कविता : खेल मैदान

~छविरमण सिलवाल~

मैदान उहि छ
मात्र फेरिए खेलाडीहरु
खेल उहि छ छक्याउँने र कुम्ल्याउँने
अवाक बनेका छन् दर्शकहरु
बोल्यौ कि पोल्यो
अभाव असुरक्षाका
काला बादलहरु
मडारीरहेका छन् चारैतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट गाथा

~श्यामल~Shyamal_1

ध्यानमुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ— कतै छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरका नाममा सयौँ पटक
जसको महलको जगमा छन्
करोडौँ मानिसका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस र देश

~सैलेन्द्र साकार~Shailendra Sakar

९५ वर्षमा मर्न भन्दा पहिले
चित्रकार मकबुल फिदा हुस्सेन
देश भित्र फर्कन चाहन्थे
आफू जन्मेको ठाउँमा मर्न चाहन्थे

आखिर भारतीय ,कतारी र ब्रिटिस भएर
उनी मरे / Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य मुटुको धड्कनभित्र

~सुमन पोखरेल~

यो कस्तो शून्य भयो !

मुटुले पनि पोल्यो
आँखाले पनि पोल्यो
केवल आगोले पोलेन
यो चुरोटले पोलेन ।

मायाले पोल्यो
आरिसले पोल्यो,
हिजो हरायो
आज शून्य भो’ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

छोरीले मिठाइ माग्न छाडी
विरक्तिएको छ मन हिजोआज
उहिले जस्तो रोईकराई, चिच्याई
छोरीले मिठाइ मागे हुन्थ्यो –
“पापा एउटा मिठाइ किनिदिनु न !” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तामाङ लोककथा : वनझाँक्री र युवक

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~

धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो।

टन्टलापुर घाम लागेकाले उसलाई पानी खान मन लाग्यो। जङग्लको बीचमा रहेको Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : नजन्माइएका सन्तानहरुको आवाज

~अल्पविराम~AlpaBiram

हामी जन्मन नपाएर के भो र
बा-आमाको
आँखाहरुबाट संसार हेरिरहेका छौं
मष्तिस्कहरुबाट सोंचीरहेका छौं
फरक यति न हो
दाइ दिदी अथवा
दुई दाइ अथवा
दुई दिदी
मात्र जन्माएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आमाको ममता

~ज्ञानेन्द्र गदाल~

कसको छ बाँच्नुमा श्रेय, सोचिहेर त गम्भीर भै
आमाको ममता भन्दा, छैन माथि अरु कुनै |

हिजो हामी कहाँ थियौं, हाम्रो अस्तित्व के थियो !
हिंड्दै जाँदा यात्राभरी, केके कुराले ठाउँ लियो !! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म कवि

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

आफैँलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले
पीडित मेरो मुटु
खै आज कविता सोच्नै मान्दैन
सायद त्यसैले होला सुनगाभा !
तिम्रो मुस्कानभन्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जानु भन्दा पहिला ।।

~जयराम तिमल्सिना~

गौथलीको गुँडजस्तै
मेरा मनहरु आकासमा टाँसिएकाछन् ।
मेरो खाने खोस्रने ठाउँहरुमा
बादल पोखिएको छ ।
हेर्ने दृष्यहरुमा
सिमाना कोरिएको छ ।
मेरा सडकहरु
पर्खालमुनी पुगेर फर्कन्छन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हो साथी

~केशव गाहा ‘पाल्पाली’~

देशका निम्ति सङ्घीयता घातक हो साथी ।
देश टुक्रा टुक्रा हुनु हानिकारक हो साथी ।।

अखण्ड हाम्रो देशलाई खण्ड खण्ड पारी ।
सुशासन हुन्छ भन्नु एक नाटक हो साथी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~दीपा राई पुन~Deepa Rai Pun

तिमी जान अगाडि
श्रद्धान्जलीको फूल गुच्छा
हातमा थमाई दिएथ्यौ
र थाह भयो
आफ्नै मृत्युको सौन्दर्य उत्सव
मुटु टुक्रिदै टुक्रिदै
प्रेमको चट्टान छात्तिमा
सालिक भएको
जीवनको घागोहरू फुत्कदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई पनि घाऊ लागेपछि

~गोवर्धन पूजा~Govardhan Pooja

दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि
चढ़ाएको फूलमाथि पाऊ लागेपछि

कति गरि जोडे कोथ्ये विश्वासको वाग
झर्यो आंशु माली दाईको भाऊलागेपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : कृष्ण बजगाईँको लघुकथा सग्रह रोडम्याप

~छविरमण सिलवाल~

आधुनिक आख्यान सिद्धान्तकै कथा सिद्धान्तको मान्यता अनुसार लघुकथाको अवधारणा विकसित भएको पाइन्छ । छोटो समयमै आजका मान्छेको कथात्मक सन्तुष्टि दिने उद्देश्य राखेर लघु आकारका कथानै लेख्ने भनेर लेखिएका छोटा मिठा कथाहरुलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना छुट्टै विधागत पहिचान र छुट्टै अस्तित्वबाट आरम्भ नभई आधुनिक कथा लेखनकै प्रयत्न र सूक्ष्म आख्यानको सोंचबाट विकसित हुँदै आएको मानिन्छ । यसरी यस विधाको प्रयोग गर्ने निकै सर्जकहरु लागि परेका देखिन्छन् । आजको विधुतिय सञ्चार माध्यमको तीव्रतम विकास घटनासंगै वदलिएको मानविय जीवनशैली, समयको अभाव र अस्तव्यस्त जीवनका विचमा पाठकको रुचि एवम् सौन्दर्य अनुभूतिसंग एकाकार हुने विशेष गुण भएकै कारणबाट अहिले लघुकथाको लोकप्रियता निकै वढेको अनुमान लगाउँन सकिन्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोकगीत र यसका विशेषता

~रवि प्राञ्जल~

विश्वमा साहित्यिक वा सृजनात्मक रचनाको आरम्भ पद्य वा गेयात्मक रचनाबाटै भएको  पाईन्छ । पश्चिममा होमरको इलियड, ओडिसी देखि पूर्वीय संस्कृतको आदि ग्रन्थ ऋग्वेद पनि पद्यात्मक नै छ । ऋग्वेदबाटै सामवेदको उत्पत्ति भएको मानिन्छ भने सामवेदकै विकसित रुपमा चार उपवेदमध्ये संगीतशास्त्रको रुपमा मानिने गान्धर्व वेदको निर्माण भएको पाईन्छ । यस अर्थमा संगीतको वीजारोपण वैदिक कालमै भएको पुष्टि हुन्छ । तत्कालिन प्रचलित संगीतको मूल श्रोत जनसंगीत नै थियो । श्रुतिपरम्पराबाट विकसित हुँदै गएको त्यो जनसंगीत नै कालान्तरमा लोकसंगीतका रुपमा स्थापित हुन पुग्यो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बाटाहरू

~डा. संगीता स्वेच्छा~

आउँदा र जाँदाका बाटाहरू
उही निरस भाकामा
लोलाउँदै, टोलाउँदै
हेर्ने र भन्ने गर्छ
मेरो जस्तो तिम्रो पनि
कतै व्यथा छन् कि ?
स्वाभाविक, सरल त्यो प्रश्न
कुन्नी, कुन कुनामा छिर्छ
घोच्छ, दुखाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको शिकार बनी ऊ

~बिपना ढुङ्गाना~

त्यो कालो दिन
तिखा शब्दहरूको प्रहारले
छेडिँदै थियो उसको मन,
गलत बुझाइको शिकार बन्न गए
उसका ती निर्दोष सा-साना खुसी
यसैकारण,
आत्मविश्वास कुँडिएर फितलो बनिदियो
जब उसको समय उसै सँग टाढा भईदियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मोल

~गोविन्दप्रसाद आचार्य~

मान्छेको मोल पैसामा देशका बनिया गरे
बनियाहरूका आँखा रसिलो फाँटमा परे
हलिका घर खोसेर बसेका हुन् दलालले
रसिलो फाँट देखेर रोजेका हुन् दलालले

सर्वहारा भिजेका हुन् राम्रो फाँट रसाउन
पसिनाले भिजेको छ मिठो थान बसाउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : I Believe

~Arjun Dahal~

I believe,
as a religious,
God will return the favor.

I believe,
as a spiritualist,
Karma will pays the bills off.

I believe,
as an atheist, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : समानताको राज

~अर्जुन शर्मा~

प्राकृतिक घटना परिघटना सदैब आई नै रहन्छन्
भुइँचालो कहिले ज्वालामुखी हावाहुरी गई नै रहन्छन्

प्राकृतिक विपत्तिले हाम्रा संस्कार फेरिएका हुन्नन्
क्षणिक सद्भाव रहला दाग चरित्र मेटिएका हुन्नन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कालेको जीवन

~गोपाल नेपाली~

एकाबस्तीमा काले मङ्गली वि.क.को कोखबाट जन्मेका थिए । कालेको बुबा भारतको कोठीमा काम गर्दागर्दै हर्ट अट्याकको बिरामीको कारण मृत्यु भइसकेको थियो । उसको बा मर्नेबेला काले ५ वर्षको थियो । आमा मङ्गलीले दुईछोरी र एक छोराको जीवनमा खर्च पुर्‍याउन अत्यन्तै अप्ठ्यारो परिरहेको थियो । आमा अर्काको काममा दिन नबिराई जाने गर्दथिन र ती स–साना नानि–बाबुहरूलाई पनि आफू जहाँ जान्थिन् त्यहीं लैजान्थिन् र दिनभरि उनले साहुको खेतबारीमा काम गर्दथिन् । छोरा–छोरीहरू धुलो–मैलो हुँदै माटामा दिनभरि खेल्दथे र ती साना बालकहरू आज–भोलि ठूला र बुझ्ने हुँदै गए । आफूजत्रा केटाकेटीहरू झोला बोकी ड्रेस लगाइ चटक्कपरी स्कूलतिर जान्थे भने आफूहरू दिनभरि ढुङ्गो, माटोसँग खेल्दथे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली लोककथा : नागसँग राजकुमारीको बिहे

~सङ्कलन : माधवी कर्ण~

एकादेशमा एक राजा, जसका तीन रानीहरु थिए। तर, उनका सन्तान भने थिएनन्। राजा धर्म–कर्म, पूजा–पाठ, दान–धर्ममा खुबै रुची राख्थे। प्रजाको सुखका लागि जे गर्न पनि तयार।

एकदिन उनले आफ्ना नगरवासीहरुलाई अन्न, लत्ताकपडा दान गर्ने मनसायका साथ समारोह राखे। समारोहमा टाढाटाढाबाट दान लिनेहरुको ओइरो लाग्यो। अन्न, वस्त्रलगायत चिज दान लेनदेनको कार्यक्रम सुरु भयो। तर, एक भिखारी भने लाइनमा थिएनन्।

भिखारी नै लाइनमा नदेखेपछि गाउँलेले भने, ‘तिमी पनि लाइनमा लाग, राजाले अन्न र लुगाफाटो दिँदैछन्।’ Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : बनाउँदिन ठुलो घर

~रेम राना~

माफ गर आमा मैले ठुलो घर बनाउँदिन
किनकि मलाई ठूलो घरको भुतले सताउँछ
मेरो सानै घर भए औकात अनुसार
जे खाए पनि जे लाए पनि सुहाउँछ
देवकोटाका कविता गुन्छु
“साग र सिस्नु खाएको बेस आनन्दी मनले” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उजाडिएको मान्छे

~अपत्य शर्मा~

घरजग्गा जमिन सबैबाट विमुख
खुला आकाशमुनि
धुलो र फोहोरको प्रतिमूर्ति
रोग, भोक, शोक र घृणाको मूर्ति
त्यो उजाडिएको मान्छे

काम र मामको खोजीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दशगजा टाढाका मित्रहरु

~डि.एल. भन्डारी~

ध्वंसका केही खेतालाहरुलाई नचाउन सिपालु
दशगजा टाढाका मित्रहरु
साम्यवादको मृत्युको हल्ला गर्दै
दुनियाँका साम्राज्यवादी लुटाहाहरु
क्यूवाको तागत हेर्न नसकि
संसारलाई जकटने प्रतिक्रियावादीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : खोनाया सः

~दिव्या ताम्राकार~

जि खोना
जि द्वलंद्वः दँ पुलांम्ह खःसां
जिगु सुन्दरता नच्चाम्ह ल्यासेया थें
जिगु रुप स्वयेत
तापाकं तापाकंनिसें मनूत वइ
जिगु वाउँगु मुलय् म्हिती Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : “पूजा” नाटकमा विचारको प्रभाकारिता

~रामप्रकाश पुरी~

१. “पूजा” नाटकको राजनीतिक सङ्घर्षसम्बन्धी दृष्टिकोण

नाटककार जीवन शर्माले मुक्तिकामी जनताको वर्तमान सङ्घर्षलाई राजनीतिक रूपले अग्रभागमा ल्याइदिएका छन् । राजनीतिक चेतना विना मुक्तिको आन्दोलन चल्न सक्दैन । जुन वर्ग अपेक्षित रूपमा चेतनाबाट जागृत छैन, आफ्नो शोषणको कारणलाई बुझ्न अक्षम छ र आफ्नो शक्तिप्रति अनभिज्ञ (मेहनतकश जनताको विशाल तप्का), त्यसलाई जागृत गराउन राजनीतिक रूपमा सही विचार र दर्शनको महत्वलाई नाटकभित्र प्रवेश गराइएको छ । सामाजिक वर्गहरूको सङ्घर्षको स्वरूप पहिले सामाजिक तथा आर्थिक उत्पीडनबाट Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : धुन

~प्रकाश थापा मगर~

स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । एउटा अपरिचित व्यक्तिले हार्दिकताका साथ ठोकिरहेको सलामलाई बेवास्ता गर्ने हिम्मत मसित थिएन, देब्रे हातले आफ्नो कालो झोला समाउँदै दाहिने हातले मैले पनि सलाम ठोकेँ ।

ती अपरिचित युवक र मेरा बीचमा मुश्किलले ५० मिटरको दूरी थियो होला । दिउसोको टण्टलापुर घाम । अन्दाजी एघार बजेको समय । ५० मिटर माथि बसेका ती युवकसम्म पुग्नका लागि मैले नागबेली परेको लगभग १०० मिटरको उकालो चढ्नु पथ्र्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नेता छलेर हिड्दैछन्

~निर्मला अवस्थी~Nirmala Awasthi_1

थप्पड खाने डरले नेता छलेर हिड्दैछन्
खानेले खाए नपाउने चाही जलेर हिड्दैछन्।।

देशको पीर केही छैन तिनलाई लुटेर खानु छ
भातको साटो पिउँछन् रक्सी ढलेर हिड्दैछन्।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्ती छ यहाँ

~नविन बस्याल~

महङ्गो महलभित्र सुत्नेहरुको बस्ती छ यहाँ
चिल्लो कारमा सडक कुद्नेको बस्ती छ यहाँ

त्रिपाल नपाउने गरिब दुःखी नै रहे देशमा
राष्ट्रलाई जुवा खेल्न जुट्नेको बस्ती छ यहाँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : के खोजिरहेछ आँखाले

~निर्मला अर्याल~

के के खोजिरहेछ आँखाले
उसलाई आफै थाहा छैन
के के सोचिरहेछ मनले
उसलाई त्यो पनि थाह छैन ।

कुराकानी गर्न खोज्छे ऊ
तर जान्दिन कुरा पुर्याउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : मामा भाञ्जाबीचको अन्तरसंवाद

~गिरीप्रसाद बुढा~

मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ?

भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै बेला पो हजुर आइपुग्नु भयो । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment