~कल्पना पौडेज “जिज्ञासु”~
जिन्दगी यस्तै हुँदो रहेछ । आफूले सोचे र चाहे जस्तो कहाँ हुन्थ्यो र ? आँशु, हाँसो, खुशी, दुःख, पीडा, वेदना, तनाव, अनि मिलन र विछोडको सँगालो भनौँ या भोगाइको दोस्रो नाम नै जिन्दगी रहेछ । यही जिन्दगीले रश्मीलाई कुनै पलमा अनगिन्ती खुशीका सौगात झोलीभरि हालिदिएको थियो । अतीतको त्यो पाटो पल्टाएर हेर्दा उनी कहिले खुशीले विभोर हुन्थिन् भने कहिले मुटुमा भक्कानो परेर आउथ्यो ।
“प्रेम” यो दुई वटा अक्षर जोडिएर बनेको एउटा शब्द । जति सानो र सरल देखिन्छ, वास्तवमा त्यस्तो नहँुदो रहेछ । यही एक शब्दले बनेको मायामा विश्व अडिएको छ । मायाको अर्काे नाम विश्वास पनि हो । मायाँ विनाको जीवन निरस र उदासिनताले घेरिएको हुन्छ । जीवन जिउनका लागि मायाको ठूलो भूमिका रहेको हुन्छ । जीवनलाई सञ्चालन गर्नका लागि भनौँ या जीवन चलाउन, धन–सम्पत्ति, पैसा प्रयोगमा आउँछ । तर यसबाट Continue reading →