डोटेली गजल : दोमिल्ला माइ

~कृष्ण सिंह पेला~

दोमिल्लामाइ हाल्यो फाल कैले
बनायो उइको यो हाल कैले

कुरा त नौनी जसा गरन्छ
बुझन्छ उइकी यो चाल कैले Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

गीत : दाहिने बाटो जाउँला भन्दा

~सुरेश हाचेकाली~

सोचेको पाइएन नसोचेको भइरह्यो
दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो।

गाए होलान् लाखौंलाखले पराजयको गाना
जिन्दगीको अर्को नाउँ भन्छन् बिडम्वना Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समालोचना : लिम्बू भाषा साहित्यको अनुवाद : स्थिति र सम्भावना

~अमर तुम्याहाङ~

१. थालनी

लिम्बू भाषा लेख्य परम्परा भएका भाषाहरू (रा.भा. नीति सु.आ. प्रतिवेदन, २०५०) मध्येको एक हो । तर एकीकरणको क्रममा पृथ्वीनारायण शाहबाट वि.सं. १८३१ श्रावण २२ गते (६ अगस्ट १७७४ ई.) का दिन … लिम्बू राजाहरूलाई सम्झौता गर्न राजी तुल्याएपछि विजयपुर दरबारमा नुन—पानीको कसम खाएर भाइचार ९द्यचयतजभचजययम० को सन्धि (संग्रौलाः२०६७, पृ.४८) गरेर पृथ्वीनारायण शाहको लिम्बुवानका राजाहरूलाई नेपालका राजाको भारदारको उपाधि र लिम्बुवानलाई सहराज्यको मार्यादा (नेम्बाङः २०१० ई., Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सून्दर फुलबारी

~बिनोद खड्का~Binod Khadka

झरनाको मीठो पानी
गाँउ बेसीका गीत
कोईलीका कोकिल कण्ठ
गाईने दाईको मीत
भुलिएछ सबै कता
छोडिएछ कहाँ कहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कारे हजुरहरू

~हिरण्य भोजपुरे~

मेरो सालोको एउटा ‘पार्टी प्यालेस’ छ । नाम के रे भने ‘कमण्डलु’ । मलाई अचम्म लाग्छ त्यसले किन त्यो नाम राखेको हो ! माग्नका लागि त्यसले ‘प्यालेस’ खोलेको हो र ?

कुबुद्धि… !

बूढाले मलाई कुबुद्धि भन्यो । बुढाले मलाई, मेरा परिवार र मेरा आफन्तहरूलाई कुबुद्धि भन्यो । त्यति मात्र हो र, बुढाले तिमीले मलाई, हामीलाई र सबैलाई दुःख दिने भयो । पछिपछि यस्तो नहोस् भनेर मैले यो सुबुद्धि दिएको… पनि भन्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पुतलीको घर र मेरी भाउजु

~बिपिन शर्मा~

त्यहाँ नाटक नहेरे पनि जीवन्त हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ। गुरुकुलका मित्रहरुले मलाई नाटक हेर्न पटक पटक निम्ता गरिराखेका थिए। यो विचमा म त्यहाँ कैयौं पटक पुगें तर नाटक हेर्न हैन, अन्य कामले नै।

म मन परेको कुराको चर्चा बढिनै गर्ने गर्छु। चाहे त्यो मान्छे होस् वा स्वभाव वा अरु कुनै कुरा । अघिल्लो साता मैले अग्नीको कथा हेरेर आएपछि घरमा नाटकको खुव प्रशंशा गरेको सुनेर मेरी भाउजुलाई पनि नाटक हेर्ने ईच्छा जाग्न थाल्यो। मेरो स्वभाव अनुसार म एक्लै हिंड्ने र एक्लै रमाउने गर्छु। आउने शनिवार “पुतलीको घर” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : सकभर हास्यव्यङ्ग्यतिरै लाग्नुस है ! – लक्ष्मण गाम्नागे

साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
म साहित्यलाई परिभाषा दिने सामर्थ्य राख्तिन। म सिद्धान्तभन्दा बढी व्यवहारमा जोड दिनेगर्छु। नजानेको कुरामा विद्वता छाँट्न मन पनि लाग्दैन साहित्यविद् वा भाषा वैज्ञानिकहरुले त्यो गर्लान्, म त जानी नजानी कविता, निवन्ध लेख्‍नेगर्छु।

साहित्यिक क्षेत्रमा कहिलेदेखि र कसरी प्रवेश गर्नुभयो?
मेरो विचारमा बल गरेर कोही पनि साहित्यमा प्रवेश गर्दैन। जोगर्न खोज्छ ऊ सफल पनि हुँदैन। साहित्य, कला, संगीत जस्ता सिर्जनात्मक विधामा प्रवेशगर्न व्यक्तिमा आन्तरिक शक्ति (आध्यात्मवादीहरु भगवानले दिएको शक्ति भन्छन्) हुनुपर्छ जस्तो लाग्छ मलाई। सायद मभित्र पनि त्यस्तो केही थियो होला, म बच्चैदेखि त्यतातिर तानिएको हुँ। स्कूल पढ्दाका मेरा गुरुहरु, दाइहरु Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

Poem : On a holiday

~Abhijit Adhikari~

Going are we on a holiday
To a great place on earth
The place that is unknown to anyone
The place that no one has ever felt Continue reading →

Posted in Poem | Tagged | Leave a comment

निबन्ध : किनारै किनार

~तेजेश्वरबाबु ग्वंग~

किनार किनारै । किनार माझ होइन । न त माझ नै किनार । किनार अनार पनि होइन । किनार जुनार पनि त होइन ।

परन्तु, जे होइन त्यो हुन पनि सक्छ । जे हुन सक्छ त्यो नहुन पनि सक्छ । परिवन्दको संसार । सांसारिक परिबन्द । तैपनि परिवन्दै परिवन्द संसार हुन्न । न त सांसारिकता मात्रै पनि संसार रहन सक्छ । एक दिन । नदी किनार किनारै । आफूलाई बहलाएथेँ । मनलाई किनारले छुन आयो । किनारले छोएछ । किनारद्वारा छोइएछु । किनारलाई छुने चेष्टा जगाएछु पनि । उफ ! किनारले छुनु – मन तरङ्गनिु ! किनार नदी होइन । नदी नहुनाले किनार बग्दैन । किनारको बेग हुन्न । नदी वेगवान । नदीको गति छ । जसको गति उसकै वेग  Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : शान्तिको लागि साहित्यलाई प्रोत्साहित गर्नुपर्छ

~श्रीओम रोदन~

जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका १७ मध्ये १५ औँ छोरा शेरशमशेरका नाति हुन् डायमनशमशेर ।

बाबु बुद्धशमशेर र आमा मोहनकुमारीका पाँचमध्ये कान्छो सन्तानका रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ असारमा जन्मेका डायमनशमशेर राणाको परिचय नेपाली साहित्यमा ऐतिहासिक उपन्यासकारको रूपमा विशिष्ट रहेको छ । जङ्गबहादुरको शेषपछि उनका ११ छोराहरू रातारात देश छोडेर भाग्न बाध्य भए । उनीहरूको सम्पर्ूण्ा सम्पत्ति बहालवालाले बाँडे । उनीहरूलाई जहाँ भेटे पनि मारिदिनु भन्ने उर्दी टुँडिखेलबाट जारी गरे । उनीहरू भागे र १०४ वर्षम्म आफ्नो Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का आठ हाइकुहरु

~उज्ज्वल जी.सी.~

मान्छेको मन
पापपुण्यको वस्ती
प्रायः अँध्यारो ।

ढुङ्गाको मुटु
पग्लिएन आँसुले
र्व्यर्थको नाता ।

स्वार्थको माया Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सत्यको, आचरणको !

~शेखर ‘अस्तित्व’~

म गर्छु कुरा, सत्यको, आचरणको !
तिमीलाई बानी पर्यो, आवरणको !

सधैं ख्याल-ठट्टामा तिमीले उडायौ !
मेरो लागि थ्यो प्रश्न जीवन मरणको ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्कृति परिचय : मिथिलाको चाडपर्व

~रमेश रञ्जन झा~

नयाँ नेपालमे नयाँ संस्कृति विषयक कार्यक्रमक अध्यक्ष कमरेड, मञ्चस्थ विद्धत्वर्ग, सज्जन वृन्द, आधारशिला परिवारक सम्पुर्ण परिवारजन आ मान्यजन लोकनिमे हार्दिक अभिवादन । म सम्वोधन आफनो मातृभाषा मैथिलीमा गरे पनि नेपाली भाषी समूदायको बाहुल्य रहेकोले मनतव्य नेपाली भाषामै राख्छु ।

यो आधारशिलाभित्र प्रवेश गरिसकेपछि मैले यहाँ सिङ्गो नेपाल भेटेको छु । नेपालभित्रको जुन विशिष्टता हो, जुन विविधता हो, त्यसको मूर्तरुप अभ्यासमा आएको हामीले यहाँ भेट्टाएका छौँ । वास्तवमा यो एउटा चुनौती पनि हो । कम्यून निर्माणमा धेरै अवरोधहरु, अप्ठ्याराहरु छन । यस विचमा त्यो आन्दोलनलाई पनि दिशा दिन Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : भाषिक एकीकरणमा भानुभक्तको भूमिका

~डा. बाबुराम अधिकारी~

आजभन्दा २०२ वर्ष अगाडि विसं १८७१ असार २९ गते गण्डकी अञ्चलकै तनहुँ जिल्लाको रम्घा गाउँ चुँदीबेसीमा धनञ्जय आचार्यका सुपुत्रका रूपमा भानुभक्त आचार्यको जन्म भएको थियो । उनको ५४ वर्षको उमेरमा १९२५ सालमा आफ्नो जन्मस्थानमा नै देहावसान भएको हो । धर्तीबाट बिदा लिएको केही वर्षपछि युवा कवि मोतीराम भट्टले उनका विषयमा खोजी गरेर उनले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानलाई बाहिर ल्याए पश्चात् नै उनी नेपाली भाषी समाजबाट सम्मान र प्रतिष्ठा पाउन सफल भएका छन् । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मृत्यु एकसट्ठी

~मञ्जुल~manjul

शून्यताले पढ्यो
ती सबै अक्षरहरु
जो मैले आफ्नो उपस्थितिले लेखेँ

प्रकाशले पढ्यो
ती सबै अक्षरहरु
जो मैले आफ्ना छायाँहरुले लेखेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कमली दमिनी

~सकुन्तला जोशी~

ऊ बेला पहाडमा
बाऊको पयरकलको मुनिबाट
सुटुक्क चोरेर ल्याएकेा
झिल्के कपडाका टालाटुलीमा
खुब राम्रो बेहुली सिंगारेर
‘बेहुली’ खेल्थ्यौं
कमली दमिनी र म

कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तारहरू

~नरेश शाक्य~

आऊ, टुटेका यी तारहरू जोडौँ
सुक्ष्म यन्त्रले
रसायनिक प्रकृयाले
टुटेका तारहरु जोड्नुको अर्थ
भाँचिएका मनहरू जोड्नु हो
एकपटक जोडिएपछि
जुन अपूर्व धुन
सप्तम स्वर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : कलम र खुकुरी

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू
कुदे पानापाना मुसल, बमकै कर्तुतहरू
मसीका थोपामै पनि किन छ बण्डा मनपरी
मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ?

हिजो नाचीनाची पलभर नथाक्ने कलम ती
चुली चढ्दै चढ्दै सगर तिर ताक्ने कसम ती
भए टुक्राटुक्रा अनुज-भगिनीकै विमतिले
बने सुक्खा केले ! कि त विष मिसायो नियतिले ? Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मेरी किराती आमा

~मन प्रसाद सुब्बा~

एक खाँट्टी किराती आइमाइ
मेरी आमा
मनुवा-दहको सप्फा तरल ऐनामा
सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार
सुम्निमाको सन्तान/अनि
पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई
सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा
जोखना हेर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विनाशकाले बुद्धि

~यकिना अगाध~

उहिले रावण नामक राजाले लंका भन्ने देशमा राज्य गर्दथ्यो । आफूले राजगर्न थालेपछि जनता आफ्नो पक्षमा नआउलान् भन्ने डरले उसले देशवासीसंग तीन वाचा गर्यो ।

पहिलो वाचा थियो– आफ्नो देशबासीलाई सिधै स्वर्ग पुग्ने भर्याङ हालिदिने ।

दोस्रो वाचा थियो– सबैलाई अजम्बरी बुट्टि ल्याइदिने । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्राकृतिकको खेल ,पानी

~पूर्णिमा पिम्मी~Purnima Pimmi

साउनको झरीमा पहाडहरु भिजेछन
डाँडा कान्ला रुखहरु निथुक्क भएछन
झरी पर्दा सागर पनि शान्त हुनछ
भिजेको तोहले
आकाश पनि पुरै ढाकिन्छबादलको गुच्छालेपहाडहरु पनि सेताम्मे हुन्छ
कपासले घुम्टो हाले जस्तै
बिस्तारै हावाको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भाग्य पर्‍यो चिरा

~उषा शेरचन~

यता पर्‍यो मायाको घर उता पर्‍यो हीरा
दुबैैलाई टिप्न खोज्दा भाग्य पर्‍यो चिरा

कहिले जान्छ घरमा पहिरो
कहिले जान्छ मनमा मेरो
सधैं घाउ दुखिरहन्छ कलेजीको छेउमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : वधु शिक्षा

~भानुभक्त आचार्य~

प्रस्तावना

एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै ।
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर

~म. बि. बि. शाह~

बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

त्यो घरको मान्छे हातमा लौरो हल्लाई ओर्लेर
फुकाई दाम्ली आउन थाल्यो पनेरो ताकेर
हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर
Continue reading →

Posted in नेपाली गीत, स्वदेश गान | Tagged , | Leave a comment

कविता : लड बीरबहादुर ! तिमी लड !!

~विकास गोतामे~

म तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छु
म तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छु
बाँच्नुलाई म मर्नु चाहन्छु
मेरो प्यारो साथी बीरबहादुर !
म पनि तिमी जस्तै लड्न चाहन्छु !
गालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस्
थिचाईले थाकेको तिम्रो मस्तिष्क सम्मलाई मेरो ‘ चियर अप ‘ थुरिन पुगोस्
मेरो ‘ चियर अप ‘ – बीरबहादुर लड्दै बढ !
मेरो ‘ चियर अप ‘ – बीरबहादुर तिमी लड्न नछोड !
लड बीरबहादुर ! तिमी लड ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शीतद्वन्द्व

~रमेशजङ्ग थापा~

बत्ती झ्याप्प निभ्यो । कोठा चकमन्न अन्धकार र दुवै निःशब्द चुपचाप । खोक्दै ढाड कन्याएको अजीव आवाज । अनि निष्पन्द स्वरमा शब्द फुटछ, “बिहानदेखि सञ्चो नै छैन … के भाको के ? म त दिक्क भइसकेँ र सारा जीउ फत्रक्क गलेर आउँछ । बाँच्नै गाह्रो भो । “

“तिमी नढाँटी भन त .. तिम्लाई कहिले सञ्चो भएको छ ? कहिले ढाड, कहिले पेट त कहिले जीउ के .. के . हो के के ! व्यथाले नछोपेको कुनै दिन खाली छैन । बुझ्नै नसकिने भो बा .. । ”

“सधैँ बिहानबाट बाँदर नाचेजस्तो .. एकतालले नाच्नु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मानिसको भाषा

~धनराज गिरी~

बारुद र गोली भयो मानिसको भाषा
देखिएन कतै पनि यौटा झिनो आशा

आयो मृत्यु खेलाडी भै शान्त मैदानमा
प्राणै हर्ने खेलखेल्दै फ्याँकेको छ पासा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो खराब

~मनोज निर्जन~

अशान्ति र भय कस्तो खराब
अहिलेको समय कस्तो खराब

अरूलाई रोकेर आफू अघि बढ्ने
मान्छेहरूको आशय कस्तो खराब Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~हरिप्रसाद भण्डारी~

दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी
कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी
अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर
खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वाणीपुत्र !

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर
मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर ।

लगाई ताजको बाजी महाराणा बनी उठ्यो
शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टुक्रा–टुक्रा जिन्दगीमा

~पूर्ण वैद्य~Purna Bahadur Vaidya

कतिपय विचार
व्यवहारमा साट्न नसकी
आजकोबजारबाट
जिन्दगी— म
कैयौँपटक खोटोसाबित भई
फर्केकोछु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई

~सुजन श्रेष्ठ~

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…
ए व्हिस्की दिलमा सजाएँ तिमीलाई …

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो…
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो… Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment