व्यङ्ग्य निबन्ध : उपनामको खोजी

~प्रकाशप्रसाद उपाध्याय~

केही दिन अघिको कुरो हो । नयाँ वर्षको पूर्वसन्ध्यामा केही साथीहरू बसेर चियापान गर्दै थियौँ । टेबुलमा भएको पत्रिकाको एउटा लेख देखेर एकजना साथीले मलाई घचघच्याउँदे भने – यार, मलाई तिम्रो आचारव्यवहार देख्दा अचम्म लाग्दछ ।

मैले सोधेँं – त्यस्तो के भयो भाइ ?

भन्न थाले – Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : विजय जुलुस

~दिल पौडेल~

लडाइँको नक्सा कोर्न
थाँती राखेको रक्ताम्य इतिहास
फूलका पानाहरुलाई कुल्चँदै
त्रासद मुहारको हातमा मुठी कस्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रियतम आउने बाटो भरि

~राकेश कार्की~Rakesh Karki

प्रियतम आउने बाटो भरि
झिलिमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ

किरण हत्केलाले छोप्न खोजेँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्कृत भाषी समीक्षा : अभिज्ञानशाकुन्तलनाटक–शाकुन्तलमहाकाव्ययोराख्यानस्य वैशिष्ट्यम्

~सहप्रा. सागरमणि सुवेदी~

कालिदासकृतामिज्ञानशाकुन्तलनाटकदेवकोटाकृत–नेपाली–शाकुन्तलमहाकाव्ये विद्या–विभाजनदृष्ट्या भिन्ने स्तः। आख्यानसंयोजन–घटनाचित्रण– पात्रप्रयोगे च द्वययोग्र्रन्थरत्नयोर्मध्ये स्थाने स्थाने साम्य–वैषम्ये दृश्येते। मूलाख्यानाध्ययनं विना नाटकमहाकाव्याध्ययनेऽपि वैषम्यं दृश्यते। नाटक–महाकाव्ययोः परिवेशविधाने महत्त्वपूर्णं परिवर्तनमस्ति। महाकवेर्देवकोटामहाभागस्यमहाकाव्यं परिवेशविधानदृष्ट्या भागत्रये विभज्याध्येतुं शक्यते। प्रथमो भागः कण्वाश्रमं यत्र दृष्यन्तशकुन्तलयो प्रथम–सम्मेलनं भवित। तयोर्मध्ये प्रेमाकर्षणं, गान्धर्वविवाहश्च तत्रैव तपोवने कण्वाश्रमे जातो दृश्यते। द्वितीयं राज्ञो दुष्यन्त राजप्रासादगतनागरस्थानं प्रमुखं दृश्यते। तृतीयं हेमकूटपर्वतास्थितं कश्यपाश्रमं वर्तते। तत्र स्थानत्रयेषु महाकाव्ये महत्त्वपूर्णकार्याणि विकसितानि दृश्यन्ते। महाकाव्ये कार्यव्यापारघटितस्थानाध्य यनादपि देवकोटा Continue reading →

Posted in संस्कृत समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बन्द

~शेखर बिकल्प~Shekhar Bikalpa

माउ पार्टि संगको सहकार्य र छलफल पछि यसपालीको बन्दको जिम्मा बिद्यार्थी संगठनले लियो । भोलिको बन्दको नेतृत्व गर्ने जिम्मा राघवलाई शर्मालाई दिईयो । राघव विद्यार्थी आन्दोलनको चर्चित नेता पनि थियो । विकट गाउँबाट उच्च शिक्षा लिन सहर छिरेको गरिबकै छोरो भए पनि लगनशील र जेहेन्दार विद्यार्थी हुनाले सबैको प्रिय पात्र थियो ।

दिनभरी सडकमा टायर बाल्दै ढुंगा, मुढा तेर्साएर देशै ठप्प पारियो । बन्दको क्रममा संस्थान, निगम, पत्रकार या एंबुलेन्स कुनै प्रकारका सवारी पनि चल्न दिईएन । साँझ मात्रै केहि नेताले सम्बोधन गरेर सरकारलाई घुडा टेकाउने भन्दै भोलिलाई पनि बन्दको घोषणा गरि आजको कार्यक्रम सकियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रोऊन् नानीहरू

~सुरेश हाचेकाली~

ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू
गलगिद्ध खेल्न चाहन्छन्
र, खेलेरै उनीहरू
खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन्
नरेम्वर्गको बजारमा भेटिएको
लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Few Lines With My Pen

~Arjun Dahal~

Upon generalising the confessions post,
and analysing the things going on,
finally, I’ve concluded,
that almost everything are revolving, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : बहारसँगै उड्यो मन

~अनिल शाही~

बहारसँगै उड्यो मन किन थाम्दैन
पलपल तिम्रो याद आयो यो मन मान्दैन
बहारसँगै उड्यो मन किन थाम्दैन ?

चाँदनी रातमा जुनको किरणसँगै तिमी आई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सेक्सफ्री अमेरिका !

~शिव प्रकाश~

त्यसपछि …!
उसले टीसर्ट फुकाल्दै भनी, ‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।’

त्यसअघि …!
अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !’
चौबीस-पच्चीसकी हुदीँ हो। नौनीजस्तो छाला। सुनकेस्राजस्तो कपाल। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कालो रङग

~खेम बतास~

पूर्णिमा पोखिएर धर्तिमा
चन्द्रागीरिबाट देखिने काठमाडौँ जस्तै
देखिएर के गर्नु आकासका तारा ?
मेरो घरको बलधारी माथी
सिढिलाएर उभिएको भए पनि
त्यो इन्द्रेणीको रङ्ग

गौथली जस्ता मेरा इच्छा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थारु लोक कथा : संसारको सृष्टिको कथा

~सङ्कलन : नन्दलाल आचार्य~

एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : बिरानोको मनले किन ठम्याउदैन ?

~डा रामविक्रम सिजापति~

आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ?
जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।।

देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन
आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अब बोल्ने पालो मेरो

~गोवर्धन पूजा~Govardhan Pooja

बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो
तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो

कुवालाई संसार ठान्यौ , आफुलाई राजा मान्यौ
बनाएर तिम्रो पुत्ला अब पोल्ने पालो मेरो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : समय, विम्व र उज्यालो

~जयराम तिमल्सिना~

साँझको कलिलो घाम कानमा सिउरिएर
रातको अँध्यारोमा
उज्यालोका झिल्काहरुसँग
मन भरि खुसि बाँडेको छु ।

हरेक विहान
तिम्रो तस्विरमा देखिने मखमलि मुस्कान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : An Apology for the Mistake of Speaking Truth

~Pravin Rai Jumeli~

I said, the fox of time is much shrewd

he explained that

all these infant-enterprises are only plays

further I add, the tall sky is also an illusion Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : सजाउने रङ्गै भेटिन

~यान प्रकृति~

सुन्दर तिम्रा सपना सजाउने रङ्गै भेटिन
मायाको बस्तीमै पुगे खोज्ने ढङ्गै भेटिन

अनेकाँै खुसीहरु बटुल्न खोजे तिम्रै लागि
किन तिम्रो त्यो चेहरामा उमङंगै भेटिन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म मेरी आमालाई बिक्री गर्न सक्दिन

~श्रीपुरुष ढकाल~

आफ्नो भोक मेट्न
म मेरी आमालाई भोकै राख्न सक्दिनँ
आफ्नो आङ ढाक्न
म मेरी आमालाई नाङ्गै पार्न सक्दिनँ
आफ्नो घरबारका लागि
म मेरी आमालाई घरबारविहीन पार्न सक्दिनँ
आफ्ना क्ष्ँणिक खुसीका लागि
आफ्ना मिथ्या आकाङ्क्षाका लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ज्योतिष फल

~यकिना अगाध~

उसले जीवनमा धेरै मेहनत गरी धन कमायो । शहरमा घडेरी जोड्यो । बल्लतल्ल घर बनाउने भयो । ज्योतिषको सल्लाहअनुसार विज्ञपण्डित बोलाइयो । पूजापाठ गरी जग हाल्यो । ज्योतिषले बताएअनुसार चारैदिशा मिलाएर घर ठडियो । निर्माण सम्पन्न भयो । घर पस्ने साइत जुर्याइयो । पण्डितले स्वास्तिशान्ति गरि यो बताइयो कि अब Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

चलचित्र गीत : नयाँ नयाँ सजाउ है संसार

~कुसुम गजमेर~

नयाँ नयाँ सजाउ है संसार
सुख दुख बाँडौ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा)२
नयाँ नयाँ सजाउ है संसार
सुख दुख बाँडौ है मिलेर | Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घुर

~सरिता तिवारी~

अब घुर बालेर बस्छ अकलुवा घुर !
र, घुरको आगोमा मिसाउाछ
सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति
त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द
थप्छ त्यहीं
दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : धोका

~लक्ष्मण वियोगी~

दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ ।

बिहानी ट्युसन कक्षा सकिएको थियो, त्यसैले मेरो दिमाग अलि खुकुलो थियो । म बिदा मनाउने सुरमै थिएँ । रेश्माको फोनले मलाई उत्साहित बनायो ।

‘ला स्कुल त जानुपर्छ त ! के गर्ने ?’
ऊ ठुस्किई– मलाई क्यै था छैन । तिमी आउनुपर्छ नत्र…
म लाडिएँ– लिन आउँछ्यौ त ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो
घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो
तारा चम्के पलक नझुकी रोशनी काख च्यापी
लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१।

चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार
डाँडापाखा हरित लहरा ताल टल्के मुहार Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

समीक्षा : नेपाल भाषाका एकजना सशक्त कवि पूर्ण वैद्य

~मोहन दुवाल~

                कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ । त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिँदैन । सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तक्र्रियाकै एउटा बिम्ब भएर कविता जन्मिन्छ । कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखापर्ने हुन्छ । कविता अन्य विधाभन्दा फरक शैली र बिम्बमा देखापर्छ । शब्द, भाषा, शैली र भावना–दृष्टिकै सुन्दर अभिव्यक्ति हो कविता । कविता बनाउन गाह«ो छ, कवि भनाउन झन् कठिन हुन्छ । एकजना कविले जीवनमा भोगेका थुप्रै घात–प्रतिघातकै क्रममा प्रकृति र जीवनसँग सिकेर अनुभूति पोख्ने गर्छन् । अनुभूति पोख्दैमा कविता बन्दैन । कविता बन्न अनुभूतिका साथसाथै अभिव्यक्ति पनि आवश्यक हुन्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म प्रचन्ड !!!

~गोपाल झा~

१२ बर्ष जङ्ल बसे, पन्ध्र हजार मारेँ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।

१२-१५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : गाउघरै रमाईलो

~थरेन्द्र बराल~

गाउघरै रमाईलो सारै मजा आउछ
रमाईलो गरि बिताउ कति बाॅचिन्छ ।
घरै बसे पनि,शहर पसे पनि
गीत गाए पनि, प्रीत लाए पनी
गाउघरै रमाईलो सारै भजा आउछ
रमाईलो गरि बिताउ कति बाचिन्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : पर्ख तिम्लाई

~जय ब. घिमिरे~

लय : बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने

तिमेरु सारै नै बेइमानी
पर्ख तिम्लाई लात्ताले नहानी

हे… दुई वर्षमा संविधान बनाउने बाचा
खाँदै हाम्रा नेताहरू सांसद भवन गाका
गोप्य सल्ला पैले गरे म्याद लम्ब्याउने
नभ्याएको बहानामा दारा ङिच्याउने Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : भ्रष्टाचार

~काशीनाथ मिश्रित~

कर्मचारीको जनै, नेताको गायत्री मन्त्र, वकिलको कालो कोट अनि पत्रकारको कलम हो भ्रष्टाचार । सेना पुलिसको बर्दी, महाराजको मर्जी, डाक्टरको इन्जेक्सन, मास्टरको ट्युसन सबै करप्सन ! जता हेर्यो उतै दिग्दार लाग्दो अवस्था । कतै कुनै क्षेत्र पनि विशुद्ध नदेख्दा त भन्न मन लाग्छ राष्ट्रकै एड्स् हो भ्रष्टाचार ।

न कहिल्यै निको हुन्छ न ओखती नै हुन्छ । “घुस दिन्या र घुस लिन्या दुबै देशका सत्तुर हुन् ।” भनेर पृथ्वीनारायणले त्यत्तिकै कहाँ भनेका हुन् र ? यो राष्ट्रको कोर पो त ! जानी जानी पनि दुनियाँले गर्न नछोड्ने Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समालोचना : नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन

~अशोक थापा~

सारसङ्‌क्षेप:

यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । उनका नाटकलाई विवेचनाबाट केही निश्चित प्रवृत्तिहरूलाई खुट्याउन सकिन्छ । यस लेखको उद्देश्य पनि तिवारीका नाटकीय प्रवृत्तिको उल्लेख गर्नु रहेकाले ती प्रवृत्ति छुट्‍याउन उनका नाटकीय कृतिलाई प्राथमिक स्रोत र उनका नाट्यकारतिका विषयमा विगतमा भएका टिप्पणीलाई द्वितीय स्रोतका रूपमा लिएर निष्कर्षमा पगिएको छ ।   Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

नैतिक कथा : दाम्पत्य जीवनमा महत्वपूर्ण व्यक्ति

~सङ्कलन : इश्वर देवकोटा~

एउटा कक्षामा मनोविज्ञानका प्राध्यापक पढाउँदै थिए | त्यसै बीचमा उनले आफ्ना विद्यार्थीहरुलाई एउटा खेल खेलाउने विचार गरे | उनले एक विद्यार्थी “आशा” लाई कक्षाको अघिल्तिर बोलाए |

प्राध्यापकले आशालाई आफ्नो जीवनका ३० जना महत्वपूर्ण मानिसहरुको नाम लेख्न अह्राए | आशाले परिवार आफन्त , साथीहरु सहपाठी अनि छिमेकीका नाम क्रमश लेखिन् | Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : उनीहरूपुर

~भुवन निस्तेज~

उनीहरूसंग छ
अर्का उनीहरूको रिमोट कन्ट्रोल
र उनीहरू–१ ले
उनीहरू–२ को जिब्रो थुतेर
स्पिकर जोडेका छन्
मष्तिष्क झिकेर
प्रोसेसर जडान गरिदिएका छन्
त्यसैले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बेनामे जर्नेल

~डा. राजुबाबु श्रेष्ठ~

किन हो कुन्नी उसले आफ्नो नाम बताएन । मैले मेरो परिचय दिइसक्दा पनि ऊ आफ्नो परिचय दिन इच्छुक देखिएन ।

हरियो आर्मी कम्ब्याटमा थियो ऊ । काँधमा कुनै दर्जा चिनाउने चिन्ह थिएन । कम्मरको पेटीमा सानो पेस्तोल थियो । खैरा मुठे जुँगा, मोटो शरीर, शरीर सुहाउँदो भुँडी । हेर्दै डर लाग्ने नीला-नीला आँखाहरु । उसको आँखाबाट निस्केको मप्रतिको तिरस्कृत हेराइ । उसको मुहारको आकृतिले नै देखाइरहेछ कि उसलाई गाउँमा मेरो उपस्थिति पटक्कै मन परेको छैन । म अर्थात् यूएनको प्रतिनिधि ।

मेरो काम नै हो, उसको गाउँ भिजिट गर्ने र समस्यामा परेकाहरुलाई मानवीय सहायता गर्ने । उसको गाउँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी कविता : लँ

~रामशरण महर्जन~

म्वायेत मजि मगागु लँ
न्यासि हुँ, तुला हुँ, ब्वया हुँ,
थहां हुँ, क्वहां हुँ, घ्वाना हुँ
ब्वाय् हुँ, बुलुं हुँ, ज्वंका हुँ
न्ह्यने हुँ, ल्यूने हुँ, कुबिका हुँ
तलय् हुँ, कुने हुुँ, कोथय् हुँ Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment