कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~

आकाश र क्षितिजबीचको संगमस्थल जस्तो
हामीले त फगत भ्रम पो बाँचेछौं
सग्लो लागेथ्यौं यतिन्जेल
हामी त आधा–आधा पो रहेछौं।

आधा रहेछन्– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै! मेरो मन

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ
गीता तिमीले एक दिन भन्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लोन्लिनेस

~सुदीप पाखि्रन~

कोही कसरी रहन्छ
― एक्लै?

ठडिंदै–ठडिंदै गएका छन्
एकपछि अर्को गर्दै
सिमेन्टेड मरुभूमिहरु शहरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डोटेली गीत : बिरुवा र धामी

~उत्तम भट्ट ‘विवेक’~

एक दिन बिरुवा भयो बिरामी
मुइ खाई भुन्यो बोलाईल्या धामी

मुइ गयो उन्ज्याई धामीका घर
धामी नाइ भिट्या ब कसो गर? Continue reading →

Posted in डोट्याली गीत | Tagged | Leave a comment

कथा : तन्नेरीको सपना 

~सबिना सिन्धु~

युनाईटेड स्टेट्स सुन्दरी दीपिका उसको अगाडि उत्तिकै महत्त्वपूर्ण भएर उभिई। झयालको पर्दाबाट हावा हल्लिँदै उसको शिरसम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित ठोक्कियो। उसले फ्रान्सकी लिटिभालाई सम्झियो। लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी। उसको प्रेम लिटिभा र दीपिकासँग मात्र होइन, युनाइटेड स्टेट्स्की मारियो मारियासम्म पुगेको थियो। मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटीहरू। उसले खुल्ला झ्याललाई निरीक्षण गर्यो र फूलदानीमा रहेको कृत्रिम फूललाई सुँघ्यो। फूलमा सौन्दर्य थियो, सुवास थिएन। बरु पुरानो भएकोले होला गन्हायो। ‘यसपालि त पक्कै भिसा लाग्ला’ उसले सोच्यो। मसिका नीला चक्काहरू झैँ बनेर बसेका थिए- तन्द्राका नीला फूलहरू र उसका सपनाहरू। उसकी आमा कोठाको तस्विरमा झुण्डिराखेकी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~bimal-gurung

जे गर्नुछ अहिल्यै गर
जति गर्नुछ अहिल्यै गर ।

भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद
खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद
पर्सि/निकोर्सि मुर्दाबाद
जाँच सकिएपछि मुर्दाबाद Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पुल बाँध्न पाए

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए
बत्तीदेखि बस्तीसम्म मितेरी धुन साँध्न पाए ।

बुद्ध फेरि जन्मिन्थे कि बम र बारुद लुकाएर,
भुलदेखि फूलसम्म संसार सारा साँच्न पाए । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : लेकाली धरोहर फलामेडाँडा

~भेषराज रिजाल~

एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा ।

लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु ।

रोपो सरिसकेको खेततिर बगेको कुलोमा भरिभराउ छ मध्यबर्खाको रसिलो पानी । रोपाइँ भइरहेको खेतको मोहक दृश्य दौडिरहेछ आँखाको डिलवरिपरि । हली, बाउसे, रोपाहार र हलगोरुको हलचल चलमलाइरहेछ मनको मझेरीभरि । हामी भने सुन्दर बेँसीलाई छोडेर कुदिरहेछौँ उत्तरतिरको उकालो छुन । कठोर परीक्षासरि Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लेख : तीजको साँस्कृतिक परम्परा र वर्तमानमा देखिएका विकृति

~लता शर्मा~

हर्ष र उल्लासका साथ हरेक वर्ष हरितालिका तीज हिन्दू नारीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले पर्वतमा गएर लुकेर आफ्ना संगीनीहरुलाई मात्र डाकेर महादेव पति पाउँ भनेर दिनभर निराहार ब्रत बसी मध्य रातमा शिवको पूजा आराधना गरेर महादेव पति पाएको कुरा परापूर्व कालदेखि सुन्नमा आएको छ । उपवास अर्थात् व्रत बस्ने व्रतालु महिलाहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर भाद्र शुक्ल पक्ष द्वितीयको दिन राती दुई बजेसम्म दर खाने प्रचलन छ । भाद्र शुक्ल पक्ष तृतीय हरितालिका तिजको दिन दिनभर निरहार ब्रत Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कथा : राम्रो कसरी बन्ने ?

~डा. सबिता सुबेदी~

हजुरआमा भन्नुहुन्थ्यो  , गाउँमा  म जन्मिदा ठुलो  हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला मुखियाकी कान्छी बुहारीले फेरी पनि छोरी जन्माएको र  अझ त्यो भन्दा पनि मेरो रुप रंगको चर्चाले शिकार चुमिएको थियो रे | मुखियाको खलक भरी नजन्मिएको  काली डरलाग्दी बच्ची आफ्नो आमालाइ भन्दा बढ्ता समस्या गाउँघर र आफन्त भनाउँदालाइ परेको थियो अरे  |  म दुइ ओटा दिदी मुनि कि साहिली छोरी , सानो कद, झुसिलो साँघुरो  निदार  भएकी काली , छोरो जन्माउने आसमा फुत्त यो संसारमा पाइला टेकेकी अहो भाग्यामानी  बच्ची हुँ |  अझै छोराको आसमा ममीले फेरी पनि अर्की छोरी जन्माउनु भएको थियो | ठुलो टाउको भएकी गोरी न गोरी पिठो जस्तै  , सुनौलो मसिना केस मानौ खैरेको बच्चा भन्दा पनि फरक नपर्ने बहिनी थिइ |  Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरी दुखें

~बाबुराम पन्थी~

चोट थिएन प्रिय, प्रहार कसरी भनु, म अनायासै दुखे,
समीप कहाँ थिए र प्रिय, म स्वयं स्पर्षित थिए,
तिमि गयौ तिम्रो नौका संगै, त्यो तलाउको किनार सम्म, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : माओवादिनिसँगको अधुरो प्रेम

~दिल थापा~

राज्यसत्ताको बागदोर समाल्नेहरु थला पेरिसकेका थिए ।आन्तारिक र बाह्य शक्तिको बैसाकिको साहारामा जेनतेन आफ्नो पाहिलाहरु चालिरहेका थिए ।माओवादी जनयुद्धले थिलोथिलो परेको जनमानस दिनहुँ विद्रोही र राज्यतर्फबाट त्रसित भैरहन्थे ।साटो गएको बच्चाजस्तै झ्स्की रहन्थे ।

तत्कालिन समयमा माओवादिले आफ्नो आधार इलाका र बिकट गाँउका भौतिक र अभौतिक चिजबिज सबैलाई राज्यबिरुद्ध लड्ने कामरेट जस्तै ठान्थे भने राज्य पक्षले भने आकान्ताकारी ।यस्तो पदचापभित्र रहे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : राती सपनीमा

~रेखा पन्त~

मन्द मन्द प्रकाश छायो राती सपनीमा
हिस्सी काले केटो आयो राती सपनीमा

अपरिचित अनुहारले चिने जस्तै गरी
मेरै नामले बोलायो राती सपनीमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कठै मेरो देश

~ऋतिक यादव~

वीर गोर्खालीको साहसले परिचित देश
शान्तीको दुत बुद्ध जन्माएको देश
सर्वोच्च शिखर सगरमाथा भएको देश
मन्दीरै मन्दिरले भरिएको सुन्दर देश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : स्वार्थी समाज

~शाया मोक्तान~

लिलाम मा राखे जवानी ग्राहक छन् किन्छ सबैले ।
बाटोमा ढुङ्गा राखे भगवान भनी ढोगी दिन्छ सबैले ।
सबैलाई कुल्चिएर अघि जाउ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : रहर

~राज अनुराग~

मलाइ पनि रहर थियो
कोपिलालाइ फुल बनाउने,
सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर
तिम्रो सिउँदो सजाउने ।

मेरो दोष गुलाफसँग नजिक हुने
तर सुगन्धमा रमाउन नजान्ने, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता !!!

~रबिन पुरि~

तिम्रो नाममा मैले फुलपाती चढाए !
तिम्रो लागि मैले धेरै प्राणीको हत्या गरे !!
धेरै बोका र रागको बली चढाए !
कत्ती कोपिलाको मुन्टो निमठे !!

तिम्रो उपनाममा देवी र देउरालीहरुमा !
शिला र तिम्राको मूर्ती बनाए !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाको प्रेम

~सन्तोष थापा~

अफिसबाट बिदामा घर गएको थिए असार साउनको बेला छ मानो रोपेर मुरी फलाउने बेला दिन भरी काम गर्दा गर्दै खेतमा नै साझ पर्न लागि सकेको थियो थकानले गर्दा कतिबेला घरमा पुगेर भार्लाङ्गे धाराको चार धारा मध्ये ठुलो धाराको पानीमा दिनभरीको हिलो पखालेर खाना खाएर सुत्ने भन्ने हतारो थियो । अनि निद्रा देवी पनि यति बेला त मिठो निद्रा साथमा लिएर स्वागत गर्न आतुर भएर बसेकी हुन्छीन बेडमा ढल्ने बित्तिकै सिधै निद्रा देवीको काखमा रमाउदा रमाउदै म सपनाको साथमा पुगेछु  अनि मेरो सपना उनको प्रेमको साथमा   Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन गजल : आभास नयाँ थियो

~अमृत सिङ थिङ~

साँझ उही रात पनि आभास नयाँ थियो
कुमारीत्व सुम्पीने समवास नयाँ थियो

सुस्त सुस्त पाइलाहरु समीपमा हुँदा
यौन लीला डुबुल्कीमा मधुमास नयाँ थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : आहा सभापोखरी !

~एकु घिमिरे~

सभापोखरीमा घुमेको कथा यो
सभापोखरीमा डुलेको कथा यो ।
सभापोखरीमा भुलेको कथा यो
सभाको जलैमा घुलेको कथा यो ।।

प्राकृतिक सुन्दरता र भौगोलिक बिकटताको मिश्रणबाट बनेको ठाउँ हो सभापोखरी । समुद्री सतहवाट ४२२० मिटर उचाइमा रहेको सो पोखरी सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपलिकामा पर्दछ । जलजले हिमाललाई दायाँ पारेर जाँदा हामी करिब ४४०० मिटरसम्म पुगेर रोमाञ्चक यात्रा गर्न सक्छौँ जुन उचाई संसारको अग्लो पर्वतको करिव आधा हो । म वि.सं. २०७३ को श्रावणमा पहिलो पटक सभापोखरी यात्रामा निस्केको थिएँ । सो यात्राको संस्मरण मैले ‘चुहुँदो झरीमा चुलीतिर’ भन्ने शीर्षक दिएर लेखेँ अनि आफ्नै Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : छाल जस्तो रैछ माया

~निर्मला अवस्थी~Nirmala Awasthi_1

घरी घरी उर्लिरने छाल जस्तो रैछ माया
घुमी फिरी त्यही पुग्ने ताल जस्तो रैछ माया।।

ह्रदयमा बसेपछी बिर्सिहाल्न गाह्रो हुने
जुवाडेको जुवा खेल्ने खाल जस्तो रैछ माया।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : पिंढीमा बसेर मेरै बाटो

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~

(पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा )X2
(मेरी आमा रुँदी हुन् मलाई सम्झेर) X2

(परदेसी छोरो नआउँदा चिट्ठी पत्र नपाउँदा)X2
(मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो )X2
पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा
मेरी आमा रुँदी हुन् मलाई सम्झेर
@साहित्य सङ्ग्रहालय

काम गर्न नसक्दा खान लाउन नपाउँदा
जाडोमा लुगलुग काम्दी हुन् भोक्कै बसी रुँदी हुन्
पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा
मेरी आमा रुँदी हुन् मलाई सम्झेर

छाउन ढिलो भैसक्यो छाप्रा छानो चुहिँदो हो
रिमीझिमी झरिले आमाको जिउ भिज्दो हो
@साहित्य सङ्ग्रहालय
पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा
(मेरी आमा रुँदी हुन् मलाई सम्झेर)x3

सङ्कलन , स्वर , सङ्गीत : बुद्धिकृष्ण लामिछाने

Posted in लोक गीत | Tagged | Leave a comment

लघुकथा : प्रवृत्ति

~यकिना अगाध~

उ धेरै दिनदेखि विमारी पर्यो । औषधीमूलो गर्दागर्दै आफूसँग भएको सबै रकम सक्यो । अब उसँग केवल बसिरहेको छाप्रोको एक चपरी माटो मत्र रह्यो ।

उसले उपचार खर्चको लागि सबैभन्दा पहिला आफन्तसँग हात फैलायो । क्रमशः चिनेजा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : शङ्कर : आत्मगाथाको प्रतिध्वनि

~प्रकाश सायमी~

शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामथ्र्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा निम्ति आकर्षण कहिले बनेन वा उनी भविष्यमा यति पि्रय लेखक होलान् भन्ने अन्तर्बोध मलाई कहिले कतै भएन । म सधैँ दृढ थिएँ, मान्छे मन परेपछि मात्र लेखक मनपर्छ भनेर । मलाई मान्छे मनपराउन साह्रै गाह्रो थियो र छ अझै पनि ।

उनी विस्तारै मलाई मनपर्न थाले जब मैले चार रुपियाँमा उनको ‘बिम्ब-प्रतिबिम्ब’ मरुटोलमा किनेर पढेँ, बुझेँ । उनको दोस्रो कृति पढेपछि मात्र उनको लेखनीय शक्तिप्रति धुम्म भएँ । लेखकको रूपमा उनको उपस्थितीकरण र उनको लेखनको प्रस्तुतीकरणप्रति म विस्तारै मोहित हुनथालेँ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो देश हरायो

~डा. माधवप्रसाद पोखरेल~

‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ,
‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ ।

अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे !
झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रित बिना यौवन

~अनिल शाही~

प्रित बिना यौवन, अफाप नै भयो
तिमी बिना संसार, उजाड उजाडै भयो

सम्झना आउछ हर पल मलाई, बन्धन त्यो मायाको
आँखामा आउछ झल्झली तस्बिर, मिलन त्यो रातको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : व्यस्त मान्छे

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

फुर्सद लिएको लामो समय पछि
पिडादायी निन्द्रा निदाएर विउंझिए पछि
एउटा मान्छे
अहिले अलिकति व्यस्त छ
विगतका समयहरुमा पुरा गर्नपर्ने सवै कामहरु
अबको बाँकि समयमा पुरा गर्न चाहेको छ
प्राथमिकताको लामो सूचि तयार गरेको छ
पुराना र नयाँ कामहरुलाई समायोजन गर्दै
त्यसको परिणामहरुको परिक्षण गर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : विरहमा

~कृष्ण वस्ती~Krishna Wasti_1

विरहमा आकाशले धारा बगायो कि ,
छिया-छिया धरतीले तारा खसायो कि ?

रोक्न-छेक्न भाको छैन विदेश जानेलाई ।
तर कल्ले जोतिदेला गोरू जोभानेलाई ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दैव सच्चा सृष्टि रचिदे

~बिपना ढुङ्गाना~

नदेखेका ध्रुवतारा प्रति
विश्वास नै किन गरोस र ऊ?
आखिर,
जे भोग्नु नपरोस् भनेर
चाहना गर्यो त्यही भोगाई
बारम्बार भोग्नु परेपछि।
समयले समेत मान्छेलाई
हेर्ने दृष्टिमा परिवर्तन
गरी दिँदोरहेछ यहाँ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म बबुरो

~ज्ञानेन्द्र शाक्य~

चपल यो बाँदर किन सुस्ताएको
आफ्नो स्वभाव उ थान्को लगाएको
स्यंगुको डाँडामा शान्ति भएन कि
धुँवा धुलोबाट दिक्क भएछ कि

कंक्रीट जंगल शहर आवादी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उदास उदास छ

~होमशंकर बास्तोला~

आज तिम्रो अनुहार उदास उदास छ
छाती दुःखेर मुहार उदास उदास छ

खोला सुकेर गड्तिर बगर काँसघारी
पानीविहीन जङ्घार उदास उदास छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रोममा निरोको खोजी

~डा. राजुबाबु श्रेष्ठ~

यूएन मिसन सकिएर फर्कन सात दिन बाँकी थियो । सबै बुझबुझारथ सकेर नेपाल हाउसको बसाइ सुरु भइसकेको थियो ।

जीवनकै पहिलो पटक युरोपको यति लामो बसाइ सकेर नेपाल फर्किन लाग्दा पनि मनमा के नपुगेको जस्तो भइरह्यो । मिसन अवधिमा वेलग्रेटु, बुढापेण्ट, जाग्रेन, स्लोमेनिया भ्रमण गरिसक्दा पनि रोम पुग्ने धोको बाँकी नै थियो । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment