गजल : अचेल गजल नलेखेको

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

धेरै भयो मैले अचेल गजल नलेखेको
त्यति नै दिन भयो सायद तिम्लाई नदेखेको ।

बात भन्नु मात भन्नु तिमी नै पो हौ कि
वर्षौंजस्तो लाग्छ किन दिन नभेटेको । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : चिराग तो जलाओ, बडा अन्धेरा है

~अम्बर गुरुङ~

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ? Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लेख : गजल र यसको इतिहास

~रवि प्राञ्जल~

कुनै पनि साहित्यिक बिधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको पाइन्छ । पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड अडिसी जस्ता पाश्चात्य प्राचिन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन् ।

साहित्यका बिबिध विधाहरूको अध्ययन गर्ने हो भने विशेष संरचनामा बाँधिएर लेखिने पद्य बिधाहरूमा लय(meter) र साँगीतिकता नै मूल रूपमा रहेको भेटिन्छ । पाश्चात्य साहित्यको प्रशिध्द बिधा sonnet र फारसी साहित्यको काब्यबिधा गजललाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

शेखर बिकल्पका सात हाईकुहरु

~शेखर बिकल्प~Shekhar Bikalpa

धुँवाको तातो
मसानको उज्यालो
उस्ताको उस्तै ।

गाइने दाइ
सारंगीको साइनो
अमर ज्वाला !

विकल्प हावा Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

मनोवाद : गुरुपूर्णिमामा गुरु नबनेका रत्नकाजी

~अज्ञात~

(रातको साढे नौ बजेको छ । घरका सबैजना सुतिसके । रत्नकाजी सरलाई निद्रा परेन । मनमा केही गुन्थुन आउँदै छन् । कोल्टे फेर्दै छन् । तर निद्रा आउने छाट छैन ।)

आज गुरु पूृर्णिमा, खैँ यत्रो बीस पच्चीस वर्ष पढाइयो । जिन्दगी पढाएरै वित्यो । त्यो कमल मैले पढाएर डाक्टर भएको छ । त्यो सुनिता त ठूलै अधिकारकर्मी भएकी छ । मोहन पनि सांसद भयो । मैले पढाएको हो । रमा उपसचिव भएकी छ रे । खैँ त आज कसैले सम्झिएनन् । आ नसम्झिए के भो र ? सुत्छु ।

(कोल्टे फेर्छन, निदाउने प्रयास गर्छन तर निद्रा लाग्दैन ।) Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : दुनियाँ

~ज्ञान बहादुर राई~

म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर दुनियाँ
अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ?

माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ?
व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका छन् खोई यहाँ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आफ्नै परिभाषाको फटाहा भएँ

~डा. सबिता सुबेदी~

सितल बिहानीमा लट्ठ खुल्न नसकेका आँखा बुढीको किचकिच संगै खुले | “ अरुका बुढा कति जाँगरिला टाईफाईका छन् | आफ्ना बुढा भने केहि न केहीका ल्यांग छन् | यस्ता बुढा पर्नु भन्दा त बुढी कन्ने बस्नु ठिक | ए भगवान ! कस्ता नामर्द संग बिहे गरेछु नि ?”

एस.एल सी. पास गरेको म स्कुलको नेपाली मास्टर थिए | खाना खै ओरि स्कुल तिर लाग्ने तयारी गर्दा सट को कलरमा कालो मैलो काठ देखे तर कलर फर्काउदा चाहीँ नदेखिनेमा ढुक्क थिए | भुड्के कान्छाले सिलाएको पाइन्टको जांग घुंडा घुडा सम्म आउने र हिड्न अप्ठ्यारो भएकोले माथि लगेर बेल्टले कस्न खोज्दा दुब्लो दुब्लो शरीरलाइ बेल्टको प्वालले नपुग्ने भएकोले अर्को प्वाल पनि थपे | अब चाहि पाइन्ट फुस्किने डर लागेन किनकि मेरो पाइन्ट कसिएर फरक जस्तै मुजा मुजा परेको थियो | कपालमा तोरीको तेल लगाएर जानु इच्छा लागेकोले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : बडाको सङ्गत गुवापान

~डा. केदार कर्माचार्य~

२०६१ साल फागुन १० गतेका दिन सुनसरीको धरान-४ बाट ललितपुरको ज्वागल, कुपण्डोल-१० मा सपरिवार बसाइँ सरेर आएपछि र्सवप्रथम मेरा छिमेकी वरिष्ठ उपन्यासकार डायमनशमशेर राणासँग साक्षात्कार गर्न पाउँदा खुसीले मेरो हृदय गद्गद् भएको थियो । प्रथम भेटमा नै उहाँको स्वभाव अत्यन्त सरल, शिष्टकासाथै प्रजातन्त्रवादी र मृदुभाषी भएका हुनाले मेरो हृदयमा गहिरो प्रभाव पर्‍यो । २०११ सालदेखि नै स्वास्थोपचार क्षेत्रमा संलग्न रहँदा स्वास्थ्य सेवा विभागअर्न्तर्गत मेडिकल अधिकृतको अलावा धरान नगरपालिकामा १५ वर्षम्म Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : कवि भवानी दत्त चटौत र विश्व साहित्य

~आचार्य घनश्याम~

वेदपुराण तथा पूर्वीम वाङ्मयको आधार स्तम्भ देवभुमि मानसखण्ड समस्त आर्यजगतका लागि बन्दनिय भुमि हो । जुन ठाउँलाई आज कुर्मुलेको डाँडो भनिन्छ त्यसलाई संस्कृत साहित्यमा कूर्म पर्वत भनिन्छ जहाँ भगवान नारायणीले कछुवाको अवतार लिएका थिए । तेत्तिस कोटी देवताको निवास भएको यस क्षेत्रलाई मानसखण्ड पुराणले देवतट भनेको छ ।

यसै देवभुमिमा पर्ने दिव्यावती डुँङरी यस्तो पुण्यभुमि हो जसको पूर्वमा उग्रतारा भगवती, पश्चिममा भागेश्वर, उत्तरमा डागेश्वर, दक्षिणमा घटाल देवताको पावनधाम रहेका छन् । डुँङरीले नेपालको राष्ट्रिय राजनीति, धर्म, Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

चलचित्र गीत : यो भाग्यले कस्तो दिन

~दिव्य खालिङ~Divya Khaling

यो भाग्यले कस्तो खेल मानिसको जीवन हेर खेलेको
माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको

वनभरि सत्य किन मुटुभरि सर्किन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Your scars on me

~Shrisha Tuladhar~

Now I trace myself on the mirror

And stare at the emptiness inside me on display

Insignificance you built in my mind

Keeps hurting my wound Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Interview : Literary Histories Lack Rational Explanations

~Dr. Goma Devi Sharma~

Histories of Nepali literature in India have been written in the past too. Books by Ghanashyam Nepal and Ashit Rai might be considered, for example. What, then, was the need for a new history?

Of course, histories had been written in the past too, but then, they were limited to information delivery, and lacked elaborate analysis. The basis they had taken up for periodization and nomenclature too lacked rational grounding. Histories, thus written Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

पुस्तक समीक्षा : डोरबहादुर विष्टको उपन्यास सोताला

~रविन गिरी~

बिहीबारको साँझ ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति हु जिन्ताओको स्वागतमा आयोजित राजकीय रात्रिभोजमा रमिरहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सडकमा गुञ्जिरहेको विरोधको आवाज सायदै सुने। किनकि यो बेला उनी अमेरिका चीन व्यापार कसरी बढाउने भन्नेबारे मग्न थिए। चिनियाँ मुद्रा युआनको मूल्य बढाउन अनुरोध गरिरहेका थिए। परमाणु हतियारमा केही मिनेट कुरा गरेर र चीनमाथि उत्तरकोरियालाई तह लगाउन ओबामाको आग्रह थियो।

ठिक ह्वाइट हाउसबाहिर भने केही विधायकको समूह राजनीतिक आस्थाका आधारमा चीनले आफ्ना विरोधीलाई दमन गरेको, तिब्बती जनतालाई हक खोसेको लगायतका मुद्दामा राष्ट्रपति हुलाई दबाब दिन चिच्याइरहेका थिए। त्यसो त चीनको दबाबका बाबजुद गएको बर्ष तिब्बति धार्मिक नेता चौधौं दलाई लामालाई यिनै ओबामाले भेटेका हुन्। तर, जब मुखामुख कुराकानीको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : साझेदार बन

~बिपस्वी~

आऊ मेरो सपनामा साझेदार बन
आऊ नयाँ आशामा हिस्सेदार बन

मेटिदेऊ अव त यो दुरी तिमी
आऊ मेरो जीवनमा प्यार बन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा जीवनी : सिद्धिचरण श्रेष्ठ : एक युगप्रतिनिधि कवि

~दीर्घराज प्रसाई~

‘क्यै हारेझैं, क्यै बिर्सेझैं,
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने, झुट अँगाल्ने,
गिर्र्दै तलतल म उठें भन्ने,
मान्छे हो तर आत्माहीन,
को त्यो पथमा आइरहेको ?’

