कविता : इच्छा

~लिला बल्लभ नेपाल~

इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी
रम्छन शब्दहरु मनैमन भरी एकान्त हाँस्ने गरी ।।

इच्छा छ मनमा फुलै फुले सरी हजुरको हाँसो सरी
आज यो घडिमा हँसाउँन सकु गुराँश रमे झैं गरी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~

अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको थियो । टम्म मिलेको शरीरमा लगाइएका कपडाले कामुकता झल्काइरहेका थिए । भरियाहरुले भारी बिसाए । बाहिर थोत्रो कुर्सी थियो । त्यसैमा खुट्टा राखेर चौरतिर नजर लगाए । पाखो बारी बाँझो र खण्डहर थियो ।बगैचाको नाम निशान थिएन । उनी जाने बेलामा ढकमक्क फूल फुलेका थिए ।

‘सरला ! ए… सरला । … बाबु ! बाबु युगल …. ।’ प्रतिउत्तर आएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वाम एकता बारे !

~ऋतिक यादव~

कोही भन्छ माओवादीको एमालेमा विलय भएछ
कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ
ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ
अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुनयना

~कात्यायन~dhanwantari-mishra-katyayan

धेरै वर्ष पछि; केही महिना अगाडि फेरि सुनयनाको त्यही नैन कहींकतै देखें र सोधें – “चिनेको छ ?”

“याद छैन |” – भनेर तर्किए ती नैनहरू |

कुनै समय / कुनै उष्ण शहरमा ती रसालु आँखाहरू मेरो सामुन्ने भएर बग्ने गर्थ्यो र म त्यसैमा पौडिदै शीतलता महसूस गर्थें |

जुध्दा त विष्फोट हुनुपर्ने ! चकनाचूर हुनुपर्ने ! तर त्यस्तो हुँदोरहेनछ आँखा जुध्दा ! मनभित्र गहिरेर बस्दोरहेछ ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मात लाग्यो मलाई !

~जीवराज बुढाथोकी~

ती नजरको नशाले, मात लाग्यो मलाई !
अनाहकमा किन यो, वात लाग्यो मलाई !!

छचल्किएर जवानी, खेरै जान लाग्दा त्यो,
दिनदहाडै किन हो, रात लाग्यो मलाई !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : आँसु बरर

~श्रीपुरुष ढकाल~

भरभराउँदो बैँसभरि
गरिबीको पानी पोखेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

तस्करले सुशासनलाई
परित्याग गरिदिँदा
तेरो मेरो सीमा कोर्दै
धन मात्रै थुपारिदिँदा Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सुपर मुन

~तारा पराजुली~

ए जून !
तिमी मेरो नजिक नजिक नआउ।

ती अनेकन नक्षत्रहरुको चुलबुल
कहिले साँझको रातो सिम्रिक पहिरिएर
कहिले रातको गहिरो बर्को ओडेर

ताराअरुलाई झुक्याएर कहिले आधा कद
कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनौठो सजाय

~विश्वराज अधिकारी~

अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले अवश्य पनि प्रहरीलाई खबर गर्नुहुनेछ । अनि मैले जेलमैं बसेर भए पनि आफ्नो पापको प्रायश्चित्त गर्न पाउँछु, तर तपाईंले त्यस्तो केही पनि गर्नु भएन । मप्रति अति नै असाधारण गाँधीवादी दृष्टिकोण राख्नुभयो ।

दिलाशा मैडमले अड्ढित कुरा सुन्नुभयो तर उसलाई केही पनि भन्नुभएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : याद

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

एक्लै छु म यहाँ झरी परेको रातमा
बितेका दिनहरुको याद मात्र छन् साथमा

छमछम बर्सिरहेछ पानी भुइमा छर्पस्ट
मेरा वरिपरि छन् घोर अन्धकार निस्पस्ट Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चूडा सबैका मनमा उदायो

~तीर्थराज अधिकारी~

ऊ गर्भको आसनमा डगेन
कसेर अड्डी जगमा झरेन
भएर अप्रेसन बल्ल आयो
स्वभाव आफ्नो सुरुमै चिनायो ।

पिता थिए कृष्ण बडा मनस्वी
दिव्या थिइन् ती जननी यशस्वी
सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ?
अन्यायमा मौन कहाँ रहन्थ्यो ?
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वायत्त विचारहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

बदलिंदो विचारलाई
सलाम अनि शुभकामनाको विकल्प छैन
यतिबेला शोषकहरु
मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन्
वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु
अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् ।
विचारहरु वदलिए
आप्mनो निमित्त आफैले सोंच्ने
अनि आप्mनो लागि आफैले गर्ने बेला छ अहिले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~त्रिलोचन आचार्य~

म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको
म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको
म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ
र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ।

बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टेको

~असिम सागर~Asim Sagar

चारैतिर लगाएर टेको
बडो मुस्किलले उभिएको छ घर
यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु
जहाँबाट छिरेको चिसो बतासले
रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युगद्रष्टालाई बेली पुष्प

~भुवनहरि सिग्देल~

स्रष्टाले सिर्जनै गर्छ सिर्जनाभित्र सिर्जना
श्री विश्वेश्वर गर्दैथे सिर्जनामय तिर्सना
नयाँबाट पुरानाको अस्तित्व घट्न सक्दछ
सूर्यको लालिमादेखि रजनी पर सर्दछ ।

कालिमा रजनीलाई नौलो अभ्यास लाग्दछ
तर यो दिनमा तारा झुल्के अत्यास लाग्दछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~

तिमीले चिनाएको
देशको झण्डा हातमा उठाएर
म आज नागरिक बनेको छु ।

तिमीले रचेको इतिहास पढेर
खोल्सा, खोँच र गोरेटाहरू
अनि आफ्नै अनुहार चिन्ने भएको छु ।

तिमीले एउटा आकाश बनायौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~मञ्जुश्री गिरी~

यातना र त्रासमा पनि
गतिशील अविरल निरन्तर
जीवनदेखि जीवनसम्म
जोस जाँगर र उत्साहमा
निरन्तर खटिरह्यौ
विश्वासका ज्वारभाटाहरू
कतिपटक देख्यौ विद्रोहमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घर फर्कने सपना

~पुरु लम्साल~Puru Lamsal

आफैंले बनाएको घरले थिचेर
बाले संसार छोड्नुभएपछि
मैले घर छोडेँ।

घरमै छुट्यो
आमाको काख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शेखर अस्तित्वका केही मुक्तकहरू

~शेखर ‘अस्तित्व’~

धेरैलाई बाँडेको जवानी बोकेर !
कान्छा उड्यो फुर्र राहदानी बोकेर !
उता कान्छी गर्भपात केन्द्रमा रुँदै,
बसेकी छिन् मायाको निसानी बोकेर !

शूलजस्तो भएपनि फूलजस्तै मानेको छु ! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~

‘कस्ले भन्छ म राम्री छैन
कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन
भो छोड अनुहार, रुप र शरीरका कुरा
अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म
सजीवता फालेर एकछिन
र बिर्सेर जीवनका सारा बोझहरू
डुब चरम आनन्द र अन्तरमोक्षको रसातलमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्बन्ध

~कृष्णराज सर्वहारी~

वीरबहादुर आज बडो मलिन मुद्रामा देखिन्छन् । के सोंचेको थियो उसले के भैरहेको छ अहिले । कस्तो कपुतलाई जन्म दिएछु भने बरु आमाकै गर्भमा तुहिएको भए हुने । यस्तो सन्तान त कसैको पनि नहोस् । ऊ एक्लै बर्बराइरहेको थियो र आँगनमा दाउरा चिरिरहेको थियो ।

‘क्या हो दाइ, गाथमा आरामै ?’ तल्ला घरे साइँलाले बोलायो । वीरबहादुर पल्याकपुलुक बाटोतिर आँखा लगायो । ‘ए साइँला पो रै छस् । लौ आइज कक्कड खाउँ, कि खान छाडिस् ए ।’

‘के छाड्न सकिन्थ्यो नि दाइ । बूढीलाई जति गाली गरे पनि यो तमाखु भन्ने जात त छाड्नै सकिएन । लौ लिनुस् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मृदुलासँग निषेधित प्रेम

~चन्द्र घिमिरे~

नबुझेको कहाँ हो र !
तिम्लाई जत्ति मन पराउँछु
उत्ति मेरो चर्चलाई
तिमी अप्राप्य छ्यौ ।

मैले नबजाउँदैमा
पियानोले कहाँ सन्चो मान्छ ?
अधबैंसे घुर्की लाएर
आफैं बजी बस्छ तिम्रै नाउँमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तलाउको माझमा

~मञ्जुल~manjul

तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो
गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो
छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो
सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा
फुलेको सेतो ईन्द्रकमल फूल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डकुमेन्ट्री

~कृष्ण जोशी~

रमाइलो हुन्छ
टाढा कतै लुकेर सुन्दा बाघ भालु चितुवाको हिंस्रक गर्जन
रेकर्ड गरेर ल्याएकी छु
फ्युजन गर्छु त्यो गर्जनलाई आधुनिक लय ताल सुरमा
र भन्छु
आविष्कार भयो नयाँ म्युजिकको

अझै हेरिरहुँ हेरिरहुँजस्तो हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:खको विम्ब

~अमर गिरी~

दुःखी पत्नीहरू छन्
दुःखी पत्नीहरूका
दुःखका गतिहरू छन्
छातीभित्र पहाडजत्रा दुःखहरू लुकाएर
मर्न नसकेर बाँचेका जस्ता लाग्ने
असक्त बृद्धहरू छन्
हिमालभन्दा गह्रौँ र अग्ला
उनीहरूका कष्टहरू छन् ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रणय र आशा

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन
तेरो उग्र बहावले युगलको फिक्का भयो गन्थन
हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा
कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।।

हे हे भास्कर ! छोपिदे अब उषा, सप्ताहको रात दे
प्यासी “चन्द्र-चकोर”का हृदयमा उन्माद दे मात दे
चढ्दै शैल अनारको फल टिपी खाऔँ अघाऔँ सँगै
एकै सास र एक धड्कन बनी फर्केर आऔँ सँगै ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अन्तर्बोध

~कृष्ण वस्ती~Krishna Wasti_1

बग्ने गला-गुञ्जनबाट भाका ।
स्वयं कलाझैं सुकुमार पाखा ।।
आकाशचुम्दै चुलिंने पहाड ।
टाढा नहुन् हिर्दयलोकबाट ।।

ढाकेर नीलो नभले कपाल ।
हाँसेर बोलाउँछझैं हिमाल ।।
सोपानझैं पर्बतका तरेली ।
हेरूँ उठाई म सधैँ परेली ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अवसरवादी

~कल्याण पन्त~

म २५ वर्ष अघि पहिलोचोटि शहर पसेको हुँ । त्यतिबेला मेरो उनकै घरमा डेरा थियो । क्याम्पस गइन्थ्यो, आइन्थ्यो । प्रायशः डेरामा ओहोरदोहोर गर्दा ढ्याम्म झ्याल लाग्थ्यो । कसैका आँखा मप्रति कर्कन्थ्यो पनि । मैले गाउँ र शहरको संस्कृति त्यतिखेरै बुझ्दै थिएँ ।

आज म प्राध्यापक भइसकेको छु । अहिलेको त जमाना पनि फेसबुकको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रो आगमन

~भुवन निस्तेज~

मनमा तरङ्ग
जसरी वसन्त
नौलो उमङ्ग
जसरी भो अन्त
एकाकीपन
सपनामा तिम्रो
जब आगमन ।१। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्यालाई

~अजय रिसाल~

‘कोपिला’ त्यो फूल बन्ने समयको खेल
दिन, महिना गर्दागर्दै भयो वर्षदिन
हिजोमात्र रोएजस्तो च्याहा च्याहा गरी
आज मीठो हासो देख्दा खुशी मुटुभरी

समयको चक्र हेर, कस्तो अचम्म छ?
नाप्ने यन्त्र कतै छैन, मात्र सूर्यचन्द्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : किन भयौ काली आज

~श्रमिक बराल~

थियो नाम सेती तिम्रो, किन भयौ काली आज
थियौ सिधासाधा तिमी, किन भयौ जाली आज

भित्र खबर अर्कै रै’छ निम्तो मेरै नाममा हुँदा
धेरै पात हल्लिए छन् सानो बतासले छुँदा Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

छन्द कविता : महारूदन

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द कविता : शिखरिणी

जलेको यो मेरो मन अनि कलेजी छ म सित
कतै जल्दै बल्दै अनल सरि लौ निभ्छु म कित
चलेको यो ढुक्ढुक् ढकढक यता बन्द कि भयो
कतै मेरो भन्देउ म अब कि मरेँ जीवन गयो ।१।

यसो छाम्दा तातो अलि अलि छ यो ढक्ढक गरि Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक बाल श्रमिक भन्छ..

~ऋतिक यादव~

आशालाई चाही निराशा बनाएको यो मेरो जीवन
कतै त्यो ममताको सागरमा लुप्त हुन पाउँछ कि ?
मायारुपी संसारबाट नै हराएको यो मेरो जीवन
कतै जीवनमा नौलो मोड र सभ्यता हेर्न पाउँछ कि?

पैसापैसा जुटाउन असक्षम सावित यो मेरो जीवन
कतै पैसा बिना पनि सास फेर्ने अधिकार पाउँछ कि? Continue reading →

Posted in कविता | Tagged | Leave a comment