Tag Archives: परशु प्रधान – Parshu Pradhan

अनुभूति : डल्लेखोलाको रचनागर्भ

~परशु प्रधान~ लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई … Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

कथा : त्रासदीपूर्ण रात

~परशु प्रधान~ मोबाइलमा आइरहेको चर्को घण्टीले म अचानक तर्सिएर ब्यूँझे । आँखा खोलें– गेष्ट हाउसको यो कोठा अन्धकार छ । बाहिर सडकमा कुकुरहरु कराईरहेछन् । भित्र सामसुम छ – निर्जीव अन्धकार । बल्लतल्ल हात पु¥याएर विजुली बालेर हेरें –ठ्याक्कै बाह्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : वाणी प्रकाशन र विराटनगर मैले किन छाडे ?

~परशु प्रधान~ वदेशदेखि विदेशसम्मका साहित्यिक साथीहरू वाणी प्रकाशनका सेयरहोल्डर मित्रहरू र सबैले बरोबर सोध्ने प्रश्न यिनै हुन्, ‘तपाईंले वाणी प्रकाशन किन छाड्नुभयो ? तपाईं र वाणी पर्याववाची भइसक्नु भएको थियो । फेरि वाणी पूर्वाञ्चलको जन–एकेडेमी (प्रज्ञापरिषद् सदस्य भइसकेको, राष्ट्रभित्र र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सम्बन्ध–७

~परशु प्रधान~ ‘मलाई सबैले राधा भन्छन्। तपाईंलाई के भन्छन्?’ ‘मलाई कृष्ण भन्छन्, अर्थात् मेरो नाम नै कृष्ण हो।’ यसरी सुरु भएको थियो– हाम्रो सम्बन्धको प्रारम्भ। सहर नजिकैको राधाकृष्ण मन्दिरमा म बिहान झिसमिसेमा नै दर्शन गर्न जान्थेँ। रिटायर्ड भएपछि बिहानको मर्निङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा र यसको रचना गर्भ

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~ “माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टोकियोमा सानु बुद्ध

~परशु प्रधान~ टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ५

~परशु प्रधान~ “बुबा आमालाई तुलसीको मठमा निकालेका छौँ, उहाँको अन्तिम अवस्था छ ।” म पीडापूर्ण स्वरमा बालाई भन्छु । बुबा पलङमाथि बसेर कुनै मोटो अङ्ग्रेजी पुस्तक पढ्न लाग्नुभएको छ । मेरो आवाज सुनेर एकपटक टाउको उठाएर मतिर हेर्नुहुन्छ अनि फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ‘मधुपर्क’मा मेरियाको कथा

~परशु प्रधान~ “म आफूलाई खोज्न हिँड्न लागेकी ।” “आफूलाई खोज्नको अर्थ ?….” “मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे । यही सानो संवादबाट म ‘मधुपर्क’ लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’ को प्रारम्भ-महिनाहरूमा यो कथा प्रकाशित छ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : घर-१८

~परशु प्रधान~ अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर-१७

~परशु प्रधान~ उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला । यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~परशु प्रधान~ पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ – हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ – एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो । उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बक्ररेखा

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर- ७

~परशु प्रधान~ विन्द्या सुब्बाको निर्गमन उपन्यास पढेपछि मभित्र एउटा प्रश्न आइरह्यो, अक्षयलाई असाध्य माया गर्ने, परागलाई स्नेह गर्ने एक मेधावी, उच्चशिक्षित, सबल चरत्रि भएकी स्थानीय कलेजकी प्राध्यापक तथा त्यस घरकी तृष्णाले अचानक गृहत्याग किन गरिन् – गत वर्षसिलगढीमा भेट हुँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरु – २३

~परशु प्रधान~ केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीताहरू-१६

~परशु प्रधान~ आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~ अनुवादकः परशु प्रधान ”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे । ”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : घर ९

~परशु प्रधान~ जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment