कविता : किसान

~राजेन्द्र शलभ~

चारआलीतिरबाट
दुई जना गाडीवानहरू
सूर्य अस्ताउनुअघि नै
रित्ता बयलगाडाहरू लिएर फर्के

रित्ता पेटहरूजस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छ्यायेगु गथे जिं

~सौरभ शाक्य~

छ मदयेक जीवन छ्यायेगु गथे जिं
मन मच्वन जि, सुइत धायेगु गथे जिं ।

सर्गतय् पिलि पिलि नगूत च्यानाच्वन Continue reading →

Posted in नेवारी गजल | Tagged , | Leave a comment

कविता : श्रद्धा नै हो श्राद्ध

~लक्ष्मण नेवटिया~

विपरीत परिस्थितिका ढुंगै ढुंगाको अक्करबाट
आफ्नो हिस्साको कर्तव्य उमारेर पनि
समयले दिएको घाउ लिएर
आशाको त्यान्द्रोमा अल्झेर
सासमा भन्दा पनि आशमा अडिएर
आँखाको पानी आँखैमा सुकाएर
बाँच्न बाध्य छिन् आमाहरू
बाचुन्जेल उनको चोखो मायाको गरिन्छ अवमूल्यन
मनको फूल भन्दा , वनको फूलको गरिन्छ अभिनन्दन।
मरेपछि अश्रद्धाका भाव बोकेका हातहरूबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समयका पाइला

~राममणि पोखरेल~

तीन–चार दिनदेखि लखन बिरामी परेर सुतेको थियो । सरिरको देब्रेपाटो सोला हान्ने, झमझमाउँने, कुनकुन गर्ने व्यथाले भेटेर पीडित थियो । जेठो छोरो वीरन एक्लो काम गर्न सक्ने भएकाले, कुल्ली काम गर्न नजिकैको सहर र राजमार्गका बजारतर्फ बिहान उठेर जाने गथ्र्यो । लाहान बजारमा ठेलामा हालेर व्यापारीका सामानहरू एक–अर्को दोकानमा पु¥याउँने काममा लागेका थिए । वीरनका छिमेकी दौँतरी साथीहरू छपकु, दन्कु र पलट । यिनीहरूसँगै काम सिक्त्तै थियो वीरन पनि ।

लखनका छोरीहरू ठूलै भए पनि बाहिर जाँदैन थिए । घरको सुसे धन्दा, बोकापाठा, दाउराघाँस, करेसावारीमा समय बिताउँथे । बलानखोलामा बाढी आएका बेला बगाई ल्याएको काठको टुक्रा टिप्न भने ढाकी टाउकामा राखेर दौडने गर्थे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी

~डिल्ली पौडेल~

ओठमा हल्का मन्द मुस्कान, गाजल लाको आँखा।
चिल्ला गाला देखे उनको, कस्तो होला भाका।

कालो गाजल चट्ट लाकी, रातो तिका सिरमा।
एति सुन्दर तिमी रैछौ, न होउ सधै पीरमा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रियता खोई ?

~एम.एल.ओली~

ओक्काउनेको प्रकोप यता
राहतको पोको उता
दियो बल्ने झुप्रा यता
टोपी ढल्ने महल त्यता
जङ्गी शासन चले यता
राष्ट्रियता खोई कता ?

भाइ फटाउने झोँक त्यता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउनु छ

~कमानसिंह विष्ट~

निरन्तर चल्छ समय
आउँछ जान्छ समय
पर्खंदैन कसैलाई
दिनपछि रात आउँछ
वर्तमान विगत भएर जान्छ
विगत इतिहास बनेर आउँछ

फर्केर हेर्दा इतिहासलाई
गोली चल्दाको त्यो क्षण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिका अनुपम उपहारहरू

~मनु वि.क.~

मेरो सन्तानको
अथाह सङ्घर्षपछि
जब फुट्न खोज्छ तोते शब्द
मिसिन खोज्छ आवाजमा परिष्कार
दिन र रात गर्दै
एक दिन÷दुई दिन जोड्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : न्याय

~यकिना अगाध~

न्यायधिसको पदभार ग्रहण गरेपछि उनलाई श्रीमतिले चिन्तित भएर सोधिन्,– ‘श्रीमान् सम्माननीय न्यायधिसज्यू, हजुरले अब कसरी दुधका दुध पानीका पानी छुट्याइ निसाफ गर्नु होला र ? यसको ठ्याक्कै विधि पनि त छैन होला ? कतै हजुरको फैसलाले न्याय पाउनु पर्नेलाई अन्याय त पर्न जाने छैन ?’श्रीमान् न्यायधिसज्यू मुसुक्क हाँसे तर श्रीमतिले आफ्नो भावभङ्गी नदेख्दै गम्भीर मुद्रामा बोले– ‘अहो मेरी प्राणप्यारी ! न्याय पाउनुपर्नेलाई कहाँ अन्याय पर्न दिनहुन्छ र ? र त न्यायालयमा दुध र पानी छुट्याउने कसी छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : गाउँ घर सम्झेर रुन्छ मन

~मालिकराम ‘वियोगी’~

जन्मथलो खोटाङ कर्मथलो हङकङ
गाउँ घर सम्झेर रुन्छ मन झन्

सुख पाउँला भनेर आइयो पर्देश
दुःख, पीर, वेदनामा बित्यो विदेश Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन हो यती भरोसा बसेछ

~चाँदनी शाह~

कहिले यो माया बिर्सिने भुलेर दिनमा
घुमी त यही आउँछौ फर्केर बासमा
सुन्नेछु तिम्रै आवाज गोधुँली याममा
(किन हो यती भरोसा बसेछ तिमीमा)x2

अतितका खुशी बन्दछौ अरुका सामुमा
केही छ बाँकी अवश्य साँचेको आफुमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : असमकी मोहनी

~हरीश मोक्तान ‘अल्लरे’~

(आमुख: उहिले बज्यैले भन्थिन् – असमिया केटीको पछि नलाग्नू, तिनीहरूको मोहनीमा फस्यौं भने कुकुर – बिरालो, खसी – बाख्रा भई बिताउन पर्ला नी! हाम्रा यताकाहरू धेरै नै घर फर्किआएनन्… तै – उतै बिलाए भन्छन्। असमकी केटीको मोहनी बहुत खराब हुन्छ ‘रे।)

साँच्चै म असम गएको थिइनँ। केटौले उमेर छँदा सुनेको बज्यैको अर्ती – उपदेश यो मनमा बढो अमेट छाप बसिसकेको म अझै पनि कल्पना र अनुबोध गर्न सक्छु। हाम्री बज्यैले पनि कहिल्यै असम देखिनन् तर उनलाई भने असमको जादु – टोटका, टुना – मुना, वशीकरण र सम्मोहन सम्बन्धी धेरथोर ज्ञात थियो – सायद! हुनसक्छ, ती कुराहरू सत्य पनि थिए होलान्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : अनुत्तरीत प्रश्नहरु

~ज्ञान बहादुर राई~

मुटु चोरी भाग्नैथ्यो त, माया किन लायौ ?
संगै बाँच्छु संगै मर्छु, कसम किन खायौ ?

जिवन उजाड पार्नैथ्यो त, आवाद किन गर्यौ ?
साथ दिन अघि बढि, पछि किन सर्यौ ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिमी रोइरह्यौ कि कतै

~मिलन ढुङ्गाना~

झरी परिरह्यो तिमी रोइरह्यौ कि कतै
व्यथा सरिरह्यो तिमी रोइरह्यौ कि कतै

न हुरी न बतास त्यसै आँफै ओइलिएर
फूल झरिरह्यो तिमी रोइरह्यौ कि कतै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी भूलमा पर्‍यौ

~अम्बर गुरुङ~

तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी

प्यार हुन्छ त्यही जहाँ सार हुन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

शेखर बिकल्पका पाँच हाईकुहरु

~शेखर बिकल्प~Shekhar Bikalpa

पिताको पत्र
प्रवासी सहरमा
प्रभाती घाम ।

कविको मन
राँगे भिरको रुख
सधै हरियो । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सीपी अर्याल~

(हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ । लगभग नौ दशकअघिको पश्चिम नेपाल विशेष गरी स्याङ्जाली लबजसहित वर्तमानमा पुग्ने प्रयासमा छौँ, नाति-हजुरआमा । थिएटर हाउसमा ‘लार्जर देन लाइफ’को एउटा बूढो शरीरसँग म आफैँ भएझैँ अनुभव भइरहेको छ । जीवनको आफ्नै विज्ञान छ, उहाँको । अरुको विज्ञानमा विश्वास गर्नुहुन्न । बज्नै नमानेको प्राचीन भिडियो टेप अन्तत: नबुझिने खित्रिक-खित्रिक आवाज र किरिङमिरिङ दृश्यसहित चालू हुन्छ ।) Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : लड्ने तयारी गरे हुन्छ

~दीपशीखा~

मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ
मेरो गाँउ निको नलागे तिमी गए हुन्छ
राम्रो-नराम्रो त भन्न पाउला तिमीले
जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ
मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन
साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ
मेरो माटो मलाई त चौपट्ट बास आउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~पूर्ण योञ्जन~

जोश, उमङ्ग, विचारहरू
आवेशमा मथ्ङ्गलका चाकाहरू
बन्न खोज्छन् तरल मनका आवाजहरूसित।

युवा मन
आतुरिन्छ टेक्न शिखर सिर्जनाको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यादव भट्टराईका दुई मुक्तकहरु

~यादव भट्टराई~

एक

भोलि के हुने हो आजै भेटेसम्म लपेट्दैछन्
हिजोआज मान्छेहरू मान्छेलाई लखेट्दैछन्
स्वार्थनिम्ति समाजमा आगो झोस्न खोज्नेहरू Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बालुवामाथि

~डा. बैद्यनाथ उपाध्याय~

पहाडमा हिउँजमेसरी
जमेको छ दु:ख।
मेरो आशाको सूर्य
भर्खरै डुबेको छ
क्षितिजपारी
छाएको छ निस्पट्ट अँध्यारो… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक मूर्दाको जिउँदो प्रश्न

~बिना थिङ तामाङ~

उदास थियो आँगन
उस्तै उदास थिए दुइजोर आँखाहरू

आफ्नै मनको तगारो उघारेर
जब म ठिक परें बादलसँग उड्न
किन आमा आँखाबाट पोखिनुभयो ?
किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “आधारशिला” – लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा

~आइ. एल. शर्मा~

सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ।

एक अनेपालीभाषी व्यक्तिले नेपाली भाषामा सशक्त रूपले कलम चलाएको विवरण एकदमै विरलै पाइन्छ। छन् केही विख्यात लेखकहरू जस्तै भवानी भिक्षु, ओकियामा ग्वाइन, रामदत्तलाल ठाकुर ‘अपतन’ आदि। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : सपना

~डा. सुशीला टाकभोरे~
अनुवाद: वीरभद्र कार्कीढोली

धेरै थोक पाउनु छ, उमेर गइसक्यो बितेर
सपना देख्दै – देख्दै
भागिरहेको समयसित बेखबर जिन्दगी।
पल समात्नु जान्नै नपाई
उमेर काटेर पनि
मनको अबोधपनले छोड्नै सकेन। Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : अमर नेता

~सरल सहयात्री पौडेल~

मैले किताब नपोलेको भए
मैले वन्दुक नवोकेको भए
नेताज्यू, तिमी आज मन्त्री हुने थिएनौ
मन्त्री पाइन भन्दै हरक्षण रुने थिएनौ

आकाशबाट बारुद झरेको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आयो

~प्रह्लाद पोख्रेल~

दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा!
उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा!
निशाको यो कालो कलुषितपना धुन्छ कसले?
अँधेरीमै हामी कति दिन बसौंला सकसले?? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो राजनिति?

~सिम्पल केटा~

हतियारको दैाड र साँडेको जुधाई,
अनि हत्या र हिँशा
भोकमरी र कुण्ठा,
अनि मानसिक यातना
के यही हो राजनीति? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एकालाप

~राजेन्द्र पराजुली~

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने काम गरिसकेको थिएँ। अर्थात् तीन दशकअघि नै कसैको पति भइसकेको थिएँ।

सामाजिक बन्धनबाट म त्यो बेला नै बाँधिइस Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नरपानी र खाँची

~देवेन्द्र कुँवर~

कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची
मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी

सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास
मानव जब दानव हुन्छ अब गर्ने कसको आस ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यातना

~दलबहादुर विश्वकर्मा~

रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र ब्याक किक र अगडिबाट पञ्च हान् ¤ पुलिसले सलाम ठोक्दै ‘हस् साब’ भन्यो । उसले आदेश पालना गर्दै आफ्नो काम सुरु गर्‍यो । मैले दह्रो हिम्मत बटुले । शरीरलाई अँठिलो पारेर त्यो प्रहारलाई सहन सक्ने हिम्मत बटुलेँ । उसले प्रहार गर्दै गयो । म चुपचाप सामना गरिरहेँ । म Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : On Redefining Fear

~Arjun Dahal~

I am living with fear.
-fear of hackers,
-fear of police,
-fear of suicidal thoughts,
sometimes occurring Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : तोरावोरा देखि अबोतावादसम्म

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

ओसामा
तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ
तिम्रो हत्यालाई न्याय हो भनिंदैछ ।
गोप्य र अनौठो खाले एक प्रकारको
शान्ती पर्सिएको छ
र न्याय पस्किएको छ
ग्राउण्ड जीरोमा ह्वाइटहाउसले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment