शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन

~भीम कुमारी श्रेष्ठ~

‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्कायअन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पस
नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह
द्वितीय वर्षको दशौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

Continue reading →

Posted in शोधपत्र | Tagged , | Leave a comment

निबन्ध : गठेमङ्गल आँखा र सालिक भञ्जन

~कृष्णचन्द्रसिंह प्रधान~

गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।

चौबाटोको यस नर्कटे राक्षसलाई तिमीले देखेका छौ ।
गठेमङ्गल यसरी हामीमा जीवित छ ।

नर्कटको तीनखुट्टे मूर्तिमा Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा !

~महानन्द ढकाल~

जन्मैदेखि दूधका धारा मलाई पिलायौ
निर्धक्क भई दगुर्न सक्ने जीवन दिलायौ
हर्ुकायौ मलाई सुसार गरी छोरो हो भनेर
सपना देख्यौ प्रगति राम्रो गर्ला कि भनेर ।

फकाइवरी स्कूल जान मलाई सिकायौ
छोराका निम्ति जीवन आफ्नो दुःखमै बितायौ
फोहोरबाट बचायौ स्वच्छ जीवन तुल्यायौ
मायाले पाल्यौ यो छोरालाई मायामै हुर्कायौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : मुर्धन्य सङ्गीतकार स्व. चन्द्रराज शर्मालाई सम्झिँदा

~टीका भण्डारी~

हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, तापनि जीवनको आशमा यो मन गुमाउन मन्जुर छ…, मनमा माया तनमा माया…, सुनौला घाम झुल्केन…, आँखाहरूले रुन नखोजे… (कुमारी चलचित्र), चपलाअवला एक सुरमा…(भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु…(जीवनज्योति), ए मेरी मुना नभन त्यसो जुनमा फुलेकी… (मुनामदन), तिम्रो आकाशमा जुन… (मीरा राणा), तिमी आफुलाई… (माणिकरत्न), मोतिका दाना… (सुदेश शर्मा र सङ्गीता राना प्रधान) आदि अत्यन्त चर्चित गीतहरूका स्रष्टा कलाभुषण वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको भौतिक शरीर अब हामीबीच रहेन । वि.सं. १९९६ फागुन २७ गते सङ्गीत शिरोमणि यज्ञराज शर्मा र होमकुमारीका माइला सुपुत्रका रूपमा काठमाडौंमा जन्मनुभएका सङ्गीतकार शर्माको २०७४ पुस ६ गते विहान देहान्त भएको छ । Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

लघुकथा : विवशता

~त्रिचन्द्र ‘प्रतीक्षा’~

ऊ सार्‍है थाकिसकेको थियो, आफ्नो बेरोजगारीसँग । बिहानदेखि काम खोज्दाखोज्दै साँझ भोक आक्रोशमा परिवर्तित भयो । केही गर्ने विचारले ऊ टुकुचानेर एउटा अँध्यारो गल्लीमा बस्यो । आधाी रातपछि एउटा आकृति छिटोछिटो हिँड्दै गरेको देखियो । ऊ सजग भयो ।

उसले त्यो आकृतिलाई पछिल्तिरबाट डाक्यो । त्यो एउटी आइमाई थिई । उसले त्यो आइमाईको मुखमाथि हात Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मान्छे हुँ म

~हिरारत्न श्रीषा~

युगौदेखि जोतिएर लुटिएको मान्छे हुँ म
शोषकको जोताईमा चुटिएको मान्छे हुँ म

प्रजातन्त्र, गणतन्त्र यस्तै तन्त्र आएपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : क्रान्ति

~डि.एल. भन्डारी~

सत्य र असत्यबीचको
लडाईको आगोबाट
गुज्रिएको पीडा हो क्रान्ति
मृत्युसँग खेल्दाखेल्दै,
संसार जित्ने न्यायको बाटो हो क्रान्ति
क्रान्ति वर्गीय मुक्ति र विद्रोह हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : यूरोप यात्राका केही सम्झना

~जीवन शर्मा~

अरू देशहरूमा जाँदा बैङ्क ब्यालेन्स देखाउनु पर्दैनथ्यो । तर युरोपतिर जाँदा यथेष्ट ब्यालेन्स देखाउनु पर्दो रहेछ । मेरो खातामा जम्मा हजार पन्द्र सय जति मात्र थियो । कहाँबाट देखाउनु उनीहरूले चाहे जति पैसा ? तैपनि साथीभाइहरूसँग भनसुन गरेर अलिकति पैसा जम्मा गरेर स्टेटमेन्ट लगेर जर्मन एम्बेसीमा बुझाएँ । मसँग जाने अन्य कलाकारहरूले प्रशस्त पैसा देखाएका रहेछन् । मैले कति नै कोशिस गर्दा पनि एक लाख सापटी पाउन सकिनँ । पाँच÷सात जना साथीहरूसँगबाट पचास÷साठी हजार जति सापटी मागेर बैङ्क खातामा जम्मा गरेको थिएँ । त्यही आधारमा भिसा एप्लाइ गरेँ । एम्बेसीका अफिसरको कुराको छनकले भिसा देलान् जस्तो लागेको थिएन । तर Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : कतै चुक्ने छैनौँ

~नविन बस्याल~

राष्ट्र बचाउन कतै चुक्ने छैनौँ
दुश्मन सामु कहिलै झुक्ने छैनौँ ।१।

सही बोल्ने छौँ साथ दिनु होला
दलाली गर्न कहीँ भुक्ने छैनौँ ।२। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : जगत् चिडियाखाना

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : उपजाति

पर्खालमा छन् अझ तार जाली
छ बन्द बाटो तन छैन लाली
चरा यहाँ छन् बिचरा बनेका
छन् प्वाँख के भन्नु र कक्रिएका ? १।

छन् बाघ नंग्रासित नै गलेका
छन् सिँह उस्तै चितुवा ढलेका
हुन् भालु वा स्याल कि वा बिराला
हुँडार होऊन् सब छन् निराला !२। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सम्बोधन : नेपाल आमालाई

~गिरीप्रसाद बुढा~

विश्वास नगर आमा
विखन्डनवादीहरु र जातिवादीहरुको
किनकि संघीयतावादी बनेका छन् यिनीहरु
विखन्डनवादीहरु राष्ट्रिय एकताको धोती फुस्काउँदै
तिम्रो शरीरको फरिया च्यात्न खोज्दैछन्
जातिवादीहरु पुरानो संस्कृतिको नशामा लीदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : गथे खः मांं

~रिजु श्रेष्ठ~

प्यखेंरं स्वया यक्व हे दु मां
अय्नं जिगु नितिं छम्ह हे छ जक ।।

मां मात्र छ हे खः, जिगु जन्मया आधार
रुप छंगु यक्व दु तर छ हे जिगु संसार ।।

छम्ह हे मिसा तर अवतार छंगु यक्व
तर मां हे खः प्रकृतिया सुन्दर उपहार ।। Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : वैदिक तथा लौकिक संस्कृतमा भाषिक चिन्तन र पाणिनि युग

~कौशिला रिसाल~

भाषिक चिन्तनको प्रारम्भ

भाषा मानव समाजको अस्तित्वसँगै विकास हुँदै आएको हो । मानवको सृष्टिसँगै आफ्नो जीवनमा एक–आपसमा विभिन्न प्रतीकहरूद्वारा विचार विनिमय हुन थाल्यो । मानव समाजको उत्पतिसँगै भाषाको विकास भए तापनि यसको विषयमा धेरै पछि मात्र भाषिक चिन्तन सुरू भयो । पूर्वमा संस्कृत तथा पश्चिममा ग्रीक ल्याटिन भाषाका वाङ्मयहरूले आधुनिक भाषा विज्ञानका भाषिक चिन्तनका रूपमा प्रशस्त भूमिका निर्वाह गरेका छन् । यिनकै आधारमा नेपाली अङ्ग्रेजी तथा संस्कृत भाषाका व्याकरण निर्मित भएका छन् । इ.पू. Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : भुन्टेको नियति

