विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~

खोलाको पानी
निष्ठुरी भइदिँदा
लोड सेडिङ ।

जमरा हत्या
बडादसैँको रङ
संस्कृतिसँग ।

अँध्यारो रात Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : अँध्यारोले भाग्नैपर्छ

~राधेश्याम लेकाली~

उठेर अब अवरोध बनेका
पहाडहरू भत्काउँदै
म पानी बगिरहनेछु
बाटो रोक्नलाई बनाइएका
बाँधहरू भत्काउँदै
म पानी निरन्तर बगिरहनेछु
छेक्न नखोज मेरा बाटाहरू
म सबै अवरोधहरू
भत्काउन सक्दछु
छेक्न खोज्ने त्रि्रा
हरेक प्रयासहरू
म विफल बनाउन सक्दछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : होसियार यस बखत समयको

~अम्बर गुरुङ~

होसियार यस बखत समयको मूल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफूलाई चिन
होसियार

चिन्नै त पर्छ आफैलाई चिन्दैनौ आहिले नै किन
बितेपछि बित्यो बित्यो पाइन्न फेरी त्यो लिन
होसियार

यो बेला यस्तो बेला हो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गह भरी आँसु बगि रहेछ

~पूर्णिमा पिम्मी~Purnima Pimmi

गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी
ब्यथा झन बढि रहेछ
पिडा लुकाउल खोज पनि
मलाई यस संसारमा तिमिले एकलै पारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : क्वालालम्पुरमा वेतिनीको सपना

~जीवनाथ धमला~

दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण विकासका लागि एसियाली संस्था -ब्क्ष्द्यम्)को निमन्त्रणाअनुसार बसाइँ सराई र सांस्कृतिक विविधतासम्बन्धी परामर्श गरिने कार्यशालामा सहभागिताका लागि नेपाल Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

स्वदेश गान : सन्तान थरीथरीका

~म. बि. बि. शाह~

गर्छिन् पुकार आमा रोई कराई जोडले
हैन मेरो भन्छिन् सन्तान थरीथरीका

कोही धनी असाध्य कोही गरीब माग्ने
सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

छोक : दरिद्र स्वभाव

~सुवास राई~

मनभित्र तिरस्कारको भाला बनाएर,
सार्वजनिक स्थलमा
प्रज्जवलनशील प्रकाशलाई
कर्कश वचन प्रहार गर्ने, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँसिरहने मेराे हिमाल

~‘अभिलाषी’ शारदा राई~

शिरमा फिस्स हाँसिरहने मेराे हिमाल
सुन्दर,शान्त छ अहाे! हेर देश नेपाल !

जात,धर्म,भाषा र भेष अाफ्नै अाफ्नै
छुट्टा छुट्टै कर्म अनि अाफ्नै बाेल चाल ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

वीरकालीन कविता : बाबा नरभूपाल साहकि दुहाई

~पृथ्वीनारायण शाह~

आज मेरा सपनामा येक चंद देष्याँ २
हातिका चाल लसक् ३ घोडाका चाल बुरुक् ३ ।।
ऐसा त खुपू सुंदरी जल जमुनाका नीर
तीर मैं कानका लोती तरक् ३ ।।
ऐसा त खुपू चूनरि पामरि फरक् ३।। Continue reading →

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

संस्कृति : दोस्रो विवाह–गवना

~उमाशङ्कर द्विवेदी~

तराईमा विवाह दुईपटक हुन्छ भन्ने सुनेर जनसाधारणलाई आश्चर्य लाग्न सक्छ । केटा–केटीको विवाह भनेको त जीवनमा एकचोटि हुने हो, विवाह जस्तो धार्मिक प्रक्रिया दुईपटक कसरी हुन सक्छ ? तराईबाहेक अन्य भेगका मानिसहरूका बीचमा यो निश्चयत: कौतुहलको विषय हुन सक्छ । हुनत नेपालमा नेवार परिवारका केटीहरूको पनि दुईपटक विवाह हुने गर्छ, जसलाई इही वा बेल विवाह भनिन्छ तर यो विवाह कुनै केटासँग नभएर भगवान्सित हुने गरेको धार्मिक विश्वास रहेको पाइन्छ । त्यस्तै दक्षिण भारतमा पनि केटीको विवाह देउतासित गरेको पाइन्छ तथा त्यस्तो विवाहपछि Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

Translated Poem : A Fairy Tale

~Gopal Prasad Rimal~
Translated By : Dr Tara Nath Sharma

A princes and a poor youth !
How like two falling stars
the slanting lids of her round eyes
Moved to kindle the divine flame
On the poor young breast?
How heaven saw itself mirrored
In the poor youth’s eyes. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : पारि जाउँला घटेपछि

~धीरेन्द्र प्रेमर्षि~

खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि

‘लगनी’ को भाका हाल्दै गाउँछे बिर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

चलचित्र गीत : साँची राखु जस्तो लाग्छ

~कुसुम गजमेर~

साँची राखु जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखु जस्तो लाग्छ प्रितभरि तिमीलाई

डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
थाहै नपाई पराईको भई दिन्छौ भन्ने
सपनी मै पाए हुन्थ्यो निन्द भरी तिमीलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हत्केलाले घाम छेक्छु

~शङ्कर ‘प्रेरणा’~

हत्केलाले घाम छेक्छु किन छेकिएन
अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन
उडिरहने कुहिरो पनि मैमाथि खसेछ
बिर्सिदिऊँ भने पनि नसकिंदो रहेछ

एकैछिनको पर्खाइ पनि वर्षौं जस्तो लाग्छ
आफ्नै मनको वस्तीभित्र तुवाँलोले ढाक्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बहरबद्ध गजल : के पोखौं म

~जीवराज बुढाथोकी~

भन्ने कुरा छन धेर खै, के पोखौं म ।
सुन्ने न भै त्यस्तो कतै, के पोखौं म ।

टाढै भए मुग्लानिया, छोरा नाति,
पीडा रुँदै पर्देश गै के, पोखौं म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कठपुतली

~पुण्य कार्की~

“थुइक्क साला ! यस्तो पनि जागिर हो ?” भित्रबाटै घृणा र थकथकीको थुक सोहोरिएर ओठसम्म आउँछ, पिच्रिक्क थुकेर ओठका जुँगा मुसार्छ हल्दार टलक बहादुर । उसलाई आजभोलि सपना हो कि विपना हो, छुट्याउन गाह्रो परिरहेछ । उसलाई आजभोलि आफूले खाएको जागिरप्रति घृणा छ । महिनैपिच्छे आउने तलबप्रति पनि घृणा छ । यति चुत्थो भएर पैसा कमाउनु भन्दा गिटी कुटेर जहान छोराछोरी पाल्नु जाती हो भन्ने भावना उसको अन्तस्थलमा पटकपटक ननाचेको होइन तर पनि बाध्यताले ऊ जागिरमा घस्रिरहेको छ । पेसाप्रतिको आत्मिक निष्ठा र समर्पणको भाव पातलो पातलो हुँदै गएको छ ।

“आऽऽ ऽऽ मन नपरी किन खानु त यस्तो मुला जागिर ? छोडिदिनु क्या, अझै उमेर छ । दुबैजनाका पाखुरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कराउन थाले मान्छे

~मनु ब्राजाकी~Manu Brajaki

ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे

मसानमा बसे बरू ढुक्क होला
घरबाटै हराउन थाले मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ढुकुर र कौवा

~हरिप्रसाद भण्डारी~

जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे । वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो । अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर गुँडमा भएका फुल र साना चल्ला खाइदिन्थ्यो । यसले गर्दा चराचुरुङ्गीहरूलाई फुल कोरल्न र चल्ला हुर्काउन निकै कठिन भएको थियो ।

एकदिन कौवा नभएको मौका पारेर चराचुरुङ्गीहरूले सल्लाह गरे । कौवाले नदेख्ने ठाउँमा गुँड बनाउने सहमति भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वदनाम युवती

~राजेन्द्र ज्ञवाली~

‘मेरो वारेमा केही सुनेका थियौ ?’ उसको प्रश्नले मलाई दुविधामा पा¥यो । हो उसको वारेमा मैले गाँइगँुई सुनेकै हो । कसै वारे हुने गाँइगुँईको अर्थ प्राय चरित्रसँग जोडिएको हुन्छ । हो त्यही अर्थमा मैले उसका वारेमा सुनेको थिए । उसलाई पहिलो पटक देख्दा वा उसँग पहिलो पटक भेट हुदा मलाई धेरै अघि एउटा हिन्दि उपन्यासमा सुन्दर महिलाको रंगका बारेमा वर्णन गरेको शैलीको सम्झना आएको थियो ।

त्यसमा कुनै एक पात्रको सुन्दरताको वर्णन गर्दै भनिएको थियो–दुधमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जसरी बादलसँगै रहन्छ पानी

~गीता त्रिपाठी~Geeta Tripathi

यसरी नै रहन देऊ
यसरी नै…।
मलाई
जसरी बादलसँगै रहन्छ पानी
घामसँगै रहन्छ छाया
र
निद्रासँगै रहन्छ सपना
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डोल्माहरु बाँच्न पाउनुपर्छ

~रमेश पल्लव~

मीठा-मीठा सपनाहरु बोकेर
परदेश लाग्नु
र एउटा रमाइलो संसारको कल्पना
आम नेपालीहरुको चाहना हो
झूठा आश्वासनहरु बाँडेर
ठूल्ठूला रकमहरु असुलेर
निरीह नेपालीहरुलाई विदेश पठाउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै घुर्का ऊँ छौ तिमी

~भुपेन्द्र महत~Bhupendra Mahat_1

झर्को फर्को तिम्रै ठुलो, अझै घुर्का ऊँ छौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काऊँछौ तिमी

मन सफा भए गंगा, लोटामा पनि अटछ
शंका पाली लंका खाने, कुरा हुर्काऊँछौ तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मिलेर अघि बढौँ

~पल्पसा~Palpasa

घाटा र नाफाको हिसाब छोडी
मिलेर अघि बढौं
देशलाई खाने डढेलो निभाई
शान्तिको बिउ छरौं

कत्तिले गुमाए घरबार सबै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दिन सक्दिन म

~महानन्द ढकाल~

मेरा झन्डा रङ्ग्याउने रातो दिन सक्दिन म
ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म

रगत र पसिनाले लेखिएको इतिहासको
जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म

Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आँखा र आँखाहरू

~सुमित्रा न्यौपाने~

सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरू चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुप रंग बोकेको गुलाव बोल्न खोजिरहेजस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरूले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका थिए । सूर्यको चमकभन्दा फूलको चमक बढी भएको अनुभूति भैरहेको थियो ।

मूलगेटदेखि ढोकासम्म अनारका दानाजस्तै गरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अँध्यारो पनि उज्यालो लाग्छ

~कृष्णचन्द्रसिंह प्रधान~

सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना अमेरिकन कविको उक्ति छ मृत्यु नै सौन्दर्यको जननी हो । आत्प्रवचन लाग्ने यस भनाइमा अनुगुञ्जित विपरीत विचार र यसको मौन विद्रोहले म आकषिर्त हुन्छु । अवधारणामै पैरो गएजस्तो लाग्यो ।

नाम मात्रै लिँदा पनि कम्प छुट्ने मृत्युलाई सौन्दर्यको स्रष्टा भन्ने कवि महान् हुन् । यहाँ पिकासोका आँखाहरू देख्न थाल्छु । के उल्का गर्दैछ यो मान्छे भन्ने लाग्यो होला । हामी त सधैँ मृत्युले आतङ्कति संत्रास बाँच्ने गर्छौँ । सधैँ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा ! तिमीसँग मेरो एउटै पुकारा छ

~कलानिधि दाहाल~

अलिकति आस्थाले
अलिकति विश्वासले
अलिकति जीवन दृष्टिकोण
र जम्मै मानवीय
अन्तरङ्ग पराग घोलेर
मैले उसलाई
मेरै ढकमक्क फुलेको बगैँचामा
सजाउन खोजेथेँ, सजाएथेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रजनीगन्धाको पीड़ा

~उदय थुलुङ~

अहिले म़ञ्चमा देखिँदैगरेको हरि सरको सौम्य अनुहार, त्यसमा टाँसिएका दुइ काला – काला अक्षरहरूजस्ता आँखाहरूलाई हेर्नसकेकी छैन निरमायाले। भुइँतिर हेरेर उसले आवाजलाई मात्रै सुन्दैछ हरिसरको।

‘न आको भा पनि हुन्थेछ।’ निरमायालाई लाग्दैछ। ‘बित्थाको भजन।’ उसले ठान्दैछ।

रजनीगन्धाको सुगन्धसित अमृतवाणी बर्सिँदैछ मञ्चबाट बारम्बार। भक्तजनको शिरदेखि मनसम्मै भिजेको छ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : लुक्नुहुन्न अब नारी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सक्दिन म गर्न भनी लुक्नुहुन्न अब नारी
अधिकार लिनलाई चुक्नुहुन्न अब नारी।।

सिर्जनामा रमाउँछौं पौरखमा जुटिरन्छौं
सहयोग माग्दै बाटो ढुक्नुहुन्न अब नारी।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अन्तत

~यकिना अगाध~

‘चाडबाड आयो ।’ घरका सबै पाल्तु जनावरहरुलाई खुकुराले बास्दै सचेत गरायो ।

‘ए है !’ कान ठाठाडा पार्दै राँगा भैसीले चनाखा देखाए ।

‘आ जे होला होला… ।’ भवितव्य भइ नहाल्लान भन्ने मुडमा बोका बाख्राहरु देखिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : घाम र नून

~कात्यायन~dhanwantari-mishra-katyayan

– जेठ महिनाको टन्टलापुरमा सौर्य-स्नान गरिरहेको उसले विचार्यो – आज घाम लाग्ने छैन |

– बन्दको जत्थालाई रुख्खा खकार थुक्यो / सुक्खा गर्दन मैलो गंजीले पुछ्यो र घर हिंड्यो | भर्न बाँकी घैंटो घाँटीभित्र नै छिराउँला झैं गर्यो प्यास मेट्न | Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : साहित्यकार कमला आँसु ग्रन्थ

~डा. कविता लामा~

कमला आँसुसित मेरो पहिलो भेट साहित्यिक कार्यक्रममै भएको हो।दुई तीनचोटिको भेट पछि हामी निकै नजिक भयौँ,साथी सम्बोधन गर्थ्यौँ एकाअर्कालाई।उमेरले मभन्दा ठुली तर विचार, रुचि, मनले हामी एकै उमेरमा पुगेर कुराकानी गर्थ्यौं।गान्तोकमा आयोजित विभिन्न कार्यक्रममा मेरो उपस्थिति रहेको छ, सुन्नसाथ उनी र विजय बान्तवाज्यू व्यस्त रहँदारहँदै,समय निकालेर जहीँ र जहिले पनि भेट गर्न आउँथे। कारणवश भेट गर्न असमर्थ हुँदा उनी फोनमा माफी माग्थिन्।अति विनयशील, हँसिली, मिलनसार र मनकी धनी म उनलाई सॉंच्चै मन पराउँथेँ,आदार र सम्मान गर्थेँ।बीच बीचमा हामी दुईमाझ के लेख्दैछौँ, के  पढदैछौँ, यस्तै साहित्यसम्बन्धी के  के  कुरा फोनमा भइरहन्थ्यो।समयले फडको लिइरहेथ्यो, आ-आफ्ना व्यस्तताले यी समयहरू बीच म र कमला साथीमा त्यति सम्पर्क हुन सकेन।तर पत्रपत्रिकातिर उनलाई पढन पाइरहन्थेँ। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment