यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~

जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ । मिती २०७४ माघ २७ गते शनिवारको दिन नमुना बहुउद्धेश्यीय सहकारी संस्था लिमीटेडको वित्तिय कामको सिलसिलामा सहकारीको प्रमुख ब्यवस्थापक तेजेन्द्र खड्का म र प्रेमनाथ मैनाली (बासु) बुटवल जानु पर्ने थियो । संयोग बस ब्यवस्थापक अन्जु वाईवाको पनि माईत जाने भनेर सगै भईन हेटौंडा सम्म भने सहकारीको अरु कार्यक्रम परेकाले मिलीझुली साकोसको अध्यक्ष बालकुमारी श्रेष्ठ (विमला) र ब्यवस्थापक दिपेन्द्रध्वज बस्नेत लगाएतको अर्को टिम पनि सगै जाने निधो भयो । अध्यारो रातलाई चिर्दै मिर्मरेको विहानीले आउने तर्खर गर्दै थियो । हामीले Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~

यो सहर
मेरो आंखाको थकाई मेट्ने सहर
आज कस्तो शून्यता
यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो
म आफैको शोकसभामा आफै आए जस्तो
बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~

— प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ ।

— के भो भाइ ?

— आज हजुरको घरतिर हेरेको, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पश्चात्ताप

~भवानी पाण्डे~

बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती
साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी
ढिला भएँ गेटबाहिर परेँ म आज
साथीसँगी सबैमाझ परेँ म लाज

दिनैपिच्छे फरक–फरक गर्थें बहाना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : काठमान्डु गीत

~राजेन्द्र पराजुली~Rajendra Parajuli

मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ।
‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ।
‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको थियो।

तर अचानक मलाई डोज बढाउन नपर्ने भएको छ। डोज क्रमशः घटाउन सकिने अवस्था आएको छ। डाक्टर नै चकित परेको छ। कसरी अचानक मेरो अवस्थामा यस्तो चामत्कारिक परिवर्तन आयो भनेर! मलाई भने थाहा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

~अज्ञात~

एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई दिनको ४ मुठी पीठो खटाएछन्।

छोरा जन्मँदा हर्षको आँसु Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेवारी कविता : प्रेम तोता मातृभाषाया

~योगवीर सिं कंसाकार~

प्रेम तोता मातृभाषाया नेम गननं ओइगु ।।धू।।

देश भाषा तोलतावो मेव भाषा का वन ।।
सुख तोता दुःख मालिम्ह मूर्ख सरिवरि जू वन ।।१।। Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : शोषकको स्पष्टोक्ति

~गेहराज थापा~

म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने
अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने
शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह
अरूको भोक, पिर–मर्का मलाई के थाह ?

ईश्वरैले मलाई शोषक बनाएको जान
मेरो विरोध ईश्वरैको विरोध जस्तो मान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~

शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ
सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ

तनभरी जताततै काटिएका घाऊहरू
भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~

अघि बढेका छन् तिम्रा पाइला
पछि हट्नु हुन्न अब
रोकिन्छ पाइला तिम्रो तब
पूरा हुन्छ महान लक्ष्य जब ।

आउछन् हजार विघ्नवाधाहरू
तिम्रो हिड्ने बाटामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अब बसिदिन सक्छु

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिम्रै नजिक आई अब बसिदिन सक्छु
थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।।

मलाई छोडी अन्त कतै जान खोज्यौ भने
बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~bimal-gurung

रातभरि
प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा
रुखमा निन्द्रा पाकेको छैन ।

हातले भक्कु रगड्दा
निस्केका
मयलका टुक्रा जत्रै थिए ती सेनाहरु ।

ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~

१
बिग्रँदो राष्ट्र
पुरुषको बखेडा
नारीको इज्जत्

२
आकास आधा
सुनसान छ धर्ती
अज्ञानी धेरै Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : लासका खालहरू

