Tag Archives: लक्ष्मण नेवटिया – Lakshman Kumar Nevatia

कविता : बाढीमा स्वयं डुबेको छ नदी

~लक्ष्मण नेवटिया~ नदीले हाम्रो भए भरखरको सबै बगाइदियो आरोप न लगाइनुस नदीलाईकी अहिले नदी आफै डुबेको छ। जबर्दस्तीको मानसुनको हसुराइ खुवाइले अपच भएर बान्ता गरिरहेको छ नदी आफै बिरामी परेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धा नै हो श्राद्ध

~लक्ष्मण नेवटिया~ विपरीत परिस्थितिका ढुंगै ढुंगाको अक्करबाट आफ्नो हिस्साको कर्तव्य उमारेर पनि समयले दिएको घाउ लिएर आशाको त्यान्द्रोमा अल्झेर सासमा भन्दा पनि आशमा अडिएर आँखाको पानी आँखैमा सुकाएर बाँच्न बाध्य छिन् आमाहरू बाचुन्जेल उनको चोखो मायाको गरिन्छ अवमूल्यन मनको फूल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता :ढुंगा र मानिस

~लक्ष्मण नेवटिया~ ढुंगा संधै हाम्रो साथी हामीलाई भर्र्याङ् बनेर पुर्याउँछ माथि माथि । ओछ्यान बन्यो भूंई बनेर छाया बन्यो छत बनेर सुरक्षा गर्यो पर्खाल बनेर।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जीत कस्को – गम्छाको

~लक्ष्मण नेवटिया~ जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा, जातीयताको चुनावी खेती जोती दिने गम्छा, जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा राजधानियाहरुको विलासिता छोपी दिने गम्छा कोही जति भट्भट्याउनुस्- फत्फताउनुस् चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ “गम्छा”। बुझिराख्नुस् यहाँ “आम नागरिक”को

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : वीर फुच्चे

~लक्ष्मण नेवटिया~ बुवा नभएको मौकापारी आज फेरि फुच्चे का लागि खेलौना र ठूलोखाले केडबरी चकलेट बोकेर त्यो चिप्लो गाडी चढने बिर्खमान घरमा पस्दै थियो। फुच्चे लाई उ घर आएको कहिल्यै मन पर्दैन्थ्यो। आज के भएर हो आफ्ना सिंगानका लत्काहरू उल्टो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~ मानवबस्तीहरूमा जब ढोल बजाउने, बन्दै गएको छ माहोल, गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल, अब त वेदनाले कुँजिएको हाम्रो उमेरको एकएक पल सकिन्दैछ। जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।| बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका। विश्वभरी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : के यही हो जिन्दगी ?

~लक्ष्मण नेवटिया~ चपाउनु मज्जाले दुई छाक ढुक्कसँग, कमाउनुमा लाग्नु नुन देखि सुन सम्म, श्वांसको उकालीओरालीमा अल्मलाउने, जीउलाई खाना पचाउने भाँडो बनाउने, के यही हो जिन्दगी? अल्झिने सांसारिक राप र तापमा, कहिले सुखदुखको प्राप्त अप्राप्तमा,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो “सम्मान” कहिले हुन्छ?

~लक्ष्मण नेवटिया~ जब श्रीमान् जहाँपनि हामफालेज्यूले पाउनु भयो प्रायोजित सम्मान माथी बाट बधाई दिनेको तांती लम्बेतान भित्र भित्रै यसले किन पायो कसरी पायो चल्दै थियो घमासान। पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला उस उसलाई फुर्क्यायो होला, मिलायो होला फोहरी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भोट बदर- नेता सदर!

~लक्ष्मण नेवटिया~ मातृभूमिको नुनको सोझो गर्ने चाहना बोकेर आफ्नो अंशको कर्तव्य निर्वाह गरुँ भनि उद्यत भै सोचेर प्राप्त गर्न आफ्नो अपेक्षित अधिकार मतदान केन्द्रमा हेलिएँ गर्दै हतार थमाइयो मतपत्र जस्को क्यालेण्डरीय आकार पहिले त मक्ख परें हेरि उपहार, बुट्टेदार बीस … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : राजनीति गांधारी हुँदा को पीडा

~लक्ष्मण नेवटिया~ यता घोच्दा उता दुखनु पर्ने थियो उता घोच्दा यता दुख्नु पर्ने थियो तर घोर असहिष्णुताले खण्डित भएका छन आपसी एकताका आधार । बदलिंदो प्रवाहमा बग्नु पर्ने थियो फराकिलो भएर मनका फाँटहरुमा तर झन उल्टो संकिर्ण मानसिकताले सांघुरिएका छन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~ लामो बन्द पछि जब बन्द नेपाल खुल्यो, विदेशीयात्रुले सोध्यो मलाई, नेपाल कति दिनका लागि खुल्ला छ? मलाई जानु हुम्ला र जुम्ला छ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दशगजामा दिल बहादुर

~लक्ष्मण नेवटिया~ देशको व्यथाले पोलेको छातीमा, विदेशिको फुली झुन्ड्याएर, दशगजा को दक्षिण पट्टी उभेको, दार्चुलाको दिल बहादुरका आँखा आफ्नो विवशताले टल्पलाएका छन्। एक निमेष पनि स्थिर न रहेको मन दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बाबु लुटिन्छ-छोरा कुटिन्छ

~लक्ष्मण नेवटिया~ शिक्षक ले सोधे, यस्तो कुन ठाउँ हो जहाँ, “बाबु लुटिन्छ- छोरा कुटिन्छ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : मोफसलको झीँगा

~लक्ष्मण नेवटिया~ काठमाडौङ्का चौरहरूमा फोहर थुपारिएको फोटो राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारको मुखपृष्ठमा छापिएको थियो। मोफसलमा बस्ने एउटा भाले झीँगाले आफ्नी प्रेयसी पोथी झीँगालाई त्यो चित्र देखाउँदै उसको कानमा सुटुक्क ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गुनगुनाइदिएछ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयायुगको कथा

~लक्ष्मण नेवटिया~ जंगलका बीचमा दुई गाउँ । एक खोलापारी एक वारी । खोला पार गर्न ढलेको रुख । एक पटकमा एक जना वारी वा पारी गर्न सक्ने । एउटा केटा पारी बाट ठीक त्यही बेला एक तरुणी वारी बाट खोला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

~लक्ष्मण नेवटिया~ मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली गल्लीमा चापाकल बिजुलीका पोलहरु गाडिनेछन् , नअघाएसम्म भोजन ज्युनार गराइनेछ थाहै नदिइ बन्द कोठामा कुनै न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कतै सुसेली-कतै सुस्केरा

~लक्ष्मण नेवटिया~ चुनावी नतिजाको धुवाँधार वर्षामा, कोहि डुबिरहेका छन्, कोही पौडीरहेका छन् हिजोसम्म आश थियो धेरैनै, यस्तो के भयो खास रातभरीमै, चुनावी बुद्धिचाल खेलेर , जसले भरेको थियो भोटको डोको, भयो धोखा पूरा भएन मनको धोको, हिजो सम्म जो संगै … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : “स्वर्णमहल ” घोषणा

~लक्ष्मण नेवटिया~ छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो, सयपत्रीका दुई माला किनेर ल्यायो, एउटा आफूलाई, अर्को मलाई लगायो, घरपरिवार सबैका गालामा रातो अबीर लगाउन भ्यायो। बुबा अब हामी पनि महलवासी भयौं, सुन्नुस एउटा खुसीको ताजा समाचार, सबै गाउँले ले तपाईंको इमान्दारी, … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : चक्करपथ को चक्कर

~लक्ष्मण नेवटिया~ जनता करायो नेताजी भोट लिने बेला हाम्रो घरको लगाउनु भयो, चक्कर माथि चक्कर चक्कर माथी चक्कर अब फेरि यस्तो के भयो दुष्कर? तपाईंलाई चुनाव जिताएर पठाएदेखी त झन लागिराखेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बेपत्ता खोज्दै बेपत्ता

~लक्ष्मण नेवटिया~ बुबा तपाईंले म बेपत्ता छोरालाई खोज्दै इन्तु न किन्तु भएको कति भयो? मृतकको पीडा एकबारी- बेपत्ताको पीडा आजीवन मर्मान्तकारी” एकछिन सुत्न नपाइ रातभरि आँसु बगाएको कति भयो? ढोकाबाट आवाज आएको सुन्दै खोल्न दगुरेको कति भयो? आँखा भएर पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment