कविता : त्याग

~ललिता ‘दोषी’~lalita-doshi

जीवन के हो र साथी !
कर्कलाको पानी हो
झुल्केपछि अस्ताउने
छोटो जिन्दगानी यो

नटुटौँ सपनाहरू कसैको
नलुटौँ खुसीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपालकै माया लाग्छ

~जीवराज बुढाथोकी~

नेपाली म नेपालकै माया लाग्छ ।
राम्रो भेष उस्तै मिठो भाषा लाग्छ ।

पर्बत ताल, खोला नदी आफ्नै जाति,
डाँडा फाँट थुम्का सबै खासा लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Here There Without Care

~Bhim Darshan Rokka~
Translation : Maya Watson

Here there without care
mimicking white cloud
don’t let me make for the sky
abandoning the Earth Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : परिवेश

~कात्यायन~dhanwantari-mishra-katyayan

– ‘बाबा’ !

– ‘अँ भन !

– ‘ती मंचमा आसिनहरू को को हुन् ?’

– ‘कुनै पार्टीका नेता-अधक्षहरू वा मन्त्री-प्रधानमन्त्रीहरू वा सभामुख वा राष्ट्र-पति यस्तै-यस्तै हुन् बाबु |’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कीर्ति सिनेमा हल

~विश्वराज अधिकारी~

राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज । भौतिकरूपमा होइन, काल्पनिकरूपमा । म, समयको चक्र उल्टो घुमाएर तपाईंलाई चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा लग्दैछु ।

हामी चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज पुग्यौं । अहिले हामी पावर हाउसमा छौं । आउनुस् पहिले म तपाईंलाई तेजारथ टोल लग्छु । तेजारथ टोल अगाडिको यो सडक, यहाँ तपाईं रिक्सा पाउन त स Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : सत्ताभोगी

~केशवराज पिँडाली~

सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने
जति लालायित भयो, उति परपर भाग्ने Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चराहरु खुसी छैनन्

~जगत प्रसाद रेग्मी~

गुँड खोसिएका चराहरु खुसी छैनन् ।
फूल बिनाका भमराहरु खुसी छैनन् ।१।

नरलोकका सुरासुन्दरीका कुरै छोडौ“ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : साथे

~दुर्गा कार्की~

टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे।रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो।

“पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि भो, बोलाउने नाम के राख्छौ त केशरे?” भवानी पण्डितले सोध्दा उसले फ्याट्ट भनेकी थिई, “रुद्र!”

मैले थपेको थिएँ, “राशि नाम पनि ठगबादुर नराख्नी, ठम राख्दिनुस्।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्रान्तिकारी योद्धा म

~डण्ड भण्डारी ‘शिशिर’~

हो म क्रान्तिकारी योद्धा हु
जो अन्याय विरुद्ध लड्छु
अनि समाज रुपान्तरण को
लागि लड्छु
लड्छु अनि बनाउछु
आफ्नो ठाउँ आफ्नो समाज
अनि आफ्नै देश
हो म सधै देशको लागि लडिरहने छु
अनि देश बनाउने छु
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आफूलाई चिनाउन

~केशव खनाल~

अरुलाई चिन्ह के गाह्रो, आफैलाई बुझ्न झन साह्रो
अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो

आफूलाई चिनाउन सक्नेहरु हार्दैनन जिन्दगीमा
सबैले देख्ने बाटो हिड्नेहरु थाक्दैनन जिन्दगीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी कविता : छ व जि

~रिजु श्रेष्ठ~

छ व जि, झी निम्हसिया सम्झौता
म्हिगः, थौं व कन्हेया अवस्था
छ व जिगु नुगः
छाय् छंगु लुमन्तिं हायेकीगु
छंगु मतिना बाः वःगु
अले छंगु प्रतिक जिं ल्वःमंके मफुगु । Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

समीक्षा : महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको ‘भिखारी’ कवितामा मानवतावाद

~रुपिन्द्र प्रभावी ‘कटु’~

परिचय :

नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव देवकोटा नेपाली साहित्याकासमा लक्ष्मीप्रसाद देवकोटाका रुपमा ध्रुवताराझैँ चम्किइरहेका छन् ।

पाँच वर्षको उमेरमा बाबुले देवकोटालाई अक्षर चिनाउन थालेका थिए । बाबुले पढाएका कुरा रुचि र परिश्रमपूर्वक पढ्ने देवकोटा सानैदेखि गम्भीर स्वभावका थिए । उनी संस्कृत र नेपाली भाषाका साथै अङ्ग्रेजी भाषा पनि सानैदेखि मन लगाएर पढ्ने गर्थे । उनी ११ वर्षको हुँदा वि.सं. १९७७ मा बाबुले दरबार स्कुलमा कक्षा ५ मा भर्ना गरिदिए । त्यसपछि औपचारिक शिक्षा आर्जन कार्य सुरु गरेका उनले वि.सं. १९८२ मा भारतको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : उपजाति

यी कान मेरा कति चर्चराए
यी हातगोडा कति झम्झमाए
जागै बिताएँ कति रातलाई
जलेँ, जलाएँ कति आँतलाई !

न भोकमा स्वाद लिँदै अघाएँ
सखार लम्की कति चक्कराएँ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : गौरादह गाउँमा

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

मेची अञ्चल झापा जिल्ला गौरादह गाउँमा,
यो मन सधैं पुगुँ भन्छ उडी आफ्नै ठाउँमा ।।

खोलानाला हरियाली बगैंचा र ताल यी,
अंगाल्या’छ प्रकृतिलाई अडिग राख्छौं भाउमा ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रातको अँगालोमा…

~राजु दहाल~

रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको आकाशका ताराहरु रातको चकमन्नतासँगै गायब छन् ।

नयाँ ठाउँ नयाँ गाउँ अनि थकित हामी, समाबेशीको चर्को आवाज देशमा उठेको बेला कामीडाँडाको यात्रामा हिँडेका हामी खै किन किन मनभित्रैबाट अल्मलिएका छौँ अनि केहि निराश पनि । रातले हाम्रो यात्रालाई निरस Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : वशमा छैन

~मायामितु न्यौपाने~

हामीलाई छुटाउन, संसारको वशमा छैन,
हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।

जसले जति चाहे पनि, सोचे पनि खोजे पनि,
बैगुनीलाई गुनले मार्नु, उपकारको वशमा छैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो साॅघु गाउॅ

~थरेन्द्र बराल~

रातो फूल गुराॅसको कति राम्रो नाऊ
एस्कै माला लगाएर
उन्नतिमा रमाएर हास्यो मेरो गाउ हो हो
वारिपारी साईनो जोड्ने मेरो साॅघु गाउ ।

झुल्के घामको पहिलो किरण मेरै गाउॅ टेकछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रित्याउनु मुलुकको ढुकुटी निखारी

~काशीनाथ मिश्रित~

लय : देवकोटाको ‘प्रश्नोत्तर’ कविता

के हो अहो अमृतकन त्यो ? मदिरा समान
क्यै छैन अन्य तिमीले यति राख ज्ञान
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
खानू लुटेर दिनहुँ अरूको जहाँ छ ।

के भैरहेछ जगमा कति छन् विरोध ? Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : पुग्दैन भ्यागुताको

~लालकाजी श्रेष्ठ ”कमल”~

जस्तै गरे नि धार्नी पुग्दैन भ्यागुताको
भाषण खोलाको भन्दा चर्को थियो कुवाको

आफैले रोजेको हो पुतलीले आत्मदाह !
बदनाम नाम पार्ने दुश्मन थियो शिखाको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी : नयाँ मुनामदन

~जितु खड्का गाउँले~

लय : झ्याउरे छन्द

मुनाले गुनासो यसरी गर्थिन् होला–
मुना–
साँचेर राखेँ जिन्दगी मैले तिम्रै हो भनेर
निस्ठुरी रैछौ छोडेर गयौ पराइ सम्झेर !!

मदन–
बिगार्यौ मती तिमीले अति के गर्नु बसेर
सहेर साध्य नभएपछि बसिन सहेर !! Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : समाचार आउँदैन

~अमला अधिकारी~

बारी बाँझै भाको समाचार आउँदैन
हाम्रो  गाउँतिर  पत्रकार  आउँदैन

हली  हुनुको  मजा  अर्कै  छ मित्र
मेरा बालाई खोज्दै अख्तियार आउँदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : सन्ध्या

~अनुपम दहाल~

हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री आमाहरु छिमेकी हुनुका साथसाथै एक अर्काका मिल्ने सखी पनि थिए । उनीहरुको उमेर पनि मिल्दो र विबाह पनि सगँसगैँ जस्तो भएकाले त्यसबेलाको नौलो परिवेशमा एक अर्कासँग नजिकिएका होलान् । हाम्रो नाम पनि उनीहरुले मिलेमतोमै राखेका हुन् क्यार! ‘सन्ध्या’ र ‘प्रभात’ । हाम्री आमाहरु एकदमै नजिक भए पनि हाम्रा बाहरु भने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कागलाई बेल

~यकिना अगाध~

देशमा गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो ।

केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउ गाउ पस्यो । पहिला रावण आयो र सीता पुत्री हरण गरेर लग्यो । लगतै राम आयो र हनुमान पुत्र लिएर गयो । त्यसपछि कहिल्यै न रावण, न राम, न सीता, न हनुमान कोही पनि फर्केर गाउ आएनन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मुटुका पाटाहरू

~अशोक थापा~

पिरैपिरले चिरिएका मुटुका पाटाहरू
दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू

इन्द्रधनुष फिका लाग्छन गुराँस विधवाझैँ
तिमीविना शुन्य लाग्छ व्यस्त चोक बाटाहरू Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रजाँइ त फेरी पनि ढाडे मुसैको !!

~इश्वर देवकोटा~

मंसिरमा जम्मा गर्र्या दुइ चार मुरी धान
प्वाल पारेछ भाकरिनै हे भगवान
हाम्लाई होइन पापी दशैँ अझै उसैको
रजाँइ त फेरी पनि ढाडे मुसैको !!

ओछ्यानको आडमा थियो मान्द्रे भकारी
कति चोटी लखेटेको रातमा हकारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~उत्तम भौकाजी~

समाऊ-
मेरा यी हातहरू समाऊ
मलाई तिमी
आफूजस्तै निष्कपट बनाऊ ।
सङ्घारमा-
शकुनको दियो बलिरहेछ
दियो सँगसँगै
चलमल चलमल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चिनियाँ लोक कथा : बाँदरको कोसेली

~सङ्कलन : ओजस्वी भट्टराई~

चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीति कविता : आफ्नै आँसु पुछ्न सकिन

~श्रीपुरुष ढकाल~

तिम्रो आफ्नो बन्छु भन्थेँ
पराइ पनि हुन सकिन
सबको आँसु पुस्छु भन्थेँ
आफ्नै आँसु पुछ्न सकिन

तिम्रो साथ पाउँदा लाग्थ्यो
सारा खुसी, मेरो नै हो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रात

~बिनोद खड्का~Binod Khadka

अध्याँरोको प्रतिबिम्ब हो रात
प्रकृतिको नियम हो रात
अविरल यात्रा हो रात
यथार्थ हो रात

श्रृजनाका लागी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युद्ध संस्मरण : एकदिन हाम्रोपनि दशैं आउने छ

~सरल सहयात्री पौडेल~

आमूल परिवर्तनको अभियानमा तिव्र गतिले हुइकिरहेको वर्तमान नेपालमा हरेकवर्ष आइरहने हिन्दुहरुको ‘महान चाड दशैं’ फेरि पनि आइरहेको छ । म आफुपनि एक हिन्दुको छोरो हु“ । तर म, मेरो परिवार आश्रीत जीवनमा वाहेक आफुलाइ हिन्दु वा कुनैपनि धर्मको पक्षपाति मान्दिन । किनकि म एक नास्तिक वनेको छु, भोतिकवादी वनेको छु वा कम्युनिष्ट हु“ । तर आर्दर्श र भौतिक परिवेशका वीचमा संघर्ष भएरनै वस्तुको विकाश हुने हो वा मान्छेहरु खारिने हो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : बगेको छ मूल

~कृष्ण वस्ती~Krishna Wasti_1

धरतीमा कलकलाउँदो बगेको छ मूल।
सिर्जनामा फुलेको छ,अजम्बरी फूल ।।

चुम लिम्बूले छोएपछि मसी गीत बन्छ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : अभिलषित यात्रा

~प्रह्लाद पोख्रेल~

सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि
तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ?
खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी
जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment