युद्ध कथा : प्रतिवद्धता

~सरल सहयात्री पौडेल~

हामी भन्दा तिन–चार सय मिटर तल भिषण वाढी लिएर वग्ने धमिलो नदि वगिरहेको छ ।, अकल्पनिय अप्ठ्यारो पहरामा कुनै स्पार्टाकसले वनाएको साँघुरो सिंडि हँुदै हामी उकाली लागीरहेका र्छौं ।, मुसलधारे वर्षातले हामीलाइ चुटिरहेको छ मानौं हामीले यसअघि उसको ठुृलै काम विगारेकोले गर्दा वर्षात हामीलाइ कठोर सजाएँ दिइरहेको छ । र यो क्षण औंसिरातको अन्धमुष्टि छ । मेरो मनको स्पार्टाकशले वनाएको यस गोरेटो आज धेरै पुरानो भएकोले ठाउँठाउँमा सिढींहरु छिनेको छ र कोहि नयाँ स्पार्टाकसहरु अझै जन्मीसकेका छैनन् । प्रत्येक छिनेको गोरेटो हाम्रो मृत्युको खुड्किलो हो । यदि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पश्चाताप

~कान्ति रोचना~

हाँसौखेलौँ दुइदिन यहाँ के छ खै भोलि लानु
के के फोस्रा गफ दिनु हरे पर्दछ भूलि जानू
पैसा भन्दै कति पल विते सक्किए बैँस सारा
छुटे चाडैँ समय अहिले साथ छन् जुनतारा ।।

मेरोमेरो भनिभनिकनै आएथे दुष्ट बन्दै
छोडे धर्ती नलिइ धन यी छैन औचित्य भन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भर गरिनौ किन ?

~दिपक अभिमन्यू~

रक्सीको नशा जति पनि भर गरिनौ किन ?
टाढा हुदा पीडा भए खै नजिक सरिनौ किन ?

आफुलाई भन्दा धेरै माया गरेकै थिएँ गर्छुपनि
खै किन हो यो आँखाको सागर तरिनौ किन ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : नाक कसरी ठाडो हुन्छ ?

~आन्विका गिरी~Anbika Giri

मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो कुमलाई उसको कुमले जित्यो। पछि त मैले नाप्नै छाडीदिए।

म एउटा घरमा काम गर्ने मान्छे थिए । घरमा एउटी आइमाई थिइन जसलाई म आमा भन्थे । आमा दुष्ट थिइनन् तर दयालु पनि थिइनन्। उनको अगाडी त म भँगेरी झै लाग्थे। उनी अग्ली मोटी खाइलाग्दी जीउ भएकी थिइन। उनी आफ्ना ठुला ठुला आँखामा सधै गाजल लाउँथिन। उनको ओठ लिपस्टीक लाएपछि सार्है् राम्रो देखिन्थ्यो, अरू बेला तिनी मलाई त्यहि ओठ चलाएर गाली गर्ने भएकाले पटक्कै मन पर्दैनथ्यो। उनी प्रायसो गाढा रातो रङ्गका लिपीस्टक लाउँथिन। उनको हातमा सधै रातो चुरा हुन्थ्यो, त्यहि चुरा बजेपछि बिहानीमा मेरा आँखाहरू खुल्थे तर उनले उठाउन नआइकन मैले आफै उठ्ने जाँगर कहिल्यै चलाइन। उनलाई म सताउँथे, एकपटकमा उठि्दनथे। त्यतिखेर उनी कस्तरी कराउँथीन्, ‘देवी’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : आबु पर्वतको छेउछाउ

~रामप्रसाद पन्त~

आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला बखत प्रभाव पाथ्र्यो ६०१ बाट छुट्टिएर केही दिनको लागि २०१ मा पसेको तीन जनाको समूहले । प्रस्थान विन्दु बालाजुमा पा¥यो अलिअलि, वीरगञ्जको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पा¥यो अलिअलि र आबु पर्वतको राजऋषि हलमा पा¥यो अलि बढी ।

परिवार, व्यापार व्यवसाय, पठनपाठन, राजनीति, जागिर, मजदुरी र कृषि कर्मदेखि Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : जुनेली तिमी हौ !

~सूर्य चापागाईं~

तिमी जून हौ कि जुनेली तिमी हौ !
कतै पूर्णिमाकी उजेली तिमी हौ !

भयो बाग प्यारो तिमी आउनाले
जसै चिर्बिरायौ जुरेली तिमी हौ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पानी

~उषा हमाल~

आलिशालाई कथा सुन्न मन लाग्यो। आामाबाट कथा सुन्न पल्किएकी यो एघार वर्षे फुच्चीले जिद्दी गर्दै भनी, ‘कथा सुनाउनुस् न आमा।’ तर उसकी आमालाई आज कथा सुनाउन उतिसारो जाँगर छैन। उनको मनलाई शून्यभावले गाँजेको छ। आफ्नो पानीले बगाएजस्तो विगत, यही विगतले समस्याग्रस्त बनेको वर्तमान र छोरीको भविष्यको चिन्ताले घर जमाएको छ। तर, आलिशालाई के थाहा आमाको मानसिकतामा भएको बोझले उनी कसरी थिचिइरहेकी छन्! उसलाई त आमाबाट कथा सुन्नुछ र भोलि स्कुलमा फुर्किंदै साथीहरूमाम्क Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनन्त बाटाहरु

~मोहन बन्जाडे~

अब सबै खुला छ मेरो निम्ति
मन, मस्तिष्क अनि बाटाहरु
अझ म मेरा लागि
उकालो, ओह्रालो वा तेर्पाहें
जुनसुकै बाटो रोज्न सक्षम छु
अझ त्यसमाथि
म नयाँ बाटोको कल्पना गर्न सक्छु
रेखांकन गर्न सक्छु
आफु हिड्ने बाटो आफै बनाउन सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : किरात लिम्बू जातिका संस्कारहरू

~अमर तुम्याहाङ~

हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि विधानहरू नै संस्कारहरू हुन् । संस्कारहरू जाति, समुदाय वा धर्म सम्प्रदायअनुसार फरकफरक हुन्छन् । लिम्वू जातिको पनि आफ्नै मौलिक संस्कार छन् । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : भाषा

~सरिता तिवारी~

हावासँग पनि छ भाषा
कुनै अल्लारे प्रेमीझै
पातका कान फुस्फुसाउँदै गाउँछ
प्रीतिको गीत
र काउकुती लगाएर भाग्छ!
रुखका हाँगाहरू मच्चाउँदै गर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको दिन

~थम्मन के.सी.~

कुखुराको डाँको पर्खिएको रात
आमा ! तिम्रो आँखा नचिम्लिएको रात
शुक्रतारा उदाउँदासम्म तिमी खोकिरहेकी थियौँ ?
मोतिबिन्दुले पोतिएका आँखामा आँशु पोेखेर
थर्थर गर्दै मेरा बाबा तिन तारा झुप्रामाथि
सुस्त सुस्त ढल्किँदा छट्पटिएको रात
पारू तकिया भिजाउँदै मेरो हात समाउँदै
किङ्र्कतव्यविमुढ भएर मेरा हात अठ्याएकी थिइन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : जि प्याखं म्वः मखु

~गिरिजा प्रसाद जोशी~Girija Prasad Joshi

जि प्याखंम्वः मखु अय् निर्माया
जि प्याखंम्वः मखु
छपु चुइँचुइँ पूगु बाखं ज्वनाः गुम्ह
म्वानाच्वन
व प्याखंम्वः मखु ।

थ्व प्याखं मखु Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

गीत : समानताको गीत गाइन्छ

~हेमबहादुर गन्धर्व~

छुवाछूतमुक्त राष्ट्र कानुन बन्यो समान
जातभात भन्ने अब गयो जमाना

आफ्नो मन आफ्नो खुशी रातो सिन्दुर छरिन्छ
इच्छा लागे अन्तरजातीय बिहे गरिन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माइला दाइको उद्घोष

~रामप्रकाश पुरी~

उहिले कुनै दिनमा, कुनै समयमा
डाँडामाथिको सूर्यको पाइलामा हिडिरहेको
जीवनको उत्तराद्र्ध क्षणमा
भोलि आउने दिनको कुरा गर्दै
हाम्रो बुवाले माइला दाइलाई
केही कुरा सोधेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्ती र बिर्खे

~शशिधर भण्डारी~

रातो नानी बोकेर बसन्ती
पहरासँग पौठेजोरी खेल्छे
बसन्तीको पसिनामा खेल्ने ठेकेदार
रातभरि भट्टीमा रमाउँछ
जाँडले भिल्लु भएको ठेकेदार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बास मन पर्छ

~निश्चल क्षेत्री~

हो मलाई त्रिपालको बास मन पर्छ
नमिठै होस् सामुहिक गास मन पर्छ ।

त्राही त्राही दोधारे यो जीवनभन्दा
मृत्युकै होस् सन्तुष्टिको सास मन पर्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बेथितिका विरुद्ध

~निस्नु थिङ~

भुकम्पले लासहरू कुहेर गन्हायो
हैन यो देश कस्तो बनायो ?
मलामी जाने मान्छे पाउन गाह्रो भो
देशको मुहार फेर्ने युवा गाउँमा खाली भो

घर भत्केर मान्छे तल थिचियो
त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : शीर कस्लाई पर्‍यो

~केशव गाहा ‘पाल्पाली’~

पाउ कस्लाई पर्‍यो शीर कस्लाई पर्‍यो
टुक्रा पारिइन आमा पीर कस्लाई पर्‍यो ?

लुछातानको खेल खेले छातीमा टेकी
तन ढाकेको उनको चीर कसलाई पर्‍यो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : डँढेलो

~दुर्गा कार्की~

जहिल्यै,
तिम्रो न्यानोको लागि
म बलिरहेँ…जलिरहेँ
आगाका राता लप्काहरूले
धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ,
तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : समानता

~कात्यायन~dhanwantari-mishra-katyayan

– ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’

– ‘थाहा छ सर !’