युगकवि सिद्धिचरण श्रेष्ठको उपर्युक्त कवितापछि नाट्यसम्राट् बालकृष्ण समले त्यसको जवाफमा ‘केही जितेझैं, केही सम्झेझैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरसुरु हिँड्दै, को त्यो पथमा गाइरहेको ?’ भन्ने सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ र समजीको ‘प्रतिबिम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारलाई सिर्जनात्मक बाटोमा प्रेरित Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : तिमी आफूलाई अप्सरा

~किरण खरेल~

तिमी आफूलाई अप्सरा भनी ठान्दछौ भने
म आफूलाई देवता किन भनी नठानु
तिमी आफूलाई अप्सरा ………..

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले चुमेका औँलाहरू

~किरण खरेल~

तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ

एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ
मेरो गीत घोच्ने औँला माया गरेर चुम्थ्यौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : खतरनाक अन्तरहरु

~जयराम तिमल्सिना~

संयोगले प्रत्येक सेकेन्डमा चमत्कार देखाउँदै बदलिरहेको मुलुकको परिवर्तनसंगै हामी एउटा किनारमा पुगेका छौं । निश्चय पनि व्यबहारवादी चेतना विहीन सामाजिक पहिचान र यसले पार्दै गएको असरले विस्तार – विस्तारै पुस्तादेखि पुस्तासम्म को साईनो सामाजिक मर्यादा आर्दश खण्डित गर्दै ल्याएको छ । जुन दुभाग्यवस हामीले अस्वीकार गर्न सक्ने अवस्था छैन । पुस्तालाई छाड्दै पुस्ताहरु अघि बढिरहेछन् । सामाजिक, नैतिक, आर्दश हामीले चाहेको शिक्षा कला – साहित्यको विकासको सन्दर्भ भित्र हामी हारिरहेका छौं । नेपाली पुस्ता नेपाली गतिमा नेपाली पुस्ता सन्दर्भका आपसि Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : विसंगति

~प्रवीण राई जुमेली~

पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि
त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई
कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि
त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई
तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरै गीत गाउँछन् होला

~ललिता कार्की~

डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला
लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला

बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला
साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनी बुट्टी

~दीपा राई पुन~Deepa Rai Pun

बत्तिको अन्तिम ज्वाला
शरदका रंगिन पातहरू
यी नै हुन मेरो जीवनलाई
झकझकाएर बिउँझाइरहने
सञ्जीवनी बुट्टीहरू

निभ्दै गरेको शिखाको अनुरोध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

किराती लोककथा: साकेला सिली

~सङ्कलन : प्रवीण पुमा~

सृष्टिकालमा सुम्निमा–पारुहाङ आकाशतिर जानुभएपछि होङ्छा पृथ्वीमा एक्लै हुनुभयो। उहाँ धेरै न्यासरीनु भयो। त्यसपछि होङ्छाले सुम्निमा–पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गर्नुभयो। होङ्छाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिवालुङ। तपाईंले हाम्रो परिवारको पुर्खालाई शक्ति दिनु। दीर्घायु बनाउनु। शत्रुहरूबाट जोगाउनु। सुःख–शान्ति गराउनु।’

त्यसैगरी, होङ्छाले सुप्तुलुङको दक्षिण भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिमालुङ। तपाईंले घरपरिवारमा सुब्बे–फाब्बे गराउनु। धन–सम्पत्ति, अन्नपात घर भिœयाउनु। बुद्धिविवेक दिनु। शत्रुहरूबाट जोगाउनु। सुःख– Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~Rakesh Karki

सर्सर्ती समाचार पढें आज राती
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।

कलेज पढुंन्जेल मित्रता गाढा रह्यो
कमाउन परेछी बिस्तारै टाढा भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुल्दछ गुराँस साथी

~बिभोर बराल~

भिरमा नै फुल्दछ गुराँस साथी
हारमा नै मगमगाउँछ आश साथी

हरेस नखाऊ अघि-अघि बढ्दै जाऊ
रोकिन्छ चाँडै पीडाको बतास साथी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो प्रेम

~ऋचा तिवारी शिवाकोटी~

सपनामा तिमीसँगको मिलनले
भत्भती पोल्छ मेरो मुटुलाई

विपनामा तिमीसँगको बिछोडले
दनदनी जलाईरहन्छ मेरो आत्मालाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा सुनसरीको योगदान

~डा. गोपाल भण्डारी~

पृष्ठभूमि :

नेपाली साहित्यको संस्थागत विकास गर्ने अवधारणा वि.सं. १९७० देखि औपचारिक रुपमा आएको देखिन्छ । श्री ३ चन्द्रशमशेरका शासनकालमा त्यसै वर्ष ‘गोखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको हु“दा नेपाली लेखन, सम्पादन, प्रकाशन र प्रचार प्रसारले सरकारी मान्यता पाएको देखिन्छ । त्यसअघि अनौपचारिक रुपमा युवाकवि मोतीराम भट्टका नेतृत्वमा बनारस र काठमाडौँमा मोती मण्डली गठन भई समस्या पूर्ति ढाँचाका कविता, गजल र फुटकर कविताका आन्तरिक प्रतिस्पर्धा पनि हुने गर्थे । वि.सं. १९६३ मा बनारसमा ‘रसिक समाज’ को गठन भएको हुँदा केही सकारात्मक परिणामहरु देखिन थालेका थिए भने वि.सं. १९७४ मा श्यामजी प्रसाद अर्यालका सम्पादनमा निस्केको ‘सूक्तिसिन्धु’ ले निकै ठूलो हलचल ल्याइदिएको पाइन्छ । वि.सं. १९७७ को ‘मकै पर्व’ त्यस बेलाको अर्को डरलाग्दो घटना मानिन्छ । वि.सं. १९७५ मा सर्वप्रथम Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : अनौठो खेल

~बिपिन शर्मा~

प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्‍स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न त निर्णायक छ, न रेफ्रि न त अरु कुनै सहयोगी नै। मात्र खेलाडि छन्। युवति पनि अति सुन्दरी , युवक पनि उस्तै । अनि खेल कस्तो कस्तो बिल्कुल नौलो । हेर्दा हेर्दै लाग्न थाल्यो यो खेल सुरु भएको त निकै अगडि रहेछ। एकछिन हेरेर सोच्छु यो कस्तो खेल हो ? खेलको कुनै नियम त होला, कुनै समय सीमा होला, छेउ छाउ बसेका दर्शकहरुलाई सोध्न खोज्छु, मेरो आवाज आउँदैन, इशारा गर्न खोज्छु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

१. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन्
पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन्
पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन्
केलाएर यही माटो प्राणाधार जुटाउँछिन् ।

२. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन्
झरी बादलका भित्र श्रमचित्र सजाउँछिन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : तर संविधान चैँ बनाऊ

~राकेश क्रान्तिकारी~

कलम माग्न विदेश जाने भा जाऊ
तर संविधान चैँ बनाऊ
लेखाउन बरु अरुकै हातबाट लेखाऊ
तर संविधान चैँ बनाऊ ।

बाँच्छु कुर्सीकै लागि भन्छौ Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : आभास दियौ किन ?

~शाया मोक्तान~

तिम्रो कहिल्यै थिइन म आफ्नो पनको आभास दियौ किन ?
मायाको भोको प्यासी थिइ म प्रेम मिश्रित गास दियौ किन ?

एक्लै एक्लै थिइ म सधैं यहाँ आफन्तहरुको भिडमा नि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : राज्य

~यकिना अगाध~

शहरको व्यस्त चोकमा उभिएका ट्राफिक प्रहरी चालकहरुलाई दिशानिर्देश गर्दै थियो । त्यही समयमा एकजना लिखुरे साइकिल यात्रीले ट्राफिक नियमको उल्लंघन गर्नपुग्यो । ट्राफिक प्रहरी उमाथि एक्कासी बाघझैं झम्टियो र केही नभनी थप्पड लगायो ।

फेरि उ चोकमा उभिएर दिशानिर्देश गर्नथाल्यो । उ दौडदै गयो र मोटरसाइकिलको चाबी खोसेर चुपचाप Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : दिल भित्र पस्यो

~अमृत सिङ थिङ~

मनको ढोका फोरेर उ दिल भित्र पस्यो
आत्मा समर्पण गरेर जेल भित्र पस्यो

अजात घुमिरहने माछाको एक बथान
माझी दाइले खेलिरहने जाल भित्र पस्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment