Wait! Don’t break the bangles on your wrist
The rhododendron on your plaited locks
So much suits your youthfulness
Washing your vermilion –
Stop ! Don’t ruin your looks
By tearing strings of beads Continue reading →
ए कविता
मैले बोलाएँ
उसले सुनेको नसुने झैँ गर्यो
समयका हरेक पलमा
मुटका प्रत्येक चालमा
म ऊसित खेल्न चाहेँ
प्रत्येक उपमा, अनुप्रास र लयमा
कवितालाई मलजल गरी Continue reading →
गाउँभरी सनसनी फैलिएको थियो । झुलथुंगेको भञ्ज्याङ्ग, पीपलडाँडाको चौतारी र सुन्तलीको चिया पसल जताततै हिजो भएको घटनाको विषयमा चर्चा चलिरहेको थियो । सुन्तलीको पसलमा चिया खानेमध्ये एकजना अर्धवैंशे किसानले बोले, ‘साँच्चै यी सेनाले त आफ्नो र अरु केही नछुट्याउँदा र’छन हो ! ती विचरीले ती झ्याक्नेका के चाहिँ बिरा’कि थिन् त ?!’
‘दश कक्षाको जाँच देर फर्कदै थिइ रे ! एकजनाले मात्रै हो र ? पाँच–पाँच जनाले पो बलात्कार गरेका रे ! Continue reading →
यो रूख, यो मान्छे, यो चौतारो
यो धारो, यो पँधेरो, यो पाठशाला
अहिले सबै–सबै, त्यो–त्यो, जस्तै–जस्तै छन्
घुर्मैलो, पनेलो, ओझेल जस्तै–जस्तै छन्
आँखामा मोतीबिन्दु बसेको जस्तो
अथवा आफैले आफैलाई बिराएको
हराएको वा भुलेको जस्तो Continue reading →
समयले कोल्टो फेर्दा आज को को के के भए
हिजो जंगल बस्ने मानिस आज शहर पस्न गए
क्रान्तिका नाममा जंगलबाटै बेमौसमी बाजा बजे
गरिबका दुःखी दिन अझै उस्तै रहिरहे
रातोपुलको छेवैमा एकजना साथीलाई कुर्नुपर्ने भयो । रातोपुलबाट सिफलचौर छिर्ने गल्लीछेवैको पसलको पेटीमा उभिरहेको थिए । एकजना बुढा त्यहाँ बसिरहेको थियो । हुन त यो बाटो आउँदा जाँदा बुढो र मेरो कैयौंपटक देखभेट हुन्थ्यो । बोलचाल चाहिँ आजसम्म गरिएको थिएन ।
‘कसलाई कुरेको बाबु ?’ बुढोले नम्रस्वरमा सोध्यो ।
‘साथीलाई ।’ मैले औपचारिकताभन्दा पनि बुढोसँग गफिएर समय कटाउन मात्र खोजें । Continue reading →
अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग अध्ययन गरेर मात्र यिनमा निहित सौन्दर्यको यथार्थ मूल्याङ्कन गर्न सकिन्छ । प्रकृतिमा निरपेक्ष सत्य केही हुँदैन । त्यसमा पनि सौन्दर्यलाई हेर्ने बुझ्ने र अनुभूत गर्ने अनेकौँ कोणहरू हुन्छन् । तिनीहरूको सापेक्षतामा नै यसलाई हेर्नु पर्दछ । गीतको सौन्दर्य अझै बढी संवेदनायुक्त र बहुआयामिक हुन्छ । सङ्गीत सिर्जना गर्ने काम आफैमा एउटा बुझ्न कठिन र जटिल प्रकृया हो । यसमा निरपेक्ष रूपमा सुन्दर जस्ता लाग्ने कैयौँ पाटाहरू हुन्छन् । सुक्ष्मतम रूपमा वर्गसापेक्षताको आँखाले हेर्न सके मात्र Continue reading →
मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन, न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नु हुन्थ्यो र उहाँलाई करिब असी वर्षको उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो । बृद्धले काव्य–रचना गर्नुमा हामी मानव–आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर बैराग्य र भक्तिको भावना उठिरहेको देख्छौँ र मेरा प्राणदाता पिताजी अक्सर ईश्वरको स्तृति संस्कृत र नेपालीमा लेखिरहनु हुन्थ्यो । म साफी गरिदिन्थेँ–रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । स्कुलबाट फर्किएपछि ४ र ६ बजेको अन्तरमा मेरो यही काम ज्यादा हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो । Continue reading →
जब सरकार उज्यालो हुनेछ, भन्सार उज्यालो हुनेछ ।
बाटा–घाटा उज्याला हुनेछन्, धन्सार उज्यालो हुनेछ ।
आऊ एक कदम माथि उठौं मनको मैलो पखालेर
घरवार उज्यालो हुनेछ, यो संसार उज्यालो हुनेछ । Continue reading →
आराम छु आरामै हुनुहोला भन्ने आसा गर्दछु । दाजु, हजुर परदेश गएको पनि लामो समय भैसकेको छ । घरमा कहिले फर्किने हो भन्ने कुनै ठेगान छैन । भनिन्छ, “परदेश गएको व्यक्तिलाई दुःख र वेदनाका खबर सुनाउनु हुँदैन । जस्तोसुकै पीडा र दुःख भए पनि राम्रै छ भन्नु पर्छ”† किनकि उसलाई परदेशको पीडा त छ नै, त्यसमा पनि घर र समाजको पीडा थप्नु हुँदैन रे घ् तर दाजु यहाँको दुःख, पीडा र समाजमा व्याप्त विभेद, Continue reading →
प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर मान्छे आनन्दित हुन पाउँदा समय बितेको पत्तै पाउँदैन । आजको व्यस्त अनि थकित उकुसमुकुस जिन्दगी, अनि धुवाँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौँ समय बिताउन चाहन्छ । एउटा साहित्यकारका लागि प्रकृति प्रेरणा हो । पर्यटकका निम्ति शयर गर्ने ठाउँ र विद्यार्थीका निम्ति अनुसन्धान गर्ने ठाउँ । जति कुरा किताबमा पढिन्छ, त्यो भन्दा बढी प्रकृतिमा अनुसन्धान गरेर बुझिन्छ । शायद त्यही भएर होला, आज–भोलि शैक्षिक भ्रमण प्रत्येक स्कुल, अनि क्याम्पसको प्राथमिकतामा पर्ने गर्दछ । म चौथो वर्षमा अध्ययन गर्ने भए पनि सिभिल इञ्जिनियरिङ स्नातक तह दोस्रो वर्षका भाइबहिनीहरू भौगर्भिक अध्ययन अन्तर्गत सुरुङ अवलोकनका लागि इलाम Continue reading →
साल् अट्ठारसये एक्हत्तर असार्, उन्तीसका दिनमा।
भानू नाम उदाइ काव्य रसिलाे, रम्घा चुँदी गाउँमा।
बाजे श्रीकृष्ण हुन् पिता धनन्जयै, धर्मावती मातृ हुन्।
अक्षर् लेख्न सिकाउने प्रिय गुरू, बाजे ति श्रीकृष्ण हुन्।
१
रामायण् अनुवाद् गरे हृदयले, अाध्यात्मकाे चेतले। Continue reading →
प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, दिदी, साथीहरु, गुन्डा, लावा, फुचो र वैद्य आदि पात्रहरु रहेको यस खण्डकाव्यको प्रारम्भ धन कमाउन ल्हासा जान लागेको मदन र उसकी बैंसालु पत्नी मुनाका बीचमा भएको संवादबाट र प्रशस्त धन कमाएर भोटबाट फर्किएको मदनले मुना र आमाको मृत्यु सहन नसकी आफु पनि मरेको दृश्यका माध्यमबाट यसको कारुणिक अन्त्य भएको छ । खण्डकाव्यको Continue reading →
युद्धका सिपाही हामी
युद्धभुमिमा होम्मिन बिदाई हुँदैछौं
बिदाईको समय
बुद्धको पुजा गरेका छौं
देबिमाताको चरणमा फुल चढाएका छौं
अल्लाहको नाममा ढोगेका छौं
जिससको क्रस अघि प्रार्थना गरेका छौं
आफु बिजय हुन सकुं भनेर
भएभरका सबैखाले आस्थाका धरोहरलाई पुजेका छौं । Continue reading →
कारखाना मालिकले आफ्नो एकजना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’
ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकिन्जेल केहीक्षण त्यही ठाउमा मेशिनझैं यन्त्रवत उभिइरह्यो । भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले पनि यो गाली सुन्यो । गधा टक्क अडियो । Continue reading →
एकाबिहानै कतै टाढै मानवको जस्तै कारुणिक क्रन्दन उमेशको कानमा ठोक्किन पुग्छ । धर्तीमाता काली रातलाई बिदा गरेर नवप्रभातलाई स्वागत गर्ने तरखरमा थिइन् । त्यही नै झिसमिसेमा आएको वेदनापूर्ण कलहले उमेश झस्किएर निन्द्राबाट ब्यूँझन्छ ।
एकैछिन ध्यानमग्न भएर त्यो क्रन्दन सुनिसकेपछि उसले अनुमान लगाउँछ– त्यो क्रन्दन हिजोको जस्तै अनि अस्तिको जस्तै क्रन्दन नै हो, जो ती गाउँहरुमा नियमित सुनिरहन्छन् त्यसैले त्यो क्रन्दन कुनै नौलो विषय छैन । तर, थोरै भिन्नता हिजो मानेभञ्ज्याङमा थियो, आज महेशपुरजस्तो लाग्छ उमेशलाई । झनै–झनै तीव्र बन्दै गएको कोलाहलले उमेशलाई झक्झक्याउँछ । Continue reading →
दिन आधाभन्दा बढि नै ढल्केको छ ,अझै भन्नु पर्दा एक चौथाइ दिन मात्र बाँकी छ । “पुष फासफुस” बुढापाकाहरु यसै भन्छन् । गत वर्षको तुलनामा यो वर्ष जाडो अलि बढि नै होला, बिहान तुसारोले कोदाको ठुटिलाई सेतो किरिम दलिदिएको हुन्छ । त्यसो त दुबोले पनि बिहानमा सेतै फेटा गुथ्न बाँकी राखेको हुँदैन । “यो कति छोटो दिनहरु, बिहान उठ्यो खाना बनाउनकै चटारो, खानाको भाडा मोल्न भ्याएको छैन खाजा Continue reading →
म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु।
विषय प्रवेश:
म जयमायाको सन्तानको आवरणमा एउटा सानो मान्छे आफ्नो अभिवावकको हात समाएर अघि बढी रहेको प्रस्ट देख्न सकिन्छ। ती को हुन्? जयमाया को हुन? पाठकलाई त्यहीँ कौतुहल्ता उठ्छ र यस्तो लाग्नु म स्वभाविक मान्दछु । यहाँ म एउटा कवितांश उधृत गर्दै कवि र कविताका केही विशेषताहरू कोट्याउने Continue reading →
माझकिराँतको नामले चिनिने खोटाङ जिल्ला र आसपासका धामी-बिजुवाहरू आफ्नो रिसिया (मुद्धुम) फलाक्दै तोयामा- खियामा र हेचाकुप्पा (रैछाकुले वा खोचेलिपा) को नामोच्चारण गर्छन् । किराँतीहरूको आदिम संस्कृतिको ऐतिहासिक सन्दर्भमा खोटाङ जिल्लाको ‘मलायाथुम्की’ (तोयामा-खियामा अथवा तुवाचुङ-जायजुङ) डाँडाको विशेष महत्त्व रहेको छ । हलेसी महादेवस्थानदेखि पाँच किलोमिटर उत्तर-पूर्वको गुराँस फुल्ने यो मनोरम डाँडो (मलायाथुम्की) बाट उत्तरको सगरमाथा हिमाल र दक्षिणको फाँटिलो तराई प्रष्ट देख्न सकिन्छ । हलेसीका महादेवको दर्शन गरेर र्फकने तीर्थयात्रीहरू यो मलायाथुम्की डाँडामा चढेर यहाँको तानढुङ्गामा धागो चढाएर तोयामा- खियामाप्रति भक्तिभाव दर्शाउँछन् । किराँतहरूका आदिम पुर्खा यी तोयामा, खियामा र हेचाकुप्पाका बारेमा यो माझकिराँत क्षेत्रमा प्रचलित मिथकीय कथा यस्तो छ : Continue reading →
एक शोडषी सुन्दरी बजारमा
निर्बन्ध घुम्दै थिइन् निर्वस्त्र
हरमा मात्र थियो एक हाते रूमाल
गुप्ताङ्गको पहरेदार भएर
अनुहारमा किरिङमिरिङ रेखा
बायाँ काँध वरपर घाउका खाटा
उनी यद्यपि स्लिपनट रहिछन् । Continue reading →
रातको १० बजिसकेको थियो । कालरात्रीको जस्तै डरलाग्दो अन्धकार थियो । त्यो अन्धकारलाई अझै भयानक बनाउन पानी आफ्नै बेगले बर्सिरहेको थियो । कतै सवारी साधनहरूको आवागमन थिएन । त्यस्तो परिस्थितिमा पनि पूर्णिमालाई जसरी पनि अस्पताल पुग्नु थियो । तिनको जीवन साथी शङ्कर गत सालदेखि अस्पतालको शैयामा उपचारका लागि भर्ना भएको थियो । पूर्णिमा एउटा हातले छाता ओढेकी थिइन् भने अर्को हातले टिफिन डब्बा बोकेकी थिइन् । त्यस्तो मुसलधारे पानीमा त्यो सानो छाताले के सहारा दिन्थ्यो र ? तिनका लागि नाम मात्रको छाता थियो । मुसलधारे पानीको बेगले तिनको सारा शरीर भिजिसकेको थियो । Continue reading →