कविता : हाँस्नै नपाउनु ?

~राजु दुलाल~

जब तपाईं सफाइपूर्वक वधशालामा
तीन दिनसम्म भोकै राखी
हेमोग्लोबिन मासुमा मिलाएर स्वादिलो पारी
चौथो दिनमा जिउँदै उभिन्डो झुण्ड्याएर
भकभक उम्लिँदो तातोपानी खन्याएर छाला उतारी
अब काटकुट पारी बगरेद्वारा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

प्रकाश कोइरालाका पाँच मुक्तकहरु

~प्रकाश कोइराला~

१.
मन हो जन मन हो धन मन हो जीवन
मन हो टन मन हो घन मन हो निर्जन
मन सत्य हो मन नित्य हो राज मनकै
मनकै मन मरेको घडी मनको कीर्तन
२.
नेत्र जागेर पठाउँछ मस्तिष्कमा राम्राजती
मन सबै कुम्ल्याउँदै भन्छ सबै राम्रा अति Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

नेपाली पप गीत : धेरै भयो चिठ्ठी आएन

~बसन्त चौधरी ~

धेरै भयो चिठ्ठी आएन
तिम्रो खबर पत्तो भएन
कता लुक्यौ हरायौ कहाँ
छट्पटी मलाई यहाँ
(हरायौ कहाँ) २

(हिँउदमा आँउछु भन्थ्यौ Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

नेपाली पप गीत : यो मन

~सिने गुरुङ~

एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन
भुईमा कुल्चिन्छ सबले टेकिदिन्छ
सम्हालिन खोज्दा यो मन
एक्लै रोइदिन्छ अनि हासिदिन्छ Continue reading →

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

कथा : हाकिम साप नमस्कार !

~शैलेश भट्टराई~

मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे ।

उनी र मबीच दुश्मनी पनि थिएन । मित्रता त झन् हुने कुरै भएन । सायद उनलाई म जस्ता झारको नमस्कार स्वीकार थिएन र थिएन रेस्पोन्स गरिरहने फूर्सद पनि । किनभने उनी मेरा हाकिम म उनको कारिन्दा । कारिन्दा त्यो पनि कुनै ट्रेड यूनियनमा आबद्ध नभएको बबुरो कारिन्दा । उनी भने शीर्ष राजनीतिक दलका शीर्ष नेताको हट्लाइनमा चौबिसै घण्टा सम्पर्क गर्न सक्ने हैसियत भएका निकै ठूला हाकिम । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : सार्थकता

~कमल बाबुरो~

सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो
सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो
टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा
कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका

सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~

देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै
जनताको खिल्ली उडाउदै
अट्टाहास गर्दैछन रावणहरु
बहादुरी छैन रामको जस्तो
प्रजातन्त्र बबुरो !

लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै
हायल पार्दै, घायल पार्दै
बिष वमन गराउदैछन कंशहरु
चमत्कारी छैन कृष्ण जस्तो
लोकतन्त्र बबुरो !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गजल : भन्नुस न आमा !

~शेखर ‘अस्तित्व’~

पसल हो कि बाजार, भन्नुस न आमा !
के हो सिंहदरबार ? भन्नुस न आमा !

त्यो संविधान भन्ने, चरा हो कि माछा ?
र खै त्यसको अनुहार, भन्नुस न आमा ! Continue reading →

Posted in बाल गजल | Tagged | Leave a comment

कथा : अकारण

~अनमोलमणि~Anmolmani

आइतबार,

………..र, खुल्ला झ्यालबाट पसेको हावाको शीतल मुस्लो साँघुरो कोठाको चौकुनामा ठोकिएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै अफूलाई ऊ प्रति समर्पण गर्दैछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाफ टाइमको नतिजा

~अन्वेश राई थुलुङ्ग~

‘हाफटाइमसम्मको नतिजा, त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’

एकछिनको लागि खेल रोकियो, नियमानुसार । मैदानले केहिबेर सुस्केरा लियो । त्यतिकैमा एकहुल युवती चटपटे पसलतिर लागे । केटाहरुको ठूलो जमात साझा समस्याको समाधान गर्न सौचालयतिर जाँदै थिए । बसिरहेकाहरुमध्ये कोहि हाफटाइम अघिको खेलको बारेमा समिक्षा गर्न व्यस्त थिए । कोहि बस्न नपाएर, कोहि चुस्स हेर्न इत्यादि प्रयोजनले धेरैजना उभिरहेका थिए । दर्शकको यो भीडमा सबैको केहि न केहि प्रयोजन भने अवश्य थियो । केहि त अपरिचित विपरितलाई जिस्काउने प्रयोजनले मात्रै पनि आएका थिए । समग्र मैदानमा फुटबलको रौनक थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : नेवाः बँय् नेवाः धू जुइन

~रुकशाना कपाली~

लागाय् हताः न्हापा हे जूगु खः
अय् नं व हे देय नाला
व हे देसय् दुने झीसं अस्तित्व माला
देय् ला मन्त म्वा हे म्वाःल
व देसय् दुन नं हाकनं हाकन्ं हताः जुल

राजधानी जुल झीथाय् Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हान् हान्, भ्रष्टचारीलाई झटारो हान्

~दीपेन्द्र अधिकारी~

हान् हान्,
भ्रष्टचारीलाई झटारो हान् ।
मैदानमा भेटिए झन्डाले हान्,
दोकानमा भेटिए अन्डाले हान्,
सुनसानमा भेटिए डन्डाले हान्,
देशको ईमान लुटेर बनाउँदै छन्
भ्रष्टचारीले समाजलाई चिहान
हान्न सक्यौं भ्रष्टाचारीलाई भने हुन्छ देशको लागी ठुलो बलिदान हान् हान्,
भ्रष्टचारीलाई झटारो हान् देशको लागी योगदान,
गरौं यो अनुदान, Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर टाँस्ने उर्दी

~मोहनराज शर्मा~

आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानु पर्ने खण्ड आएको छ ।

कुरा के हो भने नगरनगरमा एउटा अनौठोको उर्दी भर्खरै जारी गरिएको छ । उर्दीमा अबदेखि घरबाट बाहिर निस्किँदा जोकोहीले आफ्ना जिउमा बाँदरको एकथान पुच्छर देखिने गरी टाँस्नै पर्ने बेहोरा रहेको छ । उपरमाथि थुपर भनेझैँ हरेकलाई आफ्ना पुच्छरको टुप्पामा भएभरका परिचयपत्रका झुप्पा झुण्ड्याउन समेत हेक्का गराइएको छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सागको सुकुटी

~चूडामणि खनाल~

काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” भीमनिधि तिवारीले यस प्रश्नको उत्तर पाएरै आँखा चिम्लिए कि वा यो प्रश्न अनुत्तरित नै रहृयो । यो कुरा मलाई थाहा भएन । मलाई त के मात्र थाहा छ भने भीमनिधिको पालामा जस्तै अहिले पनि काठमाडौँ उपत्यकाका सबै गाउँगाउँमा, घरघरमा, जहाँतहाँ- “छानामा पथमा तथा चहुरमा चिनी छरेझैं थियो” भइरहन्छ।

आज बिहानको प्रातःभ्रमणले उनै संवेदनशील भीमनिधि तिवारीलाई सम्झाउनसम्मन् सम्झायो ।

हेमन्तको हिमचिसे ठिहिरो चरमचुलीमा पुगेको अनि घमाउने माघ पनि नलागिसकेको अवस्थामा काठमाडौँका पवित्र तिर्थधाम त्रिवेणी (अर्थात् बल्खूं-वाग्मती-विष्णुमतीको तटमा) टेकुमा दुर्गन्ध स्नान गर्दै रहेछन्, करीब पौ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ए विद्यार्थी भाइ गाई लिएर कता ?

~निर्मल भट्टराई~

एउटा कलेज ड्रेस लगाएको विद्यार्थी गाई लिएर जाँदै थियो । सधैँ झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोर्याएर हिँडेको देखेपछि मैले सोधेँ– “ए भाइ, आज एकाबिहानै गाई लिएर कता ?”

“कलेज हिँडेको नि !”

“कलेज रे ! कलेज जान किन गाई ? किताब कपीको झोला खै त ?” Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अासनग्रहण

~काेमलप्रसाद पाेखरेल~

आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण = आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये निम्नलिखित आसनग्रहणहरूको मात्र यहाँ चर्चा गर्ने प्रयास गरिएको छ :

1 पारिवारिक आसनग्रहण
1.1 पाहुनेज्वाइँ र घरज्वाइँको आसनग्रहण
1.2 मितको आसनग्रहण
1.3 मितिनी र मितको आसनग्रहण
2 पार्टीगत आसनग्रहण
3 अत्याधुनिक आसनग्रहण
3.1 नाकगत आसनग्रहण
3.2 रङ्गगत आसनग्रहण
3.3 जातगत आसनग्रहण
3.4 स्थानगत आसनग्रहण
3.5 धर्म संप्रदायगत आसनग्रहण
4 संस्थागत आसनग्रहण
4.1 साहित्यिक आसनग्रहण
Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~

अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन

छन्द : उपजाति

अाेली उवाच –
कार्की र सार्कीहरु देशवासी !
बाेटे र भाेटे ! मछुवा र घाँसी !
कामी र धामी ! अनि लिम्बु राई
च्यामे र पाेडे ! चुरेटा, दमाई !!

उपाध्य जैसी “टपरे” कुमाई !
टुप्पी ठडाई सुन दाजुभाइ !!
छेत्री र खत्री ! ठकुरी र घर्ती !
सुन्नू सबैले अब दिव्य अर्ति । Continue reading →

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : यो नेपाली खुट्टा उचाली

~राम बिनय~ram-binay

लय : यो नेपाली शिर उचाली

यो नेपाली खुट्टा उचाली, विदेश ती लम्किन्छन्
जूनकीरी झैँ भौतारिँदै रेमिट्यान्स भित्र्याउँछन्

झुक्ने होइन नीलो आकाश यो नेपाली झुकिहाल्छ
रुक्ने होइन चिसो बतास यो नेपाली रुकिहाल्छ Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : फुलेको जवानी

~चट्याङ मास्टर~

लय : बाइरोडको बाटैमा धुलो उडाउँदै

तीर्थ जाने ए ठूली नानी
फर्कि हेर फुलेको जवानी
जम्का भेटैंमा, जम्काभेटैमा
पिरती लाग्ला है मन्दिर गेटैमा ।

जागिर खाइयो, क्या हण्डर पाइयो, Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : अवसरवादी दर्शन

~भैरब अर्याल~Bhairab Aryal

मानिसमा जब नैतिक बलको ह्रास हुँदै जान्छ, तब उसले आफ्नोे जीवनलाई अवसरवादी दर्शनको गोरेटोमा डो¥याउन थाल्छ । किनभने जुनसुकै दार्शनिक सिद्धान्तको पनि आधार स्तम्भ नैतिक बल हो र यसबाट बिचलित भएकाहरूको लागि समाउने हाँगो अवसरवादिता शिवाय अरू केही बाँकी रहँदैन । कृष्णको कर्मवाद, माक्र्सको साम्यवाद र गान्धीको सर्वाेदयवाद जुनसुकै धार्मिक या राजनैतिकवाद पनि त्यहीँसम्म टिकेका देखिन्छन्, जहाँसम्म तिनका अनुयाईहरूमा नैतिक बल रहेको थियो । त्यसपछि सबैको समष्टि अवसरवादले विश्वका कुनाकाप्चा ढाक्दै आएका कुरा डार्बिनको विकासवाद सँगसँगै हामीले देख्तै आएका छौँ । आज एकतिर मानवतावादको चार्टरमा सही गर्न संयुक्त राष्ट्र Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~

जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा,
जातीयताको चुनावी खेती जोती दिने गम्छा,
जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा
राजधानियाहरुको विलासिता छोपी दिने गम्छा
कोही जति भट्भट्याउनुस्- फत्फताउनुस्
चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”।

बुझिराख्नुस् यहाँ “आम नागरिक”को Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : तीजि गीत, ‘गानो’ र मन्त्रीज्यू’

~हीरारत्न श्रीशा~

तिज नजिकीरहेको छ । महिलाहरुको पर्व भएकाले प्रायः लत्ता कपडादेखि लिएर गरगहनाको किनबेच निकै हुन्छ विशेष गरीयो पर्वमा । अहिले त सीता अन्टीले पनि गहनाको राम्रै सपिड्ड गर्नुभयो भन्ने सुनेको थिएँ, हातैभरी सुनका चुरा झल्काउँदै हुनुहुन्थ्यो रे कुनै समारोहमा । कुनै बेला नेपाली चेलीलाई गहना खोलेर युद्धमा होम्ने नेता ज्यूले अहिले सिद्धान्त परिवर्तन गरी सुन गहनाप्रेमी हुनुभएछ । हुन त उहाँ गरिब हुनुहुन्थ्यो र कम्युनिस्ट सिद्धान्त बोकेर हिंड्नुहुन्थ्यो । अब धनी भए पछि त्यही सिद्धान्तलाई बोकेर हिंड्ने कुरा पनि भएन । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~

बिए पास गरि बिहे एसै साल गरियो
कस्को कुरा मानौ मैले अलमल परियो ।

सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : आँखा छोपी रोको हैन भन्नु पर्‍याछ

~माधव सिग्देल माइला~

आँखा छोपी रोको हैन भन्नु पर्‍याछ
PM को भोको छैन भन्नु पर्‍याछ ।

मासिने पो हो कि फेरि केहि थाहा छैन
भासिने पो हो कि अझ त्यो नि थाहा छैन Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : हे विजुली मैयाँ…

~केशवराज पिँडाली~

हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस् । आज अन्धकारमा डुबेको हजुरको यो प्रशंसक हजुरको शरणमा आएको छु । बुद्धिहीन छु, लण्ठ छु, बाकपटुता पनि त्यस्तो खास ममा छैन । लाटो बुद्धिले म जे जे तेते पेपे भन्दछु, त्यसैलाई हजुरले हजुरको स्तुति सम्झनु भई प्रसन्न भइदिनुहो्स र छमछम गर्दै आउनुभई मेरो अन्धकारपूर्ण घर, चोटा, कोठा आँगन सबै झलमल्ल तुल्याइदिनोस् । जलश्रोतको धनी नेपाल अधिराज्यकी हे महिमामयी विद्युत शक्ति । हजुरको मायाँ सेवा महिमाको वर्णन गर्न विद्युतका बढेबढे अभियन्ताहरूलाई त आच्छुआच्छु पर्दछ भने म लण्ठ त के हुँ र । त्यसैले हजुरका सम्बन्धमा जे जति जान्दछु Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : यो सरकार

~थरेन्द्र बराल~

यो सरकार नि उई उई यो सरकार नि उई
बिरालाको डडाल्नामा मुसाहरू बुई

सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा क्रान्तिकारीको मनोवाद

~मिलन ढुङ्गाना~

राजनितीमा लागेको यतिका बर्षपछी बल्ल आफुले चाहेजस्तो ठाउँमा पुगेको छु.. तर कम्ता गारो परेन यी सबै चिज पाउन.. ओहो ति दिन सम्झिँदा पनि कहाली नै लाग्छ.. ति संघर्षका दिनहरु कम्ती अफ्ठ्यारा थिएनन्.. टाउकाको मोल बोकेर पनि हिँडीयो कुनैबेला.. ह्या ति दिन सम्झेर नि के बसिराहोला.. तर साँच्चै यहाँसम्म यति छिटै आइएला भनेर त सोचेको नि थिइएन.. आफ्नै जिवनकालमै यि सबै देख्न पाइयो.. ति लिट्टेका हालत सम्झेर तेतीबेला नै आस थिएन मलाइ त.. तर जे भए नि आइयो.. चाखियो सबै कुरा र चाखिँदैछ..

खै किन हो आजभोलि राम्रो निन्द्रा पो पर्दैन.. Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अक्षरको बिस्कुन

~जीवनाथ धमला~

मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन । धेरै, थोरै जति मनलाग्छ पोखिए भयो, जस्तो मनलाग्छ छर्किए भयो । अक्षरमा पोखिएको बेला अलिकति उकुसमुकुसको Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कामरेडको मनोवाद

~एकलव्य~

अनहोनी भयो, नचिताएको भयो । जे गरे पनि कसले हटाउने तागत ? भनेर सोच्दा सोच्दै आफ्नै सगोत्री बामहरूले घात गर्दिए, सरकार ढल्यो । फेरि कम्युनिष्टहरूले कम्युनिष्ट सरकारको पतन गराउन भूमिका खेले , इतिहासको पुनरावृत्ति भयो । झलनाथ पनि पीँध नभाको लोटा परेछन्, आफ्नै कुरामा फिटिक्क अडिन नसक्ने । सेना चिफलाई स्पष्टीकरण सोध्ने कुरामा सहमति दिने अनि पछि हट्ने । एउटा बामदेव मच्चिएर के हुन्थ्यो उसलाई त पार्टी मै माओवादीको प्रतिनिधि भनेर चिन्न थालिसके । उसले प्रस्ताव ल्यायो भने नै शंका गर्ने Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बानेस्वरको सेतो घर

~इश्वर देवकोटा~

तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !

धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी
कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि
झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा !
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !! Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अनुमानैत हो, बहुमत कताजाला

~राई चन्द्र दुमी~

बिहीबार हुने चुनाव ठुलोखाल्के भन्दाभन्दै पनि यो पहिलेकै रूपमा हुन लागिरहेको छ , की यो सरकार बनाउन जाँदैछ जसरी । दलहरूले आत्माबाट प्रचार्रगर्न पिटिक्कै सकेको छैनन् यो चुनौँ यसको लागि महत्वको छ, की यसले नयाँ नेपालको खाका कोर्दछ र।र इभन नेकपा माओवादीनैपनि कता कता बकुल्लाको बगालमा सुन्दर हाँस हुन नसकेको अङ्कललाई आभास मिल्दोछ । पछि काम जनमाग अनुसारनै गर्लान् अलग कुरा तर माहौलै परम्परावादी लाग्छ । हामी आफ्नो मान्छे मन्त्री बनाउन रौसी रौसी भोट हाल्दैछौँ, यस्तैलाग्छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्ञानेन्द्र मनोवाद

~सूर्य खड्का~

आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर हेर्ने पनि कसरी र खै सडकमा निस्किसक्नु छैन । जताजतै मुर्दावाद मात्रै घन्किरहेको सुन्छु देख्छु ।

हैन, २०६३ बैशाख ११ मा भएको सहमतिले मात्रै मलाई किन सताइरहेको छ हँ ? सातदलले त त्यसवेला राजसंस्था राख्ने सहमति गरेकै थियो । उनीहरुकै सल्लाहमा उनीहरुले नै तयार पारेको ड्राफ्ट वाचन मात्र गरिदिएथेँ मैले त । त्यसै अनुरुप म चुपचाप बस्यापनि हुँ । मैले २०६३ को फागुनमा प्रजातन्त्र दिवसको Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment