कविता : मुनालाई मनपत्र

~जगत नवोदित~

झुपडीको पीरो धुँवासँगै आँखामा
आशाको दियो बलेको होला
तोरीबारी भएर सपना
बाटोभरि फुलेको होला
साउने भेलझैं उर्लेको वैंश
छड्के तिलहरीले बाँधेकी हौली
सबै सबै रहरहरू
सिन्दुरको बट्टाभित्र राखेकी हौली
कति कठोर यो समय
तिम्रो संझना बोकेर मरुभूमिमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एस.एल.सी यात्रा

~ध्रुब रिजाल~

‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’

“लौ तेरो रिजल्ट आएछ । अब पास भैहाल्लास क्यार कुन डिभिजनमा हो त्यै थाहा पाउने त होला नि । अहिले थाहा पाउने केही उपाय छैन, भोलि बिहान दुध लिएर तँ बजार जा, म चाहि गोरु लिएर खेतमा जाउँला । अँ साँची छिट्टै आउनु नि फेरी, भोलिनै ठूलो रोपार्इ छ, हली वाउसे अरु कोही Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पारिजात हुँ म

~नीता के.सी.”भट्टराई”~

अँजुलीभरि माया पाउने
चाह लिए पनि
म कहाँ योग्य छु र
तिमीले माया दिए पनि
शायद..!
बगैंचाको पारिजात हुँ म ,
टिप्दैन्न,कुनै दिन कसैले
शायद ..! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ब्यापारी बनाउँछ

~लाक्पा शेर्पा समर्पित~

कहिले ग्राहक बनाऊछ ब्यापारी बनाउँछ।।
समयले मान्छेलाइ हतियारधारी बनाउँछ।।

आफ्नो जहानलाई ओत लागाउन यहा ।।
गरिब खर र स्याउलोले छहारी बनाउँछ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रसिला, चोटिला, जोसिला…

~तिलकप्रसाद सापकोटा~

यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो फुकाएर वरिपरि छरिदिँदो रहेछ । त्यो क्षण आकाश खुलेर झलमल्ल घाम लागेपछिको प्रकृतिजस्तै रमाइलो भइदिँदो रहेछ । मंसिर ५ गते काठमाडौं–चौतारा बृहत् साहित्य यात्रामा यस्तै अनुभूति गर्न पाइयो । न्यानो ओछ्यान छोडेर बिहानीको चिसोमा निस्कने मन कहाँ थियो र ? तर साहित्य Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : छाईदिदा पनि आफ्नी

~बिनोद खड्का~Binod Khadka

तिमि यसै दर्द बनी छाईदिदा पनि आफ्नी
मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी ।

तिम्रा श्वरको जादुका कुरा के गरौ म लौ अब Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~

हिउदभरि वेसी वा पहारतिर
गर्मी लागे सिख वा सिहाँलतिर
आफ्नो सुबिधा हेर्दै
गोठ सार्छन्
खान नपाए उग्र हुन्छन्
खाएपछि उग्राउन बस्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नीलकण्ठ

~बखतबहादुर थापा~

भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नुपर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसयाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो ।

“भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन अस्तव्यस्त बनाइदियो ।” वर्तमानले भन्यो र प्रतिकृयाका लागि दृष्टि घुमायो ।

“अन्त्ररात्मामा जरो गाडेर बसिसक्यो डर ! अब के हुन्छ होला भन्ने लागिरहन्छ ।” कुरा अगाडि बढाउनमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथामा काला सर्पको खोजी

~कमलमणि देवकोटा~

वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् हरेक मानव मुटुका स्पन्दनमा र छुन पुग्छन् हरेक संंवेदनशील मन–मनमा । त्यसैले त सिर्जिन्छन् स्रष्टाका मनमा अनि टाँसिन्छन् कागजका पाना–पानामा । यिनै कागजका पानामा कोरिएका यथार्थ जीवनका सिर्जनारुपी सङ्ग्रहको मूर्तरुप हो कथाकार हरिप्रसाद भण्डारीको सिर्जना– ‘काला सर्पको खोजी ।’

बुवा परमानन्द भण्डारी र आमा बिनितादेवी भण्डारीको कोखबाट वि.सं. २०१६ जेठ ५ गते गुल्मी वस्तु–४ जन्मिई हाल रुकुमको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत साहित्य Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

देश देश नै हो
किनकि देश देश जस्तै छ
नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे
नेता नेता नै भएका भए
नेपाली ले नेपालीको बलि चढाउँदा
टुलुटुलु हेरेर बस्दैन थे
अर्थात् बलि चढाउनेको मतियार बन्दैन थे Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : नयाँ बिहानीको अपेक्षा

~साहिर लुधियानवी~
अनुवाद : प्रकाश थापा मगर

त्यो बिहानी अवश्य आउने छ
यी काला शताब्दीहरूको शीरबाट जब रातको पछ्यौरी हट्ने छ
जब दुःखको बादल पग्लिने छ, जब सुखको सागर झुल्किने छ
जब आकाश झुमेर नाच्नेछ, तब धरती शायरी गाउने छ
त्यो बिहानी अवश्य आउने छ । Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : उस्तै छ हामीलाई पिरलो

~जीवन शर्मा~

उस्तै छ हामीलाई पिरलो, उस्तै छ हाम्रो अवस्था
उस्तै छ शासन जनतालाई, उस्तै छ फेरि व्यवस्था

फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरू
फेरियो रङ्ग शोषकको फेरिए लुट्ने मान्छेहरू Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~

सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ?
मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो,
म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु
ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो
तर तिमी आएनौ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेवारी कविता : लिपस्टिक

~पुष्प तुलाधर~

गुलाब स्वांमाय्
छफ्व:गुलाब स्वां
थ:गु हे नस्वालं
गुजुहुं कायेका:
गुलाबि उं
जल्ल थिना बी
मयजुया म्हुतुसी। Continue reading

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : दुखिरहेछ देश

~रामप्रकाश पुरी~


हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि
बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ?
फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी
बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ??


सारा देशभरि अपाङ्ग अधुरो त्यो स्वप्न झुल्ने किन Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : गीत लेखौँ

~मान थापा ‘बुलन्द’~

समाजलाई परिवर्तन गराउने गीत लेखौँ
छुवाछूत अन्धविश्वास हटाउने रीत लेखौँ
अन्याय Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : बचाऔँ कर्णाली

~नारायण शर्मा~

घुमिफिरी आयो तीज चेलीबेटी नचाउन
उठ्नु पर्‍यो दिदीबहिनी देश बचाउन

गण्डकी र कोशी जस्तै कर्णाली नी गुम्दैछ
आकाशैमा विस्तारवादी चिल घुम्दैछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~

अतित अतित नै हुन्छ जहाँ वर्तमान छ
कथित कथित नै हुन्छ जहाँ सत्य छ
तर अतित र वर्तमानमै भविष्य छ
वर्तमान बिनाको भविष्य अन्धकार छ ।

अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : यसपटकको रहर

~निलिमा पुन~

यस पटकको चाडमा माइत जाने रहर छ
सबै माइती दिदी बहिनी भेटने मलाई मन छ

हिमालबाट दिदी पनि आउने कुरा गर्थिन्
तराईबाट फुपु पनि पहाड जाने भन्थिन् Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लुटिएछन् जनता

~कल्पना पौडेल “जिज्ञाशु”~

पुस्तौंदेखि अत्याचारमा लुटिएछन् जनता
सामन्तीको जोताइमा चुटिएछन् जनता

आए पनि देशमा खै प्रजातन्त्र, गणतन्त्र Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : श्राद्ध

~हरिप्रसाद भण्डारी~

— बुबा ! त्यो के गर्नुभएको ?

— श्राद्ध गरेको नि बाबु ।

— श्राद्ध भनेको के हो ?

— हजुरबुबालाई खाना खुवाएको नि बाबु ।

— अनि मरेका मान्छेले पनि खान्छन् त ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बेहोश भै म लडदै थिएँ

~भुपेन्द्र महत~Bhupendra Mahat_1

भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ
अन्धो यो चोर छाडेर साधुलाई समाउँछ !

सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा
निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा ! Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~

सार सङ्क्षेप:

नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना यस लेखमा गरिएको छ।नाट्य तत्त्वका आधारमा प्रस्तुत नाटकको विवेचना गर्नु यस लेखको ध्येय रहेको छ।

जीवनीसार:  Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~

ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे ।

साउने पखाला थामिए पनि गाउँमा फेरि भदौको दोस्रो सातामै रुघाकाँसोले महामारीको रुप लियो । रुघा बिग्रेको दुई तीन दिनमा ज्वरोले समात्थ्यो । पाका बुढाबुढी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ‘खेलिबस्छु खेल कति’: एक पठन

~इन्द्रबहादुर राई~

समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ तथ्यहरु पात्रका नाम, काम, कथानक आदि सबले साझा बुझ्छन्। तीबाट प्रसृत तथा तीसँग सम्पृक्त पठनानन्द, बोध, भावानुभव, सौन्दर्यग्रहणादि तर पाठकवर्गका आआफ्ना हुन्छन्। पाठकीय ग्रहण वा सर्जन नभई पठित कथा बन्दैन। लेखिएको एक कथा यसरी दस पाठक वा समालोचकद्वारा पढिएका दस अवतारमा दस भिन्न कथा बन्छ। सिक्किमका प्रवीण राई जुमेलीको तेस्रो कथासङ्ग्रह ‘ऋतुखेल’को पहिले कथा ‘खेलिबस्छु खेल कति’-को Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बजारभाउ

~केशवराज पिँडाली~

दिन दुगुना रात चौगुनाका दरले बढ्ने
बढेपछि फेरि घट्दै नघट्ने
सदा उन्मुख, सदा माथिमाथि नै Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गीति कविता : बाध्य

~रामेश्वर पौडेल~

डाँडा काँडा पहाड़मा बस गुडेको
धरतीको स्वर्ग हेरी मख्ख परेको
मन त मेरो उमंग भयो दृश्य देखेर
खु:सी एवं डरको संगम एक्मै भेटेर

पहराको डीलबाट झर्या सफा पानी Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नारीहरूले पढ्नै पर्ने पुस्तक

~अशोक थापा~

नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै यस्तै रङ्गीन बैगैँचा हो नेपाली पुस्तक बजार । तर पनि गतिलो पठनीय पुस्तक भेट्दै भेटिएन भन्ने पाठकको गुनासो पनि पुस्तकको हाम्रो समाजमा गुन्जिरहने एउटा सदावहार आवाज हो । हालै नारी अनुभूतिलाई जीवन्त रूपमा सम्प्रेषण गर्ने गरी एउटा पुस्तक प्रकाशित छ । पुस्तकको शीर्षकको छ स्वअस्तित्वको खोजी र सम्पादक हुन् अर्चना थापा । सोही पुस्तकको पाठकीय समीक्षा गरिँदै छ यहाँ ।
जम्मा अठतिस जना नारी लेखकहरूको पृथक् पृथक् अनुभूतिलाई स्वतन्त्र लेखका रूपमा यस पुस्तकमा विन्यस्त गरिएको छ । यस पुस्तकको मूल उद्देश्य हाम्रो समाजमा नारी भएकै कारण गुमाउनु परेको स्वत्व Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : चैत्र तीनको कालोपट्टी

~प्रकाश सायमी~Prakash Sayami

चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ ।

नेपाली साहित्यका पाठकले यस दिनलाई एक स्मृतिका रूपमा सम्झन चाहे पनि कुनै माध्यम, मिडिया, वेभ वा तरङ्गले यसको झाँकी दिँदैन तर हो, यो एक अविस्मरणीय दिन । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~

मध्यरातको नीरव छटपटीमा
दह बास बसिरहेको आँखामा
छाइरहेछ प्रियसीको उदास अनुहार,
आइरहेछ ऋणमा डुबेको घरबार,
बेतोड भागिरहेछ निद्रासँगै
प्रेमजस्तो सुकोमल सपना । Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : यहाँ अख्तियारको चिन्ता

~गणेश घिमिरे ‘मार्मिक’~

लय : यहाँ देशको छ चिन्ता, तिमी माया माया

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।

तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment