कथा : बाबु मेरो चिन्ता नगरेस्

~मधुवन पौडेल~

भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन र मृत्युको दोसांधमा थिए अनि वसन्त चांहि सबैको अनुहार ताक्दै उनीहरुले वारम्वार आफना बाबुको बारे व्यक्त गर्दै रहेका विभिन्न प्रतिक्रिया चाहेर नचाहेर सुनिरहेको थियो । प्रत्येकपल्ट नेपाल आउँदा सुनिने त्यस्ता प्रतिक्रियाबाट वास्तवमा ऊ अभ्यस्त पनि भइसकेको थियो ।

एउटा भन्थ्यो, “डिठ्ठाबाले के मात्र गरेनन् छोरा छोरीका लागि ! पढाएर लेखाएर सवैलाई एकलै हुर्काए विचराले ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यान प्रकृतिका तीन मुक्तकहरु

~यान प्रकृति~

(१)
त्यो गुलावले पनि त सुन्छ होला
माया पिरतीका कुरा गुन्छ होला
मायाको चिनो सम्झेर दिदा खेरी
अस्विकार गर्दा कति रुन्छ होला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

निबन्ध : जिन्दगीको खोजी

~कृष्णचन्द्रसिंह प्रधान~

कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।

समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा बाँचेर समय बाँच्दो रहेनछ । इतिहास भइसक्छौँ, हामी त । समय जहिले हेर जवान, कहिल्यै बूढो हुँदैन । सिमानाजस्तो उल्लङ्घन गर्न सक्तैनौँ । एउटा विचारजस्तो पनि, अध्यात्मवादीहरूको उन्मुक्तिजस्तो पनि । भौतिक सम्पदासित जोडेर अथ्र्याउँछौँ र जिन्दगीको खोजीमा लाग्छौँ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

स्रष्टा परिचय : रमेश गोर्खाली – एउटा घुम्ती पुस्तकालय

वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्‍यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट चिन्न थालें र विस्तारै हिमचिम र आत्मीयता पनि प्राप्त हुँदै गयो र आज पनि भेट हुँदा त्यतिकै स्नेह र सल्लाह पाइराखेको हुन्छु । यो सन्दर्भ मेरै लागि मात्र होइन, उनको आत्मीय परिधि भित्र हुने जो कोहीले अनुभव गरिरहेको हुन्छ ।

वीरगंजका लागि एउटा घुम्ती पुस्तकालय हुन् रमेश गोर्खाली । वीरगंजमा त्यतिको पठन–व्यसन भएको अरू कोही व्यक्ति छैन । ऐतिहासिक तिथिमिति र सन्दर्भहरू उनलाई कण्ठस्थ छ । भेट्दा आफूले पढेका, पढिरहेका विषय वस्तुहरूबारे चर्चा गर्न मनपराउँछन् र श्रोता व्यक्तिले उनले कुन सन्दर्भ कहाँबाट भन्न शुरु गरेका हुन्, त्यसको Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

व्यङ्ग्य कविता : थुइक्क सभासद् म !

~डा.लक्ष्मणप्रसाद गौतम~

कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ :
थुइक्क सभासद् म !

प्रत्येक महिना ५१ हजार पचाएर
रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि
ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ
त्यही जाबो संविधान नबनाएको त हुँ नि ! Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समालोचना : मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय

कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७)

साहित्यिक योगदान : करिब ६ दशक लामोसमय ।

मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो)

विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : आश्चर्य

~यकिना अगाध~

यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो ।

लगतै स्वागत भिडमा मिसिएका विपक्षी दलका Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : सारथि : युग हाँक्ने

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : स्रग्धरा

दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई
बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ
फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ
चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१।

आएको गर्भबाटै हलचलसित ऊ मार्ग पक्री चिकित्सा
भन्थिन् आमा उसै ऊ कहर पथ कहाँ हार खाला अभीप्सा ? Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्री कृष्ण महिमा

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

छन्द : शार्दूलविक्रीडित

कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ?
आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी
यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि !
गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।।

धेरैको मत एउटै छ दुइटा प्राणी बनेका भनी Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

हास्य गीत : बिर्यानी बखान

~मनोज लामिछाने~

बिर्यानीको काम, जल्ले पाए नि खाम ।
बिर्यानीको थाल, सुकाउनु न लुकाउनु ।
बिर्यानी खानेको सयवटा पोइ, ढेँडो खानेको कोइ न कोइ ।
सहिदगेटको जात्रा, बिर्यानीको व्यापार ।
सित्तैमा पाए, बिर्यानीको ताउलो रित्तै ।
के खोज्छस् कम्रेड, बिर्यानी । Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चस्केको छ देश आज

~अशोक थापा~

कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज
प्रस्रव पीडा छटपटीमा खस्केको देश आज

पुराना खिल आँतबाट किन ननिस्केका २
विनाकारण कुर्सीभित्र चस्केको छ देश आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माथि उठेन

~अमला अधिकारी~

चुलो, चौका खट्प्वालभन्दा माथि उठेन
जिन्दगी चार पर्खालभन्दा माथि उठेन

लेख्नु थियो देश, माटो, समाज लेख्नु थियो
मेरो कलम अनिकालभन्दा माथि उठेन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ओ ! काठमाडौँ तँ सिल्ली न हो !

~रजिन पनेरु~

उसको मन बहुलायो
तन बहुलायो
टेकेर वैशाखी चोकमा आयो
दाम्रिएर पेट, भोकमा आयो
आफन्त मरेको शोकमा आयो
असह्य पीडा
सडक पेटिबाट जुरुक्क उठेर …..
“ म युद्धको घाइते Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।

परिचय

Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो । यस्ता कृतिहरू हल्का, घटिया, असत्य र काल्पनिक Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : आमा

~इश्वर देवकोटा~

दरिलो पार कलिला पाइला सहारा म दिन्छु
धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु
कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली
लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी पनि म उठ्ने छु

~शिव प्रकाश~

खोज्नै पर्दैन दाउरा
काफी छौ तिमी आफैं
बल्नु हो, मूढाको धर्म
सल्काऊ आगो
बनाऊ खरानी मलाई
फेरी पनि म उठ्ने छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मिथ इबरा

~राजा पुनियानी~

आईबी राई दार्जीलिङे साहित्यको बाघ

“आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने।

त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।”

निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ हौ बूढ़ोले। आम्मामा… बोल्नु पनि जानेकै हो। कुरा पनि आकै हो”। Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : स्वाभिमान

~महालक्ष्मी थापा~

स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन ।
स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन ।
अरुको सामु झुकेर जिउनु
आफ्नो कदर आँफैले नगर्नु हो ।
कदर गर आफ्नो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी गजल : प्यार नुकैबु मै कैसिक्

~सलिना कुमारी चौधरी~

जब भोजक बाट हुइ,घरम प्यार नुकैबु मै कैसिक्
आई कोइ लेहे महिन्,ओकर साथ जैबु मै कैसिक्

टुह्ँ टो खुल्के प्यारके एक्रार करे निसेक्लो टो अब
आपन ओ टुहार घर परिवार हिन् बटैबु मै कैसिक् Continue reading →

Posted in थारू गजल | Tagged | Leave a comment

लोक कथा : ज्याजिमाको योगदान

~सङ्कलन : शेरबहादुर गुरुङ~

संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् । ती दुई थोपा आँसुले स्वर्गको राजकुमारी भएर जन्म लिएछन् । जेठी राजकुमारीको नाम गङकङमा Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : नारी

~श्रीपुरुष ढकाल~

नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी
दुःखमा पनि सँगै नै हुने जीवन संगिनी

सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन्
पीडाले मैलो भएको छाती आँसुले पखाल्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र कथा : मेरो यो कथा सुनाइदिनू

~विश्वराज अधिकारी~

साथी हेमन्त,

म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु ।

हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । म ठाकुरराम कलेजमा आइएस्सी पढन थालें भने जुनैदले आफ्नो पिताले गर्दै आएको धुनिया पेशा अँगाल्यो । रूओ धुन्ने र सिरक, डस्ना बनाउने पेशा कर्ममा लाग्यो ।

जुनैद पढ्नमा निकै कमजोर थियो । मैले उसलाई अलजेब्रा र जोमेट्री नसिकाएको भए, टेस्ट परीक्षामा नै फेल Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कविता : म निकाल्न दिन्न हावाबाट बिजुली

~भुवन निस्तेज~

खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!

यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : तपुलि जुलुस

~नविन प्रकाश श्रेष्ठ~

लं फिनाः न‍ं नांगा जुया च्वंपिन्त
नांगा जुयाक्यन बादी मिसातयसं
पिकाल नांगा जूलुस

ल्यायम्ह तयसं पिकाल सुईपुईचा जूलुस
न्हायपं दयाः नं मताःपिनिगु न्हायपं क्वय् पू जुल Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : शान्ति र म !

~सविता सापकोटा~

गन्दै छु ताराहरु
खै म कहिले गनि सक्छु ।
पुग्न त मन छ धेरै पर
खै त्यो बस्ति
म कहिले भेट्छु ?

एउटा यस्तो ठाउँ होस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै हल्ला सुन्छु

~निर्मला अवस्थी~Nirmala Awasthi_1

हिजो आज गाउँभरी तिम्रै हल्ला सुन्छु
के भएर त्यस्तो भयौ मन मनै गुन्छु।।

आँखिर गल्ती कस्को थियो भन नढाटी
तिम्लाई संझी म पनि एक्लै बसी रुन्छु।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ट्‌विटर पुराण

~प्रविन कँडेल~

व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्‌। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु!

फेरी तैँले यत्रो कुरा कसरी सम्झिस्‌ र लेख्छस्‌? भन्नुहोला, मैले पनि भर्खर भर्खर मात्र इन्टरनेट चलाउन थाले पछि यि कुरा थाहा पायको हुँ। साथै यस पुराणको माहात्म्य मैले इन्टरनेट बाटै दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – इन्टरनेटाय नम:। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : अँगेनीको ओदान हो

~दिनेश अधिकारी~Dinesh Adhikari

अँगेनीको ओदान हो विधवाको छाती
दिनभरि पोलिराख्छ, बल्न थाल्छ राति
नियतिको नाम दिँदै बाटो छेकीछेकी
हिँड्न खोज्छ मान्छे मेरो कलेजीमा टेकी

हाँसेकै छ सुनगाभा मैले छोए पनि
आँसु झर्छ आँखाबाट मैले रोए पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मन

~अविनाश श्रेष्ठ~

तिमीलाई दिन
मसित एउटा मन छ ।
गौथली झैँ अक्कास–अक्कास उडिहिँड्ने मन ।
कर्कलाको पातमाथिको पानीको थोपा झैँ
अस्थिर मन । मसित एउटा मन छ
तिमीलाई दिन ।
खप्पिस भैसकेको छु म त
सपनासित जिस्कन ।
एउटा बसिबियाँलो न हो सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बानीको खुदरा पैसा

~प्रदीप लोहागुण~

निगमको झोला भिरेर हाट भर्न हिँडेका
अनील अम्बानीलाई थाहा छ
खुदरा पैसाको मूल्य ।

अनील अम्बानीलाई अर्को एउटा कुरा पनि थाहा छ
कि हाट भर्न जाँदा नोट बोक्नु हुँदैन ।
ऊ सानैदेखि आफ्ना बाबुसँग
हाट भर्न आउन थालेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्महत्या

~पुजा पराजुली~

पल्टिरहेका पानाहरु
पाना पल्टाइरहेका औलाहरु
अनि तिनै पानाहरुमा दौडिरहेका आखाहरु
एक्कासि ब्रेक लागेर रोकिए..र टक्क अडिए..
चार अक्षरको त्यो शब्द जुन
मेरो सानो मगजलाइ ओभरडोजको दबाइले झै
हावामा उडेको फिरर्फिरे झै
फनफनी घुमाइदियो
यी नाता,यी प्रकृति
त्यो हिजो,यो आज अनि त्यो भोलि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

दिपक अभिमन्यूका चार हाईकु

~दिपक अभिमन्यू~

१
आधा गिलास
छचल्किएको वैंश
पोख्खिन सक्छ

२
छड्के हेराई
उन्मत्त त्यो यौवन
पुगी हाल्यो नि Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment