~शशीकला थापा सुब्बा~
खहरेको जिन्दगानी कहिले चट्टान कहिले भिर .
बगिरहन्छ एकोहोरो आफ्नो लुकाएर पिर
बुझ्यौ भने हर थोपाको आफ्नो-आफ्नै कहानी हुन्छ
तिर्खाएर हेरयौ भने मात्र केवल पानी हुन्छ Continue reading
~शशीकला थापा सुब्बा~
खहरेको जिन्दगानी कहिले चट्टान कहिले भिर .
बगिरहन्छ एकोहोरो आफ्नो लुकाएर पिर
बुझ्यौ भने हर थोपाको आफ्नो-आफ्नै कहानी हुन्छ
तिर्खाएर हेरयौ भने मात्र केवल पानी हुन्छ Continue reading
~भक्तराज न्यौपाने~
हराउँदा अतीतको जङ्गलमा
फुत्त निस्कियो
सम्झनाको घाइते डमरू ।
हेर्दाहेर्दै घुर्रघुर्र गर्दै
पु-यायो पूर्वजिन्दगीको ओडारमा Continue reading
~गोविन्द श्रृङ्खला~
“उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान सवेरै, सूर्य उदाउने समय । ऊ सधै ठिक यसै समयमा त्यहाँ आउँछ रे । उसको आगमनसंगै उसले बोल्ने पहिलो बाक्य पनि त्यही हुन्छ रे । त्यहाँ आउने सवैको भनाइ यस्तै छ । ऊ को हो ? सधै त्यहाँ किन आउँछ ? उसलाई उदाउँदो सूर्य प्रति किन गुनासो छ ? कसैलाई थाहा छैन । अझ भनौ यस व्यस्त शहरमा उसका बारेमा बुझ्ने र जान्ने चासो नै कस्लाई छ र ? उसका बारेमा मात्र किन कसैका बारेमा पनि कसलाई चासो छ यस शहरमा ? सयौ जनाको ओहोर दोहोर हुने त्यो उद्यान भित्र कहिले देखि ऊ Continue reading
~जीवन आचार्य~
थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर
म ती हातहरूको प्रशंसा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु
एउटा मूर्ति चलमलाउँछ Continue reading
~श्यामदास वैष्णव~
जीर्ण-शीर्ण खंडहर झैं घर
रोग र व्याधी गन्ध र फोहर
भोका नांगा जनता जर्जर
देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।
रुढी-बूढी अन्ध विचार Continue reading
~विष्णु विभु घिमिरे~
सर्पको बिषालु दाँत जस्तै
मान्छेको जहरिलो मन पनि
सर्पका अरु साधारण दाँतभित्रै लुकेझैँ
मान्छेको पापी मन पनि
उसको स्वाभाविक मनसँगै कतै लुकेको हुन्छ
साधारणतया र्सपले सधैँ डस्दैन
साधारणतया मान्छेको पनि Continue reading
~लक्ष्मण नेवटिया~
जब श्रीमान् जहाँपनि हामफालेज्यूले
पाउनु भयो प्रायोजित सम्मान
माथी बाट बधाई दिनेको तांती लम्बेतान
भित्र भित्रै यसले किन पायो
कसरी पायो चल्दै थियो घमासान।
पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला
उस उसलाई फुर्क्यायो होला, मिलायो होला
फोहरी मनका अनुमान, Continue reading
~मञ्जु काँचुली~
आधा आँखा हाँसेको छु त
आधा आँखा रोएको छु
आधा मन अघाएको छु त
आधा मन भोकाएको छु
यी झुत्रे आशाहरूलाई
आँखाको आधा सुकेको पानीले टल्काएर
यो मनलाई Continue reading
~दिनेश अधिकारी~
कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ
जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ
जिन्दगीले घेरिरह्यो कतै जान पाइएन
मात्तिएर छेउकुना छुन पनि पाइएन Continue reading
~भुवन निस्तेज~
उनको घरमा के एक दिन बसाइ भयो
आज सम्म फगत जग हँसाइ भयो
भूल आफ्नै नजरले गर्यो के गरुँ
द्यौता जसलाई भन्थे कसाइ भयो Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
भत्किंदै चुलिएका मनहरु
लगातार प्रहार भइदिंदा
एस्तो लाग्छ
रोपिएको कोमल प्रेम फेरि पनि ढले भने
सजाय विछोड सम्झी
भोगी सहिदिउँला बरु ।
भत्किनुको पिडा बोकेर
सुनामी भन्दा विभत्स छाल छछल्कीएर Continue reading
~शेखर ‘अस्तित्व’~
बहरको नाश गर्दैमा गजल के नै भनूँ साथी ?
सबैले ‘वाह’ भन्दैमा गजल के नै भनूँ साथी ?
गजल हो भन्नको लागि गजलका तत्व चाहिन्छन् !
कुनै ‘ठूला’ ले रच्दैमा गजल के नै भनूँ साथी ? Continue reading
~मञ्जुल~
सबभन्दा दुर्गन्धित हुन्छ
अक्षरहरुको लास
संसारको कुनै पनि अत्तरले
मेटाउन सक्तैन त्यसको दुर्गन्ध
फतफत कुहेर झर्छ Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- शार्दूलविक्रीडित
दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा
निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा
सारा वैभव, मान यो समयले पारोस् खरानी बरु
मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू !
मेरो “मन्दिर” आर्तका घर बनून् सेवा बनोस् पूजन
झर्दै तर्तर आँसुले जखममा बग्दै गरोस् सिञ्चन
बोली वेद र नम्रता जपन होस्, सौहार्द लाजा-चरु
पीडाभित्र सवार ईश्वर चिनूँ ! चाहिन्न केही अरू !! Continue reading
~रबिन पुरि~
हावाले हानेको दियोबाट
म प्रकाशको आसा गर्दै थिएँ !
औसीका रातहरुमा
जुन र तारा हेर्दै थिएँ !!
चर्किएका माटाको भाडाहरुमा
पानीका थोप्पाहरु नाप्दै थिएँ !
खियाले खाएका फलामलाई Continue reading
~गोविन्द रावत~
कोईली जस्तै वोली तिम्रो ,सुनु सुनु लाग्छ अचेल
अमर अटूट प्रेम गाथा, बुनु बुनु लाग्छ अचेल।।
दिनमा भोक रातमा निद्रा, हराईसक्यो हेर मनु
एकै होस शब्द तिम्रो, सुनु सुनु लाग्छ अचेल।। Continue reading
~लेखनाथ पौडेल~
कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।।
दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा।
फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।। Continue reading
~लेखनाथ काफ्ले~
मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । उनको सामाजिक संसार उनलाई कसैले सम्झेर बोलाएका स्वस्थानी कथाका सांगेहरु, ग्रहदशा कटाउने पुजाहरु, बिहे, ब्रतबन्ध र यी र यस्तै पुजाआजा हुन् । भर्खरै गाउँकै एउटा सहकारीमा सदस्य भएकी छन् । त्यो उनको बाहिरी संसार हो ।
हो, मेरी आमाले धेरै कुरा जान्दिनन् । पढेकी भए केहि पढेर जान्दिहुन् । पढ्ने जमाना थिएन । टिभीमा Continue reading
~अशोक थापा~
…बादलको पानी जस्तो
मेरो राम कहानी
थोपा थोपा ढल्किरहेछ
व्यर्थ जिन्दगी….त्यही बादलको पानी पृ.३४
‘सृष्टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता’ यो भनाइ सार्थक Continue reading
दिल्ली युनिभर्सिटीबाट ब्याचलर्स फाइनल इयरकोको एक्जाम दिइसकेपछि आफ्नै देश फर्कनु थियो । घरबाट खबर आएको थियो–फर्कने बेलामा देहरादूनमा बसेर पढिरहेको भाइलाई पनि भेटेर आउनू । बस पक्रेर सबभन्दा पहिला देहरादून हानिएँ । भाइ ठीकठाकै रै’छ । उसको तीन महिना बाँकी थियो छुट्टी हुनलाई ।
देहरादून रेलवेमा गएर गोरखपूरको लागि टिकट सोधेँ । तर सबै प्याक । रिजर्भेसन गर्न पनि भ्याइया होइन । वेटिङ्गको पनि कुनै गुन्जाएस नभएको टिकट काउन्टरको कर्मचारीले बताइसकेपछि एकछिन सोचमग्न भएँ । जनरल क्लासमा त्यसअघि कहिल्यै सफर गरेको थिइँन । यसपाली बाध्य भएँ । Continue reading
~लक्ष्मीप्रसाद देवकोटा~
अनुवाद : कृष्णप्रकाश श्रेष्ठ
अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ। हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ। तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
सायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ। Continue reading
~शान्तिराम ढकाल~
लय : त्वमेव माता च पिता त्वमेव
त्वमेव डलर च रुपैयाँ त्वमेव
त्वमेव सर्वम त्वम देव देव
त्वमेव प्रेम च रस त्वमेव
त्वमेव बुद्धि च त्वम देव देव
त्वमेव साडी च गहना त्वमेव Continue reading
~सङ्कलन : निशा खनाल अर्याल~
एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए । ती दम्पत्तीका तीन छोरा र एक छोरी थिए । सधै आफ्नो खेतबारी जोतेर अन्न आर्जन गर्ने र त्यसैबाट जीविका चलाउदै आएका किसानले एक दिन खेतमा जोतिरहदा माटोको डिल मुनी सर्पका धेरै डिम्माहरू रहेछन । तीमध्ये तीन बच्चा हलले कुल्चेर मारिएका रहेछन । आफ्ना सन्तानको माया जो सुकैलाई पनि हुन्छ चाहे मानिस हुन् वा कुनै प्राणी, आफ्ना तीन बच्चा मरेर लम्पसार परेको देखि नागिनीले अलाप बिलाप गर्न लागिन, त्यस्तो देखी Continue reading
~अश्विनी कोइराला~
०४८ सालको कुनै महिना, गर्मी सुरु भैसकेको तर बर्खा सुरु नभएकाले जेठ–असार हो कि भन्ने अञ्दाज गर्न सक्छु ।
प्रजातन्त्रपछिको पहिलो निर्वाचनका कारण हाम्रो गाउँ दुई भागमा विभक्त भएको थियो । एकथरि मानिस ‘कम्निस्ट’ भएका थिए, जो कांग्रेसका घरमा पस्न पनि रुचाउँदैन थिए । अनि एक थरि ‘कांग्रेस’ थिए, जो कम्युनिस्टलाई देखी सहन्न थिए । Continue reading
~रजिन पनेरु~
च्यातिएका पर्दाभित्र
जिजीविषा बोकेर उभिरहेको
कीर्तिपुर …………
व्यारेकिकरणको छिटाहरुमा
फगत श्वास बनेर
चिच्याइ रहेछ
र लमतन्य फाटिएका सडकहरु
नाघिरहेका माक्र्स र बुद्धका Continue reading
~सनत रेग्मी~
रङ्कमञ्चमा नर्तकीहरूका गोडाहरू चलमलाइरहेका छन् । सङ्कीतको रिदम र गीतको लयका गतिमा थिरकिरहेका गोडाहरूको चाल र नर्तकीको मुद्रा हाउभाउबाट प्रभावित भएर दर्शकहरू विभोर भएर हेरिरहेका छन् । छम…छमछम…छमम…चाँपको स्वर, सङ्कीतको तालमा मिसिन पुगेको छ । दर्शक भावविभोर भएर हेरिरहेका छन् ।
आज धेरै दिनपछि रङ्कमञ्च हेरिरहेकी छ उत्तरा, झन्डै दस वर्षको अन्तरालपछि । साँच्चै भन्ने हो भने दस वर्ष भयो उत्तरा घरबाट ननिस्केकी । एकेडमीको हलमा भारतकी सुप्रसिद्ध नर्तकीको नृत्य देखाइने सुनेपछि किन हो ऊ निकै उदास भएकी थिई । दस वर्षपूर्व त ऊ पनि उत्तिकै प्रसिद्ध थिई । उसको नृत्यका प्रशंसक पनि उत्ति नै थिए । उत्तराको नृत्य प्रदर्शन हुने भएपछि एकेडकीको हल यसै गरी भरिएको हुन्थ्यो । Continue reading
~Kamal Kumar~
I collected the most beautiful
moments of life,
I gathered the color of joys.
With a brush of happiness,
on the canvas of dream,
I sketched all the emotions I had,
and I got the Picture of you. Continue reading
~जीवराज बुढाथोकी~
धौलागिरीको फराकिलो आगनमा,
ढकमक्क लालीगुराँस अयो पाहुना,
बसन्तको सुरम्य यो मध्यमाझमा,
आहा साँच्चै कति आनन्द हृदयमा !!
सेतो फेटा गुथे झैं यो धौलागिरी,
रातै फूलेको गुराँसले आँखै तिरिमिरी, Continue reading
~कात्यायन~
काठै-काठले निर्माण भएको विशाल काष्ठ-मण्डप आफूलाई दुर्गन्धित भएको महसुस गर्छ र बागमतीमा गएर स्नान गर्छ |
उसले बिर्सिएको थिएन कि कुनै बेला जनताबाट तिरस्कृत र दूषितहरू आफूलाई स्वच्छ-छवि र योग्य प्रमाणित गर्न दौरा-सुरुवालमा सु-सज्जित भएर नारायणहिटीमा स्नान गर्न लम्पसार परेका थिए भने त्यही समयमा कोही भने रक्तस्नान गर्नमा तल्लिन थिए | Continue reading
घरबार छोडेर
गाउँमा बसेर
जनताको लागि काम गर्ने
नदीहरुलाई
मेरो अशेष प्यार !
खुकुरीको धारमा उभिएर
बलिदान हुन तयार Continue reading
टेक्छु पट्यार कोलाहल
र गन्छु औंला भाची समय
उन्मुक्त दिनहरु
कल्पन्छु
मात्रै फक्रोस उज्यालो
तर पाहुना साझ
टुप्लुकिए पछि
परदेसीन्छ दिन
क्रमश…
जीन्दगीको
कुर्इनेटो नाप्दै
आरोह अवरोहमा
छलाङ्ग मार्दै उमेर Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
एउटा त्यस्तो प्रतिक्षा
जुन अत्यन्तै लामो पनि
अनि छोटो पनि ।
छातीभित्र
तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए
अनगिन्ती फुलहरु फुलिदिए
एउटा अदभुत तृष्णालाई
हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं । Continue reading