~कल्पना पौडेल~

बढ्दै छन् दिनहुँ लासका खालहरू
रगतले रङ्गिँदैछन् नयाँ सालहरू

हत्या हिंसा बढ्दैछ हाम्रो देशमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~

विचरा !
झोलीको सोगी
खरावीको भोगी
विचारको रोगी
आखिरीमा
काठमाडौं छिरेकै
अलच्छिनले गिरेकै
लोभिभाँडो भिरेकै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो घर भाडिँदैछ

~राजेश नेपाली~

लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ
सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ

बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली
खिचातानी गर्दै फूलबारी यो माडिँदै छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~Manu Brajaki

नयाँ नेपाल जाने थोत्रो बस छुटेछ
भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ ।

पूरा खान ‘प्रभु’लाई भोग लगायो
थोते बूढी आमालाई मकै भुटेछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~

साहुनी : यो काठालाई किन रक्सी खान दिएको ?

साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन।

साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान , कति गतिला बाहुन छन् ती। औंसी कहिले हो एकादशी कहिले हो बाजे भनेर सोध्यो भने फलानो दिन हो नानी भनेर जवाफ दिन्छन। अरु जस्तो मै जान्ने सुन्ने जस्तो पनि गर्दैनन् सोझा छन्।

साहु : हो जान्दछु गल्ती भयो। अव मरे पनि दिन्न। मेरो दुकानतिर हेर्यो भने पनि लघार्छु यो काठालाई। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~

जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले ।

धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~

बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना हो किनभने व्यासको सर्वोत्तम सोचलाई गणेशले खुरुखुरु लेखेर मूर्त रुप दिएको मानिन्छ । अर्थात्, महाभारतजस्तो उत्तम कृति व्यासको सिर्जना भए पनि गणेशको महत्वपूर्ण योगदान थियो । तर, समयक्रमसँग गोस्ट राइटिङ बदनाम हुँदै जान थाल्यो । कोही पनि आफूलाई गोस्ट राइटरका रूपमा चिनाउन चाहँदैन । संसारमा यसले एउटा बेग्लै व्यावसायिक उचाइ पाइरहँदा भने नेपालमा यी ‘गणेश’हरूलाई कर्के नजरले हेरिन्छ । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : सिरेटो चलेर आयो

~रामेश्वर पौडेल~

चिसोचिसो यो सिरेटो चलेर आयो
किन हो मुटुको चाल बढेर आयो 
 
सोधु म कस्लाई गई आज हेर
बाच्ने आशाा यो फेरी मरेर आयो  Continue reading →

Posted in गजल | Tagged | Leave a comment

युद्ध संस्मरण : डक्टरलाई सहिद हुन हिँडेको हुँ भनेँ

~अनुपम थामी~

मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी र यस्तै उर्जाशील भावना, प्रज्ज्वलित विचार र अदम्य साहसको भारी बोकेर महान जनयुद्धमा हाम फालेको थिएँ ।

वर्गदुश्मन विरोधी कठोर मोर्चाहरूमा सामेल भएको थिएँ । मोर्चामा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~

काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ । परिवारको सदस्य हुनुमा त मजै थियो, एउटा सवभन्दा गाह्रो कामको अभिभारा आफ्नो थाप्लामा परेकोले पो मार्यो त ! सम्पादक मामाले भन्नुभो– “हेर Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~

बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे बतास ओहरदोहोर गरिरहेको बेला तल खेतका गरा खनेर तयार छन्; धानका वियाड घामले जल्ने हुन् कि पानी पर्खिरहेछन् । कान्तिपुरवाला आएर गइसक्यो, काठमाडौं पोस्ट त्यसैमा हुन्छ। नागरिक, द हिमालयन टाइम्स पनि मोटरसाइकलमै बोकिएर आउँछन् । साइकलमा टाँसिएर आउँछन् विचारा गोरखापत्र र राइजिङ नेपालहरू यति बिहानै पारी कलङ्कीतिरका गाडी हल्लिन थालेका छन् । जीवनको प्रारम्भ यिनै दृश्य, ध्वनि, गन्ध र अक्षरबाट हुन्छ यो कीर्तिपुरमा ।। Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

Research Paper : Nepalese Children’s Literature: Past and Present

~Biswambhar Ghimire ‘Chanchal’~

History of Children’s Literature In Nepal

Nepal, is a mountaineous, and glittering snowy  country in the world has its diversed culture, traditions and customs. It is privileged with different  ethnic groups with the spirit of tolerance, unification and  of its own sovereignty since time immemorial.

According to the 2001 census more than hundred languages are spoken in the country. So, we have a long history of our rich oral tradition of children’s literature such as rhymes, riddles, folk tales and also the tales related to epics and religion within our concerne Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : यहीँनेर रोकिएझैँ लाग्छ

~गीता त्रिपाठी~Geeta Tripathi

जिन्दगी यो यहीँनेर रोकिएझैँ लाग्छ
पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ

बतासमा तिमीलाई छोएर पो हो कि
बिर्सिएको गीत सम्झी रोएर पो हो कि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : कमण्डलुको जल

~प्रकाशप्रसाद उपाध्याय~

जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही धारा यता उति फाल्दै थियो । यस्तैमा एउटा धारा छेपारोको मुखमा परेछ । पहिले त छेपारो दूधको न्यानो धारबाट झस्क्यो । पछि उसले मुखमाथिको दूध चाट्न थाल्यो । दूधको स्वाद उसलाई मीठो लाग्यो । अनि ऊ बाछोको भाग्य देखेर दङ्ग पर्‍यो । यसपछि उसलाई पनि बाछो हुन पाए हुन्थ्यो भन्ने कुरा मनमा उठ्न थाल्यो ।

एकदिन उसले घाम ताप्न बसेका साधुनगिच घस्रँदै भन्न थाल्यो – “साधुबाबा मलाई आफ्नो यस जीवनबाट उराठ लाग्न थाल्यो । जाडोमा कीरा-फट्याङ्ग्रा खान नपाउँदा मैले भोक-भोकै बस्नुपर्छ । हेर्नोस्, Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : हुरी चल्यो

~केशब आचार्य ~Keshav Acharya_1

सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो
आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो

बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै
अनायास आज किन दिलभित्र माया फल्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~

मेरो राजा !

भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न केही भ्रम अनिवार्य बन्छन्’ भन्ने मानेपछि फेरी के गुनासो? जति जे मिल्ला, सकिएला ‘ग्रिस्ट फोर द मिल’ हो जीवन, ‘कठिन है राह गुजर थोडी देर साथ चलेँ ‘सँग बाँचेको ! मान्छे दु:ख भुलेझैँ वा सुख पाएझैँ रक्सी खान्छ, त्यसको व्यर्थता देखीदेखी, सिनेमा हेर्छ, संगीतमा डुब्छ, पत्थरको मूर्तिलाई नमस्ते गर्छ, कहिले त पञ्चबलिसहित…। तर, यथार्थबाट उम्किन सक्तैन। उम्किएको Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : देवता

~रामकुमार श्रेष्ठ~

ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता
सवै नै चाहन्छन् त गर्छ के एउटा

जाने चुनाब पनि देवता हो रे वाद पनि देवता
नेता जति जनता भए जनता जति नेता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आज झन्डा फरफरायो

~भुपेन्द्र महत~Bhupendra Mahat_1

तिम्रो दिलमा उसले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : घर कब आओगे?

~कमल कुमार~kamal-kumar

लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण गर्न थाल्यो उ । र एकछिन पछि कैंची चलेको एकोहोरो सँगीत मेरो कानमा गुन्जिन थाल्यो । मेरा आँखा उसको पसलका भित्ताभरि टाँसिएका पोस्टरमा पोखिन थाले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment