लघुकथा : सम्झौता

~हरिप्रसाद भण्डारी~

गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे ।

गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने ।

सप्ताहमा राम्रो आम्दानी हुने कुरा दुर्गादत्तलाई पनि थाहा थियो । सर्वश्व लुट्ने भयो गङ्गेले भनेर निरास भए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~

मलाई त घाउ छोप्ने बहाना हो हाँसो
दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो
खुसी जस्तो देखिन्छु म पीर लुकाउन
हेर्नेको मन् तर त्यही सतहमा खस्यो !

के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नमस्ते

~रामकुमार श्रेष्ठ~

आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं
बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं
तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू
मन लागे स्वीकार मन नलागे नस्वीकार
तर मलाई थाह छ –
नस्वीकारेर पनि त धरै छैन नि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुशासन खोई

~रामेश्वर पौडेल~

हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी
पढाउन आउँ छन गुरु लाज सरम मारी
सर्टको बाहुला एउटा माथि अर्को तल झारी
नागा बाबा बिर्साउने गरी पालेका लामा दारी

हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : सबैभन्दा ठूलो आश्चर्य

~प्रकाशमणि दहाल~

युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक भिन्न पारामा । त्यहाँ यमराज एउटा दूतलाई सजाय स्वरूप तीन सत्य जानेर आउन मत्र्यलोक पठाइदिन्छन् । तीमध्ये एउटा थियो, मानिसलाई आफ्नो मृत्युकाल थाहा नहुने वास्तविकता । कथामा यमदूत पछाडि लागिसकेको एउटा सेठलाई उत्साहपूर्वक विवाहको तयारीमा मस्त देखाइएको छ ।

तर, युधिष्ठिरले भने पनि मान्छेको यो स्वभावमा त्यस्तो आश्चर्य लाग्दैन । कारण हरेक जीवित वनस् पति वा Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरू

~सदानन्द अभागी~Sadananda Abhagi

तिमी आफ्नै बाटो हिँड

तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन
खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन
जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ
सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन

देशमा बेरोजगार छ

देशमा बेरोजगार छ युवा विदेश धाएकै छन् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

भोजपुरी कविता : मधेशी शहीदके पुकार

~ऋतिक यादव~

निर्दोष मधेसीयापे दिन-दहाड़े गोली चलल
कबले चली चमड़ाके रङपे दमनके बौछार हो
हर बखत शासकके झुट्टा आश्वासन मिलल
केहु ना सुनलक मधेसी शहीदके पुकार हो !

आधा आवादीके खुनमे खौलत जखम रहल
कबले होत रहि सौतेला अइसन व्यवहार हो Continue reading →

Posted in भोजपुरी कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : अतिसार नहोस्

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : तोटक

अति निम्न नहोस् अतिसार नहोस्
ठिक जीवन होस् तर हार नहोस् ।।

श्रमले, गुणले भरजन्म जिऊँ
तर वञ्चन वा व्यभिचार नहोस् ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खाली खुट्टे म

~मंगलसिंह सुब्बा~

मैले भुलेको छुइनँ
हिउंमा खाली खुट्टा हिंड्दा ठिहिऱ्याएको,
काँडा, बोतलका टुक्रा वा
चुच्चो ढुङ्गाले बिजाएको
घाम लाग्दा सिमेन्टको भुइँ
तातो ढुङ्गा वा बालुवाले पोलेको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्थि अस्ताउनेछिन् अमृता

~मीना सुब्बा~

सड़कको अन्तिम माइलखुट्टीमा
ढल्न लागेछ एउटा अद्भुत रूख
बस्, हावाको एक झोंका पर्खिरहेछ।

जीवनका सबै असार, मङ्सिर र भदौहरू
ठप्प छन्, अन्नत विश्रामको प्रतीक्षा छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : कसम हो कसम

~कृष्णहरी बराल~

मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु
घटी बढी होइन सधैं, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम
मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जीवन

~मोहन ठकुरी~

यो जीवन आफ्नै दुक्ख-सुखको एउटा सरिता हो
यो जीवन आफूले आफैलाई हेर्नपर्ने एउटा रमिता हो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

चलचित्र गीत : तिमीलाई घामले चुम्दा पनि

~निष्प्रभ सजी~Nishprabh Saji

(तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि )२
डाह लाग्छ किन तिमी (मसँग हुँदा पनि)२
नडराऊ मेरो मुटु कोहि आई छुने छैन
तिम्रो हात समाईसकें म कसैको हुने छैन
तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : दैव हे

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~

कहिले आउँछ होला त्यो एकदिन
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन
(भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : विदेशको दशैं

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

शरद ऋतुको आगमनसंगै
चिसो सिरेटो बहदै
मनै कठांग्रिने बिहानी
चारैतिर बेजोद हावाहुरी
हरेक हरिया रुखहरुका पातहरु हलाउदै
अनि भूईभरि पहेला पातहरुले बाटो सिङ्गरिदै
लाग्छ, यो समय रंगीन बहारको हो
नीलो आकाशभरि चंगाहरु उड्दै होलान गाउँमा
नवरात्री र घटस्थापनाको तयारी हुदै होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : फेसन

~रमेश भट्टराई ‘सहृदयी’~

हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल परीक्षण कुनै हाम्रा पुर्खाका आकर्षणका केन्द्र होइनन् । महाराजगञ्ज चोकमा पुग्दा एउटा दृश्यमा ड्राइबरले अकस्मात् एक्लै बोले– ‘बरु केही नलाई हिँडे भइहाल्थ्यो नि, कस्तो हो फेसन पनि ।’ प्रायः मान्छे आ–आफ्नै भित्री भावनामा ती अर्धनङ्गा युवतीको दर्शन गर्दै रहेछन् । कम्मर माथिसम्म त ठीकै नै हो तर कम्मरमुनिका गुप्ताङ्गसम्ममा कपडाले मरितरि छोएकै भनौँ । कसैले ठट्टिन भ्याए, ‘बिचरी गरिब रहिछन्, कपडा नै रहेनछ ।’ नारीहरू छ्या के जमाना भन्दै खित्किएको देखिन्थ्यो । सायद, ती प्रमुख Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~

परिचय–
लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार गर्भित देखिए । यस्ता गहन कविका बारेमा एउटै जिल्लाका निवासीलाई थाहा नलाग्नु, एकै चोटी दुई कृतिसहित भव्य कार्यक्रम आयोजना गरेर साहित्यकारको रूपमा आफूलाई चिनाउनु र दुई कृतिको विमोचन गराउनु एउटा महत्वपूर्ण काम भएको मलाई लाग्यो । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : राप्तीको रुवाइ

~भेषराज रिजाल~

ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै ।

उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल ।

सम्बत् २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुनेदहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : दशैं आउँदा रमाउँछौ

~अमृत सिङ थिङ~

तिम्रो चुलोमा खरानी छ र पो ! दशैं आउँदा रमाउँछौ
आफ्नै चलन चलनी छ र पो ! दशैं आउँदा रमाउँछौ

अघाउने खाई रमाउँदै आफ्नै आफ्नाहरूको माझमा
मस्त निन्दाको सिरानी छ र पो ! दशैं आउँदा रमाउँछौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : मेरो जीवनको नागबेली यात्रा तनावदेखि तनावसम्मको कथा

खगेन्द्र संग्रौला झन्डै ६ दशकदेखि आख्यान र गैरआख्यान दुबै विधामा निरन्तर कलम चलाइरहेका छन् । उनले नेपाली समाजमा व्याप्त विभेदको विरुद्ध आफ्नो लेखनमा प्रगतिशील स्वर भरिरहेका छन् । आख्यानको माध्यमबाट संग्रौलाले निमुखा पात्रको दुःख, पीडा र सकसलाई मात्र अनावरण गरेका छैनन्, परिवर्तनको नयाँ क्षितिज पनि देखाएका छन् । नेपाली आख्यानमा संग्रौलाको हस्ताक्षर गाढा देखिन्छ । संग्रौलाका दुई उपन्यास, पाँच कथा सङ्ग्रह, पाँच निबन्ध सङ्ग्रह र थुप्रै अनूदित कृति प्रकाशित छन् । यस अङ्कमा उनै जोदाहा आख्यानकार संग्रौलासँगको कुराकानी प्रस्तुत छ : Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

समालोचना : नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~प्रा.डा. गोपीन्द्र पौडेल~

१. विषयारम्भ

नेपाली कथामा समाजवादी यथार्थवादी सार र सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरूको बारेमा कतिपय विवादित विषय प्रसङ्गहरू पनि हुनाले आवश्यक छलफल र बहस चलाइनु सान्दर्भिक नै देखिन्छ । नेपाली कथामा २००७ सालपछि मात्र समाजवादी यथार्थवादी लेखनको प्रभाव पर्नुका पछाडि पनि केही वस्तुगत कारणहरू रहेका छन् । आरम्भदेखि आजसम्म आइपुग्दा समाजवादी यथार्थवादी नेपाली कथा निकै समृद्ध बनेको छ र उत्तरोत्तर यो गतिशील एवं ऊर्जाशील रहेको छ । शीर्षकले Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

Translated Poem : Living : A Victory

~Parijat~
Translation : Rajkumar Baral

Standing upon the termite-infested earth
all claims for my love and land
shall prove a boomeranging irony and
exaggeration upon myself!
How shall I express
dissent upon myself for not aspiring for a piece of land
dissent for my aversions to set defining limits
upon my mother’s love? Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अप्रिल फूल

~शान्तिराम ढकाल~

अहिले बिहानको कुरा बेलुका फेर्छौ
बेलुका बोलेको कुरा उठेपछि बिर्सन्छौ
घनिभूत छलफल गर्छौ रोडम्याप खोज्छौ
अग्रगामी छलांग दिनैपिच्छे लाउछौ

सत्ता हो चलाउन सजिलो छैन Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : भेट्न पाए हुन्थ्यो बरै

~माधव सिग्देल माइला~

एकान्तमा तिम्‌लाई कतै भेट्न पाए हुन्थ्यो बरै
धेरै दिनको पर्खाइ यो मेट्न पाए हुन्थ्यो बरै ।

अँध्यारो भो बस्ती मेरो खोज्छु जून छ कि कतै
लोभ्याउने तिम्रो अधर देख्‍न पाए हुन्थ्यो बरै । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई अमेरिका यै

~प्रमोद अमात्य~

लय : मलाई अमेरिका यै, मलाई जापान पनि यै

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर

चिन्ता छैन क्यै
मलाई माग्राटा यै
मलाई वाइन पनि यै
मलाई कक्टेल नि यै Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : आशु पोखी निभाउँदै छु

~अशोक थापा~

जली राछ दिल आज आशु पोखी निभाउँदै छु
मरी रा छ प्रित आज चिता माथि जलाउँदै छु

मौन छन् यी बस्तीहरू चित्कार मेरो सुन्दै
निर्मोहीको आलो यादको अँगालोमा निदाउँदै छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : आमा

~श्रीपुरुष ढकाल~

ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन
आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन

पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म
आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : लक्ष्मणप्रसाद गौतमको व्यक्तित्व

~राजिन पनेरू~

लक्ष्मणप्रसाद गौतमको जन्म वि.सं. २०२० साल असोज २५ गते बागलुङ जिल्लामा पिता स्व. शशिधर गौतम र माता यमुना गौतको कोखबाट भएको हो । गौतमको स्थायी बसोबास चितवन जिल्लाको भरतपुरमा भए पनि हाल उनी कीर्तिपुरमा बसोबास गर्दछन् । नेपाली विषयमा एम्.ए. तथा विद्यावारिधि (पीएच्.डी) सम्मको औपचारिक अध्ययन गरेका गौतमले नेपाली पत्रकारिता विषयमा स्नातक तथा एकवर्षे शिक्षास्नातक सम्मको अतिरिक्त अध्ययन समेत गरेको पाइन्छ । हाल ः त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँमा सहप्राध्यापक पदमा सम्प्रति रहेका गौतमलाई नेपाली भाषा, साहित्य तथा समालोचनाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघ–संस्थाबाट हालसम्म निम्नि लिखित पुरस्कार तथा सम्मान प्राप्त गरिसकिएको छ Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गीत : मेरो चितवन

~गोवर्धन पूजा~Govardhan Pooja

मेरो घर मेरो गाऊ मेरा साथी भाई
बसेका छन मिलीजुली मीठोपीठो खाई
हास्छ मुहार शरदमा फूल फुलेजस्तो
मंसिरको फाटबारीमा धान झुलेजस्तो
चाहना छ त्यही गाऊमा जिन्दगी बिताउन
म जन्मेको म हुर्केको मेरो चितवन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेमोपहार

~दीपा राई पुन~Deepa Rai Pun

धमिलो सम्झनाहरूले
तिमीलाई पनि पच्छाई रहेकै होला
त्यहि यादहरू त हुन
तिमी र मलाई जोड़ने सेतु
मनको एक पाखा भरि
सधै हरित बाँचेर
जीवनलाई उर्वर बनाई रहने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पूजा

~जयराम तिमल्सिना~

बरु,
सकियोस बाटो, यात्राहरुमा
सम्झनामा आउने, कुनै बस्तु नभेटियोस
कुनै सपना नहोसः मसँग
फूलिरहेका फूल चूडेर, कुनै देवतालाई चढाउन, मन नलागोस Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टाशीलिङ

~प्रवीण राई जुमेली~

कुनै एक अकिन्चन आकाशमुनि
एक रुमानी बस्ती छ
फाइलहरुको.
बस्ती-
जहाँ बीरे, धने, मनमाया र टाशीहरु
कुनै अधिसूचना, स्मारक-पत्र वा प्रस्तावित कानुनहरुमा
अनुवाद भएका छन.
Continue reading →

Posted in कविता | Tagged | Leave a comment