लघुकथा : हमरा देश नहि होता साहब

~अन्वेश राई थुलुङ्ग~

नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो ।

एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा एउटा सर्ट, पेन्ट र गम्छामा लपेटिएको उ केटाकेटीले खेल्ने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बुढो जड्ँयाहाको गीत

~विवेक घिमिरे~

आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ
जीवनपीडालाई मीठो गीत बनाई
मातिएर आज सगैँ पिऔँ
आऊ न साथी सगैँ पिऔँ
सगैँ बसेर दुई गिलाँस जिऔँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ऊ जितेर गई या

~पुरुषोत्तम ढुङ्गेल~

ऊ जितेर गई या हारेर गई
नतिजा आफैं तिर पारेर गई
हिजो निम्ता दिई बस्न दिलमा
आज काँडे तारले बारेर गई

प्रीतको एउटा फूल थियो बँगैचामा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटै जुनी दिए पुग्छ

~शून्य प्रकाश~

सयौं जुनी होईन एउटै जुनी दिए पुग्छ ।
वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ ।।

प्वाँख देउ पंक्षी जस्तै उड्न पाउँ भन्दिन म ।
पिँजडामा उनिसङ्गै थुनिदिए पुग्छ ।।  Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : लूरेपना

~बिबेक पाण्डे~

(रातको १ बज्न करिब ३ घण्टा बाँकी छ । म मेरो ओछ्यान भन्दा अलि पर को कुर्सी मा बसेर फेसबूक च्याट गर्न खोज्दै छु । प्रगती हुने छाँटकाँट आएन । ल्याप्टप ढ्याप्प पारेर भित्तो तिर फर्किन्छु ।)

(मुख बिगार्दै)
छ्या, लुरे पनि कती भैयो के! तर मैले भनेको हैन, अरु सबले भनेका । आफुलाई त आफु हिरो जस्तै लाग्छ नि । एसो ऐना हेर्यो, बोसो नै छैन(खासमा हड्डी मात्रै छ, अलि राम्रो सुनिने गरी भनेको), अनि दारी जुँगा नि छन्, ४-५ वटा, तेती भएसी त हिरै हो नि । (मक्ख पर्छु) Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

एकाङ्की : चक्लेट चोर

~प्रेम पौडेल~

========================
स्थान : प्रकाशको कोठा
समय : बेलुकीको ५ बजे तिर
पात्रहरु :
अमृत– अन्दाजी १० बर्षिय वालक
प्रकाश– अन्दाजी ३० बर्षिय पसले
बिमला– प्रकाशकि आमा,अन्दाजी ३५ बर्षिय
बलराम– भु पु सैनिक,अन्दाजी ६०बर्षिय
========================

प्रकाशले आफ्नो पसलमा सामान मिलाइरहेको छ ।यत्तिकैमा अमृतले पसलमा प्रवेश गर्छ ।

अमृत– अंकल Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

स्थान परिचय : धरानको इतिहास, पुराण र किम्बदन्ती

~डा. माधवप्रसाद पोखरेल~

धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ! धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्) । डा. दिनेशचन्द्र सरकार के भन्दछन् भने, कौशिकी नाउँ भएका नदी भारतमा अनेक ठाउँमा भए पनि वराहक्षेत्र, कोका र कौशिकी (कोसी) तीनै ओटा नाउँ एकै ठाउँमा जोडिएको चाहिँ हाम्रै वराह क्षेत्रमा मात्र हो । वराहक्षेत्रको कोका खोलो त कर्कप्याट्रिकको नेपालको इतिहासको नक्सामा पनि परेको छ ।

वराहक्षेत्रको गुरुवराहको मूर्तिलाई रमेशजङ्ग थापा (२०३४) ले चौथो शताब्दीको ठहराएका छन् । दिनेश चन्द्र Continue reading →

Posted in स्थान परिचय | Tagged | Leave a comment

नेवारी कविता : मतिनाया ह्वःगु व स्वाँचा छफ्वः

~ज्ञानेन्द्र शाक्य~

स्वाँ छफ्वः हे , जक दु जिके न्है
दुने नुगःया दुने दुने ह्वःगु
थःम्हं हे उगु मखना च्वँगु
ह्वःगु जुया च्वन दुने दुने जिगु

ह्वःगु व दै धका ब्वनागु, न्यनागु Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

चलचित्र गीत : आमा पनि मेरो बाबा पनि

~किरण खरेल~

(बरी लै
लै लै लै लै)X3
(लै बरी लै बरी लै बरी लै बरी लै)x3

आमा पनि मेरो बाबा पनि गीत
मिठो बचन जसले बोल्छ उही मेरो गीत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : बिसौनी वल्तिर

~भेषराज रिजाल~

आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।

हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली चिसो । हिजोको कुस्त हिडाइले शरीरमा थियो थकाइ र दुखाइ । गाउँघर सम्झेर धाउँदैआएकोले मनमा भने दगुर्दैथियो असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली ।

मन फुकाएर हेर्नुथियो हरियो जङ्गलमुन्तिरको बनबढे, नागी र Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : खै गन्तव्यको शिखरमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

कहिले मलाई पुर्याउछ खै गन्तव्यको शिखरमा
अनि म नि बस्न पाउछु त्यो सुन्दर आफ्नै घरमा

सपना देख्न कुनै करनै लागे भ्याटनै लागे हुने
नलागेरै होला हजारौ सपना देख्छु यो शहरमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो व्यस्त कक्षा

~श्रीकृष्ण श्रेष्ठ~

के भएछ खै मेरो व्यस्त कक्षा
अनुशासन र इमानको गर्ने कसले रक्षा ?

कोही व्यस्त छन् खुट्टा बजाउन त
कोही व्यस्त छन् कक्षा नै थर्काउन
कोही व्यस्त छन् आफ्नो गीत आफै गाउन त
कोही व्यस्त छन् झ्यालबाहिर धाउन।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Writing Stupidly Again

~Arjun Dahal~

Sometimes things happen,
either conscious or sub-conscious,
or whatever it may be.
multi variables- Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : मेरो मनको आवाज

~रोमी गिरी~

“म” बाट महिलावाद
नेपालमा महिलाको प्रजनन स्वास्थ्य
सिचुएसन छ अलि स्याड !

मेरो मनको आवाज
आज केहि भन्दै छ
कोहि सुनी दिने हो यो आवाज !!

आमाको भूर्णमा हुँँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : सम्झनामा मेरी प्यारी

~सन्तोष शर्मा~

मेरी प्यारी,

जति जति हेर्छु तिम्रो तस्बिर उति उति राम्री देखिन्छौ, हरेक क्षण हरेक पल, हरेक दिन । हरेक ढुकढुकीमा अनि मन मस्तिकमा तिमी नै, तिमी छौ । म आफैलाई थाहा छैन प्यारी, किन मलाई तिमी यति धेरै मन पर्छ । बोल्न मन भएर आउँछ तर बोल्दैन तस्बिर चुपचाप छ । थाहा छ ।

जसै तिमी एक फरक परिवेशबाट मेरो मायाको विश्वास को भरमा आफ्नू जन्म घरलाई त्यागेर मेरो गृहमा प्रवेश गर्‍यौ, मेरो त कुनै खुसीको सीमा नै थिएन । तर नौलो परिवेशमा तिम्रो मौनताभित्र कैयौँ प्रश्नहरू थिए होलान्, मैले कतिको तिम्रो मौनता भित्र उठेका प्रश्न हरूको उत्तर दिएँ, त्यो त थाहा छैन । तर पनि प्यारी मैले जाने Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : उद्देश्य कहाँ छ ?

~डा. संगीता स्वेच्छा~

उकालो चढ्न तम्सिएछु उद्देश्य कहाँ छ ?
फेद टुटिसक्यो अहिल्यै गन्तव्य कहाँ छ ?

धेरै कोरेँ अक्षरहरू विद्वान हुने रहरमा
कोरिंदैछन् आजसम्म यहाँ अन्त्य कहाँ छ ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो घर कस्तो छ?

~जे. एन. दाहाल~

यी झ्याल, भित्ता र ढोकाहरू
आ-आफ्नै कुरामा जिद्दी गर्छन्
रुन्छन्, कराउँछन् र घुर्क्याउँछन
कहिले मलाई लज्जित गराउँछन्
कहिले मेरो बेयईज्जत गराउँछन्
मलाई लाग्थ्यो सब रुझाएको छु
पर्दा भित्रको वास्तविकता बुझाएको छु
तर लागेको नहुँदो रहेछ
जे हुन्छ, त्यसले पो लाग्दो रहेछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिगुर बाजे

~दिल थापा~

मिगुर बाजेलाई आफ्नो रङ्ग मेटी
जङ्गबहादुरहरूले जबरजस्ती लगाई दिएको
रङ्गलाई आफ्नो पहिचान सम्झन्छ ।
त्यसैले त आफूलाई मिगुर सम्झन्छ ।
आजभोलि त
जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ ।
मिजार्नी हाँगाको ऊ त्यसै राजा
कान्छी हाँगालाई आफ्नो भन्दा
सानो हैसियत भएको सम्झन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चम्किँदामा सुन्दर लाग्छ

~रमेश भट्टराई ‘सहृदयी’~

अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ
पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ

सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ
चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्मन नपाइ मरेकी छोरीका प्रश्नहरू

~अमर निराकार~

म त्यो छोरी हुँ
एउटी औरतलाई आमा नबनाई
आधा बाटोमा नै
उसको गर्वदेखि मैला झोडामा
अफ्यालिएकी ।

म त्यो औरतलाई अधालतमा
उभ्याएर
सोध्न चाहन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मायाको बारी चाहिन्छ

~अमृत सिङ थिङ~

प्रीतिको फूल रोप्न मायाको बारी चाहिन्छ ।
नारी जस्तो देख्न नारीलाई सारी चाहिन्छ

प्रेममा पागल ,पागल प्रेमीहरूलाई
डाक्टर हैन प्रेमको छहारी चाहिन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सदानन्द अभागीका छ मुक्तकहरु

~सदानन्द अभागी~Sadananda Abhagi

नभिम्काऊ परेली

नभिम्काऊ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ
खहरेमा पानी छैन ह्वार ह्वार आगो बल्न थाल्छ
हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ्
सुधारस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संकल्प

~रामकुमार श्रेष्ठ~

उफ !
दिन निकै बितिसक्ता पनि
हामी त अझै अलमस्तिएछौं –
आफूले आफैलाई नबुझ्ने गरी;
हामी त आफै हराइ सकेछौं
आफ्नो पहिचान नै गुमाउने गरी ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरु

~पल्पसा~Palpasa

सपनाहरु त मीठा थिए
ब्युँझि उठेछु कता गए
आफुलाई फेरि त्यहिँ पाएँ
निदाउनु अघि जहाँ थिएँ

पलाउँदै थिए रहरहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नातिले ठीक भन्यौ

~काशीनाथ मिश्रित~

एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, त्यो फल साह्रै स्वादिलो हुनेछ । टर्रो, अमिलो, गुलियो, पिरो, नूनिलो सबै स्वादले युक्त हुनेछ । त्यसको रङ पनि सबै रङ मिसाए जस्तो हुनेछ । नानी हो ! त्यो आकाशमा फल्ने छ ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~

मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।

मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा गरिब ।’ तर उसले त अरू पनि सुनिथी- कृष्णले एकैरातमा सुदामालाई करोडपति बनाइदिए । मखमली सुदामा पत्नी कोचेली हुन चाहन्थी तर ऊ थिई- डुहुरे पत्नी ‘मखमली’ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म – नागरिक सन्देश

~पुरुषोत्तम दाहाल~

जुट्नेहरूलाई फोड
फुट्नेहरूलाई जोड
जुट्नुपर्नेहरू फुट्छन्
फुटाउन खोज्नेहरू जुट्छन्

बाबु–बाजेको चितामा आगो ताप्नेहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : नेपाल हाम्रो

~डा. विश्वनाथ ‘प्रेम’~

नेपाल हाम्रो अनुपम अतुल्य
संख्या र आकारको हैन मूल्य
सम्भावना पुर्णताको जहाँ छ
सम्पूर्णता जिन्दगीको जहाँ छ
संसारको सार नेपालमा छ Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : करोडौं वर्षपछि आज एक दिन

~डा. गोविन्दराज भट्टराई~

यो असीम ब्रह्माण्डमा
करोडौं वर्षको यात्राको अन्त्यमा
अनेक चिन्ता, क्लेश र भयका भारी
बोक्ताबोक्ता थाकेर
एकैछिन यहाँ उभिएको म ।

त्यसो त यो मेरो आगमन केवल
एक सांयोगिक आकस्मिकता थिएछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बोटको अठोट

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : उपजाति

जरा धरा जे जति टेक्न पाएँ
आधार मानी तन यो सजाएँ
अठोट अग्लो शिरमा उठाई
जित्नै छ बाधासितको लडाइँ ।१।

हुरी चली पल्लव वस्त्र तानोस्
आकाश गर्जी जति वज्र हानोस्
कडा- कडा शीत र ताप आओस्
दाह्रा धसी वल्कल नै उतारोस् !२। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भूमण्डलीकरण

~विनोद विक्रम के.सी.~

साँझ साँझतिर
राम प्रसादको पुरानो घरमा
आइ पुग्यो भूमण्डलीकरण
त्यो भन्छन् नि अङ्ग्रेजीमा ‘ग्लोबलाइजेसन’
हो, आइ पुग्यो ‘ग्लोबलाइजेसन’

गोरो,
अग्लो,
निला आँखा भएका, Continue reading →

Posted in कविता | Tagged | 1 Comment

गजल : काम देउ सरकार

~केशव गाहा ‘पाल्पाली’~

मुग्लानमा पस्दिनँ म काम देउ सरकार
जुठा भाँडा घस्दिनँ म काम देउ सरकार

के यो देश मेरो पनि जन्मभूमी होइन र ?
बिदेशमा बस्दिनँ म काम देउ सरकार Continue reading →

Posted in गजल | Tagged | Leave a comment