~केशर देवकोटा~
शिवानीलाई हृदयमा राखे छु
भुल्दिनँ म यो जीवनमा ।
सम्झनाहरु दियौ नि
मुटुमा नमेट्ने गरी । Continue reading
~केशर देवकोटा~
शिवानीलाई हृदयमा राखे छु
भुल्दिनँ म यो जीवनमा ।
सम्झनाहरु दियौ नि
मुटुमा नमेट्ने गरी । Continue reading
~कल्पना पौडेल‘जिज्ञासु’~
महाकालीले कैयौंको बास हरायो
खेत र बारी सहित गास हरायो
के थाहा कठै तिनलाई यो प्रलयको
मस्त निदाएको बेला सास हरायो Continue reading
~हिरण्य भोजपुरे~
आयो पाध, गयो पाध
पाधका निम्ति केको बात… !
यो मूल मन्त्र जप्तैजप्तै म हुर्किएँ । म बढेँ । बालकालमा मैले पाधेको मलाई सम्झना छैन । तन्नेरी हुँदा त्यस्ता पाध कति पाधिए होलान् कति !
अस्ट्रेलिया तालिममा Continue reading
~राजु नेपाल~
शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर दैनिक क्रियाकलापमा व्यस्त हुँदै थिए। मोटर गाडीको घर्घराहटले बिहानको निस्तब्धता छिचोल्दै थियो। केही मानिस आ–आफ्ना गन्तव्यतिर लम्किरहेका देखिन्थे। Continue reading
~पूर्णप्रसाद ब्राह्मण~
माटा हुन् दरबार मोटर तथा पन्ना हिरा माणिक
सच्चा वैभव धर्म हो, जगतमा बन्धुत्व जो मर्दछ
मैरो त्यो धन हो, म लड्छु त्यसका लागी विरोधीसँग
आफू मिट्न तयार छू, तर म के मिट्थें कहाँ कोसँग ?
(१)
आत्मा हुँ म, अनन्तबाट अहिल्यै टुक्रेर आएँ यहाँ
छैनन् भीति र मृत्यु आदि अरुको जस्तो बखेडा ममा
नाङ्गो छ, तर भित्र आत्मबलको ज्वालामुखी ग्याँस छ Continue reading
~विमल कोइराला~
यो सहरमा
म अनागरिक भित्रिएँ भन्ने
भ्रान्ति भइरहेछ ।
चट्टान खोपेर निर्मित
गोडा मात्र अटाउने कहालीलाग्दा
भीरका बाटा पनि हुँदा रहेनछन्,
छ्वाङछ्वाङ्ती
आम्मै। पनि भन्न नपाइने Continue reading
~हिरा आकाश~
कुनै मालिकले
नोकरलाई
कोर्रै कोर्राले हिर्काएको
नीलडाम हो मेरो अक्षर ।
साहूको
जाली तमसुकले
लुटिएको
मोहियानी हो मेरो अक्षर । Continue reading
~विष्णु विभु घिमिरे~
विमला उसको नाम हो
उसका बाबुआमाकी जवान छोरी हो
क्याम्पसमा पढ्दै गरेकी मेहनती छात्रा हो
विमला उसको थर छैन
विमला स्वास्नीमान्छे हो
(स्वास्नीमान्छेको थर हुँदैन)
थुप्रै सपनाहरू बुन्दै
रामायणकालकी आफ्नी आमालाई सम्झाएर
यो सहरमा आफ्नो भविष्य बनाउन बसेकी छ Continue reading
~राजेन्द्र शलभ~
धेरै दिन लगाएर
आफुसँग बटुलेका
साना—साना खुशीहरू
आफन्तलाई
बाँड्न बसेकै बेला
एउटा ठूलो दुःख
फेरि टुप्लुक्क आइपुग्छ । Continue reading
~लक्ष्मण नेवटिया~
मातृभूमिको नुनको सोझो गर्ने चाहना बोकेर
आफ्नो अंशको कर्तव्य निर्वाह गरुँ भनि उद्यत भै सोचेर
प्राप्त गर्न आफ्नो अपेक्षित अधिकार
मतदान केन्द्रमा हेलिएँ गर्दै हतार
थमाइयो मतपत्र जस्को क्यालेण्डरीय आकार
पहिले त मक्ख परें हेरि उपहार, बुट्टेदार
बीस वर्षपछि पाएको नागरिक अधिकार ।
Continue reading
बालापन
र यौवनबीचको
पुल कस्तो हुन्छ ?
उमेरको हाँगो
हल्लाई–हल्लाई
मच्चिइरहेकाले
झारेका फूलहरूजस्तो हुन्छ ? Continue reading
~दिनेश अधिकारी~
फेरि तिम्रो याद आयो
बिर्सिएका सारा कुरा
सम्झनाको माझ आयो
फुल्न थाले मनमा फेरि जाई, जुही, बुकीहरू Continue reading
~अविनाश श्रेष्ठ~
उमेर बिसाऊँ–बिसाऊँ झैँ लाग्छ
यी नीला शिरीषका फूलहरुमा । कसले पो
बुझेको छ र समयको लहड । अर्को छिनमै
कुन कोल्टे बसिदिने हो ।
आँखाहरुलाई टेकाउँदा–टेकाउँदै Continue reading
~दिपक अभिमन्यू~
बरबरी आँशु झारेर छुटेको पल सम्झदैछु आज !!
अनायासै त्यो तारा टुटेको पल सम्झदैछु आज !!
मधुर मुस्कानसहितको त्यो बोलीमा मिठास कस्तो!
ऐंसेलु र काफल खाँदै डुलेको पल सम्झदैछु आज !! Continue reading
~प्रज्वल अधिकारी~
मान्छे मान्छे मार्न
उद्दत भइरहेको यो समयमा
मान्छेकै हुलहरू
केही थान भकल पूरा गर्न मन्दिरमा
राँगा,बोका,हाँस,कुखुरा र परेवा
लिएर पुगेका छन र
सद्बुद्धिको कामना गरिरहेका छन!
अब छिट्टैनै
ढुँगाको शिरमा रगतको टीका लगाउन Continue reading
~मुना सिग्देल~
उसोत
तिम्रा
कवितामा मात्र फुल्छन मन जिन्दगी
यतार्थमा त साना साना भन्दै जिन्दगीका
अफ्ठ्याराहरू संग सम्झौता गर्दा गर्दै
बे स्वाद र बेरंगको भएर लडिदिन्छ।
जिन्दगीका हरेक
तिम्रा कवितामा देशको
लागी दूख्ने मन
कसम खाएर भन
आफ्नाको लागी दूख्छ दूख्दैन कवि ज्यू? Continue reading
~नवराज पोखरेल ‘पाखेली’~
त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द हावामा सुस्तरी झुलेको देखिन्थ्यो अनि एक दुइ वटा बृद अनुहार हरु पुलुक्क मेरो अनुहार लाइ नियालेर सरासर आफ्नो बाटो लाग्थे ! म मेरो बालपनमा बिस्तारै आफुलाई समाहित गर्न थालिसकेको थिए ! पर देखिने स्कुल बाट ससना बालबालिका का झुण्ड हरु कराउदै पाठ घोकी रहेको आवाज घरि घरि मेरो कानमा ठोक्किन्थियो ! म आज करिब नौ वर्ष पछी त्यहा पुगेको थिए ! त्यो बाटो अगाडिको सिरिशको बोटमा उही हामीले हालेको पीङको लठारो मक्किएको अवस्थामा लत्रिएर झुण्डीरहेको थियो ! हामीले पराल ओसार्ने त्यो गोरुगाडाको एउटा पांग्रो त्यसै मक्कीएर आगनको छेउपट्टि लडिरहेको थियो ! हामीले खाने गरेको त्यो नि Continue reading
~Suman Pokharel~
Trans : Abhi Subedi
I was watching
a city taking shape
like raging delusions
from the deposits of migrating
lovely pristine villages.
Grown playing in dusty streets,
I was searching myself
standing on bifurcating streets
between growing houses
in times dangerous even to tread.
Someone with no shape Continue reading
~एमसी सुमित~
सम्झन्छु,धोका रहेछ
तिम्रो सिरानीभित्र
मैले सपना लुकाएको दिन!
**
सत्य तिमीले मै भन्या हो
“अलिक नजिक आून लाटी
तेरो यो चुल्ठोको भुमरीमाझ
आज म जुनतारा टिपेर सजाइदिन्छु Continue reading
~योगेन पौडेल~
पशुपति परिसरबाट पूर्वतिर बागमती मनग्गे ठोस लिएर बग्दै गरेको हेर्दैथिएँ। नदीबाट पशुपति मन्दिर चढ्ने सिँढी छेउको सानो मन्दिरमा पशुपति परिसरबाटै मान्छेहरु सिक्का फ्याँक्दै थिए, आ-आफ्नो भाग्य जाँच गर्दै थिए।
सोह्र-सत्र बर्ष जति लागेकी नातिनी र पैंसठी- सत्तरी जति लागेकी हजुरआमा म उभिरहेको छेउमा आए। नातिनीले ४-५ वटा सिक्का हातमा बोकेकी थिईन, हजुरआमाले पुजाको थाली। मन्दिरको छानामा अड्याउने गरी नातिनीले सिक्का फ्याँक्न थालिन्। पहिलो सिक्का मन्दिरको छानामै अडियो, नातिनी खुसीले एक बित्ता उफ़्रीईन। तिनलाई भाग्य अझै बढाउन मन लागेछ क्यारे, अर्को सिक्का फ्याँकीन। सिक्का छानाको Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
अरु होच्याई महान् आफू बन्नेको होड छ समाजमा
ठहर्याई दोषी खोइरो खन्नेको होड छ समाजमा ।
जान्न अवगुण आफ्नो नजिकका विरोधी खोजे पुग्छ
देख्दा दुर्गति गाँस रुच्छ भन्नेको होड छ समाजमा । Continue reading
~बदरीनाथ भट्टराई~
उठी दुई हजार अठ सालको उठानमा
म मित्रवर्गलाई लेख्न खोज्दथें सुकामना ।।
परन्तु संझिए कुरा अतीत सात सालका
म व्यग्र झन भएँ सुझेर दृष्य चैत तीसका ।।१।।
झलक्क संझियो अधैर्यपूर्ण एउटा दल
गरेर झ्यालखान-भङ्ग जो पुग्यो निकै तल ।।
सुझ्यो तुरुन्त फेरि छिन्न भिन्न पाहुनाघर
अहो ! जहाँ वह्यो असाध्य उष्ण रक्तको भल ।।२।। Continue reading
~पूर्णिमा प्रतिबिम्ब~
देशमा अशान्ति फैलिएर
भाइ भाइमा काटमार
गोलि वर्षा सगैँ रगतको कर्णली उर्लेको बेला !
मेरो मनमा पनि चिन्ताको सागर बनेको छ ।
रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा
रगतको खोलामा डुबि डुबि
म कसरी होलि मनाउन सक्छु ? Continue reading
~इलामेली टीकाराम दुलाल~
दिलमा लाग्छ धक्का ढलपल ढलपल गर्छ आँसु
दिलमै चोट परेपछि बाँध फुटाई झर्छ आँसु
बाहाना अनेक हुन्छन् यथार्थता मनमा हुन्छ
चोट पखाल्न नयन घडा तृप्त तृप्त भर्छ आँसु Continue reading
~दिपा धिताल~
हेलो ! कवि ज्यु । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।
एक्कासि एउटा अपरिचित व्यक्ति फोनमा बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भने कवि ? कथा ?कसलाई भन्नू भएको ? मैले त बुझेननी ? ।
बुझ्नु पनि कसरी तपाईँले मलाई चिन्नु नै भएको छैन । उसो भए मलाई नचिनेको मान्छे सँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस् है ।
अरे ! कविहरू त कोमल मनका हुन्छन् रे तर तपाईँ त कति चाँडै रिसाउनु भएको । चिनजान गरे हुँदैन र ? Continue reading
~अनुपम ‘नवोदित’~
मेरो प्रिय डक्टर
कहिले भावर जस्तै तातो तातो
कहिले बरफ जस्तै चिसो चिसो
ॠतुचक्र फेरिईरहने
यो अजनवी भूगोलको
सुदूर कन्दरामा
यो हृदय दशौं चिरा भएर फाटिरहँदा
खूनसँग नून साटिंरहँदा
मानसपटलमा घुमिरहेछ ती अभिशप्त क्षणहरु Continue reading
ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय
“ह्या सर छोड्दिनु न !” उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय थियो।मलाई भने सवैभन्दा रिस उठ्ने उसको कपाल!
सरकारी नै भए पनि हामी अनुशासन पालनमा निक्कै अव्वल थियौँ।मैले आफुमाथी गर्व गर्न त उचित हुन्न, तर यस स्कुलको अनुशासनलाई यत्तिको राख्नुमा मेरो ठूलो हात थियो।म हफ्ताको एक चोटी सवैको नंग,कपाल हेर्थेँ लाइनमाँ राखेर!कपाल लामो भएको मलाई मन पर्दैन थियो।कहिलाई अफिसमा अरु सरहरु मलाई जिस्क्याउँथे पनि मेरो कपाल खुइलिन थालेको भएर अरुको कपालमा म डाहा गर्थेँ भनेर ! तर कुरा त्यस्तो थिएन । मलाई त मात्र मेरो स्कुलका विध्यार्थी अनुशासनमा रहुन र सँधै अव्वल रहुन भन्ने ध्याउन्न थियो। Continue reading
तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’
हाम्रो प्राप्तिसँगैको अनुभुति
जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु
कति सहज, कति असहज
कति मिठा कति तीता
तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु।
तिमी उस्तै म त्यस्तै तर पनि फरक Continue reading
~मञ्जुश्री गिरी~
सर्वत्र पीरका अविरल झरी परिरहेका बेला
जीवन नामको बाक्लो घुम ओडेर म नागरिक
देश खोज्न निस्किएकी छु
कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश
कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु Continue reading
~कात्यायन~
– मिस्टर ह्यारि र मिसेस् ज्वाय परदेश पलायन भएका केही वर्ष बितिसकेको थियो | अर्थात श्री हरिप्रसाद सेमिनारमा र श्रीमती जयादेवी विद्यार्थीको रुपमा केही महिना बिरायर गएका थिए |
– तीन महिने नातिनी र डेढ वर्षे नातिहरूको प्रगती विवरणहरू फोटोसहित आमाले प्रत्येक दिन जस्तै फेस-बुकमा पोष्ट गर्न शुरु गर्नुभएको पनि झन्डै सात वर्ष भइसकेको थियो |
– कहिले वामे सर्दाको त कहिले स्कूलका कार्यक्रम त कहिले रिजल्ट तथा कहिले अन्य क्रियाकलाप आदिका Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै
कठोर प्रवृति संगै
अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा
एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ
जो राजनितिमा हाबी छ
जो पत्रकार पनि वन्न खोज्छ
जो व्यापारी पनि हुन खोज्छ
जो सम्पादकीय पनि लेख्छ
जो मुलुकलाई दिशावोध गराएको भान पनि पस्कन्छ Continue reading
~शेखर ‘अस्तित्व’~
विश्व शान्तिको मन्त्र सु-पावन, बुध्दं सरणं गच्छामि !
नित्य निरन्तर जप्दछ यो मन, बुध्दं सरणं गच्छामि !
पंचशीलको सत्य मार्गमा हिंडेपछि अनुभूति गरें !
रै’छ परम कल्याणको साधन, बुध्दं सरणं गच्छामि ! Continue reading