाउनु
या त सम्मान गर्नु, सदभावना राख्नु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : पुड्केको बल्छी

~भविलाल लामिछाने~

छप्ल्याङ्ग छपनी पानीमाथि छाल
अल्छीलाई बल्छी माछाको काल

पानी भयो धमिलो माछा डुल्न थाले
बल्छीको चारोमा माछा झुल्न थाले Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : म दिन कसरी बिताउँ ?

~हरिकृष्ण डंगोल~

एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ?
तिमी बिनाको जीवन म कसरी बिताउँ ?

छाडी जानथ्यौ त आयौ नै किन जीवनमा
बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : यक्ष प्रश्न

~अटल बिहारी वायपेयी~
अनुवाद : सुवास दीपक

जो हिजो थिए,
ती आज छैनन्।
जो आज छन्,
ती भोलि हुने छैनन्।

हुनु, नहुनुको क्रम,
यसरी नै चलिरहनेछ,
हामी छौं, हामी रहनेछौं, Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~

विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई।

चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा?

चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको मालिकै हो। तर, गाउँकाले भने पनि चुन्कीले नामै काढेर बोलाओस् भन्ने चाहन्थ्यो ऊ। किनकि, ऊ विनयको ढुकढुकीमा बसेकी थिई। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : इतिहास र मान्छे

~प्रकाश थापा मगर~

इतिहास
रेल होइन कि
निश्चित ठाउँबाट सुरु हुने
बीच बीचमा निश्चित ठहराव
ठहरेको ठाउँबाट यान्त्रिक यात्रा सुरु
तर रेलले पनि
इतिहासको झल्को दिन्छ
निर्धारित समयमा नचलेर
तर, त्यसको अर्थ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हिराछवि श्रीशाका छ हाइकुहरु

~हिराछवि श्रीशा~

१
नेपाली शिर
नाकाबन्दीको खेल
सगरमाथा
२
छिमेकी राष्ट्र
हेपाटाइटिस बी Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment