कथा : सपना

~इस्माली~

उनीहरू अर्थात् क्रान्ति, विप्लव, सङ्ग्राम र विकल पर्चापोस्टर लेख्न व्यस्त थिए क्रान्तिको कोठामा । विप्लवले यतिञ्जेलसम्म पाँच वटा चार्ट पेपरमा ‘नयाँ जनवादी क्रान्ति— जिन्दावाद’ लेखिसकेको थियो ,त्यो पनि पाँच किसिमको लिखतमा । कुनैमा देब्रे हातले लेख्थ्यो त कुनैमा दाहिने हातले त कुनैमा कुनै अक्षर देब्रेले त कुनै दाहिनेले । विकलको कुरो बेग्लै थियो,मार्करले लेख्दा र बलपेन वा डटपेनले लेख्दा अक्षरै बेग्लै हुन्थ्यो,कसैले भेउ नै पाउँदैनथ्यो । सङ्ग्रामको अक्षर छापाको जस्तो थियो ,कसैले शङ्कै गर्दैनथ्यो । क्रान्तिको अक्षर थियो कागले छेरेजस्तो,कापीमा पनि र Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आकाशबाट खसेझैं भएको थिए

~विश्वराज अधिकारी~

मैले पच्चीस वर्षपछि कान्ता दिदीलाई भेटेको थिएँ, वीरगंजमा, गीता मन्दिर नजिक । कान्ता दिदीलाई पच्चीस वर्षपछि भेट्दा मैले कस्तो अनुभव गरें, त्यो बेलिबिस्तार लगाउनुभन्दा पहिले म त्यो बेला, त्यो समय–बिन्दुमा तपाईंलाई लग्न चाहन्छु जुन समय–बिन्दुमा कान्ता दिदी बि. ए. अनि म आइ. कम. मा ठाकुर राम क्याम्पस, वीरगंजमा पढ्ने गथ्र्यौ । कान्ता दिदी अनि मेरो, हामी दुवैको घर छपकैयामा थियो । तर अहिले हामी दुवैको घर त्यहाँ छैन र यो भन्नुपर्दा मेरो मुटुमा कसैले सियोले चसक्क घोचिदिएझैं भएको छ, मलाई । हामीले वीरगंज किन छाड्नुपर्‍यो त्यसको पनि आफ्नै रामकहानी छ, सुनाउँला त्यो कुनै दिन, पछि ।

काठमाडौंबाट हामी दुवै एकै समय वीरगंज पुगेका थियौं, जुन केवल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बलात्कारी राज्य होसियार !

~जेविन सर्वहारा~

जब नागरिकताबाट देश हराउँछ,
जब अदालतबाट न्याय कैद हुन्छ,
जब सुरक्षा दिनेहरु स्वंम सुरक्षा माग्छन,
लाग्छ निर्मलाहरुको बलात्कार व्यक्तिले गर्दैन ।
आमाहरुको विरुद्ध,
महिलाहरूको विरुद्ध,
निर्मलाहरुको विरुद्ध, Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वियोग

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा
प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा”
अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो
चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।।

किनाराले थापे सलिलसित बग्थेँ सललल
ममा बाढी आए बगर-सित गर्थेँ खलबल
म आँधीको झोक्का पनि सहन गर्थेँ शिखर झैँ
बगैँचाले डाके भुनभुन चहार्थेँ भ्रमर झैँ ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~

कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ ।
कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ ।

नर्तकी नाच्ने कसैको, भावभङ्गी चाल त्यो,
गीत अर्कै ताल अर्कै, गाउँछन् भाका नयाँ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

तीज गजल : कसरी तीज मनाउनु

~स्पन्दन बिनोद~

छोईसक्नु छैन महंगीले, जुनै बजार धाउनू
प्रदेशमै माईती मेरा, कसरी तीज मनाउनु

पतीदेवलाई ब्रत बसि, खुसि पार्छु महादेव
पतिदेव मलाई सम्झि, कहिले हो आउनु Continue reading

Posted in गजल | Tagged | Leave a comment

लोक कथा : हरितालिका तीजको कथा

~सङ्कलन : निशा खनाल अर्याल~

जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।

कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

तीजि गीत : बन्नै पर्छ संविधान

~नारायण शर्मा~

आयो बरै नयाँ तीज खुशीयाली छा’को छ
बन्दैन कि संविधान चिन्ता ला’को छ
पार्टीभित्रै खिचातानी गर्छन् कुर्सी तानातान
यो चालाले कहिले बन्ला नयाँ संविधान

संविधानसभाले पूर्णता नै पा’छैन
छब्बिस जना चयन हुने छाँटै आ’छैन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

तीज गीत : सङ्घर्षमा जुट एकगठ भै

~मनु वि.क.~

महिला तिमी यो देशमा
कम्मर कसी उठ्नु पर्छ है
तिम्रो मुक्ति कोही नै गर्दैनन्
सङ्घर्षमा जुट्नु पर्छ है ।

सबले बाँडे मीठा सपना
पूरा गर्ने को होला त खै
सर्ने छैनन् कोहिनी अगाडि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~

के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ त्यहि हो जीवन । जसरी बाँच्नुस, जीवन यो भन्दा बेसि सत्य होइन । एकप्रकारले मान्नुस् जीवन साम्यवाद हुनै सक्दैन । भन्छन् मृत्यु चाहिँ शाश्वत सत्य र साम्यवाद पनि हो । मान्नुस् या नमान्नुस् मृत्यु पनि साम्यवाद हुन सकिरहेको छैन, वास्तविक साम्यवाद भएर पनि । यो कथा त्यस्तै एक पात्रको हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा उद्दण्ड मनोवाद

~विवेक घिमिरे~

लगभग आधा उमेर जिन्दगीको
खाई भ्याइसक्दै गर्दा
आज एउटा उद्दण्ड मनोवाद
ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै
मन अनि मस्तिष्कमा
बितण्डा मच्चाउँदै छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माइत र घर

~लीला उदासी~

१.
ऊ बनकी चरीजस्तै थिई
भुर्र उडेर रूख–रूख चाहार्थी
घरकी बहार थिई
किशोरी बितेर युवती हुँदै थिई
विचरी ! नारी पनि नबन्दै विवाहित भई
र पतिका घरमा समाहित भई । Continue reading

Posted in कविता | Tagged | Leave a comment

चलचित्र गीत : जुन माटोमा मेरो

~म वि. वि. शाह~

हाssss
जुन माटोमा मेरो
जन्म लिने
सौभाग्य भयो
जस्को स्पर्शले मेरो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उ कोरियाको माटोमा बिलायो

~सुब्बा डम्बर~

सगरमाथा जस्तो शीर
तराइ जस्तो छाती
हिम नदी जस्तो सागर भेट्ने
रहर बोकेर जुन तारा टिपि लान
आएको थियो उ कोरिया ।

किन यति चाडै उस्को शीर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : नमान लाज यस्तरी

~किरण खरेल~

केटा –
नमान लाज यस्तरी,
(कि झुम्छ जिन्दगी मेरो)x२

केटी –
नआऊ सामू यस्तरी,
(कि अड्छ ढुकढुकी मेरो)x२
नआऊ सामू यस्तरी Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सुजा र सम्झनाहरु

~हेमन यात्री~heman-yatri

ज्वारभाटा |

हामी भिरालो बाटो लिएर ओरालो झर्दैथियौँ । साथीले फ्याट्ट भनिहाले, “ओई ! यो ओरालोमा बाँदर दुर्घटनामा परे पनि बाँच्दैन होला है ?” प्रतिक्रियामा मौन रहेँ म, मेरो मौनता भङ्ग गर्दै फेरि भन्छ, “ओई !, हेर न, देवी दिदीले भनेको सुजताको घर ऊ त्यो रे ! बोलाउँदै थियो त नजाने हो ?” मंसीरको महिना, शनिबारको दिन हामी मानेडाँडा बजार पुगेर फर्कदै थियौँ । जमीन सुकेर कक्रक्क भएको छ । रातो माटोले गर्दा सारा गाउँ उजाड देखिन्छ । सिरसिर चलेको हावासँगै तम्सिन्छु म पनि “ल जाऊ न त !” स्थानीय देवी दिदीको पछिपछि लागेर रोकियौँ आँगनको गेटैनेर । तर घर शून्य देखियो आँसु खसीसकेको आँखा जस्तैगरी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झर्ने जीवनका लागि

~अमला अधिकारी~

आज फुल्ने भोलि झर्ने जीवनका लागि
मरिहत्ते गर्नु छ एउटा कफनका लागि

तिमी मान्छे मारेर शान्ति पाउँछौ भने
अर्जाप हतियार मेरो गर्धनका लागि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~

हिमाल टल्किरहेको बेला
अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको
एक दृश्य देखेर
डाँफेहरु, मुनालहरु
ठूला–साना आकारमा
मयुरहरु चियाइरहेका थिए
पहाडलाई । । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~

अब म आफैँ लेख्छु मेरो सहरको कथा
जहाँ,
फाटेकै लुगाले भोको पेट ढाकिन्छ,
पटुका कसेर पापी रात काटिन्छ
निर्दोष हरु नर्कमा जाकिन्छ
अपराधका नाइके कुर्चीमा डाकिन्छ……!!

अब म आफैँ लेख्छु मेरो सहरको कथा Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्कृति परिचय : सोरठी 

~अज्ञात~

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ।

यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : ब्रह्माको सय वर्ष

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

नरुनु पैसालाई
नधुनु पैसालाई
एउटा माध्यम चाहिन्छ
इन्द्रियको सत्ता छ मनसँग ।
घरको लालपूर्जा तपाईंसँग छ
तपाईंको लालपूर्जा कोसँग छ ?
खोला तपाईंको हो ? र Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको अर्थ

~महालक्ष्मी थापा~

मुस्किलको कुहिरोले
आउंछन गोरेटाहरु कठिनाईको पनि ।
हेर्दा खेरी देखीदैन मार्ग अनि ।
मुस्किलको कुहिरोले ढाकिएको
हुन्छ टाढै सम्म पनि ।

निराशाको बादलले छेापीदिएको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~

पानी भएर पानी
पहिरो भएर भीर
कामिरहेछन्
लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन्
पहिरो टेकिरहेछन्— मान्छेहरूले

उडिरहेछन् भोका चील–गिद्धहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : भो मलाई शब्द चाहिएन !

~मञ्जु काँचुली~

शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न पुग्छ र झुटो चाहिँ साँचो ठहर्न पुग्छ । शब्द किन सधँै दिलको ऐना बन्न सक्दैनन् । धेरैचोटि मैले शब्दलाई बुझिन र शब्दले मलाई । मेरो र शब्दको अबुझतामा धेरै ठेलीठेली बहस गर्‍यौँ हामीले र पनि हामीले एकले अर्कालाई बुझ्न र सहीरूपमा अर्थ्याउन सकेनौँ । मलाई शब्दसँग वैराग्य उत्पन्न भयो । त्यसैले त म कैयौँ दिन कसैसँग नबोलेर मौन बसेँ र एक शब्दसम्म पनि कलमको थोपा अक्षरको रूपमा कापीमा चुहाइनँ । शब्दसँग मलाई चित्त दुख्यो र विरक्त लाग्यो । आखिर मेरो जीवनसाथी भन्नु नै त शब्द थियो । शब्दले नै मलाई सहीरूपमा नव्यक्ताउने भएपछि अब साँचो सम्बन्धको अर्थ के पो बाँकी रहृयो र । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता: म भित्रको आमा

~तारा कट्टेल~

आमा म तिमीलाई जन्माउन चाहन्छु
मेरो कोखबाट मभित्र को “म” लाई
आमा बनाउन चाहन्छु
मलाई जन्माउदा जुन पिडा
तिमीले भोगेउ तै पिडा म पनि
पिउन चाहन्छु घटघट
जसरी तिम्रो छातीको दुध पियेथे मैले
मेरो ताते ताते गोडा मा तेल लगाएर
मुसारे जस्तै गरि तिम्रो गोडा मुसार्न चाहन्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पैसा देख्छ मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~

मात्र पैसा देख्छ मान्छे
माया एउटा लेख्छ मान्छे

बोकी टेन्सन सधैँ जसो
बोझ शिरमा थेग्छ मान्छे Continue reading

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : A City of Desires, Flowers and Colours

~Uma Subedi~
Trans : Suman Pokharel

Carrying an array of dreams on the forehead,
walking with an endless motion in its footsteps,
falling down and getting up every now and then,
distinct desires are running on their own way.

heart aglow
every color of rainbow, is
searching for its realized identity
Wearing a turban of snow around its head, Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : माइखोला वारि पारि

~रामप्रसाद पन्त~

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा ।

अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख सुवासचन्द्र नेम्वाङबाट । हिजो कार्यपत्र प्रस्तुत र कवि सम्मेलन भयो भव्यता साथ । आज बिहान इलाम बजार परिक्रमाको कार्यक्रम राखिएको छ । यसपछि हामी करफोक जानेछौँ र त्यहीँ सम्मेलनको समापन हुनेछ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : ईश्वर र मान्छे

~दिनेश अधिकारी~Dinesh Adhikari

मैले ईश्वरसँग सुन्दरता मागेँ
उसले
हिमाच्छादित पहाड
र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका
अविरल झर्ना र खोला दियो
ढकमक्क हरियाली फुलेको पाखा
र, सिर्जनाको सारा स्रोत सुसाइरहेको
सिङ्गै धर्ती दियो
धर्तीसँगै
रङ्गीचङ्गी फूल Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : स्वभाव पनि जस्ता तेस्तै

~शालिकराम मुसाफिर~

अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै
लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै ।

बाच्न रहर सबैलाई छ ढुक्क भइ बसे हुन्छ
छरछिमेक छन् वरपर मर्न दिन्नन् तिम्लाइ सित्तै ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : लुलि लुलि पाइ य

~मोहन बन्जाडे~

वक्क नफुटेका स-साना नानीहरुलाई
तिनकै हात समाएर
अगाध मायाले खेल खेलमा
लुलि लुलि पाई भन्दै
उनकै गालामा -उनकै हातले हान्दा
बच्चा किल्कारी छोडेर हाँसे झैं Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरै मन दोषी हो

~सरल सहयात्री पौडेल~

मलाइ आरोप छ मेरा मित्रहरुको
तš किन सोलोडोलो वन्न थालिस ?
तš मान्छे त्यसतो होइनस्
तेरो मन किन भंगालिएको छ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment