~मधुवन पौडेल~
भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन र मृत्युको दोसांधमा थिए अनि वसन्त चांहि सबैको अनुहार ताक्दै उनीहरुले वारम्वार आफना बाबुको बारे व्यक्त गर्दै रहेका विभिन्न प्रतिक्रिया चाहेर नचाहेर सुनिरहेको थियो । प्रत्येकपल्ट नेपाल आउँदा सुनिने त्यस्ता प्रतिक्रियाबाट वास्तवमा ऊ अभ्यस्त पनि भइसकेको थियो ।
एउटा भन्थ्यो, “डिठ्ठाबाले के मात्र गरेनन् छोरा छोरीका लागि ! पढाएर लेखाएर सवैलाई एकलै हुर्काए विचराले ! Continue reading


वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट चिन्न थालें र विस्तारै हिमचिम र आत्मीयता पनि प्राप्त हुँदै गयो र आज पनि भेट हुँदा त्यतिकै स्नेह र सल्लाह पाइराखेको हुन्छु । यो सन्दर्भ मेरै लागि मात्र होइन, उनको आत्मीय परिधि भित्र हुने जो कोहीले अनुभव गरिरहेको हुन्छ ।




