– ‘ल तिमी भन !’ Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

ओ, मरुभुमि
तिम्रो पक्षमा
साक्षि नराख मलाई
तिम्रो खिलाबमा उठेको कुनै बहसमा
न त म बोल्न सकिरहेको छुँ
न त म स्मरण गर्न सकिरहेको छुँ
न त म सुन्न सकिरहेको छुँ
न त म केहि देख्न सकिरहेको हुन्छु ।

जल्लादहरुको अदालतमा
निष्कृय हुन्छु
उनीहरुको दिमाख भरिएको मेसिन हुन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भाले बासेन

~एम.एल. ओली~

डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो
भैंसीले दूध लुकायो आज पारोले चुसायो
कुरेर बस्दा आएको पालो सुनायो फैसला
कुर्लेर आयो झक्कली भाले काटेर कसला ।

खोरको धन्दा गरेर बस्दा पुगेन चारोले
फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोखरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

प्र्रकृतिका छटाहरुबीच
अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै
चारैतर्फ पहरेदारहरु राखेर
मेरो स्वागतार्थ छाती थापेर
हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा ।

मुटुको माझमा तालबाराही च्यापेर
हरिया अनि चिल्ला रेशमहरु परिरिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडेघारी हुँ म !

~शेखर ‘अस्तित्व’~

गमलाको फुल हैन, वनको काँडेघारी हुँ म !
सौभाग्य हो मेरो न त वारी न त पारी हुँ म !

तिमीजस्तो हलुँगो म भा’को भए तरिहाल्थें !
डुबेपछि थाहा पाएँ तिमीभन्दा भारी हुँ म ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

हिमाली महिमा सुन्दा डाहा होला विचित्रको
माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको
प्रकृतिका नदीनाला ताल देख्दा रसाउला
लुट्नलाई यिनै शान जाली जाल फिँजाउला ।

वनपाखा झनै राम्रा फूलका बाग सुन्दर Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~

छुरीमा धार लाइरहेछ बगरे
एक लाइनमा छन् भेडाच्याङ्ग्रा
र अर्कोतिर लाइनमै छ सहर पनि !

सडकको व्यस्त भीडमा
रिक्सा तानिरहेछ एक बालक,
द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : सत्य

~पूर्ण वैद्य~Purna Bahadur Vaidya

सत्य ।
पानीको एउटा समुद्र हो।
मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार
त्यसलाई भरिलिन्छन्

अनि, तिनीहरू एकआपसमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : उडी जाने जेट होईन

~प्रेम लिम्बु नुगो~

उडी जाने जेट होईन गुडी जाने रेल होईन।
तिम्रो मेरो पिरती दुई दिनको खेल होईन।।
उडी जाने जेट होईन ………………..­……………

उडी जाने पुतलीको पानी मुनी पर्यो छाँया।
छोडी जाने निष्ठूरीको पनि लाग्दो रैछ माया।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : (अ)राष्ट्रिय गीत

~अज्ञात~

लय : राष्ट्रिय गीत

सयौँ खाले नेता हामी एउटै पद सभासद
देश बेच्छौ पेट पाल्छौं अनि बन्छौं गद्गद

प्रकृतिका कोटिकोटी पापिष्टका नायक Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : व्लफ कल

~पुष्पलता आचार्य~

अहिले पनि फोन आयो । उठाएँ । उसैको रहेछ ।

यो फोन पनि मलाई घाँडो नै हुन थालिसकेको छ । हिजोआज कम्प्युटरमा बिहानदेखि व्यस्त रहन्छु । कति छन् आफ्ना । उ चै जहिलेपनि अन्टसन्ट कुरा गरेर मलाई जिस्क्याईरहन चाहन्छ ।

आज पनि उसले उही बेला पारेर फोन गर्यो । नबोलूँ भने पनि नहुने । सामाजिक लाजगालका लागि पनि बोल्नै पर्ने बाध्यता । चिन्नु न जान्नु घचेटी माग्नु भनेजस्तो ।

उसले आफ्नो नाम राज भनेर वताउँछ । खै ! मलाई त विश्वास लाग्दैन । के विश्वास गर्न सकिन्छ त त्यस्ताको ? कस्तो दिनमा बोलेछु झैं लागिरहेछ । अहिले हुँदो न खाँदाको फोन र वार्तालाप । कसैलाई के को धन्दा, घर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाको कुरा

~उपेन्द्र सुब्बा~Upendra Subba_1

हिजो राति सपनामा
तागेरानिवाफुङ्माङ आएर
यसो भनिन्-
ल कान्छा
जे छोइस् तेरो भो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~

मानवबस्तीहरूमा जब ढोल बजाउने,
बन्दै गएको छ माहोल,
गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल,
अब त वेदनाले कुँजिएको हाम्रो उमेरको
एकएक पल सकिन्दैछ।
जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।|
बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका।
विश्वभरी एउटै ताल, उनको उत्सव हाम्रो काल Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment