~प्रथा~
उमेरसँगै अग्लिएको
यो जीवनको लाँकुरी बोटबाट
किन झरिरहेछन्
विश्वासका सप्तरङ्गी बसन्तहरू ?
सपना फुल्नु अगावै
मनको यो हरियो जङ्गलभित्र
कसले नचाउँछ आगो
र धुवाँसँगै उडिरहेछन् रहरहरू ? Continue reading
~प्रथा~
उमेरसँगै अग्लिएको
यो जीवनको लाँकुरी बोटबाट
किन झरिरहेछन्
विश्वासका सप्तरङ्गी बसन्तहरू ?
सपना फुल्नु अगावै
मनको यो हरियो जङ्गलभित्र
कसले नचाउँछ आगो
र धुवाँसँगै उडिरहेछन् रहरहरू ? Continue reading
~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~
सृष्टिकालको कुरा हो।
त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले पृथ्वीमा उडेर पुग्यो। त्यहाँका मान्छेसँग भेट गर्यो र आगो माग्यो। Continue reading
~किरण खरेल~
सागर हो स्वास्नीमान्छे
उ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
सागर हो स्वास्नीमान्छे
अङगालोबाट आफूलाई उ जान्दछे छुटाउन Continue reading
~सङ्कलन : जङ्गबहादुर गन्धर्व~
डल्ली मगर्नी हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्या सि
पीर पर्या सि हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्या सि Continue reading
~विनीता राई~
न त ज्यानको माया न त मनको माया,
जाँदै छु म त्यो पारि वन
घाँसदाउराको निम्तेरी
हँसिया र नाम्लोसँग
डुल्दै छु म त रानीवन ।
हरियाली वन छ, वनैमा किन Continue reading
~Laxmi Prasad Devkota~
Dead tired I am, O God !
Make me a sheep, please.
This house of mine, a sword of Damocles
This bane of thinking
This sin of knowing
This heart-burning judgment of conscience
The three kinds of worries that I may fall into Continue reading
~जीवराज बुढाथोकी~
पोख्न थालें मन्का कुरा उम्केर गै ।
छेक्न थालें बाटो जसै झम्टेर गै ।
लोभलाग्दा आँखा थिए सेता लुगा,
कम्मरै त्यो मर्काउँदै भागेर गै । Continue reading
~लक्ष्मण घमाल~
बिदेशी भुमी मा पहिलोपटक एक्लै भएको छु र अब का केही दिनहरु एक्लै बिताउँदै छु।समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथी हरु नेपाल गए। साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटी मा पुर्ण छात्रवृत्ति मा ब्याचलर इन सोसिओलोजी पहिलो बर्ष मा अध्ययन गर्दै गरेको म यतै सेटल हुने बिचार गर्दै छु।बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ।आज चहलपहल अलिक कम छ।
नेपाली विद्यार्थी हरु को बाहुल्यता भएको यो मिनेसोटा अमेरिका Continue reading
~शरद पाैडेल~
म हनुमान !
कत्ति उत्तेजित छैन कमरेड !
जे उचित लाग्छ कमरेडलाई
अाजकाे उचित
र मेराे उचित पनि त्यहि नै हाे ।
र लाग्छ जे खराब हजुरलाइ
साेच्न र साेध्नै पर्दैन मलाई
शतप्रतिशत खराव पनि त्यहि नै हाे । Continue reading
~रमेश खकुरेल~
छौ हाम्रा दाजुजस्ता धनजनबलमा छौ निकै नै बढेका
धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका
नालापानी चपायौ अझ पनि जसको घाउ दुख्तैछ हाम्रो
कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो ।।
भन्थ्यौ त्यै देशबाटै भुवनभर सबै ज्ञान सिक्लान् भनेर Continue reading
~डि.आर. पोखरेल~
जानिफकारहरु भन्छन् मिथक आदिम मानवको मनको सृष्टि हो । तर, यो कपोलकल्पनामा आधारित छ । हुन त यो प्रकृतिका यथार्थ घटनाहरुको प्रतिबिम्बन हो । किनभने, हाम्रा पूर्वजहरुले प्रकृति, मानवसमुदाय र स्वयं आफ्नो मनभित्र जुन खेलहरु देखे, तिनबाट प्रभावित भएर तिनलाई बुझ्ने क्रममा, तिनको स्पष्टीकरण गर्ने, सामान्यीकरण गर्ने क्रममा नै मिथकलाई जन्म दिए । यसकारण यो भन्न सकिन्छ – मिथक यथार्थको काल्पनिक अनुभूति हो । यो हाम्रा पूर्वजहरुको जीवनगाथा हो । यो ‘सार्वभौम कल्पना हो । आदिम मानवका Continue reading
~तेजेश्वरबाबु ग्वंगः~
म एक प्रवाह
आफ्नै गति भित्रको
म एक स्वाभाव
आफ्नै आचारण भित्रको ।
गतिशील निरन्तरताले
स्वच्छ पखालिएको आचरण मेरो
म एक मेलमिलाप
सद्भावपूर्ण मुटुको Continue reading
~नवराज पोखरेल ‘पाखेली’~
साउनको पर्व राम्रो हरियो चुरा हेर
मेहेन्दिले हत्केलाको रुप रंग फेर
हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो
प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो Continue reading
~राजु झल्लु प्रसाद~
५० रुप्पे जाने चप्पल पड्काउदै,
एक धोक्रो चामल र १० गुइठा पिँडालु बोकेर,
बुबाले पोहोरसाल दशैमा किनिदिनुभएको धुत्रो स्कुल ड्रेसमा,
भविष्यको नक्सा खोज्न,
म शहर पसेको
ओहो ! धेरै वर्ष भएछ !
धेरै वर्ष भएछ:-
आमाले निस्किनेबेला
“लाँ नानी भाडा” भनेर
आँसुले धोएर दिनुभएको
१०० रुप्पेको सुकिलो नोट
जोगाएर Continue reading
~उत्तम भट्ट ‘विवेक’~
अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको
चित्त बुझुन्या कोही छैन येई उदासी मनको
कुटी काटी ओखलीले पिस्या जातरीले
ईती दुख क्याइ दियो हो माया कातरौले Continue reading
~खेमनाथ पौडेल~
नारायणघाटमा कम्युनिकेसन चलाएर म बसेको थिएू । त्यो चलाउन मलाई मेरी सानीले साथ दिइरहेकी थिई । विगत केही वर्षदेखिको देशको बिग्रूदो परिस्थितिले व्यवसाय धारासायी बन्दै थियो । दिनप्रतिदिनको जुलुस, बजारबन्द आदिले भनेजस्तो व्यापार हुन सक्तैनथ्यो । तर त्यसै वर्ष स्नातकतह पास गरेू ।
मेरो अति मिल्ने साथी सन्तोष १ वर्ष पहिलादेखि युएइमा कार्यरत थियो । देशको अवस्था बिग्रूदै गएपछि युएइमा केही काम पाइन्छ कि भनी सन्तोषलाई फोन गरेू । उसले सहजै भन्यो, ‘यार आइज्, युएइमा अहिले भिजिट भिसामा आएर पनि कतिले राम्रो काम पाएका छन् । तिमीसूग त कम्प्युटरको राम्रो दक्षता छ अनि Continue reading
~विनय राजोपाध्याय~
दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्ने
जीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने
सुखि हुन खुशी हुन , जति सुकै खोजे पनि Continue reading
~शोभा महर्जन~
फल्चा व बल्चा मदुसां मनू सखे म्वाइ
विश्वास व भल्सा मदुसा जीवन छखे लाइ ।
मतिनाय् दुःख मदुसा मिखा गनं प्याइ
दुःख त्वःता बिस्युं वंसा निम्ह निखे बाइ । Continue reading
~एस. दिवस~
भोका पेटहरूका निम्ति अनिकाल हैन सहकाल बनेर आऊ
भोकै मर्न बाध्य हुनेहरूका लागि विष हैन पियुष बनेर आऊ
भोका पेटहरूमा मुसा दौडिने गरी हैन माछा पौडिने गरी आऊ
सविधान तिमी ¤ कोही भोको अनि कोही रो’को देख्नै नपर्ने गरी आउ
आकाशमुनि बास बस्नेहरूलाई डर हैन घर दिने गरी आऊ
ओत लाग्ने ठाउँ नपा’काहरूलाई त्रास हैन बास दिनेगरी आऊ Continue reading
~नारायण योगी~
घरको पिर सम्झी सम्झी दुख्छ मेरो घाउ
पसिनाले दाम साटेर पठाएको छु दिल नदुखाउ
कहिले डुल्छु रनवन कहिले भेँडी गोठ
कहिले हुन्छु तातो हावामा मरूभूमिको फाँट Continue reading
~एम.एल. ओली~
भोको डकार झाङ्गिएर तन पलायो
बाउको धन भाँगिएर मन गलायो
साझा पाहुनो नाता जोडी ठिक्क बनायो
भुँडीभित्र खहरे उर्ली दिक्क बनायो ।
मन्दिरभित्र सन्यासीले धुप जलायो
पूजारीले धोती जलाई रूप पलायो Continue reading
~मित्रलाल पङ्ज्ञानी~
जो निजी बस्तु हैनन् तिनैलाई निजी भन्यो
धर्तीमा युद्धबाट बाटो त्यै स्वार्थी अन्धले खन्यो
व्यर्थैको दम्भले गर्दा तँभन्दा म ठूलो भनी
इख्खियो हेपिने मान्छे मच्चियो झगडा अनि Continue reading
~शिशिर शर्मा~
ऊ मकै पोलिरहेछ
पुरानो बाटोको छेउमा
पुरानो पसलको अगाडि
बुढो पिपलको रूखमुनी
काठे पिर्कामा बसेर
सहरको धुलो र धुवाँ खाँदै
नाबालक एउटा लाचार केटो Continue reading
~हेमबहादुर गन्धर्व~
“न्यायमूर्ति ढल्यो–न्यायमूर्ति ढल्यो” भन्दै शहरको बीचमा कोलाहल र कौतुहल मच्चिरहेको थियो । न्यायमूर्ति ढलेको हल्ला एकै छिनमा चैतको डढेलो जस्तै शहरका गल्ली गल्ली, चोकचोक हुँदै देशभरी फैलियो । न्यायमूर्ति ढलेको हल्ला सुनेर आश्चर्य चकित मान्दै गाउँदेखि शहरसम्मका हुलका हुल मान्छेहरू न्यायमूर्ति ढलेको हेर्न शहरको बीचमा जम्मा भए । त्यहाँ ठूलो भीड लाग्यो । धेरै मान्छेहरू न्यायमूर्ति ढल्यो भन्ने विश्वासै लागेको थिएन । “इतिहासमै आजसम्म नढलेको न्यायमूर्ति कसरी ढल्न पुग्यो ।”–यही चासो र चिन्तामा Continue reading
~हिरारत्न श्री~
दोषीलाई कार्वाही गर्दा उल्टो केस भाँड्नेहरू
मान्छेबाट गिरेका छन् जिउँदै मान्छे गाड्नेहरू
आफै बोक्सी आफै झाँक्री भएका छन् नेता यहाँ Continue reading
~रेशम वी.सी.~
जनकविका कण्ठ स्वरबाट सुनिन्छन् कविता
मनकविका मुखार्बिन्दुबाट सुनिन्छन् कविता
मनकविका कविता बाहिर आउदैनन् सर्वदा
बुझ नबुझ गएर बुझ जाउ त्यहाँ इन्दिरा
कल्पनामा जनकविले गाउँदैछन् कविताहरू Continue reading
~कल्पना पौडेल जिज्ञाशु~
हाम्रो गौरव त्यो सगरमाथामा सिर छ
तराईमा सम्मो फाँट, पहाडमा भीर छ
लाली गुराँस धकमक्क फुल्ने बन पाखा
मेचीकोसी सेती नदी गन्डकीको तिर छ Continue reading
~गोविन्दप्रसाद आचार्य~
एक जमाना यस्तो थियो, सङ्कल्प परिवार र बेदना परिवार साहित्य र संस्कृतिका क्षेत्रमा दरो प्रतिस्पर्धा गर्थे । तिनीहरूका गीत÷सङ्गीत र वैचारिक धरातल साहित्य, संस्कृतिका गतिविधिसमान थिए । यी दुई भिन्न रेखाका रूपमा देखा परे ३५÷३६ सालतिर । यिनीहरूको वैचारिक धरालत पनि मिल्दो थियो । कसैले बेग्लै विचारका हुन भनेर छुट्याउन सक्दैनथे । राजनीतिक विवादका कारणले यिनीहरूभित्र केही असर त अवश्य थियो । तर सर्वसाधारणले वैचारिक भिन्नता छुट्याउन सक्दैनथे । यस्तो लाग्थ्यो कि यी दुई वटा सांस्कृतिक समूह किन भिन्न भएका होलान् ? एउटै भए कति रमाइलो हुन्थ्यो होला ? तर यहाँभित्र वैचारिक प्रभाव चर्को थियो । कतिपय Continue reading
~हरिप्रसाद भण्डारी~
धेरै युद्ध भए यहाँ पार तर्न सकिएन
यो देशको अभावमा भाव भर्न सकिएन ।
यो देशलाई धेरै माथि उठाउने मन थियो Continue reading
~राजेन्द्र ज्ञवाली~
उ अझै सुक्क सुक्क रुदै थिइ । म भने के गर्ने के नगर्ने भन्ने दुविधामा थिए । वाटो हिड्नेहरू मध्ये उसलाई देख्नेले आश्चार्य मान्दै थिए । अझ कोही कोही त केही वेर अडिएर वुझ्न खोजे जस्तो गर्दै थिए । मलाई उ प्रति सहानभूती त थियो तर साथै नजानिदो डर पनि लागि रहेको थियो । दायाँ वायाँ बाट हिडिरहेकाहरूले के सोँची रहेका होलान भन्ने आशंका मनमा झाङ्गिदै गइ रहेको थियो । आखिरमा आफ्नो व्यागबाट रुमाल झिकेर उसले आँशु पुछी र रुन्चे मुस्कानकासाथ भनी ‘सरी’ मैले आफूलाई सम्हाल्नु पथ्र्यों ।
आफ्नो उमेर उसले ५५ वर्ष वताएकी थिइ । तर खै किन हो उ लगभग ६०–६२ वर्षकी देखिन्थी । शरिर हेर्दा Continue reading