~रमेश पौडेल~

माघ मासको जाडो , अझ त्यसमा पनि अस्तिमात्रै पानी पर्दा देशका उच्च पहाडी तथा हिमाली भेगमा परेको हिउँको खार बोकेको चिसो सिरेटो मुटुनै छिचोल्ने गरी चलिरहेको छ । न त उसलाई त्यो सिरेटोसँग मतलव छ, नत त्यो साँझमा लहरै लास जलिरहेको त्यो ठाउँमा किन आइपुगें भन्ने अनुभूत गर्न सक्छ । भुन्टेले एकोहोरो माथि माथि आकाशतिर मात्र हेरिरहेको छ । एकसरो सलमा बेरिएको भुन्टे आफन्तको छातीमा टाँसिइरहेको छ ।

यद्यपि उसलाई यो यात्राको बारेमा केही थाहा छैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना देखेँथे

~मिनराज क्षेत्री~

मैले तिम्रो लास बोकिरहेको सपना देखेँथे
मै हौसिरहेँथे तर मेरो सास रोकिरहेको सपना देखेँथे

काटिँदै थिए मान्छेहरू त्यो व्यस्त शहरको वधशालामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन बहिनीलाई

~योगेन्द्र काउछा~

बहिनी
अत्यासलाग्दा समुद्रका
कहालिलाग्दा छालहरु
थर्कमान पार्ने चड्केनीका
दौडिरहने कालहरु
बतास अनि हुन्डरीका
झटारो हान्ने हातहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तो रोप्यो त्यस्तै फल्यो

~राम बसु~

हिजो सत्ता प्रशासनमा बस्नेहरूले
भारतीयहरूका निरीह चेहरा देखे
नागरिकतामा पैसा देखे
देखेनन् सन्तति र मधेश प्रदेश
त्यसैले अहिले हाहाकार भो
तिमीले पढेको घृणित पात्र कंश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुँजीवाद

~मनु वि.क.~

यो पुंजीवाद हो
आफ्नो पखेटा फिजाई रहेछ
अनेक नामका बाटाबाट
भूमन्डलीकरण र उदारीकरणको
डम्फु बजाउँदै
साम्राज्यवादी नंग्रा बढाइरहेछ
अनेक जीव निर्जिव चुसिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : झटारो

~रामप्रकाश पुरी~

१
“दास होइन तिम्रो म, बाँच्ने छैन झुकेर म ।
पेट भर्दिन मागेर, खान्न केही ढुकेर म ।।”
२
अलेरी बोल्न थाल्दामा अजर साथमा थियो ।
औंलो मुखमा घोचेर, अलेरी हाँक यो दियो ।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : कुहिरोभित्रको बस्ती

~अशोक विष्ट~

रक्तिम क्रान्तिको ज्वालालाई
बुद्धको अस्तुले स्वागत गर्दै
गिद्धहरुको बस्तीमा
म शान्ति खोजिरहेथे
पानीभित्र माटो खोजिरहेथें
खन्डहरहरुमा नयाँ वस्ती खोजिरहेथें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो चोर

~गोविन्दप्रसाद आचार्य~

लाग्दो होला मानिसलाई माटो किन चोर्ने
माटो हैन अन्न जस्तै भकारीमा भर्ने
नत खाउँला सातु जस्तै फाँको मारी मारी
न त लाउँला नाकमा फुली न त मुन्द्रि ढुंग्री Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रोटी

~यकिना अगाध~

सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । दिनभरीको ज्यालामजदुरीबाट आएको रकमले छोरा र आफूलाई एकगासको लागि सामाल जुटाउथिन् ।

दैनिकी यसरी चल्दै थियो । अकस्मात बजारमा हडताल भयो र केहीदिनको लागि सबै कामधन्दा बन्द भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : हल्लुँडको पोस्टमोर्डम र रिपोर्टहरू

~सङ्गीत नेम्वाङ~

सम्बन्धित पुकार:-

म बार्हौ श्रेणीमा पढ्थे। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबुकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको समय। यस्तै समयमा एकदिन दर्पणको साहित्यिक पृष्टमा भेटेको हो  ‘बाउको गन्ध’ कवितामा पुकार पार्दर्शीलाई। त्यसपश्चात चिनेको हो साहित्यिक व्यक्तित्वको रुपमा पुकार पासालाई।

यथार्थमा भन्नु पर्दा म उनको नाममा नै कविता देख्छु। पुकार शब्दको शाब्दिक अर्थ बिन्तीभाव, प्रार्थना, अनुयय-विनय भए तापनि यसको अन्य अर्थ आपद-विपदमा गुहार्ने बोली पनि हो। मैले दुई-तीन सालदेखि Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : म बालकृष्ण ढुंगेल

~सुरेश गौतम~

आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने
मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक
म बालकृष्ण ढुङ्गेल।
जसको आदेशमा मैले घनघोर युद्ध लडें
कयौं मोर्चा जितें कयौं मोर्चा हारें
जेल र नेल बेहोरें,
प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाचार

~शान्ता लिम्बु~

मैले टेक्ने जमिन खस्कँदैछ
मैले स्वास फेर्ने हावा बाक्लो हुँदैछ
मेरो आँखा अघि एउटा जीवन
बिस्तारै बिस्तारै समाप्त हुँदैछ
उदाङ्गो आँखा वरिपरि
चलचित्रका दृश्य झैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो मन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो,
यस्तो लाग्छ बजारमा भए साह्रै सस्तो ।

मुस्कान छोड्न नपाउदै छुटाउथ्यौ हासो,
लठि्ठएछु हासो बन्यो जीवनको पासो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~

कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य बाघे सम्झौता गरेछन् कि बरू पालै पालो गरेर जंगलको सत्ता सिंहसानमा बस्ने तर साना बाघ, चितुवा, गैडा, मृग, हरिण जस्ता अन्य बन्यजन्तुहरूलाई सत्ता सिंहसानमा छिर्ने नदिने । त्यही गोप्य घाती बाघे सम्झौता अनुरूप ती चार बाघहरू सारा जंगल भरी साना अन्य वन्यजन्तुहरूप्रति पालैपालो जंगली निरंकुशता हिंस्रक अक्रमण र चर्को दमन गर्दै आएका थिए । Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नेपाल आमालाई बचाऔं

~रेवतीप्रसाद शर्मा~

नेपाल आमाको त्यो मुहारमा, आज मुस्कान छैन
आमाको आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको छ
किनकि
नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आज
विदेशीको इसारामा फुटाउने कोसिस हुँदैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~आविष्कार कला~

हे आमा
हे आमा
तिमी
नेपाल आमा
किन आमा
तिम्रो क्षेत्रफल घट्दै छ
तिमी त सगरमाथा जस्तो
चुलिन पर्ने होइन र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कष्टकर जीवन चल्छ

~कल्पना पौडेल ‘जिज्ञासु’~

प्रवासको गुलामीमा कष्टकर जीवन चल्छ ।
पचपन्न डिग्री घामले बालुवामा आगो बल्छ ।।

कौडीको भाउमा युवा श्रम त्यहाँ बेचिरा’छन् ।
सुन्दा पनि तिनका पीडा मुटु भतभत जल्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : चौबाटो

~दुर्गा कार्की~

झरी पछी उदाएको इन्द्रेणी पो हो कि ?
पुर्णिमाको जून हो कि, औँसीको जुनाकिरी ?
हुन्न हुन्न भन्ने कुरा, गरुँ गरुँ लाग्छ
अडिन्न मन एकै ठाउँँ, जता पनि भाग्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शर्त

~साधना लामिछाने~

ओ….।
प्रिय मान्छे
मेरो दिलसम्म आउने बाटोमा
जिम्मेवारीको पहाड ठडिएको छ
दुःखको सगरमाथा छाती फुलाएर बसेको छ
दरिद्रता लम्पसार परेको छ
आवश्यकताहरु अनसन बसेका छन्
सपनाहरु आँशुको खहरे बगाउँदै छन्
प्रेमिल गन्तव्य भेट्टाउने मोहमा
के सक्छौ तिमी उठाउन
दुर्घटनामय यात्राको जोखिम ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment