~सिम्पल केटा~
बनेर आँसु रुन सकिन
दिएर मुटु जिउन सकिन
जिन्दगी तिमीलाई मारी सके
आत्मा तिमीलाई मार्न सकिन Continue reading
~सिम्पल केटा~
बनेर आँसु रुन सकिन
दिएर मुटु जिउन सकिन
जिन्दगी तिमीलाई मारी सके
आत्मा तिमीलाई मार्न सकिन Continue reading
~Ishwar Ballav~
Trans : Suman Pokharel
Like a few good men
birds were getting together on branches of trees.
today, the eastern breeze has not blown so far
and even one withered leaf has not been fallen yet.
No doubt, sorrow in heart aches like a tornado,
thus, it is better to forget these sorts of stuffs. Continue reading
~केशव गाहा ‘पाल्पाली’~
नेताद्वारा झुटिएर कुन प्रदेशमा पर्यौ ?
गयौ साथी छुटिएर कुन प्रदेशमा पर्यौ ?
नेपालको झण्डामुनि सँगसँगै थियौँ हामी
भावनामा लुटिएर कुन प्रदेशमा पर्यौ ? Continue reading
~कल्पना पौडेल ‘जिज्ञासु’~
शोषित पीडित गरिबका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरूकै सामुन्ने सरकार चाहियो
धेरै खपिन् आँधीहुरी देशमा तुफान उठ्दाखेरी Continue reading
~निष्नु थिङ~
तुवालो र प्रकाशको रहेछ लुकामारी
वनभरि डाँफे र मुनालको चलेछ प्रेमिल जुहारी
आकाश रुदै छ आँशु झर्दै छ
मेरा पहाडमाथि मडारिएको बादल
कहिले सफा होला भन्ने चिन्ता छ
पारि थुम्कामा देखेको त्यो सेतो बादल Continue reading
~दिनेश अधिकारी~
यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो सधैँ आफूभन्दा
खसे एक इँटा मेरो छाती दुख्छ
झरे यस्को छानु मेरै शिर झुक्छ Continue reading
~उत्सब प्रसाईं~
आमा तिमीले दुख कस्ट सहेर जन्मायौ
हुर्कायौ बढायौ अनि पढायौ
आमा तिमी जन्म दाता मात्र होइनौ
खोइ के भनेर पुकारौ तिमीलाइ
यो कविताले समेट्ला र आमाको महिमालाइ ?
आमा म तिमीलाइ मन्दिरकी देवि मान्छु
माता दुर्गा भवानी झै तिमी पनि त मेरि माता हौ Continue reading
~दुर्गा विनय~
मुकेश
धेरै दिनपछि आज फेरि घाम लागेको थियो । सँधैसँधैको झरीले मान्छेहरू हिंड्न छाडिसकेका थिए । यहाँ “हिंड्न छाड्नु” भन्नुको मतलब “कम हिंड्नु” भन्नु हो । झरीले मान्छेहरूलाई काम गर्न अप्ठ्यारो बनाइरहेको थियो । कत्तिका दिनहरू सुतेरै बित्थे, कत्तिका भिजेरै । तर आज राम्रै घाम लागेको छ । धेरै दिनपछि मेरोझैं सबैको अनुहारमा उज्यालो आएको छ । सफा लुगा, जुत्ता पनि लगाएर म हिंडेको थिएँ साथीहरूलाई भेट्न । Continue reading
~शिवकुमार चौलागाई~
दे एउटा समय दे जसलाई राख्न सकु
दे ठाउ दे जसलाई आफ्नै सम्झी टेकन सकु
दे संसार दे जसमा हराउन बिलाउन सकु
दे जवाफ दे म कॉहा छु र कॉहा हुन पर्ने हो
मैले देख्न थालेको छु यो हार हो भनेर
जुन मौक़ाहरु अतितमा थिए/देखीए
ओहो त्यो दिन, हो त्यो दिन….. छुट्यो
अनी दियों यो शुन्य कल्पनै कल्पना गर्ने ठाउ
Continue reading
~मञ्जु काँचुली~
भूभागहरूलाई देशदर्शन गर्दै-गर्दै
यस भूमिभित्र भित्रिएकी छु
मलाई रथमा मर्ूर्तिवत् पार्दै
चारैतिरबाट झ्याइँकुटी पारेर
नैवेद्य-भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले
सताइरहेकी छु
जुन चीज म दिइरहेकी छु
त्यो तिमीले लिन सकेका छैनौ, चाहँदैनौ Continue reading
~भूमि भण्डारी~
जानेछु साथी एकदिन,
यी रुमानी सपनाहरु छोडेर
नखोलिएको प्रेमपत्र झैं
अधुरा चाहनाहरु मसँगै
जानेछन् एकदिन धुँवा भएर
मेरो अनुपस्थितिमा
यी डाँडाहरुमा
के मेरा यादहरु गुञ्जिरहलान् Continue reading
~शोभा शर्मा~
समय वृेदनामय हुँदा
मेरो आर्तनादमा तिम्रो नाम थियो
तिमीले सुन्यौ कि सुनेनौ?
काँडा ओच्छ्याएको बाटोमा थिएँ
पाईलाको आहटमा Continue reading
~उत्तम भट्ट ‘विवेक’~
कन्न्या खोज्जु घर गयो कन्न्या रैछ ग्वालि
लौन्या रैछ पैन्ट टि सर्ट, रैछ फेसनवलि
गोरु बाकरा गोठ बादी झाडु पसी झाड्डु
मेरा झान्या है त भुण्या आखा पसी ताड्डु Continue reading
~राधा कार्की~
ऊ अर्थात् छाया-अवतार
थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो
थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो
उसको बगैँचामा
फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन् Continue reading
~जगदीश घिमिरे~
साने यो गाउँको औसत जन हो । अरूजस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा केही धन पायो, केही ऋण । धन जिन्सी पायो, ऋण नगदी । त्यस बाहेक केही सासका धन चौपाया पायो र केही अचल – ढुङ्गा माटाको सम्पत्ति पायो । नगदी ऋणमा तिरेर कहिल्यै नसकिने, साउँको ब्याज र ब्याजको स्याज समेत निचोरेर लिने कडा साहू पायो ।
उसको घर यस गाउँको औसत घर हो । पन्ध्र हात लामो नौ हात गज भएको । खरको छानु । बाहिरी दलान । दलानमा जातो । यो जाँतो प्रत्येक दिन घुमाउन ठूलो भाग्य चाहिन्छ । पालीमा ढिकी । यो ढिकी सधैँ कुटाउन झन ठूलो भाग्य चाहिन्छ । घरपछाडि गोठ । एक हल गोरू । एउटा थारो, एउटा ब्याउने गाई । एउटा पाडी । खोरमा गोडा चारेक बाख्रा – पाठा । सासको धनमा दुइटा पोथी र चल्ला पनि थिए । उसले बाबुको घर – बारी रोज्यो । घर छोडेवापत उसको दाजुले एउटा पाखो बारी बढी पायो । गाउँले दाजुभाइले पञ्चायत गरेर उसलाई र उसको दाजुलाई एक रत्ती पनि घटी नपारेर तिल घोटेर मास फोरेर बाबुको सम्पत्तिको दुई फ्याक अंशबन्डा Continue reading
~डा. टीकाराम पोखरेल~
‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै भएन। हिन्दू पूजा विधिको त्यति ज्ञान पनि नभएको डेभिडले निमाले जस्तो पूजा विधि सिकाई, त्यसै-त्यसै गर्यो।
‘अब हाम्रो सन्तान हुन्छ डेभिड।’ निमाले डेभिडलाई विश्वास दिलाई।
‘ओके निमा ! गड ब्लेस अस।’ डेभिडले अंग्रेजीमै भन्यो।
डेभिडसँग गान्धर्व विवाह भएको ६ वर्ष पुग्दा पनि सन्तान नजन्मिएपछि सन्तानेश्वर महादेवले सन्तान दिने Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु
एकपछि पीडा अर्को न त म घचेट्न सक्छु
जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा
लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु Continue reading
~एम सि सुमित~
ओ माइ गड लौ हेरन
क्या क्या आयो फेशन।
*****
दिलमाया दिङकी रे
पदमकला पिङकी रे
कस्तो आयो जमाना Continue reading
~शशीकला थापा सुब्बा~
जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ
चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ
सुसाउदै जिन्दगी यो लक्ष तिर बग्दोरैछ
सागरमा पुगेपछी आँफैलाई लाग्दो रहेछ Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
कायरहरु
सुन्दरताको बलात्कार गर्न चाहन्छन्
कुरुप बनाएर छोड्न खोज्छन्
तर पनि हामी अझै
सबकासब सुन्दर छौं ।
हामी भित्र सुन्दरता छ
सुन्दरता भित्र मन छ
मनले मौनतालाई बांधेर राखेको छ Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
अहिले म
समस्यामा छु
आत्तिएको छु
फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन
आफ्नै ब्यबहारिकताको बन्दी भएको छु ।
मेरा विगतका सोचाइहरु
गलत थियो भन्नेहरुले
यतिखेर मलाई समस्यामा पारिरहेका छन् Continue reading
~मञ्जुल~
ती प्रधानाध्यापक
(भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ
प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे
प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई
यो कविता लेख्न सक्षम बनाए ।)
त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो
मुठीभरि पार्न चाह्यो Continue reading
~कुमुद अधिकारी~
२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले Continue reading
~कविराज भट्ट ‘बिलौना’~
महाकाली मेची सलल गतिले बग्न नभुलेँ
हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ
तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी
मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी Continue reading
(गाजलुले आँखै छोप्ने क्या राम्री
मेरी मायालु वैशले चटक्क पारेकी) २
(बादलुलाई छुन खोज्ने जुनकिरी हुन खोज्ने
अन्धेरीलाई जित्न खोज्ने) २
मायालुको बाटो हेर्दै पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो Continue reading
~Pravab Dhakal~
I’ve been standing tall and strong
All around this corner
With haunting memories
Just to watch you pass by.
My bones have been rust
Due to the cold striking wind
But the worth of your waiting
Has made my heart go alive. Continue reading
~चोमु शेर्पा “खुशी”~
सचेत बन्नुस् आजकल घर भित्रै बलत्कारी हुन्छ
सजाय दिने कानुनको पनि पैसै सित साझेदारी हुन्छ
ठुला विद्वानहरुबाट कथनमा त सुनेकी थिए
त्यहीँ हुन्छ हत्या हिंसा जहाँ धेरै बेरोजगारी हुन्छ Continue reading
~यादव खरेल~
गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले
उसको रुपको करौंतीले
मर्श्याँग्दीमा जालै हान्यो माझीदाईले आज
बिहानीमा देखे उसलाई मात लाग्यो साँझ
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो Continue reading
~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~
अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ । विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ । उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ । यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ । यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका Continue reading
~अविनाश श्रेष्ठ~
सानो मान्छेका निम्ति
बाँच्नु जत्तिकै जगजगी छ
सपना देख्नु ।
ऐँठन बेहोर्नु जत्तिकै अप्ठ्यारो छ
प्रेम गर्नु ।
सून जत्तिकै महंगा्े छ Continue reading
~प्रतिमा पाण्डे~
चिसो थियो,बिहानपखमा हावा चलेको थियो
छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो
जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ
टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने
कपडा जिर्ण धुजाधुजा छ सबै टालिएका Continue reading
~कृष्ण प्रधान~
ऐनामा हेर्दै छु
जीवन
व्यर्थै किन रोप्छौ
काँचका टुक्राहरू
मुटुमा
फूलमा हेर्दै छु
अनुहार Continue reading