~हरिमाया भेटवाल~
रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ रे ।
चिस्यानको बिहानीमा आगो ताप्न सलहका बथानसरी धुईरिए त्यतैतिर गाँउलेहरु आलि र खेत नाग्दै । कुरामा खाप पर्यो अनि एक्कान ……दुईकान……मैदानमा त् झुन्डिरहेको निउरीको लास ।
ए बाब्बै ,,,,,जात्रै पो लाग्यो । अरुबेला जस्तो जात्रामा मादलु बजेन , दोहोरी चलेन ! फिरिक फिरिक कोहि नाचेन । डाँडा , थुम्का ,घरआँगन सबैतिर नाच्दै हिड्यो कुरो । Continue reading →