कविता : समय र सिगरेग

~अनुष्कर पुष्कर गुरुङ~

बुंग बुंग तानेको सिगरेटको धुवा सरह
मानव जिन्दगी रहेछ
सिगरेटको समय क्षनरमा उड़ेर जाने
र
समय पनि बिस्तार बिस्तार बितेर जान्छ
सिगरेट र समय के हो त
सिगरेटको समय मानव जिवन हो
जसरी सिगरेटको धुवा बल्दै जान्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धर्म

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !
किरण छरी दी तब कल्पनाले !
लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

ख.
पुजारी डर भो, औ भक्त भो,
अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !
अनेक बान्की दिई छिनाले !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाको मोड

~महेशविक्रम शाह~Mahesh Bikram Shah

उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो । बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन । घरमा आमाबाबुको न्यानो अँगालोमा सुतेको भन्दा फरक थिएन उसको यो सुताइ ।ऊ बालकलाई हेर्दै तनावग्रस्त बनिरहेको थियो । उसले यो बालकलाई आज बिहानमात्र नेपालगञ्जबाट उठाएर भारतको नानपारामा ल्याइपु¥याएको थियो । उसले बालकको बाबुलाई फोनबाट रु.१० लाख मागिसकेको छ । उसले बालकको अनुहारमा दृष्टिपात गर्दै कल्पना ग¥यो, दश लाख रुपैयाँ हात परेपछि ऊ के–के गर्नेछ ? उसको मनमा साथी रङ्घुको जस्तै अनौठा विचारहरू आए । बहराइच जिल्लाको शातिर अपराधी रङ्घु प्रायः भन्ने गथ्र्याे, “जिन्दगीमा मस्ती गर्ने मन छ भने डन बन्नुपर्छ । डनले शक्ति, पैसा र सुन्दर लड्की पाउँछ । यी तीन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : हिजो-आज

~कृष्ण वस्ती~Krishna Wasti_1

छन्द : शार्दूलविक्रीडित

हिजो

भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ ।
छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिम्रो इच्छा

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

म त डुब्ने घाम थिएँ जून सँगै उदाइ दिएँ
आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिएँ

बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो
आँखा रसाएर आँसु झर्न मात्र बाँकी थियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

~प्रा. डा. बद्रीविशाल पोखरेल~

माक्र्स बाजे राता मान्छे हुनु असल मान्छे बन्नु हो भन्थे
तिमी त कमसल लायक पनि ठहरिएनौ
मदनले जनताको मन जित्ने कुरा गर्थे
तिमी त आस्थाको आधार र धारमाथि आक्षेप बर्साउँछौ
त्यसैले कमरेड सित मेरो केमिस्ट्री मिल्दैन

तिमी गाउँ घरमा कहिल्यै विमोचित भएनौ
तिमी आफ्नै छरछिमेकमा गुमनाम छौँ, बदनाम छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म निर्दाेष छु

~‘अभिलाषी’ शारदा राई~

म निर्दाेष छु ईनिस्पेक्टर साहेब
मैले केही बिराएकी छुईन
मैले कसैलाई मारेकी छुईन
अनि मैले कसैकाे हत्या गरेकी छुईन
मैले त मेराे शरीर माथीकाे त्याे
गिद्धे नजरलाई हटाएकी हुँ
अनि नारी माथीकाे अपबित्र चरम त्याे
फाेहाेरि ब्यबहारकाे मुल उखालेकी हुँ
धर्तिकाे बाेज अहम पुरुषकाे अन्त्य गरेकी हुँ
हाे ईनिस्पेक्टर सहेब म निर्दाेष छु!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

~भुवनहरि सिग्देल~

मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे ।

मेरो वास्तविक नाम भने रोमकुमारी हो ।

छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै लाग्छ, मलाई । त्यो दुष्कर यात्रा कसरी पार गरें ? अहिले सम्झँदा पनि मुटु हल्लिन्छ । ती घटनाको झलकसम्म यहाँ दिन्छु, चर्चा पछि गर्नेछु ।

म नौ वर्षकी थिएँ । मेरो विवाह पुतलीखेलको ११ वर्षे बालकसँग भयो । अहिले उनको अनुहार पनि सम्झन्नँ म । मैले १२ वर्ष टेकेकी मात्र थिएँ, ती मेरा दुलाहा भनिएका केटाले अत्महत्या गरे । Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कविता : गोल्ड मेडल

~विनोदविक्रम केसी~

सत्य !
ओलम्पिकमा
त्यस्ता नाथे दुई-चार गोल्ड मेडल त
हामी पनि ल्याउँथ्यौं
हामी जेमा छौं सिपालु
जेमा छौं च्याम्पियन
ती खेल राखून् न ओलम्पिकमा
अनि देखाइदिनेछौं दुनियाँलाई
नेपाल कत्तिको लायक देश हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आगो ले के पोल्छ र

~बसन्त थापा ~

तिम्रो याद ले पोल्छ) ३
(हेर मेरा आँखामा
कथा आफै बोल्छ) २
आगो ले के पोल्छ र
तिम्रो याद ले पोल्छ

(बिर्सिएर सम्झन्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नमज्जा लाग्छ

~दीपा ढकाल~

म सँग लुकाउछ दुःख पीर नमज्जा लाग्छ
ऊ आफ्नै मान्छे हो आखिर नमज्जा लाग्छ

रहरहरू छुन नपाउदै टुक्रा टुक्रा हुन्छन्
सीसा जस्तै भयो तक्दिर नमज्जा लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

येसु गिरीका पाँच मुक्तकहरु

~येसु गिरी~

मित्र त्यस्तो हुनु जो भरोषा गर्न सकियोस
नाता त्यस्तो जोडनु जो संस्कार कुलको होस
आजकाल कलि युग भनेर बिल्ला बनाउछ्न
उ त्यस्तै छ मेरो लागी साथी त उ जस्तै होस

दिएर फाईदा खोज्नेसंग सहयोग कहिले नलिनु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : त्यता के–के हुँदै छ, यता बाढी पसेर

~सङ्गीत श्रोता~

त्यता के–के हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु–कलेजा

हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बहादुर सिंह

~क्रान्ति शिखर~

सिंहदरबार
तिमीहरू त बहादुर सिंह
चौरासी ब्यञ्जनका लागि
मलजल गर कुर्सीको तिमी
हामी आटो र गुन्द्रुकका लागि मलजल गर्छौ
किनकि यो अर्गानिक हुन्छ

सिंहदरबार तिमीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, त्यसैले त म धोती तिमी नेपाली

~केपी अनमोल~

तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश
म भन्छु हामी सबै एक
यस मै समानता खोजौ
हो, त्यसैले त म धोती, तिमी नेपाली ।

तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : साउनको मेलम्ची खोला

~सुवास राई~

केटा :
सुसाउन थाल्यो साउनको मेलम्ची खोला
सुटुक्कै भन्देऊ तिमीले माया कसलाई लाउने होला

केटी :
ढुङ्गामा बसी जलारी दाईले जाल बुन्दै होला
नजिस्काऊ दाजुु ख्याल – ख्यालैमा झेल पर्ला Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : सारंगी हुँ म

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

सारंगी हुँ म
सजाएर नराख
बैठक कोठामा सजाएर राख्नुको सट्टा
मलाई बेस्सरी रेट
ताकी उत्पिडनका तरङहरुको ज्वालामुखी फुटोस्
र एउटा तेस्तो बेग लियोस्
जसले पिडकहरुको शैलीलाई परिवर्तन गरोस्
अनी दमनको शृंखलाहरु रोकियोस्
जसले पिडितहरुलाई चट्टान जस्तै कठोर भएर एकट्ठा गर्न सकोस्
अनि पिडकहरुलाई परास्त गर्ने शक्ती संचित गरोस्
शक्तिको दुरुपयोग गर्नेहरुलाई सजग गराउन सकोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जब जब आउँछ आँखा सामु

~किरण खरेल~

जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू
केही भुल गरेझैँ लाग्छ मलाई
केही पाप गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा कात्नु

~श्यामदास वैष्णव~

अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु
दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु
रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ
हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ

तान चलाउनु चर्खा कात्नु Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~

दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? बस उ चुल्हा जोड्नका तल्लिन देखिन्छे। धुवाँले पाकघर ढाक्न लागेको छ र आशुँसरी हुदैँ कराउँछे रूपमति-

– ‘जेठा…sss’

– ‘हजुर आमा।’

– ‘त्यो जम्मा गरेको प्लास्टिकको पोको ले त! यहाँ आगै बलेन।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्नलार्इ भने भैगो

~जीवराज बुढाथोकी~

भन्नु थियो भन्नलार्इ भने भैगो ।
जानु थियो आफ्नु बाटो गए भैगो ।

जान्छ के नै मर्छ मान्छे तरी आँखै,
बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखामा साउन नझार

~सुयर्मा राइ~

आँखामा साउन नझार
बिपनादेखि थाकेर
जीवनको सपना नमार
ओ सरू……………………

उकाली चढ्दा ओराली झर्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

थामी भाषी गजल : साखाले बान्पालिकाई

~पहल थामी~

गाई पहलको सेवा साखाले बान्पालिकाई
थाङ्मी गजल मुक्तक लेखाइनुङ् साईमासाई

हिमालको पोलेडब उच्याचा नेम होदु गाईको
आल्तारेङ्, दोल्गारेङ्, नाङा, रापेङ् खालम्सा ठाइ Continue reading →

Posted in थामी गजल | Tagged | Leave a comment

कविता : म नायग्रा झरिरहेछु

~गोवर्धन पूजा~Govardhan Pooja

संगालेर आशाका आभाहरू
भत्काउदै बाँधहरू बिरोधका
बोकी संकल्पका सुनौला किरण
अनवरत एक युग इतिहास
म नायग्रा झरिरहेछु
+ + +
संक्रिणताका भूगोलहरू भत्काउदै
गहिर्याएर अठोटका आगनीलाई
पिरतीको किनारसम्म फैल्याउदै
म नायग्रा झरिरहेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्कँदो समय

~डा. संगीता स्वेच्छा~

ऐनाले सोध्छ
को हौ तिमी ?
तिमीलार्इ त आजकल
चिन्नै छोडें ।
घुँडाहरू भन्छन्
तिमी मलार्इ धेरै नउफार
म दुखाउँछु, म थाक्छु
म लखतरान पर्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चक्र जस्तै घुम्दो रै’छ

~रमेश भट्टराई ‘सहृदयी’~

खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ
शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ

बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय
जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : नारायणीको तीरैतीर

~भेषराज रिजाल~

शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन निस्किँदै थियौँ हामी दम्पति पनि ।

सम्बत् २०७५ साल वैशाख ७ गतेको उज्यालो बिहानको जस्केलो टेकेर लोकाहा खोलाको किनार समात्दै दक्षिणतिर हानिएथ्यौँ हामी ।

‘हिउँदमा कमिला हिँड्दारहेछन् लोकाहामा ।’ सुख्खा खोलाको बगरमा पाइला टेक्दा भनिथिन् राधाले ।  Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आमा म फर्कँदै छु

~प्रेमध्वज गाहा~

आमा !
फर्कँदै छु म तिम्रै काखमा ,
जिन्दगीले डो¥याउँदै लगेको ,
यो अरब छाडेर ।

तिमीले भन्ने गरेको ,
‘हबैजास’…..
चढेर गएको म , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलेको हेर्न मन छ

~बद्री बाबु पोखरेल~

अब त तिम्रो पेट फुलेको हेर्न मन छ
आगनिमा लालाबाला डुलेको हेर्न मन छ

म सधैँ कमाउने ,कामले व्यस्त हुन्छु
तिमी छोरा छोरी सँग भुलेको हेर्न मन छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो घमण्ड

~बिपना ढुङ्गाना~

वास्तविकता छलेर अनि
धारिला शब्द अङ्‌घालेर हिँड्दै गर्दा
कुनै दिन आफ्नै अस्मितामा
ठेस लाग्ला,
जिउनुको अर्थ बल्ल
बुझ्‌नेछौँ तिमीले,
त्यो समय फर्केर आफूलाई
एक पटक नियाल्नु तिमी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दौँतरी

~रबिन पुरि~

तिमीले त बिर्सेयु कि ,
के हो साथी ?
छैन है मैले बिर्सेको
कता गयौँ आजभोलि
खै त मलाई खोजेको ?

थाहा छ तिमीलाई, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दोषी जिन्दगी

~ऋतिक यादव~

हे जिन्दगी !
तिमीले मेरो मानवताको अजिब कला बगाइदियो ,
अहङ्कारको खाल्डोमा एक्लो छाडेर ,
कल्पनाको आजीवन भक्त बनाएर अल्झाइदियो ,
आत्माले कहिले सन्तुष्टि पाएन ,
विभेद र बिचल्लीको खुल्ला देशमा मलाई पठाइदियो , Continue reading →

Posted in कविता | Tagged | Leave a comment