~लिला बल्लभ नेपाल~
बाबाको ममता रहर बनी कन जीवनको फुल फुल्दछ
उनैको ममता निस्वार्थ भाव बनी याथार्थमा खुल्दछ
आफ्नो दुख लुकाइ सन्तानहरुमा रहर सजाउँछन
जस्तो कष्ट परे पनि बाबा सधै खुशीमा रमाउँछन Continue reading
~लिला बल्लभ नेपाल~
बाबाको ममता रहर बनी कन जीवनको फुल फुल्दछ
उनैको ममता निस्वार्थ भाव बनी याथार्थमा खुल्दछ
आफ्नो दुख लुकाइ सन्तानहरुमा रहर सजाउँछन
जस्तो कष्ट परे पनि बाबा सधै खुशीमा रमाउँछन Continue reading
~कमल कुमार~
तिमी सँगै हुनु कति सुन्दर
तिमी नहुनु झनै सुन्दर
तिम्रो याद अति सुन्दर
सम्झिनु कति सुन्दर
सम्झिँदै हराउनु झनै सुन्दर
हराउँदै सम्झिनु त अझै सुन्दर
बिर्सिएको सम्झना अति सुन्दर Continue reading
~निर्मोही व्यास~
म प्यासी सदाको, तिमी हौ पँधेरो
जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो
तिमीलाइ पाए जुनी धन्य-धन्य
नपाए छ संसार नै शून्य-शून्य
सजाए छातीभरि विम्ब तिम्रो
र आँखाभरी स्वप्न साँची सुनौलो
बगी भावनामा, उडी कल्पनामा Continue reading
~अनुपम ‘नवोदित’~
कहिले तिमी सागरको, छाल बनी आयौ
कहिले तिमी माकुरीको, जाल बनी आयौ
थाहै नपाई हृदयको, कुना-कन्दरामा
सुस्त-सुस्त बिरालीको, चाल बनी आयौ Continue reading
~केशर देवकोटा~
आँखामा मेरो, तस्बिर छ तिम्रो
मुटुमा मेरो, माया छ तिम्रो ।
ती दिनहरु सम्झी ल्याउँछु Continue reading
~मातृका पोखरेल~
हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा! तपाईं भरखर आउनुभएको छ । हतारहतार आउने वित्तिकै यस्तो कुरा ग¥यो भन्नुहोला । तर तपाईंलाई हामी सबै यही कुरा सोध्ने भनेर व्यग्रतापूर्वक प्रतिक्षामा बसेका थियौं । पोहोर देखि समाजका मान्छेहरूले तपाईलाई हेर्ने आँखानै बेग्लै भएको छ । हाम्रो घरलाई हेर्ने आँखा पहिलेको जस्तो छैन । तपाई पहिले पहिले घर आँउदा गाउँका मानिसहरू कति खुसी हुन्थे । अब भोलि बिहान उज्यालो मात्रै होस, अनि थाहा पाउनु होला । तपाईलाई देखेर मान्छेहरू अर्कै बाटोबाट हिंड्नेछन् । मानिसहरूले तपाईलाई थुक्न सक्नेछन् । गाउँमा बुभ्mने र पढेका मान्छेहरू कोही छैनन् र मात्रै हो । Continue reading
~मायामितु न्यौपाने~
जुनेली रातमा
फेवातालमा
डुङ्गा ख्याउँदै
एउटा माझी
आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ
छाया हेर्दै तरङ्गित पानीमा ।
भुइँमा खस्न लागेको उज्यालो Continue reading
~कात्यायन~
– थाहा थिएन कुन दिन कसले अति मोहक आक्वारियम उसलाई उपहार दिएको थियो; लगेर उसले बैठक कोठाको सुन्दरतामा थप आकर्षण बनायो |
– उसलाई माछाहरू यति बिघ्न मन पर्थ्यो कि बिभिन्न प्रकारका भुराहरू पाल्न शुरु गर्यो |
– भुलक्कड थियो कि केही दिनपश्चात् आहारा हाल्न बिर्सियो | Continue reading
~जीवराज बुढाथोकी~
चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का !
भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !!
एक नेता अर्को नेताको कुरा, सुन्दो हो,
दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो,
तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का, Continue reading
~अजय रिसाल~
म पेसाले एक मानसिक रोग विशेषज्ञ, मनोविज्ञ वा मनोचिकित्सक…..अर्थात् मनलाई जान्ने मान्छे । मनको कुरा खुलस्त बुझ्ने । पत्ता लगाउन सक्ने स्रोत व्यक्ति…..वास्तवमा यही ‘मन कहाँ छ ?’ भन्ने जिज्ञासा शान्त पार्न नै मैले मानसिक रोगको अध्ययन गर्ने विचार गरेको थिएँ । थुप्रै व्यवधानहरू आए तापनि तिनको परवाह नै नगरेर आफ्नो निर्णयमा अडिग रहेको थिएँ ।
तर प्रश्न अनुत्तरित नै छ, ‘मन कहाँ छ ?’ पहिले जाऊँ, आफैँले पढेर आएको पश्चिमी चिन्तनबाट प्रभावित core psychatry तिर । पश्चिमी चिन्तनहरूमध्ये cartesion duailsm अर्थात् मन Continue reading
अगेनाभित्र
बल्न थालेका छन्
बल्ल फेरि
रण्डा लगाइदा
निस्केका
काठका बोक्राहरु ।
सलाई कोरे
भोकाहरुले Continue reading
~कृष्णप्रसाद भण्डारी~
लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा
सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा ।
गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण
कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।।
स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ Continue reading
~राजकुमार बानियाँ~
कवितालाई बम्पर चिट्ठा पर्यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो भने, कतिपयले कविता भेटियो ।
माने पनि नमाने पनि पछिल्लो चरण आख्यानको आतंक छ नेपाली साहित्यमा । कहलिएका कविहरू नै आख्यानका नाममा ‘शब्दगणक’ भएका छन् । कविहरूले पुरस्कारपड्काउनु आख्यानखानामा पसेका स्वनामधन्य लेखकहरूलाई चुनौती हो । तर, स्तरको कसीमा कविता कस्तो छ ? Continue reading
मेरो सारा जीन्दगी
तिम्रो एक न्यानो मुस्कानमा
तिम्रो एक सुमधुर मुस्कानमा
अल्झीएको रहेछ
किनकी तिमीले मुस्कुरार्इ दिएपछि
अनायासै मेरो सारा जीन्दगी
मुस्कुरार्इ दियो
अझ तिमी मुस्कुरायौ
म झन धेरै मुस्कुरार्इ दिए
त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ । Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ
अन्धकार दीर्घकालिन होइन
क्षणिक हो भन्ने पनि थाहा छ
त्यहि अन्धकारमा
भौतिक रुपमा अपहरणमा परेको छुं ।
वन्दी वनाइएको छु ।
तर मेरा विचारहरु आजाद छन् ।
केहि नकारात्मक सम्वाद सुन्दैछु
केहि वितृष्णा सुन्दैछु Continue reading
भाग १
हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन।
“यहि हो पक्डेको मान्छे ?” मैले भित्र छिर्दै गर्दा मेरो सहयोगी लाई सोधेको थिएँ। उसले पनि उसको सँधै हल्लिने टाउको हो भन्ने उत्तर दिँदै हल्लाएको थियो। त्यो टाउको हल्लिन्थ्यो, कहिले हो भनेर तल माथी हल्लिन्थ्यो, कहिले होइन भनेर दायाँ वायाँ हल्लिन्थ्यो ।त्यो टाउको उत्तर दिनमा पारंगत थियो, उसको नवोल्ने मुखभन्दा विलकुल विपरित।संसारमा चाहिने तत्व सामन्जस्यता न हो आखिर! उसको टाउको र मुखमा सामन्जस्यता थियो,मुख मौन वस्थ्यो,टाउको हल्लिरहन्थ्यो।
“के आधारमा पक्डेको त ?” मैले आफ्नो कोठामा भित्र छिर्दै गर्दा मेरो सहयोगीलाई पुन प्रश्न राखेँ। Continue reading
~निशा खनाल अर्याल~
कुहिरो टम्म लागेकोले आए गएका मानिसहरु कोहि पनि देखिदैन निकै अँध्यारो र सिम सिम पानीको बाछिटाले गर्दा पनि होला, कता कति गाडीका लाइट घरि घरि बले झैँ देखिन्छ,अनि निभ्छ । सधैको चार बजे बिहानै झिसमिसेमा उठेर रनिग गर्ने बानिले गर्दा दौडिनलाइ बाहिर निस्के
डर डर लग्दै बाटोमा कोहि भेटि हालिन्छ कि भन्ने विश्वाशले म बिस्तारै दौडिदै आफ्नो गन्तब्य तिर लम्कंछु ।” मेरो नियमित यो दौडिने बानी आफुलाई अति नै मन पर्ने शारीरिक फिजिकल ब्याडमिन्टन खेल्न रुचाउने भएर पनि होला । आफ्नो टाईम हुन साथ् आखामा रतिभर पनि निद्रा लाग्दैन …लाग्छ कि घडीको आलमले मलाई समयको बोध गराउदैछ….। ” Continue reading
~उमालाल आचार्य~
‘भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न’ भनी बाहिरबाट कोही बटुवाले पटक–पटक बोलाइरहेपछि लोटामा पानी लिएर घरबेटी आमा बाहिर निस्किन् । पिठ्यूँमा झोला बोकेको बटुवाले पानी सकेर रित्तो लोटा फिर्ता दिंदै बोल्यो– ‘पहिला त बाटाभरि दोकान प्रशस्तै थिए नि आमा ।’
‘थिए बाबु बिलाए सबै । घर कहाँ हो नि बाबु ?’ आमाले सोधिन् ।
‘टाढै हो आमा, अझै हिँड्नुपर्छ एकदिन । होटल भइदिएको भए कति जाति हुन्थ्यो । खाना त के हिजोबाट एक कप चिया खाएको छैन । केटाकेटीलाई भनि ल्याएको दुईपोका विस्कुटले धानिएको Continue reading
~किशोर दहाल~
अधुरो प्रेमपत्र
शैली नमिलको कबिता
रक्सीको ह्याङओभर
नागरिकताको फोटोकपी
यस्तै–यस्तै केहि हो–
जिउँदो मान्छे
भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो Continue reading
~विष्णु विभु घिमिरे~
१. पीरहरू
सुन्दर भए
कति आनन्द हुन्थ्यो
ती सबै
बजारमा बिक्री हुन्थे
त्यति बेला
आँखामा
एउटा उज्यालो चमक हुन्थ्यो
ओठमा
सधैँ वसन्त फक्रन्थ्यो
त्यतिखेर
न मेरो बाध्यताको दासता रुन्थ्यो
त्यति बेला Continue reading
~महेश प्रसाईं~
पार्थ,
तिमी आफ्नो
कुण्ठित चिन्तनको
रणनीतिद्वारा
द्वन्द्व र युद्ध,
हिंसा र आतङ्क,
ईष्र्या र कपट, आदिआदि
विरूप नृशंस
क्रूर–काँतर
शब्दका लेपनहरूले
यो महान् राष्ट्रको
अस्वाभाविक परिभाषा Continue reading
~गोविन्द विकल~
कालो कारबाट कालो सुटकेस बोकेर
कालो सुट निस्क्यो
त्यो कालो सुटले त्यो कालो सुटकेस
अर्को कालो सुटलाई दियो
र अर्को कालो सुट बेपत्ता भयो Continue reading
~नवीन विभास~
सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी लाहुरेनी’जस्तो देखिन्थ्यो ।
‘यै हो सहिद विद्रोहीको घर,’ एक मनले ठहर गरे पनि अर्को मनले ‘होइन’ भन्यो ।
‘होइन, यहाँनेर त कमरेड कसमको पो घर थियो, यो चाहिँ कसको रहेछ ? यति सारो चिटिक्क,’ लाखरखोलाकी वीरता कमरेडलाई खसखस लाग्यो । सोधौँ कि नसोधौँको बीचमा उनले आफैँलाई सोधिन्, ‘विद्रोहीको घरछेवैमा त कमरेड कसमको घर थियो ।’ Continue reading
~Suman Pokhrel~
Trans : Abhi Subedi
Standing on top of each morning briefly
stopping by each evening shortly
unmindful, my eyes are chasing,
my eyelids are sweeping with light the sky
splattered with colours pilled out
after hitting horizon’s last shore.
I am thinking
what is this crimson,
colour of lovers’ hearts Continue reading
~विक्रम सुब्बा~
आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको
आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको
कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको
कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको
कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको? Continue reading
~लक्ष्मण नेवटिया~
जताततै एउटै काम छ,
जोडेकोलाई तोड्ने,
अति नै दुख पाइसक्यौं,
नियत राखौं जोड्ने,
धेरै हामी पर्खिसक्यौं,
अरू नपर्खाउनुस्,
बाटो छिटै बनाउनुस।
धन्यवाद त दिनै पर्यो,
महानगरपालिका बनाइयो, Continue reading
~दिनेश अधिकारी~
मर्दा पनि म जहाँ हुन्छु बाँकी,
जहाँ फुल्छ लाखौँ सपनाको छाती
नेपाल मेरो यही लाग्छ प्यारो
यो देशभन्दा केही छैन माथि
बोकेर हिँड्दा यो देशको झन्डा
गर्वले शिर अग्लिन्छ आफैँ
माटो यो छुँदा स्वाधीनताको Continue reading
~दिपक अभिमन्यू~
शहरको भीडमा तिमलाई खोज्दै चौराहमा उभिएर हेर्दैछु!
कस्ले के भन्छन् त्यो कोलाहलमा सुन्दै सम्हालिएर हेर्दैछु !
मन्दिरमा भगवान हुन्छ भन्छन् मान्छेहरु यस्तै सुन्दै आएँ
मेरो मनको मन्दिरमा तिमी छौकि छैनौ अतालिएर हेर्दैछु ! Continue reading
~मोहराज शर्मा ‘मोहबाबु’~
मलाइ गर्व छ
आमाले लेखेका अक्षरहरुमा ।
वहाँले आफनो नाम लेख्दा
… मलाइ लाग्छ त्यही नाममा
मेरो भगवान छ
मैले पुजा गर्ने
इश्वर छ ।
वहाँलाइ अक्षर चिनाउन
कुनै गुरुले कक्षामा भेटाएनन ।
र त्यो बतिलो उमेरले
कुनै स्कुलका भित्ता र Continue reading
~भूमि भण्डारी~
अफगानस्तान । देशको नाम सुन्दै आङ सिरिङ्ग हुन्छ । युद्धका कारण यो देशको नाम यस्तो डरलाग्दो सुनिएको हो । यो देशको नाम लिने बित्तिकै मानिसहरुको दिमागमा एक किसिमको तस्वीर आउंछ । अमेरीकी सेनाका ट्याङ्क, निलो बुर्काले पुरै शरीर छोपेका महिला वा फेटा गुथेका, दारी पालेका, बन्दुक बोकेका र कुनै पहाडको फेदमा वा मरुभूमिमा क्यामेराको अगाडी पोज दिइरहेकाहरु कल्पनामा आउने गर्छन् । अहिलेसम्म समाचारमा देखाइएका तस्वीर यिनै मात्र हुन् । तर, मानिसहरुले कल्पना गरेजस्तो मात्र रहेनछ अफगानस्तान । हामी नेपालीले अफगानस्तानसँग क्रिकेट र फुटबलमा अहिलेसम्म जित्न नसकेर पनि यो देशका ’boutमा अलि अलि अनुमान पक्कै लगाएका हौंला । Continue reading
~दिल महरा~
म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई तिलाले बगाउँदै लगेछ ।
(कुनै आलिसान महलको सबभन्दा माथिलो तलामा । कपडा धोइरहेको धोबीको हातको कापबाट निस्किएको साबुनको फिंजजस्तै भाग्य लिएर ५० वर्षअघि जन्मिएको मान्छे थियो ऊ । जो आजकै दिन ५० वर्ष पुगेको छ । आज उसैको जन्मोत्सव मनाउनका लागि उपस्थित भएका छौं हामी । आज उसैको जीवन सुनौं । कुरा उसैको सुनौं । उसैको कुरा गरौं । अनि हाँसौं हामी । रोऔं पनि । र उसको जन्मोत्सव भव्यरुपले मनाउन सहयोग गरौं हामी । अब उसको जन्मोसव मनाउने रीतितिर लागौं । ल, सबभन्दा पहिले उसलाई उपस्थित सबैलाई स्वागत मन्तव्य भन्न लगाऔं । हामी चुप लागेर सुनौं । उसलाई बोल्न भनौं । )
म चिड्डी Continue reading